नेपाली :: English
Masal
Sun / 2017-Nov-19
janamatOctober Revolution Special
अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रमको उद्घाटन

काठमाडौँ । क्रान्तिकारी पार्टी तथा सङ्गठनहरूको अन्तर्राष्ट्रिय कोअर्डिनेशन (आइसिओआर) को निर्णय अनुसार नेपाल लगायत संसारका ४३ देशहरूमा अक्टोबर क्रान्तिको सतवार्षिकी कार्यक्रम शुरु गरिएको छ । रूसमा सर्वहारावर्गको सङ्घर्षले विजय प्राप्त गरी पहिलो समाजवादी सत्ता स्थापना गरेको ७ नोभेम्बर १९१७ दिनको स्मरण गर्दै २०७३ कार्तिक २२ गते नेपाल लगायत विश्वका ४३ देशका ४७ वटा कम्युनिस्ट पार्टीहरूले अक्टोबर क्रान्तिको सतवार्षिकी कार्यक्रमको उद्घाटन गरेका छन् । नेपालमा नेपाल कम्युनिस्ट पार्टी (मसाल) को आव्हानमा, राष्ट्रिय जनमोर्चा र नेकपा (मसाल) का जनवर्गीय सङ्गठनहरूको आयोजनामा देशका विभिन्न भागहरूमा अक्टोबर क्रान्तिको सतवार्षिकी कार्यक्रमको उद्घाटन गरिएको छ । २२ कार्तिकदेखि शुरु भएको उद्घाटन कार्यक्रम २८ कार्तिकसम्म स्थानीय स्तर र प्रवासका विभिन्न शाखाहरूमा निरन्तर चल्ने बताइएको छ भने शतवार्षिकी कार्यक्रम एक वर्षसम्म निरन्तर विभिन्न कार्यक्रमका साथ मनाउने निर्णय नेकपा (मसाल) ले यस अघि नै सार्वजनिक गरिसकेको थियो । 
राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालयको आयोजनामा २०७३ कार्तिक २२ गतेका दिन काठमाडौँको शान्तिबाटिका रत्नपार्कमा एक भव्य समारोहका बीच अक्टोबर क्रान्तिको सतवार्षिकी कार्यक्रमको उद्घाटन गरिएको थियो । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर के.सी.ले गर्नु भएको थियो । सतवार्षिकी कार्यक्रमको उद्घाटन पश्चात् समारोहलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दे अध्यक्ष के.सी.ले अक्टोबर क्रान्तिको ऐतिहासिक महत्व रहेको बताउनु भयो । “उत्पादनका साधनहरूमाथि श्रमजीवी जनताले स्वामित्व प्राप्त गरेको दिन हो आज । रूसमा समाजवादी सत्ता स्थापना भएको त्यही ऐतिहासिक दिनको सम्झना गर्दै हामीले यो कार्यक्रम गरिरहेका छौँ ।” उहाँले भन्नुभयो–“४३ देशका ४७ वटा कम्युनिस्ट पार्टीहरूले संसारका विभिन्न देशमा अक्टोबर क्रान्तिको सतवार्षिकी कार्यक्रम सञ्चालन गर्ने छन् । नेपालमा नेकपा(मसाल) को आव्हानमा ६५ जिल्लामा यो कार्यक्रम चलिरहेको छ ।” अध्यक्ष के.सी.ले समारोहलाई सम्बोधन गर्दै यो एक वर्षको अवधिमा नेपालमा हजारौँ हजार नयाँ पिंढीलाई राजमोमा प्रवेश गराउने योजना रहेको समेत स्पष्ट पार्नु भयो । 
 देशका शासकहरूले विदेशी शक्ति केन्द्रहरूको दासत्व स्वीकार गरेका कारण नेपाली जनताले दुःख पाइरहेको उहाँले बताउनुभयो । देशमा अहिले गणतन्त्र, धर्मनिरपेक्षता र संविधान कार्यान्वयन हुन नदिने खेल चलिरहेको खुलासा गर्दै अध्यक्ष के.सी.ले यो खेललाई असफल पार्न जनतालाई आव्हान पनि गर्नुभयो । “ देश अहलिे भिरको टाकुरामा उभिएको छ । अङ्गीकृत नागरिक भनेको एक प्रकारले विदेशी नै हो, उसैलाई राष्ट्रप्रमुख, सरकार प्रमुख, सुरक्षा निकायको प्रमुख बनाउने हो भने देश कहाँ पुग्छ ? ” उहाँलmे भन्नुभयो–“अहिले देशलाई त्यतै लान खोजिएको छ । काँकडभित्तादेखि महेन्द्रनगरसम्मको सम्मो भूभागलाइृ नेपालबाट अलग्गाएर भारतमा मिसाउन तराइका जमिन्दारहरूले लगातार रूपमा भारतीय विस्तारवादको इसारामा काम गरिरहेका छन् ।” सम्बोधनको क्रममा अध्यक्ष के.सी.ले माओवादी केन्द्रको राष्ट्रवादको मुकुण्डो अहिले नराम्ररी उघारिएको बताउनुभयो । “जुन व्यक्तिले कुनै बेला त्यै देशका विरुद्ध लड्न भन्दै सुरुङ युद्धको घोषणा गरेका थिए, अहिले त्यही देशका शासकहरूका अगाडि लम्पसार पर्दै गइरहेका छन्– आफ्नो कुर्सी जोगाउनका लागि ।” अध्यक्ष के.सी. ले भन्नुभयो–“दक्षिणी छिमेकीकै दबाबमा अहिले फेरि संविधान संशोधन गर्ने खेल चलिरहेको छ । कुनै बेला लड्न भन्दै सुरुङ खन्नेहरू त अहिले छिमेकीले भनेको ठाउँमा बुढी औँठाले होइन निधारले सही ठोक्न राजी भएका छन् । ” कुनै पनि देशको विकास हुनका लागि त्यो देशका जनताको चेतनामा पनि विकास हुनुपर्ने उहाँले बताउनुभयो । आफ्नो देश बचाउन रूसका जनताले जुन विरतापूर्ण लडाई लडेका थिए त्यस्तै बहादुरीपूर्ण लडाई नेपाली जनताले पनि लड्नु पर्ने बेला आएको उहाँको थप भनाई थियो ।
राजमो बागमतीका नेता गोविन्द सिंह थापाको अध्यक्षता र गणेश कुंवरको सञ्चालनमा अघि बढेको सो समारोहलाई अखिल नेपाल बुद्धिजीवी सङ्घका महासचिव योगेन्द्र ढकाल र नेकपा (मसाल) का काठमाडौँ जिल्ला प्रवक्ता झविन्द्र बेलबासेले समेत सम्बोधन गर्नुभएको थियो । राष्ट्रिय जनमोर्चाका केन्द्रीय कोषाध्यक्ष ओमबहादुर के.सी., केन्द्रीय सदस्य लालबहादुर थापा, टे«ड युनियन अन्टुकका महासचिव चिन्तामणि शर्मा, अखिल नेपाल युवक सङ्घका केन्द्रीय सचिव रमेश पौडेल, अनेमसङ्घकी केन्द्रीय कोषाध्यक्ष मनु वि.क., अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका केन्द्रीय सचिव आर.वि. फुँयाल, अखिल नेपाल कानुन व्यवसायी सङ्घका लक्ष्मणदेव पाण्डे र प्रगतिशील पत्रकार सङ्घ नेपालका अध्यक्ष नारायण शर्माको समेत आतिथ्यता रहेको थियो । कार्यक्रममा रक्तिमका केन्द्रीय बैकल्पिक सदस्य हेमराज पुनले अक्टोबर क्रान्तिसम्बन्धी गीत र रक्तिमका पुराना कलाकार मधु क्षेत्रीले अक्टोबर क्रान्तिसम्बन्धी बेजोड कविता समेत प्रस्तुत गर्नु भएको थियो ।
