नेपाली :: English
Masal
Sat / 2017-Nov-18
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)
केन्द्रीय कार्यालय
वक्तव्य

 ने.क.पा.(मसाल) ले चुनाव सम्पन्न भएदेखि नै एमाले र नेपाली काङ्ग्रेस मिलेर सरकारको निर्माण हुनुपर्छ भन्ने कुरामा जोड दिंदै आएको थियो । दोस्रो संविधानसभाको चुनावमा जनताले जातिवाद र क्षेत्रीयतावादका विरुद्ध स्पष्ट जनादेश दिएकाले जातिवाद र क्षेत्रीयतावादका विरुद्ध देखा परेका राजनैतिक शक्तिहरूका बीचमा गठबन्धन भएर सरकारको निर्माण हुनुपर्छ र त्यसरी नै लोकतान्त्रिक संविधानको निर्माण हुने सम्भावना रहनेछ भनेर हाम्रो पार्टीले लगातार मत प्रकट गर्दै आएको थियो । चुनावमा पराजित भएका जातिवाद र क्षेत्रीयतावादका पक्षमा भएका राजनैतिक शक्तिहरूले अहिले पनि विभिन्न तरिकाले जातिवादी र क्षेत्रीयतावादी संविधानको निर्माणका लागि विभिन्न तरिकाले दबाब दिन वा षडयन्त्र गर्न पुरा शक्ति लगाइरहेको पृष्ठभूमिमा एमाले र नेका मिलेर सरकार बनाउने कार्यले निर्णयात्मक महत्व राख्दथ्यो ।

एमाले र नेकाका बीचमा सत्ताको राजनैतिक भागवण्डा वा मन्त्रालयहरूको विभाजनको प्रश्नले मन्त्रीमण्डलको गठनको कार्य अनिश्चित वा ढिलो बन्दै गइरहेको थियो । तैपनि अन्त्यमा ती दुवै पक्षहरू मिलेर सरकारको गठन भएकोमा हाम्रो पार्टीले प्रशन्नता व्यक्त गर्दछ र त्यो कार्यको स्वागत पनि गर्दछ । उक्त दुवै शक्तिहरूसित हाम्रा गम्भीर प्रकारका मतभेदहरू भएको कुरा आम रूपमा थाहा भएको कुरा हो । सरकारले अपनाउने कैयौँ नीति वा कार्यक्रमहरूबारे पनि हाम्रा मतभेदहरू हुने सम्भावनालाई अस्वीकार गर्न सकिन्न । सङ्घीयताको प्रश्नमा पनि उनीहरूसित हाम्रो गम्भीर प्रकारको मतभेद छ र संविधानसभाभित्र वा बाहिर हामीले लगातार सङ्घीयताका विरुद्ध सङ्घर्ष चलाइरहने छौँ ।  एमाले र नेपाली काङ्ग्रेस दुवैले गतकालमा राष्ट्रियता र राष्ट्रियहीतमा कुठराघात पुग्ने नीतिहरू अपनाउँदै आएको पृष्ठभूमिमा उनीहरूका त्यसप्रकारका नीतिहरूको पुनरावृत्तिको सम्भावनाप्रति पनि हाम्रो पार्टीको ध्यान छ र राष्ट्रियता र राष्ट्रिय हितका पक्षमा हामीले उनीहरूका त्यसप्रकारका नीतिहरूको पनि सम्झौताहीन प्रकारले विरोध गरिरहने छौँ ।  समग्र रूपमा अहिले सत्तामा गएका राजनैतिक शक्तिहरू वा अहिले बनेको सरकारका गलत नीतिहरूको विरोध वा त्यसप्रकारका नीतिहरूका विरुद्धको सङ्घर्षलाई कायम राख्दै जातिवाद र क्षेत्रीयतावादका विरुद्धको जनादेश, लोकतान्त्रिक संविधानको निर्माण र गणतन्त्रलाई संस्थागत गर्नका लागि उनीहरूले अपनाउने सकारात्मक नीति वा कार्यहरूमा हाम्रो पार्टीको दृढ समर्थन र सहयोग रहनेछ । 

मितिः २०७० फागुन १३ गते
मोहनविक्रम सिंह
महामन्त्री

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.