नेपाली :: English
Masal
Sat / 2017-Nov-18
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)
केन्द्रीय कार्यालय
वक्तव्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले यही कार्तिक २२ गतेदेखि अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रमलाई देशव्यापी रूपमा प्रारम्भ गरेको छ । संसारभरिका माक्र्सवादी, लेनिनवादी वा समाजवादी पक्षधरहरूले त्यो कार्यक्रम मनाउँदै छन् । त्यो कार्यक्रमलाई भव्य रूपमा सफल पार्न हामीले आफ्नो पार्टीका सबै समिति, सदस्य, समर्थक, मोर्चा, जनवर्गीय सङ्गठनहरू सबै वामपन्थी शक्ति समाजवाद पक्षधर सङ्गठन, व्यक्तिहरू वा सम्पूर्ण जनतासित अपील गर्दछौँ ।
सरकारले छिट्टै संविधान संशोधन विधेयक संसदमा प्रस्तुत गर्ने कुरा गरेको छ । त्यस प्रति ने.क.पा. (मसाल)को गम्भीर ध्यान आकर्षित भएको छ । भारतीय विस्तारवाद वा मधेशवादीहरूले संविधानमा जुन प्रकारको संशोधनहरू प्रस्तुत गरेका छन्, ती गम्भीर रूपले राष्ट्रघाती भएको कुरा हामीले पहिलेदेखि नै प्रष्ट गर्दै आएका छौँ ।
संविधानमा आवश्यकतानुसार संशोधनहरू गर्दै जानुपर्ने आवश्यकतालाई हामीले अस्वीकार गर्दैनौँ । तर त्यस प्रकारको संशोधन राष्ट्रिय आवश्यकता र जनताको माग अनुसार हुनुपर्दछ, वाह्य दवावमा होइन । देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामा आँच पुग्ने गरी संशोधन गर्ने कुनै कार्य गरियो भने हाम्रो पार्टीले त्यसको कडा विरोध वा प्रतिरोध गर्नेछ ।
भारतीय राष्ट्रपतिले नेपाल भ्रमणको बेलामा संविधानबारे जुन विचार प्रकट गरेका छन्, त्यो मोदी सरकारको विस्तारवादी नीति अनुरूप नै छ । त्यसबाट उनले भारतीय विस्तारवादको प्रतिनिधित्वका रूपमा नै नेपालको भ्रमण गरेको कुरा प्रष्ट भएको छ । उनको नेपालमा संविधानसम्बन्धी त्यस प्रकारको अभिव्यक्तिको ने.क.पा. (मसाल)ले कडा शब्दमा विरोध र भत्र्सना गर्दछ ।
सत्ता पक्षको एउटा प्रमुख घटक ने.का.का कतिपय शीर्षस्थ नेताहरूको नेपालको एक चीन नीतिका विरुद्धको क्रियाकलाप तथा ने.का.कातर्फबाट ताइवानको समेत झण्डा राखेर कार्यक्रमहरू गरेका समाचारहरूप्रति हाम्रो पार्टीको गम्भीर ध्यान आकर्षित भएको छ । त्यस प्रकारको गतिविधि वा भूमिकाको ने.क.पा. (मसाल)ले कडा शब्दमा विरोध र भत्र्सना गर्दछ ।

मिति ः २०७३ कार्तिक २३ गते

मोहनविक्रम सिंह
महामन्त्री

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.