उदयपुर ः राजमो उदयपुरको आयोजनामा गाइघाट बजारको पिपलचोकमा अक्टोबर क्रान्तिको सतवार्षिकी कार्यक्रमको उद्घाटन एक समारोहका बीच सम्पन्न गरिएको छ । समारोहको प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका कार्यकारीस अध्यक्ष रश्मिराज नेपाली रहनुभएको थियो । सतवार्षिकी कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि नेपालीले अक्टोबर क्रान्तिको मर्मलाई आत्मसाथ गर्दै देशको राष्ट्रियता बचाउन अगाडि बढ्न जनतालाई आव्हान गर्नुभयो । नेपालको राष्ट्रियता यतिबेला इतिहासकै गम्भीर सङ्कटमा फसेको बताउँदै कार्यकारी अध्यक्ष नेपालीले पछिल्लो पटक अङ्गीकृत नागरिकलाई पनि देशको कार्यकारी प्रमुख जस्ता पदमा ल्याउनका लागि गर्न लागिएको संविधान संशोधनले देशलाई सिक्किमीकरण गराउने दावी गर्नुभयो । नेपाललाई सिक्किमीकरण हुन नदिन देशभक्त नेपालीहरूले एकताबद्ध भएर आन्दोलनको आँधीबेहरी सिर्जना गर्नु पर्ने उहाँको भनाई थियो ।
राजमो उदयपुरका अध्यक्ष गङ्गाध्वज कार्कीको अध्यक्ष्ँता, सचिव लिलकुमार राइको सञ्चालन र उपाध्यक्ष जसी राइको स्वागत मन्तव्यबाट समारोहको कार्यक्रम अघि बढेको थियो । समारोहलाई राजमो उदयपुरका सल्लाहकार तिलकमान वि.क., नेकपा क्रान्तिकारी– माओवादीका केन्द्रीय सदस्य मोहनसिंह तामाङ र नेकपा (माले) उदयपुरका अध्यक्ष कुमार आले समेतले सम्बोधन गर्नुभएको थियो । 
कास्की ः राजमो कास्कीको आयोजनामा पोखराको हेम्जास्थित मिलनचोकमा शतवार्षिकी कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि राजमो महासचिव जनकराज शर्माले रूसमा सन् १९१७ मा भएको अक्टोबर क्रान्तिको महत्व अहिले पनि त्यत्तिकै भएको बताउनु भयो । विश्वमा पहिलो पटक स्थापना भएको समाजवादी व्यवस्थाको प्रभावका कारण विश्वभरि समाजवादको हावा फैलिएको उहाँले बताउनु भयो । कार्यक्रममा अखिल (छैठौँ) का केन्द्रीय सचिव गणेश अधिकारी, जनजाति सम्मेलनका केन्द्रीय सदस्य दीपक गुरुङ, युवक सङ्घका केन्द्रीय सदस्य विक्रम थापा, महिला सङ्घ कास्कीकी जमुना खत्री, जापान नेपाली एकता समाजका प्रदिप विक, बुद्धिजीवी सङ्घ कास्कीका अध्यक्ष प्रवीण पौडेल, जातीय समता समाजका केन्द्रीय सदस्य विष्णु विक र अन्टुकका जिल्ला सल्लाहकार मोहन थापाले पनि सम्बोधन गर्नु भएको थियो । राजमो कास्कीका उपाध्यक्ष चन्द्र बहादुर केसीको स्वागत भाषण रहेको सो कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरूले चोटिलो जनवादी नृत्य प्रस्तुत गरेका थिए । राजमो कास्कीका सचिव आकाश गौतमको सञ्चालनमा सम्पन्न सो कार्यक्रमको अध्यक्षता जिल्ला अध्यक्ष रवि मोहन ढकालले गर्नु भएको थियो ।
तनहुँ ः राष्ट्रिय जनमोर्चा तनहुँले दमौलीस्थित प्रशासन चोकमा सभाको आयोजना गरी अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रमको उद्घाटन गरेको छ । कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रीय प्रतिनिधि चन्द्र बहादुर केसी हुनु हुन्थ्यो । राजमो तनहुँका अध्यक्ष पुष्पलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त सभामा राजमोका उपाध्यक्ष महेन्द्र सापकोटा, सचिव श्री कुमार श्रेष्ठ, रक्तिम सांस्कृतिक अभियानका जिल्ला अध्यक्ष पूर्ण बहादुर थापा लगायतले मन्तव्य राख्नु भएका थियो । कार्यक्रमको सञ्चालन जिल्ला कोषाध्यक्ष नर बहादुर विकले गर्नु भएको थियो । 
बागलुङ ः राजमो बागलुङले अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रमको उद्घाटन एकै दिन आठ स्थानबाट गरेको छ । राजमो बागलुङले दिएको जानकारी अनुसार गल्कोटमा शतवार्षिकी कार्यक्रमको उद्घाटन राजमोका जिल्ला अध्यक्ष अमर थापाले गर्नु भएको थियो । 
कुश्मीसेरामा राजमोका जिल्ला सदस्य वीरेन्द्र थापाको अध्यक्षता तथा जिल्ला सदस्य ठाकुर शर्माको सञ्चालनमा आयोजित कार्यक्रमबीच शतवार्षिकी कार्यक्रमको उद्घाटन गरिएको छ । राजमो केन्द्रीय पार्षद कृष्ण थापाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नेकपा (मसाल) बागलुङका प्रवक्त भरत पौडेलले पनि मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा जिल्ला सल्लाहकार गोपाल पौडेलले स्वागत मन्तव्य राख्नु भएको थियो ।
राजमो बागलुङ अन्तर्गत बुर्तिवाङमा एरिया समितिको आयोजनामा शतवार्षिकी कार्यक्रमको उद्घाटन सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि राजमोका केन्द्रीय सदस्य एवं गण्डकी–धौलागिरी इन्चार्ज राजेन्द्र ढुङ्गाना हुनु हुन्थ्यो । कार्यक्रममा राजमोका जिल्ला सदस्य दुर्गादेवी घर्ती मगर, प्रगतिशील पत्रकार सङ्घका जिल्ला उपाध्यक्ष लोकेन्द्र निरासी, जातीय समता समाजका पन बहादुर विक लगायतले मन्तव्य राख्नु भएको थियो । अखिल (छैठौँं की गीता सापकोटा, राजमो बुर्तिबाङका अध्यक्ष धन बहादुर खत्री, उद्योग वाणिज्य सङ्घ बुर्तिबाङ एकाइका उपाध्यक्ष निमलाल पाण्डे सहित विभिन्न सङ्घ÷संस्थाका प्रतिनिधिको पनि कार्यक्रममा उपस्थिति रहेको थियो । राजमो बुर्तिबाङका अध्यक्ष धन बहादुर अदैको अध्यक्षता र युवक सङ्घ बुर्तिबाङका अध्यक्ष तिलक बुढाको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको सञ्चालन शिव चालिसेले गर्नु भएको थियो । 
