नेपाली :: English
Masal
Sun / 2017-Nov-19
janamatOctober Revolution Special
शतवार्षिकी कार्यक्रमको उद्घाटन सभाहरू सम्पन्न

डोटी ः
दिपायल । राजमो डोटीले समाजवादी अक्टोबर क्रान्ति सतवार्षिकी कार्यक्रमको उद्घाटन सभा जिल्लाका विभिन्न गाविसहरूमा सम्पन्न गरेको छ । राजमो केन्द्रले डोटी र डडेल्धुरामा सतवार्षिकी कार्यक्रम सञ्चालन गर्नका लागि मनोज भट्टको संयोजकत्वमा पाँच सदस्यीय मूल परिचालन समिति गठन गरेको थियो । जसमा लालबहादुर जाग्री, बेणिमाधव जोशी, केशवनाथ योगी र पदम ओली सदस्य रहनु भएको छ । डोटीमा मूल रूपमा यही समितिले नै सतवार्षिकी कार्यक्रमको उद्घाटन सभाहरू सम्पन्न गरेको हो । यस बाहेक राजमो डोटीले पनि जिल्लामा अक्टोबर क्रान्तिको सतवार्षिकी कार्यक्रम सञ्चालनका लागि मनोज भट्टकै संयोजकत्वमा सात सदस्यीय परिचालन समिति गठन गरेको थियो । जसमा वेणिमाधव जोशी, केशनाथ योगी, रमेश अवस्थी, डवल तिरुवा, डवल बोगटी र नरेश आले सदस्य रहनुभएको छ । 
राजमो डोटीले २२ कार्तिकमा दिपायलमा मूल उद्घाटन सभा सम्पन्न गरेको थियो । २४ कार्तिकमा राजमो डोटीले डोटी र अछाम जिल्लाको सिमानामा पर्ने साजघाटमा समाजवादी अक्टोबर क्रान्तिको उद्घाटन सभा सम्पन्न गरेको छ । सो सभालाई प्रमुख अतिथिको आसनबाट राजमोका केन्द्रीय सदस्य तथा डोटी र डडेल्धुरामा समाजवादी अक्टोबर क्रान्ति सतवार्षिकी कार्यक्रम सञ्चालनका लागि बनेको मूल परिचालन समितिका संयोजक मनोज भट्टले सम्बोधन गर्नु भएको थियो । परिचालन समितिका सदस्य तथा राजमो डोटीका अध्यक्ष वेणीमाधव जोशीले समेत सो सभालाई सम्बोधन गर्नु भएको थियो । सभा राजमो डोटीका कोषाध्यक्ष रमेश अवस्थीको अध्यक्ष्ँता, सचिव केशवनाथ योगीको स्वागत मन्तव्य र अखिल नेपाल युवक सङ्घका डोटी जिल्ला अध्यक्ष प्रशान्त थापाको सञ्चालनमा अघि बढेको थियो । यस्तै यही टोलीले २६ कार्तिकका दिन दहकालिका गाविसको मौवामा सभा सम्पन्न गरेको थियो ।
राजमो डोटीले २०७३ कार्तिक २८ का दिन बनलेक गाविसको बाङडुङरी तैनमा सतवार्षिकी कार्यक्रमको उद्घाटन सभा सम्पन्न गरेको थियो । राजमो डोटीका सदस्य नरेन्द्र विष्टको अध्यक्ष्ँता, अर्का सदस्य डम्मर ऐरको स्वागत मन्तव्य र युवक सङ्घका डोटी जिल्ला अध्यक्ष प्रशान्त थापाको सञ्चालनमा अघि बढेको सो सभालाई पनि मनोज भट्टले नै प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्नु भएको थियो । सभालाई राजमो डोटीका अध्यक्ष वेणिमाधव जोशी र सचिव केशवनाथ योगीले समेत सम्बोधन गर्नु भएको थियो । 
बाँके ः
नेपालगन्ज । राष्ट्रिय जनमोर्चा बाँकेले २०७३ कार्तिक २२देखि २८सम्म जिल्लाका विभिन्न भागहरूमा अक्टोबर क्रान्तिको सतवार्षिकी कार्यक्रमको उद्घाटन सभाहरू सम्पन्न गरेको छ । २२ कार्तिकमा नेपालगन्ज बजारमा जुलुश प्रदर्शन सहित भव्य सभा गरेर शतवार्षिकी कार्यक्रमको उद्घाटन गरेको राजमो बाँकेले २३ कार्तिकदेखि २८सम्म जिल्लाका विभिन्न ६ स्थानहरूमा उद्घाटन सभा तथा कोणसभाका कार्यक्रमहरू सम्पन्न गरेको छ । तिनै सभाहरूमा बाँकेमा विभिन्न पार्टी परित्याग गरेर विभिन्न व्यक्तिहरू राजमोमा प्रवेश समेत गरेका छन् । 
