नेपाली :: English
Masal
२०७८ श्रावण १०, सोमवार
This Site Is Under Construcion!!!!
No Image
ad1
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)

केन्द्रीय कार्यालय

Website : www.cpnmashal.org,  Email : ncpmashal@gmail.com


वक्तव्य 



नन्दप्रसाद अधिकारीका छोरा कृष्णप्रसाद अधिकारीको हत्या प्रकरणमा प्रहरीद्वारा काठमाडौमा एक जना एमाओवादी कार्यकर्ताको गिरफ्तारीका विरुद्ध एमाओवादीले हिजो काठमाडौ उपत्यका, गोरखा, चितवन सहित कतिपय जिल्लाहरूमा समेत बन्दको कार्यक्रम राखेको कार्यप्रति ने.क.पा. (मसाल) को गम्भीर ध्यान आकर्षित भएको छ । त्यो कार्यलाई उनीहरूले शान्ति सम्झौताको उल्लङ्घन बताएका छन् । शान्ति सम्झौता भैसकेपछि दश वर्षे सशस्त्र द्वन्द्वका क्रममा दुवै पक्षका व्यक्तिहरूद्वारा एकअर्कोमाथि भएका सबै हिंसात्मक कार्य, हत्या आदि सम्बन्धी आरोपहरूबारे कुनै कारवाही गर्नु पर्ने आवश्यकता हुन्न तर उक्त द्वन्द्व कालमा जनसाधारण वा निःशस्त्र व्यक्तिहरूमाथि उनीहरू दुवैमध्ये कुनै पनि पक्षद्वारा गरिएका हत्या, मानव अधिकारको हनन वा अन्य अपराधजन्य कारवाहीहरू सम्बन्धी मुद्दाहरूको शान्ति सम्झौताका कारणले अन्त्य हुदैन । शान्ति सम्झौतासित सम्बन्धित कुनै पनि पक्षहरूलाई त्यस प्रकारका मुद्दाहरूमा संलग्न व्यक्तिहरूमाथि लागेका आरोपहरू खारेज गर्ने अधिकार हुदैन । त्यस प्रकारको कारवाही नहुदासम्म ती मुद्दाहरू सधै जीवित हुन्छन् । त्यसैले हाम्रो पार्टीले माओवादी वा तत्कालीन राज्य पक्षद्वारा गरिएका सबै मानव अधिकारको हनन् वा अपराधजन्य कारवाहीबारे छानवीन गरी दोषीलाई अपराध अनुसार कारवाही गर्नु पर्छ भन्ने कुरामा लगातार जोड दिदै आएको छ ।
अहिलेसम्म आफ्ना छोराको हत्याका दोषीलाई सजायको माग गरेर अनशनमा बसिरहेका नन्दप्रसाद र गङ्गामाया अधिकारीको मागप्रति सरकारले ध्यान नदिएकोमा हाम्रो पार्टीले कडा विरोध गर्दै आएको थियो । त्यस प्रकारको अवस्थामा त्यो हत्याको आरोपसित सम्बन्धित एक जना अभियुक्तलाई प्रहरीले गिरफ्तार गरेको कुरालाई हाम्रो पार्टीले सकारात्मक रूपमा लिन्छ । त्यसपछि अधिकारी दम्पत्तिले खाना खाएको समाचार पनि सञ्चार मँध्यमहरूले बाहिर ल्याएका छन् । तर यहा विचारणीय कुरा यो छ कि त्यो गिरफ्तारी त्यो मुद्दाबारे साच्चै नै कारवाही चलाउनका लागि गरिएको हो वा खालि अधिकारी दम्पत्तिको अनशन तोडाउनका लागि गरिएको एउटा चाल मात्र हो ? त्यो कुरा आउने दिनहरूमा नै स्पष्ट हुनेछ ।
