नेपाली :: English
Masal
Sun / 2017-Nov-19
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)
केन्द्रीय कार्यालय

Website: cpnmashal.org, Email : ncpmashal@gmail.com


वक्तव्य

कानुनमन्त्रीद्वारा संसदको सचिवालयमा दर्ता गरिएको अदालतको अपहेलनासम्बन्धी विधेयक प्रति ने.क.पा.(मसाल)को गम्भीर ध्यान आकर्षित भएको छ । गत समयमा जसरी सर्वोच्चको स्वतन्त्र भूमिका र स्वच्छ छविमा आच पुगेको छ, भ्रष्ट र विवादित छवि भएका न्यायाधीशहरूको नियुक्ति गरिएको छ, तथा सर्वोच्चमा नियुक्त भएको केही दिनभित्र नै उनीहरूद्वारा विवादास्पद फैसलाहरू गर्ने काम भएको छ, उक्त कारणहरूले गर्दा पूरै न्यायपालिका नै बदनाम भएको छ वा विवादमा तानिएको छ । उक्त प्रश्नहरूमा देशव्यापी रूपमा टिकाटिप्पणी र आलोचना भैरहेका छन् । त्यस प्रकारको पृष्ठभूमिमा सरकारले अदालतको अपहेलनासम्बन्धी विधेयक ल्याएर त्यस प्रकारका सबै विरोधहरूमाथि अङ्कुश लगाउन चाहन्छ । त्यो अन्तर्राष्ट्रिय रूपमा मान्य अभिव्यक्तिको स्वतन्त्रता माथिको कुठाराघात हो ।
अहिले सर्वोच्च अदालतको छवि जसरी धमिलिंदै गएको छ र त्यसको भूमिका विवादग्रस्त बन्दै गएको छ, त्यो अवस्थामा त्यसको गलत प्रकारको कार्यप्रणालीका विरुद्ध पहिलेभन्दा बढी आलोचना र टिकाटिप्पणीको आवश्यकता छ र त्यो जनताको प्रजातान्त्रिक अधिकार हो । यसकारणले त्यो विधेयक झन् बढी आपत्तिजनक भएको छ की अदालतको अपहेलना सम्बन्धी प्रश्नमा फैसला गर्नका लागि न्यायाधीशलाई स्वेच्छाचारी अधिकार दिइएको छ । त्यसकारण त्यस प्रकारको विधेयकलाई संसदद्वारा अस्वीकार गर्नुपर्ने आवश्यकतामा हामीले विशेष जोड दिन्छौ । न्यायपालिकाको मर्यादाको रक्षा न्यायपालिकाको मर्यादाको पालना गरेर नै हुनसक्दछ र त्यसको मुख्य जिम्मेवारी स्वयं न्यायाधीशहरू माथि हुन्छ । जब उनीहरूले त्यस प्रकारको मर्यादा उल्लङ्घन गर्दछन्, त्यस प्रकारको मर्यादाको रक्षाका लागि आलोचना, विरोध वा आवश्यक भएमा सङ्घर्षद्धारा पनि जनता अगाडि आउछन् र आउनु पर्दछ ।
ए.ने.क.पा.(माओवादी), ने.क.पा.(माओवादी) सहित पाचवटा सङ्गठनहरूले आपसमा मिलेर संयुक्त मोर्चा बनाउने निर्णय गरेका छन् । कार्यगत एकता वा संयुक्त मोर्चा कुनै खास सहमतिका विषयहरूका आधारमा नै हुन्छ । त्यस प्रकारको कार्यगत एकता गर्ने बेलामा उनीहरूले कुन विषयहरूका आधारमा कार्यगत एकता वा संयुक्त मोर्चा गर्न थालेका हुन् ? त्यो खुलाएका छैनन् । त्यो कुरा पछि टुङ्गाउने भनेका छन् । त्यसरी त्यो संयुक्त मोर्चाले गाडा अगाडि, गोरु पछाडिको उखानलाई चरितार्थ गर्दछ ।
संविधानसभा, लोकतान्त्रिक संविधान वा गणतन्त्रबारे उनीहरूका विचारहरू आपसमा मौलिक रूपले भिन्न छन् । एमाओवादी संविधान सभामा छ र त्यसले संविधानको निर्माण र गणतन्त्रमा जोड दिने गरेको छ । तर माओवादीले ती सबैलाई अस्वीकार गर्दै वा संविधानसभा समेतको विघटनको माग गर्दै गोलमेच सम्मेलनको माग गर्दछ । माओवादी नेताहरूले यो समेत बताउन थालेका छन् कि त्यो संयुक्त मोर्चाका पछाडिको उनीहरूको उद्देश्य एमाओवादीलाई संविधानसभाबाट अलग गराउने हो । त्यसरी उनीहरू लोकतान्त्रिक संविधानको निर्माण गर्ने कार्यलाई असफल पार्ने उद्देश्य पूरा गर्न नै संयुक्त मोर्चा बनाउन सहमत भएका छन् । त्यो मोर्चामा सामेल भएका अन्य तीनवटै पक्षहरूको सोचाइ पनि सामान्यतः त्यही प्रकारको छ ।