राजमो बाँकेले एक नम्बर एरिया समितिको आयोजनामा २०७३ कार्तिक २७ गते कोहलपुर बजारमा जुलुश प्रदर्शन सहित अक्टोबर क्रान्तिको सतवार्षिकी कार्यक्रमको उद्घाटन सभा सम्पन्न गरेको छ । सभालाई राष्ट्रिय जनमोर्चा कि केन्द्रीय सदस्य मोमिना खातुनले प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्नु भएको थियो । सो सभालाई राजमोका पूर्व सांसद हरि आचार्य, बाम नेता तुल्सीराम सापकोटा, राजमो बाँकेका अध्यक्ष गौरीलाल कार्की, माथिल्लो कर्णाली बचाऔँ राष्ट्रिय अभियानका केन्द्रीय सदस्य कृष्णराज पाण्डे, नेकपा (मसाल) का बाँके जिल्ला प्रवक्ता जगदीश ढकाल र जातीय समता समाजका केन्द्रीय सदस्य मानबहादुर सुनारले समेत सम्बोधन गर्नु भएको थियो । राजमो बाँकेका सचिव तथा एक नम्बर एरिया समितिका अध्यक्ष गुणनीधि आचार्यको अध्यक्षता, सचिव भवानी प्रसाद शर्माको सञ्चालन र सहसचिव केशवराज शाहीको स्वागत मन्तव्यबाट सभाको कार्यक्रम अघि बढेको थियो । रक्तिम सांस्कृतिक अभियान बाँकेका कलाकारहरूको बेजोड सांस्कृतिक प्रस्तुतिहरू समेत रहेको सो सभामा अखिल नेपाल महिला सङ्घकी केन्द्रीय उपाध्यक्ष बालकुमारी आचार्य, शहिद पत्नी तथा अखिल नेपाल जनजाति सम्मेलनकी केन्द्रीय सदस्य पार्वती कार्की, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका केन्द्रीय वैकल्पिक सदस्य परसुराम आचार्य रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सल्लाहकार मानबहादुर भण्डारी, अखिल नेपाल किसान सङ्घ बाँकेका अध्यक्ष कमल खनाल, अखिल नेपाल महिला सङ्घ बाँकेकी अध्यक्ष पूर्णकला भण्डारी, अखिल नेपाल जनजाति सम्मेलन जिल्ला समिति बाँकेका अध्यक्ष ज्ञानुमाया राना, अखिल (छैठौँ) की बाँके जिल्ला उपाध्यक्ष प्रतिभा आचार्य र अखिल नेपाल शिक्षक सङ्घका बाँके जिल्ला सचिव भुपति लामिछाने समेतको आतिथ्यता रहेको थियो ।
उद्घाटन सभा कार्यक्रमको अन्तिम दिन राजमो बाँकेले खास कुश्मा गाविसको कुशुम बजारमा कोणसभा सम्पन्न गरेको थियो । राजमो बाँकेका सचिव गुणनीधि आचार्यको सञ्चालनमा अघि बढेको सो सभालाई बाम नेता तुलसीराम सापकोटाले प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्नु भएको थियो । सभालाई राजमो बाँकेका अध्यक्ष गौरीलाल कार्की, नेकपा (मसाल) का बाँके जिल्ला प्रवक्ता जगदिश ढकाल र शहिद पत्नी तथा अनेमसङ्घ बाँकेकी उपाध्यक्ष पार्वती कार्कीले समेत सम्बोधन गर्नुभएको थियो  ।
राजमोमा प्रवेश
राजमो बाँकेले कुसुम बजारमा आयोजना गरेको सोही सभामा आधा दर्जनभन्दा बढी व्यक्तिहरू विभिन्न पार्टी परित्याग गरी राजमोमा प्रवेश गरेका थिए । नवप्रवेशीहरूलाई राजमो बाँकेका अध्यक्ष गौरीलाल कार्कीले राजमोको सदस्यता प्रदान गर्नु भएको थियो । यसरी राजमोमा प्रवेश गर्नेहरूमा एमालेबाट देवबहादुर रावल, नेपाली काङ्ग्रेसबाट अर्जुन मगर र सर्वसाधारणहरू घमानसिंह वि.क., सेवकराम वि.क., कविता खत्री, बसन्तलाल चौधरी र बौद्ध प्रसाद शर्मा रहनुभएको छ ।