त्यसै गरी, अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रमकै अवसरमा बोहरागाउँको झिवाखोलामा पनि कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि राजमो जिल्ला सदस्य गौरिश्वर पाण्डेले गर्नु भएको थियो । कार्यक्रममा राजमो जिल्ला सदस्य खिम विक्रम शाही, युवक सङ्घका जिल्ला सदस्य जुन विक्रम शाही, रक्तिम सांस्कृतिक अभियानका जिल्ला सदस्य ओम प्रकाश हमाल, महिला सङ्घकी जिल्ला सदस्य विन्दु हमाल, राजमो बोहरागाउँका अध्यक्ष राम बहादुर चन्द, निसी ग्राम समितिका अध्यक्ष उजिर सिंह घर्ती, देविस्थान ग्राम समितिका डिल बहादुर कार्की, शिक्षक सङ्गठनका प्रतिनिधि भूमिराज आचार्य, जातीय समता समाजका मन बहादुर नेपाली लगायतको उपस्थिति रहेको थियो । राजमो निसीको अध्यक्ष थम्मन घर्ती मगरको अध्यक्षता रहेको उक्त कार्यक्रमको सञ्चालन मिलन हमालले गर्नु भएको थियो ।
त्यसै गरी, खर्बाङको कार्यक्रमको उद्घाटन जिल्ला उपाध्यक्ष बेदीलाल सापकोटाले, बरेङमा जनजाति सम्मेलनका केन्द्रीय सल्लाहकार नर बहादुर पुनले, बलेवामा नेकपा (मसाल) का जिल्ला प्रवक्ता भरत पौडेलले र बागलुङमा राजमोका जिल्ला सचिव धर्म कुँवरले एकैसाथ कार्यक्रमको उद्घाटन गरिएको छ ।
अर्घाखाँची ः राष्ट्रिय जनमोर्चाका राप्ती–लुम्बिनीका क्षेत्रीय अध्यक्ष बोम बहादुर खत्रीको प्रमुख आतिथ्यतामा अर्घाखाँचीमा अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रमको उद्घाटन गरिएको छ । राजमो नेता सागर केसी, राजमो क्षेत्रीय समितिका शेर बहादुर बिसी, नेकपा (मसाल) का प्रवक्ता थम्मन केसी, राजमोका केन्द्रीय सल्लाहकार यमलाल पोख्रेल, युवक सङ्घका महासचिव बाबुराम पन्थी, किसान सङ्घका महासचिव कृष्ण केसीका साथै सिद्धि भट्टराई, उषा पुन लगायतले कार्यक्रममा मन्तव्य राख्नु भएको थियो । राजमोका जिल्ला उपाध्यक्ष पशुपति ढकालको अध्यक्षता, जिल्ला कोषाध्यक्ष वीर बहादुर केसीको सञ्चालनमा सम्पन्न सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी राजमोमा प्रवेश गर्ने ढिकुरा र हंसपुर गाविसका पाँच जनालाई प्रमुख अतिथि बोम बहादुर खत्रीले सदस्यता प्रदान गर्नु भएको थियो । सभा अघि मसाल बजारबाट शान्ति बगैँचासम्म र्‍याली प्रदर्शन गरिएको थियो ।
रूपन्देही ः अखिल नेपाल किसान सङ्घको आयोजनामा अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रमको उद्घाटन बुटवलमा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन किसान सङ्घका केन्द्रीय अध्यक्ष भैरव राज रेग्मीले गर्नु भएको थियो । कार्यक्रममा राजमोका पूर्व सांसद सन्त बहादुर नेपालीले पनि मन्तव्य राख्नु भएको थियो । गणेश गौतमको अध्यक्षता र दीपक पौडेलको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा वामपन्थी नेता कृष्ण पौडेल, बुद्विजीवी सङ्घका केन्द्रीय सल्लाहकार दुर्गानाथ खरेल, अन्टुकका गोविन्द विक, जायश्वर रेग्मी लगायतले मन्तव्य राख्नु भएको थियो ।
यसैबीच, अक्टोबर क्रान्तिले सय वर्षमा प्रवेश गरेको अवसरमा माक्र्सवादी विचार मञ्च नेपालले पनि सभा सम्पन्न गरेको छ । कार्यक्रममा राजमोका पूर्व महासचिव तथा सांसद सन्त बहादुर नेपाली, नेकपा (मसाल) का रूपन्देहीका प्रवक्ता लेखनाथ शर्मा, नेकपा (क्रान्तिकारी माओवादी) का नेता प्रेम सुवेदी, नेकपा (एमाले) का पुरुषोत्तम घिमिरे, नेकपा (माओवादी) का अमर आरसी, राजमोका दीपक पौडेल, प्रलेस रूपन्देहीका अध्यक्ष देवेन्द्र घिमिरे, लेखक तथा साहित्यकार दिल साहनी, आरसी चापागाई, बिन बहादुर कुँवर, वरिष्ठ अधिवक्ता तेज प्रसाद कँडेल, खोमा तरामु मगर, विकास केसी, मीन राना लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रम मञ्चका उपाध्यक्ष चेतनाथ आचार्यको अध्यक्षता र पदम कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।
कपिलवस्तु ः गोरुसिङ्गेमा राजमो केन्द्रीय उपाध्यक्ष बद्रे आलमको प्रमुख आतिथ्यतामा अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रमको उद्घाटन सम्पन्न भएको छ । कार्यक्रममा नेकपा (मसाल) कपिलवस्तुका प्रवक्ता छविलाल गैरे, किसान सङ्घका केन्द्रीय उपाध्यक्ष शिव पौडेल, अखिल नेपाल ट्रेड युनियन (अन्टुक) का केन्द्रीय सदस्य केयर सिंह अदै, जनजाति सम्मेलनका केन्द्रीय सदस्य मान बहादुर सिंजापति, युवक सङ्घ जिल्ला सदस्य गोपाल खनाल, महिला सङ्घकी जिल्ला अध्यक्ष मेनका शर्मा, जातीय समता समाजका जिल्ला अध्यक्ष राम बहादुर नेपाली, प्रगतिशील पत्रकार सङ्घका जिल्ला सचिव शितल आचार्य, राष्ट्रिय जनमोर्चा राप्ती–लुम्बिनी सदस्य हिमलाल वाग्ले, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय पार्षद दोर्ण प्रसाद पोख्रेल लगायतले मन्तव्य दिनु भएको थियो । 
कार्यक्रम राजमोका जिल्ला अध्यक्ष दधिराम आचार्यको अध्यक्षताले, स्वागत जिल्ला कोषाध्यक्ष चेत नारायण खनालले र सञ्चालन जिल्ला सचिव रामचन्द्र पौडेलले गर्नु भएको थियो । शतवार्षिकी कार्यक्रमसम्बन्धी कार्यतालिका जिल्ला उपाध्यक्ष राम प्रसाद बेलबासेले गर्नु भएको थियो ।
