नेपाली :: English
Masal
Sat / 2017-Nov-18
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)

केन्द्रीय कार्यालय

Website : www.cpnmashal.org,  Email : ncpmashal@gmail.com


वक्तव्य 



आगामी संविधान सभाको चुनावका सन्दर्भमा हामीले मुख्यतः ३ वटा कुराहरूप्रति सम्पूर्ण जनता तथा आन्दोलन पक्षधर राजनैतिक शक्तिहरूको ध्यानाकर्षण गर्न चाहान्छौँ । ती मध्ये पहिलो हो अधिनायकवादको खतरा, दोस्रो हो प्रतिगमनको खतरा र तेस्रो हो राष्ट्रियताका अगाडि उपस्थित खतरा । जुन राजनैतिक शक्तिहरूका कारणले त्यस प्रकारका खतराहरू उत्पन्न भएका छन्, ती राजनैतिक शक्तिहरूलाई नै पुनः मत दिँदा त्यस प्रकारको खतराहरू झन् बढेर जानेछन् । त्यसैले आगामी संविधान सभाको चुनावका सन्दर्भमा जुन शक्तिहरूका कारणले ती खतरा उत्पन्न भएका छन्, उनीहरूलाई पराजित गर्नेतिर जनताको ध्यान केन्द्रित हुनु पर्दछ ।
संविधान सभाको चुनावमा एमाओवादीले उनीहरूले दावी गरे झैँ वहुमत वा दुईतिहाई वहुमत प्राप्त भएमा देशमा अधिनायकवादी शासन कायम हुने कुरा प्रष्ट छ । उनीहरूको जनताद्वारा प्रत्यक्ष रूपले निर्वाचित कार्यकारी राष्ट्रपतिको प्रणालीको अवधारणा त्यही उद्देश्यद्वारा निर्देशित छ र त्यसको परिणाम पनि त्यही हुनेछ । उनीहरूले अपनाउँदै आएका सामाजिक फासिवादी प्रकारको चिन्तन र कार्यप्रणालीमाथि विचार गर्दा उनीहरूको नेतृत्वमा कार्यकारी राष्ट्रपतिको परिणाम अधिनायकवाद हुने कुरा निश्चित छ । आफ्नो अधिनायकवादी उद्देश्य पूरा गर्न अत्यधिक वहुमत प्राप्त गर्न नै उनीहरूले जातिवादी र क्षेत्रीयतावादी (मधेशवादी) सित साँठगाँठ गरेका छन् । उनीहरू अहिलेसम्म अपनाउँदै आएका माक्र्सवादीलेनिनवादी वा माओवादी सिद्धान्त, पार्टी, क्रान्ति वा देश र राष्ट्रियतासित इमान्दार रहने गरेका छैनन् । उनीहरूको त्यस प्रकारको चरित्र र कार्यप्रणालीमाथि विचार गर्दा विभिन्न शोषित, उत्पीडित वा मधेशी जनताका न्यायपूर्ण मागहरूसित पनि उनीहरू इमान्दार रहने छैनन् र आफ्नो अधिनायकवादी शासन कायम भएपछि शोषित, उत्पीडित वा मधेशी जनतासित पनि इमान्दार नरहने र विश्वासघात गर्न हिच्किचाउने छैनन् भन्ने कुरा बुझ्न गाहो पर्दैन ।
    राजावादीहरूले हिन्दू धर्मको कुरा गरेर वा राष्ट्रप्रतिको जनताको भावनालाई प्रयोग गरेर राजतन्त्रको पुनस्र्थापनाका उद्देश्य पूरा गर्ने प्रयत्न गर्दैछन् । राजतन्त्र नेपाली जनताले ढाई सय वर्षदेखि व्यहोर्दै आएको व्यवस्था हो । राजतन्त्र अन्तर्गत कति धेरै राजनैतिक अस्थिरता हुन्छ भन्ने कुरा शाही शासन कालमा दरवारभित्र हुने गरेका शृङ्खलावद्ध अन्तरकलह वा कोतपर्व र दरवार हत्याकाण्ड समेतका घटनाहरूबाट कुनै शङ्का रहन्न । पञ्चायती कालमा घटेका सुनितानमिता वलात्कार र हत्याकाण्ड, दरवारद्वारा राष्ट्रिय सम्पत्तिको अरबौँ रुपैयाको भ्रष्टाचार र विदेशी बैङ्कमा जसमा गरेको, जनतामाथिको व्यापक दमन आदिबाट राजतन्त्रद्वारा देश र जनताको कल्याण नहुने कुरा प्रष्ट छ । राजतन्त्रद्वारा राष्ट्रियताको पनि रक्षा हुँदैन भन्ने कुरा निरङ्कुश शासन अन्तरगत नै कालापानीमा भारतीय सेनाले कब्जा जमाएको कुराबाट प्रष्ट हुन्छ । त्यो अवस्थामा राजतन्त्रको पुनस्र्थापनाले देशलाई लोकतन्त्र र अग्रगमनतिर होइन, प्रतिगमन र निरङ्कुश शासनतिर लैजानेछ र जनताको जीवन अझ कष्टप्रद हुने कुरा प्रष्ट छ ।