राजमो बाँकेले यस अघि २३ कार्तिकमा जिल्लाको खजुरा बजारमा अक्टोबर क्रान्तिको सतवार्षिकी कार्यक्रमको उद्घाटन सभा सम्पन्न गरेको थियो । राजमो बाँके चार नम्बर एरिया समितिको आयोजनाचमा सम्पन्न सो सभालाई राजमोकी केन्द्रीय सदस्य मोमिना खातुनले प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्नु भएको थियो । सभालाई राजमो बाँकेका अध्यक्ष गौरीलाल कार्की, उपाध्यक्ष कृष्णराज पाण्डे र किसान सङ्घका बाँके जिल्ला अध्यक्ष कमल खनालले समेत सम्बोधन गर्नुभएको थियो । राजमो बाँके चार नम्बर एरिया समितिका अध्यक्ष इसरार अहमद खाँ को अध्यक्ष्ँता, सचिव रिमलाल गिरीको सञ्चालन र सदस्य होमबहादुर सुनारको स्वागत मन्तव्यबाट अघि बढेको सो सभामा रक्तिमका केन्द्रीय सल्लाहकार मानबहादुर भण्डारी, जातीय समता समाजका केन्द्रीय बैकल्पिक सदस्य मानबहादुर सुनार र अनेमसङ्घ बाँकेकी सदस्य दुर्गा शर्माको समेत आतिथ्यता रहेको थियो ।
यस्तै राजमो बाँकेले २४ कार्तिकमा बेतनी बजारमा सभा सम्पन्न गरेको थियो । सो सभाको प्रमुख अतिथि पनि राजमो केन्द्रीय सदस्य मोमिना खातुन रहनु भएको थियो । राजमो बाँके २ नम्बर एरिया समितिको आयोजनामा सम्पन्न सो सभालाई राजमो बाँकेका अध्यक्ष गौरीलाल कार्की, मसालका बाँके जिल्ला प्रवक्ता जगदिश ढकाल र अनेमसङ्घ बाँकेकी अध्यक्ष पूर्णकला भण्डारीले समेत सम्बोधन गर्नु भएको थियो । राजमो बाँके २ नम्बर एरिया समितिका अध्यक्ष सहिजाद अलि नाऊको अध्यक्षता, कोषाध्यक्ष जोगप्रसाद भण्डारीको सञ्चालन र सदस्य पर्शुराम केवटको स्वागत मन्तव्यबाट अघि बढेको सो सभामा शहिद कमल अधिकारीकी जीवन सङ्गिनी सिता अधिकारी, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका केन्द्रीय बैकल्पिक सदस्य परशुराम लामिछाने र अखिल (छैठौँ) का बाँके जिल्ला सहसचिव नमराज चन्दको समेत आतिथ्यता रहेको थियो ।
राजमो बाँकेले २५ कार्तिकका दिन जिल्लाको कम्दीबजारमा अक्टोबर क्रान्तिको सतवार्षिकी कार्यक्रमको उद्घाटन सभा सम्पन्न गरेको थियो । सो कोणसभाको सञ्चालन अखिल (छैठौँ) बाँकेका सहसचिव नमराज चन्दले गर्नु भएको थियो भने सम्बोधन राजमो बाँकेका उपाध्यक्ष कृष्णराज पाण्डे र मसालका बाँके जिल्ला प्रवक्ता जगदिश ढकालले गर्नु भएको थियो । 
२६ कार्तिकका दिन राजमो बाँकेले फत्तेपुरको सिद्धेश्वर मावि प्राङ्गण र मेहमानपुरचोकमा गरी दुई स्थानमा कोणसभाका कार्यक्रमहरू सम्पन्न गरेको थियो । ती दुवै स्थानका कोणसभाहरूको सञ्चालन रक्तिम सांस्कृतिक अभियान बाँकेका सल्लाहकार शरद लामिछानेले गर्नु भएको थियो । ती कोणसभाहरूलाई फत्तेपुरमा राजमो बाँकेका सचिव गुणनीधि आचार्यले र मेहमानपुरचोकमा उपाध्यक्ष कृष्णराज पाण्डेले सम्बोधन गर्नु भएको थियो । 
स्याङजा ः
वालिङ । राष्ट्रिय जनमोर्चा स्याङ्जा जिल्ला समितिको आयोजनामा २०७३ कार्तिक २७ गते वालिङ बजारमा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चा स्याङ्जा जिल्ला अध्यक्ष राजेन्द्र गैरेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन जिल्ला सचिव प्रकाश परियारले गर्नु भएको थियो । उक्त कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सोमकुमार कार्की हुुनुहुन्थ्यो । कार्यक्रमका अन्य वक्ताहरूमा अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सदस्य लालबहादुर राना, नेकपा (मसाल)का जिल्ला प्रवक्ता हुमबहादुर राना लगायत हुनुहुन्थ्यो । 
पाल्पा ः