नेपालगञ्ज ः अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम अन्तर्गत पहिलो उद्घाटन कार्यक्रम नेपालगञ्जमा जुलुस र सभा सहित सम्पन्न भएको छ । सभालाई प्रमुख अतिथिको आसनबाट राजमोका केन्द्रीय सदस्य झविलाल थापाले सम्बोधन गर्नु भएको थियो । सभालाई राजमोका केन्द्रीय सदस्य मोमिना खातुन, नेकपा (मसाल) बाँके प्रवक्ता जगदीश ढकाल, रक्तिम सांस्कृतिक अभियान सल्लाहकार मान बहादुर भण्डारी, जातीय समता समाजका केन्द्रीय सदस्य मन बहादुर सुनार र माथिल्लो कर्णाली बचाऔँ राष्ट्रिय अभियानका केन्द्रीय सदस्य कृष्णराज पाण्डेले पनि सम्बोधन गर्नु भएको थियो । सभामा तराई मधेस जनवादी मोर्चा केन्द्रीय उपाध्यक्ष इसरार अहमद खाँ, जनजाति सम्मेलनका केन्द्रीय सदस्य तथा सहिद पत्नी पार्वती कार्की बराल, उद्योग व्यापार सङ्घका केन्द्रीय सदस्य परशुराम लामिछाने, किसान सङ्घका जिल्ला अध्यक्ष कमल खनाल, महिला सङ्घकी जिल्ला अध्यक्ष पूर्णकला भण्डारी, अखिल (छैठौँ) का जिल्ला उपाध्यक्ष प्रतिभा आचार्य, शिक्षक सङ्घका जिल्ला सचिव भूपति लामिछाने र जनजाति सम्मेलनका जिल्ला अध्यक्ष ज्ञानुमाया रानाको समेत आतिथ्यता रहेको थियो । सभाको सञ्चालन राजमो जिल्ला सचिव गुणनिधि आचार्य, स्वागत राजमो जिल्ला सदस्य माला केसी र अध्यक्षता राजमो जिल्ला अध्यक्ष गौरीलाल कार्कीले गर्नु भएको थियो । सभा अघि त्रिवेणी मोड, सदर लाइन, त्रिभुवन चोक, प्रशासन कार्यालय हँुदै भेरी अञ्चल अस्पताल चोकसम्म जुलुस सम्पन्न भएको थियो । 
राजमो बाँकेले र्कािर्तक २३ गते खजुरा बजार, २४ गते बेतहनी बजार, २५ गते कम्दी बजार, २६ गते फत्तेपुर, २७ गते कोहलपुर र २८ गते कुसुम बजारमा सभा तथा कोणसभा सहित शतवार्षिकी कार्यक्रमको उद्घाटन गर्ने बताएको छ ।
दाङ ः राजमो दाङले अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम उद्घाटन गरेको छ । अखिल नेपाल जनजाति सम्मेलनका महासचिव राम बहादुर बुढाको प्रमुख आतिथ्यतामा देउखुरीको लमहीमा एक कार्यक्रमको आयोजना गरी शतवार्षिकी कार्यक्रमको उद्घाटन गरिएको हो । राजमो दाङका उपाध्यक्ष दोर्ण बहादुर घर्तीको अध्यक्षता, राजमो जिल्ला सदस्य पदम प्रसाद गोराथोकीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेकपा (मसाल) दाङका प्रवक्ता भरत भण्डारी, शतवार्षिकी समारोह सञ्चालन समितिका सदस्य काशीनाथ पोख्रेल, रक्तिम सांस्कृतिक अभियानका महासचिव नारायण योगी, जनजाति सम्मेलनका केन्द्रीय उपाध्यक्ष हनुमान चौधरी, किसान सङ्घका केन्द्रीय सदस्य प्रेम नारायण आचार्य, अन्टुकका केन्द्रीय सदस्य ठाकुर खनाल, बुद्धिजीवी सङ्घका केन्द्रीय सदस्य केशव राज खनाल, शिक्षक सङ्घका केन्द्रीय सदस्यद्वय कृष्ण गिरी र कपिल देव खनाल, प्रगतिशील पत्रकार सङ्घ नेपालका केन्द्रीय उपाध्यक्ष महेश रिजाल, उद्योग ब्यापार सङ्घका केन्द्रीय सदस्य तारा खनाल, कतार नेपाली एकता समाजका हुमाकान्त आचार्य र महिला सङ्घकी जिल्ला सदस्य गौरी खड्काले मन्तव्य राख्नु भएको थियो । सो अवसरमा राजपुर ३ का वडा नागरिक मञ्चका संयोजक महेश चौधरी राजमोमा प्रवेश गरेको घोषणा गर्नुभएको थियो । कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरूले सांस्कृितक प्रस्तुति राखेका थिए । कार्यक्रम अघि र्‍यालीले लमही बजारको परिक्रममा समेत गरेको थियो । कार्यक्रमको सञ्चालन राजमो दाङका सचिव गणेश आचार्यले गर्नु भएको थियो ।
शतवार्षिकी कार्यक्रम अन्तर्गत कार्तिक २३ गते नारायणपुर, २४ गते तुलसीपुर, २५ गते गढवा र २६ गते भालुवाङमा स्थानीय कार्यक्रमको उद्घाटन गरिने छ । मङ्सिर ११ गते घोराहीमा कार्यकर्ता प्रशिक्षण भेला, मङ्सिर अन्तिम साता अक्टोबर क्रान्तिसम्बन्धी बृहत् विचार गोष्ठीको कार्यक्रम रहेको राजमो दाङले जनाएको छ । त्यसै गरी पौष महिनाभरि जिल्लाका विभिन्न स्थानमा प्रशिक्षण भेला र अक्टोबर क्रान्तिको तुल, ब्यानर टागिने, माघ महिनाभरि आर्थिक सङ्कलन अभियान सञ्चालन गर्ने, फागुन, चैत र वैशाख महिनाभर जिल्लालाई तिन भागमा विभाजन गरी मार्च अभियान सञ्चालन गरिने कार्यक्रम सार्वजनिक रहेको राजमो दाङका सचिव गणेश आचार्यले जानकारी दिनु भएको छ ।
दैलेख ः राष्ट्रिय जनमोर्चाका केन्द्रीय वैकल्पिक सदस्य वासुदेव पोखरेलको प्रमुख आतिथ्यतामा अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रमको उद्घाटन दैलेखको देवकोटा चौकमा सम्पन्न भएको छ । शतवार्षिकी कार्यक्रम सम्पन्न गर्न राजमो दैलेखले जिल्ला सचिव कविराज खत्रीको संयोजकत्वमा पाँच सदस्यीय मूल व्यवस्थापन तथा परिचालन समिति गठन गरेको छ । यस्तै, जिल्लालाई तिन क्षेत्रमा विभाजन गरी तिन वटै परिचालन उपसमिति गठन गरिएको छ । यस क्रममा १७ सदस्यीय मूल स्वयंसेवक समिति पनि गठन गरिएको छ । यस अवधिभर दर्जनौँ कार्यकर्ताहरूले पूर्णकालीन रूपमा परिचालन गरिने जनाइएको छ । 
शतवार्षिकी कार्यक्रम अन्तर्गत राजमो दैलेखले ४९ गाविस र दुई नगरपालिकामा सङ्गठन निर्माण गर्ने, सङ्घीयताको खारेजी आन्दोलन सशक्त बनाउने, कम्युनिस्ट घटकहरूसित कार्यगत एकतामा जोड दिने, राष्ट्रघाती माथिल्लो कर्णाली जलविद्युत परियोजनाको खारेजी र नेपाल सरकारले नै निर्माण गर्न आन्दोलन चर्काउने, किसानसित पार्टी अभियान सञ्चालन गर्ने, विकासहरूको अनुगमन, मूल्याङ्कन र अनियमितता गर्नेहरूलाई जन कारवाही गर्ने, दैलेखलाई औद्योगिक क्षेत्र, पर्यटकीय क्षेत्र बनाउन पहल गर्ने, शैक्षिक अराजकताका विरुद्धमा आन्दोलन गर्ने र जिल्ला अस्पतालको स्तरोन्नति तथा दूरदराजका बासिन्दाहरूलाई सुलभ स्वाथ्य उपचार सोही ठाउँमा प्राप्त गराउन आन्दोलन तथा दबाब सृजना गर्ने रहेका छन । 
सुर्खेत ः अनेरास्ववियु (छैठांै) को आयोजनामा सुर्खेतको पिपल चौतारीमा शतवार्षिकी कार्यक्रमको उद्घाटन सम्पन्न भएको छ । अखिल (छैठौँ) का केन्द्रीय अध्यक्ष्ँ विमल पोखरेलको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सन्पन्न भएको हो । कार्यक्रममा नेकपा (मसाल) सुर्खेतका प्रवक्ता बालकृष्ण सुनार, राजमोका जिल्ला अध्यक्ष्ँ गोविन्द सुवेदी, शिक्षक सङ्घका केन्द्रीय उपाध्यक्ष्ँ पूर्ण बहादुर शाहीले पनि सम्बोधन गर्नु भएको थियो । सो अवसरमा रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय उपाध्यक्ष्ँ जीवन शाही, महिला सङ्घकी अध्यक्ष्ँ कृष्णा रावल, समता समाजका केन्द्रीय सदस्य लाल बहादुर नेपाली, अन्टुकका वैकल्पिक केन्द्रीय सदस्य हिरा विक, सहकारीका प्रशिक्ष्ँक शेर बहादुर परियार, किसानका सङ्घका प्रेम ठाडाको पनि आतिथ्यता रहेको थियो । सभाको सञ्चालन अखिल (छैठौँ) का जिल्ला अध्यक्ष्ँ धर्म दानीले गर्नु भएको थियो भने अध्यक्ष्ँता केन्द्रीय सदस्य हस्तराज रेग्मी र स्वागत हरि बुढाले गर्नु भएको थियो ।