एमाओवादी, जातिवादी वा मधेशवादीहरूको गठबन्धनले चुनावमा अत्यधिक वहुमत प्राप्त गरेमा देशको राष्ट्रियतामा पनि गम्भीर खतरा उत्पन्न हुनेछ । एमाओवादीले मधेशवादीहरूसित गठबन्धनको नीति अपनाएको छ । त्यसले (एमाओवादीले) एकपछि अर्को गर्दै राष्ट्रघाती नीति अपनाउँदै गएको छ । त्यसले खालि सङ्घीयता मात्र होइन, अन्धजातिवादी, पृथक बन्ने अधिकार सहितको आत्मनिर्णयको अधिकार जस्ता अवधारणाहरू अपनाएको छ र नाङ्गो प्रकारले भारतपरस्त नीति अपनाएको छ । त्यसले गर्दा त्यसको नीतिबाट देशको राष्ट्रियतामा गम्भीर आँच पुग्ने खतरा छ । आत्मनिर्णयको अधिकार सहितको एक मधेश एक प्रदेश जस्ता अन्धजातिवादी वा जातिवादी अवधारणाहरूका कारणले पनि देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामा गम्भीर कुठाराघात पुग्ने खतरा छ ।
उपरोक्त प्रकारको पृष्ठभूमिमा आगामी संविधान सभाको चुनावका सन्दर्भमा देशमा अधिनायकवादी शासन कायम हुन नदिनु, देशलाई प्रतिगमनतिर जान नदिनु र राष्ट्रियताको रक्षा गर्नु प्रमुख राष्ट्रिय आवश्यकता भएका छन् । त्यो अवस्थामा त्यस प्रकारको खतराहरूबाट देशलाई बचाउन सम्पूर्ण जनता र लोकतन्त्र, गणतन्त्र र राष्ट्रियताका पक्षधर राजनैतिक शक्ति वा सङ्घसंस्थाहरूको विशेष ध्यान दिनु आवश्यक छ । आगामी संविधान सभाको चुनावमा उक्त कुराहरूमाथि ध्यान दिएर अर्थात् देशलाई अधिनायकवाद र प्रतिगमनको दिशामा लैजाने तथा राष्ट्रियतामा आँच पुयाउने पक्षहरूलाई पराजित गर्ने कुरालाई केन्द्रमा राखेर नै आफ्ना मतदानको अधिकार प्रयोग गर्न हामीले सम्पूर्ण जनतासित अपिल गर्दछौँ ।
अन्तमा, चुनावका सन्दर्भमा देशका विभिन्न भागहरूमा भैरहेको हिंसात्मक घटनाहरूप्रति हामीले सम्बन्धित पक्षहरूको ध्यान आकर्षित गर्दछौँ । त्यो क्रममा कैयौँ निर्दोष जनता र वालवालिका समेत साङ्घातिक प्रकारले घाइते भएका छन् । त्यस प्रकारका सबै घटनाहरूमा नेकपामाओवादी नै संलग्न छ भन्नका लागि आधार छैन । तर माओवादीहरूको वहिष्कार आन्दोलन र यातायात बन्दलाई अझ कडा पारेर लैजाने उनीहरूको सार्वजनिक अभिव्यक्तिका सन्दर्भमा त्यस प्रकारका हिंसात्मक गतिविधिहरू भैरहेकाले त्यस प्रकारको परिणामस्वरूप वामपन्थी आन्दोलन नै वदनाम हुने, त्यसप्रति जनताको वितृष्णा पैदा हुने तथा त्यो स्थितिबाट प्रतिक्रियावादी शक्तिहरूले लाभ उठाउने कुरामाथि ध्यान दिँदै त्यस प्रकारका घटना बढ्न नदिन हामीले माओवादीहरूको गम्भीर रूपले ध्यान आकर्षित गर्न चाहान्छौँ ।

मिति ः २०७० कार्तिक २८ गते

मोहनविक्रम सिंह
महामन्त्री

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.