एमाओवादी वर्तमान सरकारको एउटा प्रमुख पक्ष हो । देशको राजनीतिमा पनि त्यसको महत्वपूर्ण स्थान छ । आगामी संविधान सभाको चुनावमा उनीहरूले बहुमत वा दुईतिहाई बहुमत ल्याएर संविधानको निर्माण गर्ने दावी गरिरहेका छन् । त्यस प्रकारको पृष्ठभूमिमा उनीहरूले कृष्णप्रसाद हत्याका सन्दर्भमा गरेको गिरफ्तारीका विरुद्धको आन्दोलन वा बन्दको कार्यक्रमले उनीहरूको सामाजिक फासिवादी प्रकारको प्रवृति अहिले पनि कायम रहेको कुरालाई नै बताउछ । त्यस प्रकारको प्रवृतिबाट देशको सम्पूर्ण न्यायप्रणाली, शान्ति सुव्यवस्था, संविधान सभाको चुनाव र संविधानको निर्माण, लोकतन्त्रमा समेत नकारात्मक असर पर्ने तथा देश एक वा अर्को प्रकारले अधिनायकवादतिर जाने सम्भावना रहनेछ । उनीहरूको त्यस प्रकारको प्रवृतिका कारणले कृष्णप्रसादको हत्या वा त्यसबारे अधिकारी दम्पत्तिले गरिरहेको आन्दोलन वा उनीहरूको अनशन खालि उनीहरूको व्यक्तिगत प्रश्न नभएर सम्पूर्ण देश वा देशको भविष्य समेतसित जोडिएको गम्भीर राजनीतिक प्रश्न बन्न गएको छ । त्यसकारण उक्त प्रश्नमा एमाओवादीले प्रदर्शन गरेको त्यस प्रकारको सामाजिक फासिवादी प्रकारको प्रवृतिका विरुद्ध व्यापक जनमत तयार पार्नु पर्ने आवश्यकतामा हाम्रो पार्टीले विशेष जोड दिन्छ ।
सर्वोच्च अदालतले मन्त्रीमण्डलका अध्यक्ष खिलराज रेग्मीका विरुद्ध परेका सबै मुद्दाहरूलाई सुनुवाइ नगरिकन खारेज गरेको कार्यबाट हाम्रो पार्टी स्तब्ध भएको छ । प्रधानन्यायाधीशलाई कार्यपालिकाको प्रमुख बनाउदा शक्ति पृथक्कीकरणको सिद्धान्तमा बाधा पुग्ने र न्यायालयको स्वतन्त्र भूमिकामा आच पुग्ने कुरा हाम्रो पार्टीले पहिलेदेखि नै स्पष्ट गर्दै आएको छ । अहिले खिलराज रेग्मीका विरुद्धका मुद्दाहरूको सन्दर्भमा सर्वोच्चले गरेको फैसलाबाट उक्त प्रश्नहरूमा स्थिति सामान्य नरहेको कुरा प्रस्ट भएको छ । हाम्रो पार्टीले त्यस प्रकारको फैसलाको कडा शब्दमा विरोध गर्दछ र त्यसबारे बार एसोसियसनले गरिरहेको विरोध कार्यक्रमसित ऐक्यवद्धता प्रकट गर्दछ ।
सरकारले विभिन्न राजनीतिक सङ्गठनसित सम्झौता गर्दै संविधान सभाका सिटहरू लगातार बढाउदै लैजाने जुन कार्य गरिरहेको छ, त्यो अत्यन्तै गैरजिम्मेवार कार्य हो । त्यो कार्यको हाम्रो पार्टीले जोडदार शब्दमा विरोध गर्दछ र त्यसरी संविधान सभाका सिटहरूमा गरिएको बृद्धिलाई रोक्नका लागि माग गर्नुका साथै त्यस प्रकारका कुनै निर्णयहरूलाई स्वीकृति नदिनका लागि राष्ट्रपतिसित पनि हाम्रो पार्टीले अनुरोध गर्दछ ।
उच्च स्तरीय राजनीतिक समिति र सङ्घीय समाजवादी पार्टीका बीचमा भएको सहमति अनुसार छिट्टै सर्वदलीय वा गोलमेच सम्मेलनको आयोजना गर्न भएको सहमतिलाई हाम्रो पार्टीले सकारात्मक रूपमा लिन्छ । त्यस प्रकारको सर्वदलीय बैठक संविधान सभाको चुनावलाई सुनिश्चित गर्ने कुरातिर नै लक्षित हुनु पर्दछ भन्ने हाम्रो पार्टीको मत छ । अब चुनावको मिति सार्दा वा सरकार परिवर्तन गर्दा संविधान सभाको चुनाव अनिश्चित हुने वा चुनाव नै नहुने पनि सम्भावना रहनेछ । त्यसैले हाम्रो पार्टीको यो मत छ कि सर्वदलीय वैठक तोकिएको समयभित्र चुनावलाई सुनिश्चित गर्न सम्बन्धित सबै राजनीतिक पक्षहरूका बीचमा समझदारीको निर्माण गर्नेतिर नै लक्षित हुनु पर्दछ । त्यसका साथसाथै उक्त सम्झौतामा विदेशस्थित नेपाली नागरिकहरूलाई मतदानको अधिकार प्रदान गर्नका लागि कानुनी व्यवस्था गर्ने र त्यो प्रक्रिया अगाडि बढाउने जुन सहमति भएको छ, त्यसलाई पनि हाम्रो पार्टीले स्वागत गर्दछ ।
