नेपाली :: English
Masal
Sat / 2017-Nov-18
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)

केन्द्रीय कार्यालय

Website : www.ncpmashal.org,  Email : ncpmashal@gmail.com


वक्तव्य 


माओवादी सरकारले अध्यादेशद्वारा देशमा शासन गर्ने र त्यसरी आफ्नो सत्तालाई निरन्तरता दिन गरिरहेको प्रयत्नप्रति हाम्रो पार्टीको गम्भीर ध्यान आकर्षित भएको छ । वर्तमान सरकार एउटा कामचलाउ सरकार मात्र हो । त्यो अवस्था त्यसले अध्यादेशद्वारा आफ्नो शासनलाई लम्बाउने जुन नीति अपनाइरहेको छ, त्यो निश्चित रुपले गैरजिम्मेवार, अप्रजातान्त्रिक र अधिनायकवादी तरिका हो । सरकारको त्यस प्रकारको कार्यपद्धतिको हाम्रो पार्टीले कडा शब्दमा विरोध गर्दछ ।
सरकारले अहिले निर्वाचन सम्बन्धी कतिपय विषयहरुमा अध्यादेश जारी गर्न राष्ट्रपतिकहा सिफारिस गरेको छ । प्रथमता, निर्वाचन सम्बन्धी विषयमा प्रवेश गर्नुभन्दा पहिले संविधानमा आवश्यक संशोधन हुनुपर्दछ । द्वितीय, वर्तमान सरकार काम चलाउ सरकार मात्र भएकाले त्यसलाई निर्वाचन सम्बन्धी कुनै विषयमा अध्यादेश गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने कुनै अधिकार हुन्न । त्यसकारण सरकारले निर्वाचन सम्बन्धी विषयमा राष्ट्रपतिलाई गरेको सिफारिसको हाम्रो पार्टीले गम्भीर आपत्ति प्रकट गर्दछ ।
वर्तमान सरकार काम चलाउ सरकार भएकाले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रिय सहमतिको सरकार बनेर छिटोभन्दा छिटो वर्तमान सरकार विस्थापित हुनुपर्दछ । त्यसपछि नै निर्वाचन र संविधानको निर्माण तथा गणतन्त्रलाई संस्थागत गर्न मद्दत पुग्ने छ । अन्यथा व्यापक जनआन्दोलनको माध्यमद्वारा माओवादीहरुले वर्तमान काम चलाउ सरकारलाई निरन्तरता दिन वा देशमा अधिनायकवादी शासन कायम गर्न गरिरहेका प्रयत्नहरुका विरुद्ध राष्ट्रिय स्तरमा आन्दोलन गर्नुको कुनै विकल्प छैन र त्यसका लागि हामीले लोकतन्त्र र गणतन्त्र पक्षधर सबै राजनीतिक शक्तिहरुको ध्यान आकर्षित गर्न चाहन्छौं ।
विभिन्न निकायहरुमा उच्च पदहरुमा रहेका भूतपूर्व विशिष्ट व्यक्तिलाई अध्यादेशद्वारा विशेष सुविधाहरु उपलब्ध गराउने सरकारको निर्णयप्रति पनि हाम्रो ध्यान आकर्षित भएको छ । सरकार वा समाजका विशिष्ट व्यक्तिहरुलाई त्यस प्रकारका सुविधाहरु प्रदान गर्ने कार्यलाई सिद्धान्ततः नै गलत मान्न सकिन्न । संसारका विभिन्न देशहरुमा त्यस प्रकारका प्रचलन पनि छ । तर त्यस प्रकारको कुनै निर्णय गर्दा नेपालको विशिष्टता माथि ध्यान दिनुपर्दछ । प्रथम, नेपालमा, मुख्यतः मन्त्रीमण्डल वा मन्त्रीहरुमा छिटो छिटो परिवर्तन भइरहन्छ । त्यो अवस्थामा थोरै अवधिकालागि रहने प्रधानमन्त्री वा मन्त्रीहरुलाई त्यस प्रकारका सुविधाहरु उपलब्ध गराउने प्रणालीलाई सही भन्न सकिन्न । त्यसबाट देशमाथि बढी भारपर्न जान्छ । त्यो बाहेक उक्त विषयसित सम्बन्धित सबै पक्षहरु माथि विचार गरेर व्यवस्थापिकाले आवश्यक कानून बनाउनु पर्दछ । अध्यादेशहरुको माध्यमद्वारा त्यस प्रकारका विशेष सुविधाहरु प्रदान गर्ने निर्णय गरेर सरकारले अप्रजातान्त्रिक कार्यविधि अपनाएको छ । त्यसैले हाम्रो पार्टीले अहिले त्यसरी विशेष सुविधा प्रदान गर्ने निर्णयको विरोध गर्दछ ।

मिति २०६९ श्रावण १५ गते
 
मोहनविक्रम सिंह
महामन्त्री 

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.