तानसेन । राष्ट्रिय जनमोर्चा पाल्पा जिल्ला समितिको आयोजनामा अक्टोबर क्रान्तिको सतवार्षिकी कार्यक्रमको सन्दर्भमा कार्तिक २६ र २७ गते प्रशित कार्यक्रम सम्पन्न भएको छ । तानसेन बजारमा सम्पन्न दुई दिने प्रशिक्षण कार्यक्रम विभिन्न विषयमा अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सल्लाहकार दुर्गा खरेल र राष्ट्रिय जनमोर्चाका पूर्व महासचिव सन्तबहादुर नेपाली प्रशिक्षण दिनुभएको थियो । उक्त प्रशिक्षण कार्यक्रमको समापन राजमो जिल्ला अध्यक्ष विशाल दर्लामीको अध्यक्षता, अखिल (छैठौँ) का केन्द्रीय उपाध्यक्ष रेशम कंडेलको सञ्चालनमा सम्पन्न भएको थियो । उक्त कार्यक्रम प्रशिक्षक, दुर्गा खरेल, सन्तबहादुर नेपाली, अखिल (छैठौँ) का पूर्व केन्द्रीय अध्यक्ष्ँ अनिलकिशोर घिमिरे र प्रशिक्षर्थीकोतर्फबाट भाम सिंजाली लगायतले मन्तव्य राख्नुभएको थियो । 
म्याग्दी ः
बेनी । राष्ट्रिय जनमोर्चा जिल्ला समिति म्याग्दीको आयोजनामा म्याग्दीको बेनी बजार हुलाकचोकमा २०७३ कार्तिक २२ गतेका दिन एक कोणसभा गरी अक्टोबर क्रान्तिको शतावार्षिकी कार्यक्रमको उद्घाटन गरिएको थियो । 
राष्ट्रिय जनमोर्चा म्याग्दीका जिल्ला सदस्य शिव परियारको सञ्चालनमा सम्पन्न सो कोणसभालाई जिल्ला अध्यक्ष्ँ छवि विश्वकर्मा र अनेरा.स्व.वि.यु. (छैठौँ) का केन्द्रीय महासचिव भिमलाल पोख्रेलले सम्बोधन गर्नु भएको थियो । साथै रक्तिम सांस्कृतिक अभियानकी केन्द्रीय सदस्य खिमा पुनले सभाको बीचमा आकर्षक नृत्य प्रस्तुत गर्नुभएको थियो । 
पर्सा ः
विरगन्ज । अखिल नेपाल युवक सङ्घ को आयोजनामा अक्टोवर क्रान्तीको शतवार्षिकी कार्यक्रम को उदघाटन पर्सा जिल्लाको विरगंजमा २०७३ कार्तिक २३ गते युवक सङ्घको पनि जिल्ला भेला सहित सम्पन्न गरिएको छ । कार्यक्रम को अध्यक्षता युवक सङ्घका राष्ट्रिय परिषद सदस्य तपसी रावत थारु र सञ्चालन केन्द्रीय कोषाध्यक्ष वावुराम आचार्यले गर्नु भएको थियो । कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट अखिल नेपाल युवक सङ्घका केन्द्रीय अध्यक्ष तिलक थापाले सम्बोधन गर्नु भएको थियो । 
कार्यक्रममा रा.ज.मो.पर्साका सल्लाहकार अक्षयलाल शाह र राजमो सदस्य नुर आलमको समेत आतित्थ्यता रहेको थियो । उदघाटन पश्चात भेलाले तपसी रावत थारु सल्लाहकार र नुर आलमको अध्यक्ष रहनुभएको युवक सङ्घको ९ सदस्यीय पर्सा जिल्ला सङ्गठन समिति चयन गरेको छ । जसमा सचिव आषिफ अन्सारी र कोषाध्यक्ष सहमत अन्सारी, सदस्यहरूमा सुनिल पौडेल, सकिर अन्सारी, जयनारायण पासवान, जिनत प्रविण आरा र त्रिलक्की चौहान रहनुभएको छ । समितिको एक स्थान रिक्त रहेको छ ।

फर्कनुस्

बाँकी समाचार

•  अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रमको उद्घाटन
•  अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम सफल पारौँ
• 
•  उद्घाटन कार्यक्रम
•  शतवार्षिकी कार्यक्रम
•  अक्टोबर क्रान्तिको शतवार्षिकी अभियान
•  अक्टोबर क्रान्ति
•  अक्टोबर क्रान्ति कार्यक्रम
•  बागलुङमा तीन महिने अभियान सुरु
•  अक्टोबर क्रान्ति
•  अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम र सङ्गठनात्मक सुदृढीकरणको कार्यक्रम
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.