नेपाली :: English
Masal
Tue / 2018-Sep-18
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)
केन्द्रीय कार्यालय

वक्तव्य

२ नं. प्रदेशमा प्रधानमन्त्री मोदीको भव्य (?!) तयारी वास्तवमा नेपालको राष्ट्रिय स्वाभिमानका विरुद्धको नै कुरा हो । २ नंं. प्रदेशको निर्माण नै भारतीय विस्तारवादको योजना अनुसार नै गरिएको थियो । वास्तवमा भारतले तराईका सबै जिल्लालाई पहाडी भूभागबाट अलग गरेर बेग्लै प्रदेशहरू बनाउन खोजेको थियो । अन्यत्र ता त्यो योजना सफल हुन सकेन । तर २ नं. प्रदेशको निर्माण त्यसरी नै गरिएको थियो । हाम्रो पार्टीले संविधानको निर्माणको क्रममा पनि २ नंं. प्रदेशको निर्माणको विरोध गरेको थियो र त्यस प्रकारको प्रावधानका विरुद्ध संशोधन प्रस्ताव राखेको थियो । अब व्यवहारबाट नै त्यो प्रदेशको निर्माण नेपालको राष्ट्रिय हितका पक्षमा नभएको कुरा प्रष्ट छ ।
भारतले तराईका बाँकी जिल्लाहरूलाई पनि पहाडी भूभागबाट अलग गरेर बेग्लै प्रदेशहरूको निर्माण गर्न चाहन्छ । त्यसका लागि नै मधेशवादीहरूले संविधानमा संशोधनको कुरा उठाइरहेका छन् । अहिले मोदीको जसरी अस्वभाविक तरिकाले स्वागतको तयारी भइरहेको छ, त्यसले तराईमा बेग्लै प्रदेशहरू बनाउनुको उद्देश्य भारतीय विस्तारवादी रणनीतिलाई पूरा गराउनु थियो भन्ने कुरा बुझ्न गाह्रो पर्दैन ।
मोदीको सुरक्षाका लागि नेपालमा ठूलो सङ्ख्यामा भारतीय सैनिकहरूको जसरी प्रयोग गरिएको छ, त्यसलाई पनि हाम्रो पार्टीले गलत मान्दछ । मुक्तिनाथ जस्तो संवेदनशील क्षेत्रमा पनि मोदीको सुरक्षाका नाममा ठूलो सङ्ख्यामा भारतीय सैनिकहरूलाई पठाउने काम भइरहेको छ ।
मोदीको नेपाल भ्रमणका बेलामा अरूण तेस्रोको शिलान्यास गर्ने कार्यक्रम निश्चित गरिएको छ । यो नेपालको जलसम्पादमाथि भारतीय विस्तारवादले बढाउँदै लगिरहेको अतिक्रमणको एउटा उदाहरण हो । त्यसैले हाम्रो पार्टीले त्यो शिलान्यासलाई पनि राष्ट्रघाती कार्य ठान्दछ र विरोध गर्दछ ।
यो आम नेपाली जनतालाई थाहा भएको कुरा हो कि मोदी सरकारले संविधानको निर्माणको क्रमदेखि नै नेपालप्रति जुन प्रकारको नीति अपनाउँदै आएको छ, त्यो अवस्थामा त्यसलाई नेपालको मित्र शक्ति भन्न सकिन्न । अहिले पनि मित्रताका आडमा नेपाल प्रतिको आफ्नो विस्तारवादी नीति पूरा गर्न नै मोदीको नेपाल भ्रमणको मुख्य उद्देश्य रहेको छ । त्यस प्रकारको पृष्ठभूमिमा मोदीको भ्रमणबाट नेपालको राष्ट्रियता, सार्वभौमिकता, अखण्डता र राष्ट्रिय हितमा गम्भीर खतरा पुग्ने जुन सम्भावना छ त्यसप्रति नेकपा (मसाल)ले सम्पूर्ण देशभक्त जनताको ध्यान आकर्षित गराउन चाहन्छ ।

मिति ः २०७५ वैशाख २७ गते

मोहनविक्रम सिंह
महामन्त्री

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
•  विज्ञप्ति
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.