प्यूठान ः अक्टोबर क्रान्तिको सतवार्षिकी कार्यक्रमको उद्घाटन राजमो प्यूठानले पनि भव्य समारोहका बीच सम्पन्न गरेको छ । सदरमुकाम खलङ्गा बजारमा जुलुस प्रदर्शन सहित शतवार्षिकी कार्यक्रमको उद्घाटन समारोह सम्पन्न गरिएको थियो । समारोहमा सतवार्षिकी कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथिको आसनबाट राजमोका पूर्व केन्द्रीय सचिव कृष्ण अधिकारीले सम्बोधन गर्नु भएको थियो । राजमोका केन्द्रीय सदस्य तथा प्यूठान जिल्ला अध्यक्ष कृष्ण खड्का र नेकपा (मसाल) का प्यूठान जिल्ला प्रवक्ता तिलक जि.सी.ले समेत सम्बोधन गर्नु भएको थियो । 
राजमो प्यूठानका उपाध्यक्ष इमानसिंह खड्काको अध्यक्षता, सचिव विदुर मल्लको सञ्चालन र सहसचिव लालबहादुर राउतको स्वागत मन्तव्यबाट समारोहको कार्यक्रम अघि बढेको थियो । समारोहमा राजमोका केन्द्रीय सदस्य गोपाल नेपाली, अखिल नेपाल किसान सङ्घका केन्द्रीय सचिव विरबहादुर जि.सी., अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सचिव वीरबहादुर पुन, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका केन्द्रीय उपाध्यक्ष तथा प्यूठान उद्योग वाणिज्य सङ्घका अध्यक्ष ज्ञामुराम न्यौपाने, अन्टुकका केन्द्रीय सचिव मुकुन्द रोकाह समेतको आतिथ्यता रहेको थियो । रक्तिम प्यूठानका कलाकारहरूको बेजोड सांस्कृतिक प्रस्तुतिहरू समेत रहेको सो समारोहमा अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सदस्य सिद्धिमान जि.सी., रक्तिम प्यूठानका अध्यक्ष पिमलाल पुन, अखिल नेपाल युवक सङ्घ प्यूठानका सचिव टेकबहादुर राना, अनेमसङ्घ प्यूठानकी उपाध्यक्ष पद्मा पण्डित, जातीय समता समाजका राप्ती लुम्बिनी क्षेत्रीय समितिका कोषाध्यक्ष पुष्पा परियार, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सल्लाहकार खिमबहादुर वि.क. र अखिल (छैठांै)का केन्द्रीय बैकल्पिक सदस्य तथा प्यूठान जिल्लाध्यक्ष सुमन भण्डारीको समेत आतिथ्यता रहेको थियो । 
बारा ः बारा जिल्लाको सिमराबजार चोकमा पनि राजमो बाराको आयोजनामा अक्टोबर क्रान्तिको सतवार्षिकी कार्यक्रमको उद्घाटन गरिएको छ । एक समारोहका बीच सिमरामा आयोजित सो सभामा प्रमुख अतिथि अखिल नेपाल युवक सङ्घका केन्द्रीय अध्यक्ष तिलक थापाले सतवार्षिकी कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।
राजमो बाराका उपाध्यक्ष शेरबहादुर कार्कीको अध्यक्षता, राजमो नारायणी क्ष्ँेत्रीय समितिका सदस्य दिपक चौधरीको स्वागत मन्तव्य र राजमो बाराका सदय हरि सापकोटाको सञ्चालनबाट अघि बढेको सो सभालाई अखिल नेपाल किसान सङ्घका केन्द्रीय सदस्य धर्मानन्द सुवेदी, नेकपा (मसाल) का बारा जिल्ला प्रवक्ता रमेश भट्टराई र अखिल नेपाल महिला सङ्घ नारायणी क्षेत्रीय समितिकी सदस्य सुशिला आचार्यले समेत सम्बोधन गर्नु भएको थियो । 
सिन्धुली ः सिन्धुली जिल्लाको ऐतिहासिक स्थल सिन्धुलीमाडी बजार लोकतान्त्रिक चोकमा समेत अक्टोबर क्रान्तिको सतवार्षिकी कार्यक्रमको उद्घाटन गरिएको छ । राजमो सिन्धुलीको आयोजनामा त्यहाँ सो उद्घाटन कार्यक्रम सम्पन्न गरिएको थियो । अखिल (छैठौँ) का निवर्तमान केन्द्रीय अध्यक्ष तथा वर्तमान सल्लाहकार अनिलकिशोर घिमिरेले एक समारोहका बीच त्यहाँ सतवार्षिकी कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । सतवार्षिकी कार्यक्रम उद्घाटन समारोहको अध्यक्षता त्यहाँ बाम नेता सन्तबहादुर वि.क.ले गर्नुभएको थियो भने सञ्चालन राजमो सिन्धुलीका अध्यक्ष मानबहादुर लो ले गर्नु भएको थियो ।
सर्लाही ः राष्ट्रिय जनमोर्चा केन्द्रीय सचिव हिमलाल पुरीको प्रमुख आतिथ्यतामा सर्लाहीको हरिवन नगरपालिकाको सभाहलमा पनि अक्टोबर क्रान्तिको सतवार्षिकी कार्यक्रमको उद्घाटन सभा सम्पन्न गरिएको छ । समारोहमा सतवार्षिकी कार्यक्रमको उद्घाटन गरिसके प्रमुख अतिथि पुरीले सारगर्भीत मन्तव्य राख्नु भएको थियो । समारोहलाई राजमोका स्थानीय नेताहरू मगरसिंह थिङ र दिपक अधिकारीले समेत सम्बोधन गर्नु भएको थियो । राजमो सर्लाहीका अध्यक्ष श्रवण कुमार लोप्चनको अध्यक्षता, सचिव नवराज पौडेलको स्वागत मन्तव्यमा अघि बढेको सो समारोहको सञ्चालन अखिल (छैठौँ)का विराट लोप्चनकले गर्नुभएको थियो ।
चितवन ः अखिल नेपाल महिला सङ्घ केन्द्रीय समितिको आयोजनामा चितवनको नारायणगढ बजारस्थित युथ क्लवको सभाहलमा एक समारोहका बीच अक्टोबर क्रान्तिको सतवार्षिकी कार्यक्रमको उद्घाटन गरिएको छ । सङ्घकी केन्द्रीय अध्यक्ष तथा राजमोकी सांसद मीना पुनले त्यहाँ सतवार्षिकी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । उद्घाटन पश्चात् समारोहलाई प्रमुख अतिथिको आसनबाट नेतृ मिना पुनले सम्बोधन गर्नु भएको थियो । 