संविधान सभाको चुनावका लागि मनोनयन पत्र दाखिल गर्ने बेलामा नेकपामाओवादीले बन्दका कार्यक्रमहरूको जुन घोषणा गरेको छ, त्यसलाई हाम्रो पार्टीले अत्यन्त आपत्तिजनक रूपमा लिएको छ । आखिर त्यस प्रकारको नीतिद्वारा कुन उद्देश्य पूरा हुनेछ ? स्पष्ट छ कि अहिले हुन थालिरहेको संविधान सभाको चुनाव असफल भएमा लोकतान्त्रिक संविधानको निर्माण, गणतन्त्रलाई संस्थागत गर्ने कार्य समेतमा गम्भीर असर पुग्ने, देश प्रतिगमनतिर जाने, असफल राष्ट्र घोषित हुने वा देशमा गम्भीर प्रकारको राजनीतिक अस्थिरता, अशान्ति र अराजकताको स्थिति उत्पन्न हुनेछ भनेर हाम्रो पार्टीले बारम्बार स्पष्ट गर्दै आएको छ । हाम्रो पार्टीले रेग्मी सरकारप्रतिको कडा विरोधका बावजुद संविधान सभाको चुनावप्रति सकारात्मक दृष्टिकोण अपनाएको छ र त्यसलाई सफल पार्नु पर्ने आवश्यकतामा पूरा जोड दिन्छ । त्यसैले आफ्नो उच्च क्रान्तिकारी नीति र कार्यक्रमका लागि सङ्घर्ष गर्ने अधिकारलाई सुरक्षित राख्दै तत्कालका लागि संविधान सभाको चुनावप्रति सकारात्मक दृष्टिकोण अपनाउन हाम्रो पार्टीले माओवादी पक्षसित अनुरोध गर्दछ ।
सिरियामाथि आक्रमणका लागि अमेरिकाले दिएको धम्की र त्यसका लागि गरिरहेको तयारीको हाम्रो पार्टीले कडा शब्दमा भत्र्सना गर्दछ । सिरियाका जनताले त्यहा तानाशाही शासनको अन्त गरेर प्रजातन्त्रको स्थापनाका लागि गरिरहेको सङ्घर्षलाई हाम्रो पार्टीले जोडदार रूपमा समर्थन गर्दछ । तर त्यो प्रजातान्त्रिक आन्दोलनको आडमा अमेरिकी साम्राज्यवादले सिरियामाथि आक्रमण तथा त्यहाको राष्ट्रियता र सार्वभौमिकतामाथि हमला गर्ने जुन नीति अपनाएको छ, त्यसप्रति पार्टीले कडा विरोध प्रकट गर्दछ ।
राष्ट्रिय जनमोर्चाले गणतन्त्रलाई संस्थागत गरौ, राष्ट्रियताको रक्षा गरौ, सङ्घीयताको विरोध गरौ भन्ने नाराका साथ देशका १४ वटै अञ्चलहरूमा सञ्चालन गरिरहेको एक महिने राष्ट्रिय प्रचारात्मक अभियान २०७० लाई हाम्रो पार्टीले दृढतापूर्वक समर्थन गर्दछ र त्यससित ऐक्यवद्धता प्रकट गर्दछ । त्यो कार्यक्रममा जनताले प्रदर्शन गरेको व्यापक समर्थन, सहभागिता र सहयोगका लागि जनताप्रति आभार प्रकट गर्दै हाम्रो पार्टीले त्यो कार्यक्रमको पूर्ण सफलताको कामना गर्दछ ।

मिति ः २०७० भाद्र २३ गते

मोहनविक्रम सिंह
महामन्त्री
फर्कनुस्
बाँकी समाचार
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  ????????? ????????? ????????? ????????? ?????? ? ????????? ????
•  ???????????? ???? ?????? ????
•  ???????
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  ????? ?????????
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2009 CPN Masal. All rights reserved.
Powered by: Best Nepal