अनेमसङ्घकी केन्द्रीय उपाध्यक्ष शकुन्तला रानाको अध्यक्षता र चितवन जिल्ला अध्यक्ष मान कुमारी पौडेलको स्वागत मन्तव्य रहेको सो कार्यक्रमको सञ्चालन सङ्घकी महासचिव सरस्वती पौडेलले गर्नुभएको थियो । समारोहलाई नेकपा (मसाल) का चितवन जिल्ला प्रवक्ता मोहनमणि ढकाल, राजमो चितवनका उपाध्यक्ष अमर बहादुर क्षेत्री, वयोबृद्ध बाम नेता श्रीराम घिमिरे, राजमो चितवनका वरिष्ठ सल्लाहकार इन्द्रप्रसाद पौडेल, अखिल नेपाल राष्टि उद्योग व्यापार सङ्घका केन्द्रीय कोषाध्यष गोपाल गिरी, अन्टुकका केन्द्रीय सदस्य डम्मर के.सी., अखिल नेपाल किसान सङ्घका चितवनका अध्यक्ष विष्णुप्रसाद पौडेल, अन्टुकका चितवन जिल्ला अध्यक्ष्ँ मेघराज ढकाल, अखिल नेपाल युवक सङ्घका चितवन जिल्ला अध्यक्ष योगेन्द्र पौडेल, अखिल (छैठौँ) चितवनका अध्यक्ष दिनेश सुवेदी र अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घ चितवन जिल्ला अध्यक्ष होमनाथ शर्माले समेत सम्बोधन गर्नु भएको थियो ।
कैलाली ः राजमो कैलालीले अक्टोबर क्रान्तिको सतवार्षिकी कार्यक्रम जुलुश प्रदर्शन पश्चात् आयोजित एक भव्य समारोहका बीच सम्पन्न गरेको छ । कैलालीको धनगढी बजारस्थित जि.वि. मार्कमोडबाट शुरु भएको जुलुस ट्राफिक चौराहामा पुगेर उद्घाटन समारोहमा परिणत भएको थियो । समारोहमा राजमोका केन्द्रीय सदस्य मनोज भट्टले अक्टोबर क्रान्तिको सतवार्षिकी कार्यक्रमको मैनवत्ति बाले र उद्घाटन गर्नु भएको थियो । उद्घाटन पश्चात् प्रमुख अतिथिको आसनबाट नेता भट्टले समारोहलाई सम्बोधन गर्नु भएको थियो । समारोहलाई बामपन्थी नेता रामचन्द्र भट्ट, अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सदय हरिकृष्ण कडायत, जातीय समता समाजका केन्द्रीय सल्लाहकार दिपक वि.क., अखिल नेपाल युवक सङ्घका केन्द्रीय सदस्य शिवराज रेग्मी, अखिल (छैठौँ) का केन्द्रीय सदस्य उमेश कंडेल र अखिल नेपाल महिला सङ्घकी कैलाली जिल्ला अध्यक्ष कुन्ती पाण्डेले समेत सम्बोधन गर्नुभएको थियो । राजमो कैलालीका उपाध्यक्ष दयाराम सञ्ज्यालको अध्यक्षता, सचिव हुकुम साउदको सञ्चालन र सदस्य जगत जोशीको स्वागत मन्तव्यबाट उद्घाटन समारोह अघि बढेको थियो ।
डोटी ः राजमो डोटीले दिपायल बजारमा सभा गरी अक्टोबर क्रान्तिको सतवार्षिकी कार्यक्रमको उद्घाटन गरेको छ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा सेती–महाकालीका इन्चार्ज लालबहादुुर जाग्रीले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । राजमो डोटीका अध्यक्ष वेणिमाधव जोशीको अध्यक्षता सदस्य डम्मर ऐरको सञ्चालनमा अघि बढेको सो समारोहलाई प्रमुख अतिथि जाग्री र राजमो डोटीका सचिव केशवनाथ योगीले सम्बोधन गर्नु भएको थियो । 
मकवानपुर ः राजमो मकवानपुरले जिल्लाको शिखरकोट स्थित थाहा नगरपालिकाको हलमा एक समारोहको आयोजना गरी अक्टोबर क्रान्तिको सतवार्षिकी कार्यक्रमको उद्घाटन गरेको थियो । सो कार्यक्रमको प्रमुख अतिथि अखिल (छैठौँ) का पूर्व केन्द्रीय अध्यक्ष दुर्गा शर्मा रहनुभएको थियो । राजमो मकवानपुरका अध्यक्ष लक्ष्मण विष्टको अध्यक्षता उपाध्यक्ष उत्तरबहादुर गोपालीको स्वागत मन्तव्य र अखिल (छैठौँ) का केन्द्रीय सदस्य निरबहादुर सिन्ताङको सञ्चालनबाट उद्घाटन समारोहको कार्यक्रम अघि बढेको थियो । समारोहलाई अखिल नेपाल शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष सानोभाइ कार्की, रक्तिमकी केन्द्रीय सदस्य गीता थापा, अखिल नेपाल युवक सङ्घका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष्ँ दिलबहादुर मोक्तान, अखिल नेपाल शिक्षक सङ्घ मकवानपुरका अध्यक्ष कृष्णबहादुर विष्ट नेकपा (मसाल) का मकवानपुर जिल्ला प्रवक्ता रामहरि धिताल, अनेमसङ्घ मकवानपुरकी अध्यक्ष गीता कार्की र राजमो हेटौडा उपमहानगर समितिका अध्यक्ष्ँ पुण्यप्रसाद तिमल्सीना समेतले सम्बोधन गर्नु भएको थियो ।
रुकुम ः राष्ट्रिय जनमोर्चाका पूर्व केन्द्रीय सल्लाहकार सुरेश थापाले रुकुम मुसिकोट नगरपालिकाको त्रिवेणीचोकमा राजमो रुकुमद्वारा आयोजित कोणसभामा मसाल बालेर अक्टोबर क्रान्तिको सतवार्षिकी कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । अखिल (छैठौँ) की समष्टि बुढाको सञ्चालनमा अघि बढेको सो सभालाई प्रमुख अतिथिको आसनबाट नेता थापाले सम्बोधन गर्नु भएको थियो । समारोहका अन्य वक्ताहरूमा राजमो रुकुमका अध्यक्ष गिरीप्रसाद बुढा, अखिल नेपाल शिक्षक सङ्घका केन्द्रीय सदस्य शत्रुधन श्रेष्ठ, अखिल नेपाल किसान सङ्घका राप्ती–लुम्बिनी क्षेत्रीय समितिका सदस्य चन्द्र विक्रम शाही र अखिल (छै्रठौँ) रुकुमका सदस्य सन्तोष शाही रहनुभएको छ । 
गुल्मी ः अखिल नेपाल जनजाति सम्मेलन केन्द्रीय समितिले जुलुस प्रदर्शन सहित गुल्मी जिल्लाको सदरमुकाम तम्घास बजारमा सभा आयोजना गरी अक्टोबर क्रान्तिको सतवार्षिकी कार्यक्रमको उद्घाटन गरेको छ । अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय अध्यक्ष निमबहादुर बुढामगरले कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । उद्घाटन पश्चात् समारोहालाई प्रमुख अतिथिको आसनबाट अध्यक्ष बुढामगरले सम्बोधन गर्नु भएको थियो ।
सम्मेलनका केन्द्रीय उपाध्यक्ष छविलाल सर्तुड्डीको अध्यक्षता, बैकल्पिक केन्द्रीय सदस्य गुमानसिंह पुनको सञ्चालन र राजमो गुल्मीका सचिवालय सदस्य कमल अर्यालको स्वागत मन्तव्यबाट समारोहको कार्यक्रम अघि बढेको थियो । समारोहलाई नेकपा (मसाल) का गुल्मी जिल्ला प्रवक्ता ओमेन्द्र कुंवर, राजमो गुल्मीका कार्यवहाक अध्यक्ष रामेश्वर खत्री, अखिल नेपाल युवक सङ्घका गुल्मी जिल्ला अध्यक्ष तारा कुंवर र प्रगतिशील पत्रकार सङ्घ नेपाल गुल्मी जिल्ला समितिका अध्यक्ष्ँ हरि न्यैपानेले समेत सम्बोधन गर्नु भएको थियो । कार्यमक्रमको बीचबीचमा रक्तिमका कलाकारहरूले निकै आकर्षक र उत्साहित पार्ने खालका गित नृत्यहरू समेत प्रस्तुत गरेका थिए । रक्तिम गुल्मीका सचिव हरिबहादुर सर्तुड्डी र अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य नरमाया थापाको समेत कार्यक्रममा आतिथ्यता रहेको थियो ।
पर्वत ः राजमो पर्वतले जिल्लाको फलेवास बजारमा एक सभाको आयोजना गरी अक्टोबर क्रान्तिको सतवार्षिकी कार्यक्रमको उद्घाटन गरेको थियो । सभाका प्रमुख अतिथि राजमोका गण्डकी धौलागिरी क्षेत्रीय समितिका अध्यक्ष्ँ शङ्कर बरालले सतवार्षिकी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । राजमो पर्वतका अध्यक्ष गोविन्द पौडेलको अध्यक्षता, सचिव बालकृष्ण शर्माको सञ्चालनमा अघि बढेको सो सभामा स्वागत मन्तव्य उपाध्यक्ष भोजराज उप्रेतीले राख्नु भएको थियो । रक्तिम सांस्कृतिक अभियानको कलाकारहरूको सांस्कृति प्रस्तुतिहरू पनि रहेको सो सभालाई प्रमुख अतिथि बराल र अखिल नेपाल बुद्धिजीवी सङ्घ पर्वतका अध्यक्ष्ँ इन्द्रकान्त शर्माले सम्बोधन गर्नुभएको थियो । 
पर्सा ः राजमो पर्साले जिल्लाको वडनिहारमा सभाको आयोजना गरी अक्टोबर क्रान्तिको सतवार्षिकी कार्यक्रमको उद्घाटन गरेको छ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य डम्मर पुरीले कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । राजमो पर्साका अध्यक्ष नेत्र पौडेलको अध्यक्षता, अखिल नेपाल युवक सङ्घका केन्द्रीय कोषाध्यक्ष बाबुराम आचार्यको सञ्चालन र राजमो पर्साका सदस्य तपसी चौधरीको स्वागत मन्तव्यबाट सभाको कार्यक्रम अघि बढेको थियो । सभालाई प्रमुख अतिथि पुरी, राजमो पर्साका सल्लाहकार अक्षयलाल साह र वामपन्थी नेता भागिरथ भट्टराईले सम्बोधन गर्नुभएको थियो ।
पाल्पा ः राजमो पाल्पाले सदरमुकाम तानसेन बजारको सिलखान टोलबाट सितलपाटीसम्म जुलुस प्रदर्शन पश्चात् एक सभाका बीच अक्टोबर क्रान्तिको सतवार्षिकी कार्यक्रमको उद्घाटन गरेको थियो । कार्यक्रमको उद्घाटन राष्ट्रिय जनमोर्चाका केन्द्रीय कार्यालयका सचिव घनश्याम न्यौपानेले गर्नुभएको थियो । उद्घाटन पश्चात् सभालाई प्रमुख अतिथिको आसनबाट सचिव न्यौपानेले सम्बोधन गर्नु भएको थियो । राजमो पाल्पाका अध्यक्ष विशाल दर्लामीको अध्यक्षता, सचिव तिलक गाहाको सञ्चालन र सहसचिव उमा सिंजालीको स्वागत मन्तव्यबाट सभाको कार्यक्रम अघि बढेको थियो । सभालाई राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सोमकुमार कार्की, अन्टुकका केन्द्रीय सदस्य टिकाराम पौडेल र अखिल (छैठौँ) का केन्द्रीय उपाध्यक्ष रेशम कंडेलले समेत सम्बोधन गर्नु भएको थियो । सभामा अखिल नेपाल युवक सङ्घका केन्द्रीय सदस्य तथा पाल्पा जिल्लाध्यक्ष कमल थापा, अनेमसङ्घ पाल्पाकी सचिव नरमति सिंजाली, अखिल नेपाल किसान सङ्घ पाल्पाका उपाध्यक्ष शिल लम्तरी, रक्तिम सांस्कृतिक अभियान पाल्पाकी अध्यक्ष हरिकला थापा र अखिल नेपाल जनजाति सम्मेलन पाल्पाका उपाध्यक्ष मानबहादुर चौहान समेतको आतिथ्यता रहेको थियो ।
किर्तिपुर ः अखिल नेपाल बुद्धिजीवी सङ्घ त्रिभुवन विश्वविद्यालय समितिको आयोजनामा किर्तिपुरको पाङ्गा दोबाटोमा अक्टोबर क्रान्तिको सतवार्षिकी कार्यक्रमको उद्घाटन गरिएको छ । अखिल नेपाल कानुन व्यवसायी सङ्घका अध्यक्ष अधिवक्ता पदम रोकाले सो कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । सभालाई प्रमुख अतिथि अधिवक्ता रोका, अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय उपाध्यक्ष मानबहादुर खत्री र अखिल (छैठौँ) केन्द्रीय सदस्य सगुन शर्माले सम्बोधन गर्नुभएको थियो । अखिल नेपाल बुद्धिजीवी सङ्घ त्रिविवि समितिका उपाध्यक्ष नारायण पोख्रेलको अध्यक्ष्ँता, अखिल (छैठौँ) का केन्द्रीय सल्लाहकार भिष्म जोशीको सञ्चालन र छैठौँङ्कै पूर्व केन्द्रीय सदस्य इन्द्र कंडेलको स्वागत मन्तव्यबाट सभाको कार्यक्रम अघि बढेको थियो ।
 दार्चुला ः राजमो दार्चुलाले सदरमुकाम खलङ्गा बजारमा सभा गरी अक्टोबर क्रान्तिको सतवार्षिकी कार्यक्रमको उद्घाटन गरेको छ । राष्ट्रिय जनमोर्चाका सेती महाकाली क्ष्ँेत्रका उपाध्यक्ष लोकेन्द्र लम्सालले सो कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । उद्घाटन पश्चात् सभालाई प्रमुख अतिथिको आसनबाट उपाध्यक्ष लम्सालले सम्बोधन गर्नुभएको थियो । सभालाई अखिल (छैठौँ) दार्चुलाका अध्यक्ष्ँ ललित धामीले समेत सम्बोधन गर्नु भएको थियो । सतवार्षिकी कार्यक्रम उद्घाटन सभा राजमो दार्चुलाका अध्यक्ष मनविर दमाइको अध्यक्ष्ँता, सचिव उमेश महराको सञ्चालन र सदस्य गोविन्दी परियारको स्वागत मन्तव्यबाट अघि बढेको थियो । 
बैतडी ः बैतडी जिल्लामा अक्टोबर क्रान्तिको सतवार्षिकी कार्यक्रमको उद्घाटन राष्ट्रिय जनमोर्चाका सेती महाकाली क्षेत्रीय समितिका सचिव तथा कैलाली जिल्लाध्यक्ष लक्षीराम आचार्यले गर्नु भएको थियो । राजमो बैतडीले सदरमुकाम गोठालापानीमा उद्घाटन समारोहको आयोजना गरेको थियो । समारोहलाई प्रमुम अतिथि आचार्य र अखिल (छैठौँ) बैतडीका अध्यक्ष टेकेन्द्र बोगटीले सम्बोधन गर्नु भएको थियो । उद्घाटन समारोह राजमो बैतडीका अध्यक्ष अर्जुन मडैको अध्यक्षता र सचिव विरेन्द्र भण्डारीको सञ्चालनमा अघि बढेको थियो ।
डडेल्धुरा ः राजमो डडेल्धुराले सदरमुकामको बागबजारमा सभाको आयोजना गरी सतवार्षिकी कार्यक्रमको उद्घाटन गरेको छ । राजमो डडेल्धुराका अध्यक्ष पदमबहादुर ओलीको अध्यक्षता र सहसचिव नरेन्द्र झुकालको सञ्चालनमा अघि बढेको सो सभालाई प्रमुख अतिथिको रूपमा राजमोका केन्द्रीय सदस्य मदनसेन बडायकले सम्बोधन गर्नु भएको थियो । सभालाई राजमो डडेल्धुराका सचिव धनबहादुर बोहरा र नेकपा (मसाल) का डडेल्धुरा जिल्ला प्रवक्ता दिलबहादुर ऐरले समेत सम्बोधन गर्नुभएको थियो ।
कञ्चनपुर ः राजमो कञ्चनपुरले मोटर साइकिल र्‍याली सहित सभा गरेर अक्टोबर क्रान्तिको सतवार्षिकी कार्यक्रमको उद्घाटन गरेको छ । सभालाई राजमो केन्द्रीय सदस्य नन्दराज भट्टले प्रमुम अतिथिको आसनबाट सम्बोधन गर्नु भएको थियो । सदरमुकाम भिमदत्तनगरको मदनचोकमा आयोजित उक्त सभालाई अखिल (छैठौँ) का केन्द्रीय सचिव महेश जोशी र जातीय समता समाजका महासचिव गोविन्द वि.क.ले समेत सम्बोधन गर्नु भएको थियो । सभाको अध्यक्ष्ँता राजमो भिमदत्तनगर समितिका अध्यक्ष लालबहादुर कुंवरले र सञ्चालन जिल्ला सचिव राम कार्कीले गर्नुभएको थियो ।
बझाङ ः बझाङ जिल्लाको सदरमुकाम चैनपुरबजारमा कोणसभाको आयोजना गरी राजमो बझाङले अक्टोबर क्रान्तिको सतवार्षिकी कार्यक्रमको उद्घाटन गरेको छ । वामपन्थी नेता हरिकृष्ण पाण्डेले सो कार्यक्रमको उद्घाटन गर्दै सभालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्नुभएको थियो । सभाको सञ्चालन राजमो बझाङकी अध्यक्ष कल्पना भण्डारीले गर्नुभएको थियो ।
सिराहा ः सिराहाको बस्तीपुरमा झण्डै चारसय जनमानको उपस्थितिका बीचमा अक्टोबर क्रान्तिको सतवार्षिकी कार्यक्रमको उद्घाटन गरिएको छ । राजमो सिराहाले वस्तीपुरमा एक सभाको आयोजना गरी सतवार्षिकी कार्यक्रमको उद्घाटन गरेको थियो । राजमोका केन्द्रीय सल्लाहकार काजीलाल वाइवा सो सभाको प्रमुख अतिथि रहनुभएको थियो । सभालाई प्रमुख अतिथि वाइवा, नेकपा (एमाले)का सांसद धर्मनाथ साह, नेकपा–माओवादी केन्द्रका राम अवतार राय र एमालेका नेता भोला पोखरेलले सम्बोधन गर्नुभएको थियो । सभा राजमो सिराहाका सदस्य रामविलास सदाको अध्यक्षता र सचिव श्यामबहादुर वि.सी.को सञ्चालनमा अघि बढेको थियो । 
नवलपरासी ः अखिल नेपाल टे«ड युनियन महासङ्घ (अन्टुक) केन्द्रीय समितिले नवलपरासीको कावासोती बजारमा एक सभाको आयोजना गरी अक्टोबर क्रान्तिको सतवार्षिकी कार्यक्रमको उद्घाटन गरेको छ । राजमो नवलपरासीको व्यवस्थापकीय सहयोगमा सो सभा सम्पन्न गरिएको थियो । सतवार्षिकी कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथिको आसनबाट सो सभालाई अन्टुकका केन्द्रीय अध्यक्ष्ँ नारायण सापकोटाले सम्बोधन गर्नुभएको थियो । अन्टुकका केन्द्रीय उपाध्यक्ष गणेश ज्ञवालीको अध्यक्षता, राजमो नवलपरासीका सचिव ढुण्डीराज पोख्रेलको सञ्चालन र अन्टुकका केन्द्रीय कोषाध्यक्ष शालिकराम सापकोटाको स्वागत मन्तव्यबाट सभाको कार्यक्रम अघि बढेको थियो । सो सभालाई अन्तर्राष्ट्रिय नेपाली एकता समाजका अध्यक्ष गङ्गा पौडेल, वामपन्थी बुद्धिजीवी देवराज पौडेल, राजमो नवलपरासीका अध्यक्ष रेम राना, जातीय समता समाजका सल्लाहकार राजेश वि.क., नेकपा (मसाल)का नवलपरासी जिल्ला प्रवक्ता चन्द्र सापकोटा, नेकपा (माक्र्सवादी) का पिविएम जयप्रकाश नेपाल, तराई मधेश जनवादी मोर्चाका उपाध्यक्ष विकाराम चौधरी र अखिल नेपाल युवक सङ्घ नवलपरासीका अध्यक्ष्ँ लालसिंह रानाले समेत सम्बोधन गर्नुभएको थियो । केन्द्रीय सदस्य सुमन रोका सहितको रक्तिम नवलपरासीका कलाकारहरूको टोलीले बेजोड सांस्कृतिक प्रस्तुतिहरू दिएको सो सभामा वयोवृद्ध वाम नेता डिलाराम कंडेल, अन्टुकका पूर्व केन्द्रीय अध्यक्ष दिपक पाण्डे, रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सदस्य सुमन रोका, नवलपरासी जिल्ला अध्यक्ष भक्तबहादुर उचै र अखिल नेपाल किसान सङ्घका केन्द्रीय सदस्य जितबहादुर पौडेल समेतको आतिथ्यता रहेको थियो ।
सिन्धुपाल्चोक ः राजमो सिन्धुपाल्चोकले फुल्पीङडाँडाको विञ्ज्यालमा एक सभाको आयोजना गरी अक्टोबर क्रान्तिको सतवार्षिकी कार्यक्रमको उद्घाटन गरेको छ । राजमोका केन्द्रीय सदस्य लालबहादुर थापाले सो कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । सभालाई प्रमुख अतिथि थापार अखिल नेपाल शिक्षक सङ्घका केन्द्रीय उपाध्यक्ष गङ्गा पौडेलले सम्बोधन गर्नु भएको थियो । राजमो सिन्धुपाल्चोकका अध्यक्ष्ँ दीर्गबहादुर सुवेदीको अध्यक्षता, अखिल नेपाल शिक्षक सङ्घका केन्द्रीय सदस्य तथा केन्द्रीय कार्यालयका सचिव साधुराम नेपालको सञ्चालन र अन्टुकका केन्द्रीय सदस्य कमल तिमल्सीनाको स्वागत मन्तव्यबाट अघि बढेको सो सभामा रक्तिम काठमाडौँ महानगरका अध्यक्ष विष्णु शर्मा नवज्योती युवा क्लवका अध्यक्ष टिका सुवेदी र जालपादेवी माविका प्रएअ नेत्रप्रसाद तिमल्सीनाको समेत आतिथ्यता रहेको थियो । सभाको बीचबीचमा रक्तिमका कलाकारहरूले विभिन्न गीत नृत्यहरू प्रस्तुत गरेका थिए ।

फर्कनुस्

बाँकी समाचार

•  अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम सफल पारौँ
• 
•  शतवार्षिकी कार्यक्रमको उद्घाटन सभाहरू सम्पन्न
•  उद्घाटन कार्यक्रम
•  शतवार्षिकी कार्यक्रम
•  अक्टोबर क्रान्तिको शतवार्षिकी अभियान
•  अक्टोबर क्रान्ति
•  अक्टोबर क्रान्ति कार्यक्रम
•  बागलुङमा तीन महिने अभियान सुरु
•  अक्टोबर क्रान्ति
•  अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम र सङ्गठनात्मक सुदृढीकरणको कार्यक्रम
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.