माओवादी पहिले एमाओवादीलाई स्थानीय चुनावको विरोध गर्न सहमत गराउन सफल भइसकेको छ । संविधान सभाको चुनावमा ठूलो हार भएपछि स्थानीय चुनावमा पनि त्यही प्रकारको हार हुने आसङ्काले एमाओवादीले स्थानीय चुनावको विरोध गर्दै आएको थियो । त्यस प्रकारको स्थितिमा नै उनीहरूका बीचमा स्थानीय चुनावको विरोध गर्न सहमति भएको थियो । अब माओवादीको जोड एमाओवादीलाई संविधानसभा समेतबाट अलग गराउने हुनेछ । चुनावमा ठूलो हार भएकोले जातिवादी र क्षेत्रीयतावादी प्रकारको संविधान बन्न नसक्ने सम्भावना देखा परेमा संविधानको निर्माणमा वाधा हाल्न एमाओवादीले प्रयत्न गर्ने देखिन्छ । त्यो अवस्थामा त्यो संयुक्त मोर्चा लोकतान्त्रिक संविधानको निर्माण वा गणतन्त्रका विरुद्ध देखापयो भने त्यसले देशलाई प्रतिगमन, असफल राष्ट्र, राजनैतिक अस्थिरता र अराजकतातिर नै लैजाने बढी सम्भावना रहने छ ।
उक्त दुवै सङ्गठनहरू जातिवादका पक्षमा छन् । उनीहरूको त्यो नीतिले देशलाई जातीय र क्षेत्रीय विग्रह तथा राष्ट्रिय विखण्डनको दिशामा नै लैजाने सम्भावना रहने छ । माओवादीले राष्ट्रियताको दृढतापूर्वक पक्ष लिन्छ र भारतीय विस्तारवादका विरुद्ध अडान लिन्छ । उनीहरुले नागरिकतासम्बन्धी सम्झौतापरस्त नीतिको पनि विरोध गर्दछन् । एमाओवादीले भारतीय विस्तारवादप्रति सम्झौतापरस्त नीति लिएको छ र मधेशवादीहरूसित साठगाठ गरेर समेत देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामा आच पुग्ने कतिपय राष्ट्रघाती नीतिहरू लिंदै गैरहेको छ । कथित जनयुद्ध कालमा जनसाधारणमाथि गरिएका अपराधजन्य कारवाही वा मानव अधिकारको हनन्का अभियुक्तहरुमाथि कुनै कारवाइ नचलाउने वा उनीहरूलाई दण्ड सजायबाट बचाउने प्रश्नहरूमा उनीहरू दुवैका बीचमा आधारभूत प्रकारको सहमति छ । आपसमा कार्यगत एकता वा संयुक्त मोर्चा बनाउदा उनीहरूले यी सबै प्रश्नहरूमा आफ्नो स्थिति स्पष्ट गर्नुपर्ने आवश्यकता छ । त्यसपछि नै त्यो संयुक्त मोर्चा देश र जनताको हितमा हुनेछ ? वा त्यसका विरुद्ध ? त्यो कुरा थाहा हुन सक्नेछ । देशको अगाडि उपस्थित ज्वलन्त राजनैतिक प्रश्नहरूबारे आफ्नो नीति स्पष्ट नगरिकन सङ्गठनात्मक जोडघटाउ वा उनीहरू विभाजित हुदा सङ्गठनात्मक र व्यवहारिक दुवै रूपमा पुगेको क्षतिलाई पूरा गर्न नै नीतिगत प्रश्नहरूलाई गौण बनाएर संयुक्त मोर्चा गरियो भने त्यो सिद्धान्तहीन, अवसरवादी वा अपवित्र गठबन्धन हुनेछ ।
देशका विभिन्न भागहरूमा भइरहेको बाढी, पैरो तथा त्यसबाट जनतालाई पुगिरहेको धनजनको क्षतिप्रति हाम्रो पार्टीले गम्भीर चिन्ता प्रकट गर्दछ । त्यस सन्दर्भमा हाम्रो पार्टीले, एकातिर, पर्यावरण वा वन जङ्गलको रक्षा र तटबन्धको निर्माणद्वारा त्यस प्रकारका प्राकृतिक प्रकोपहरूबाट रक्षाका लागि दीर्घकालिन योजना बनाउनु पर्ने तथा, अर्कातिर, उक्त घटनाहरूबाट पीडित जनतालाई तुरुन्त तात्कालिक सहायता उपलब्ध गराउनु पर्ने आवश्यकतामा जोड दिन्छ ।
समाजमा सामाजिक अपराधहरू लगातार बढ्दै गैरहेका छन् । महिलाहरूमाथि हिंसा, बोक्सीका आरोपमा यातना, पारस्परिक विवादका कारणले हिंसात्मक घटना वा चोरी, डकैती, हत्या आदिका घटना बढ्दै गइरहेका छन् । प्रशासन वा प्रहरीको भ्रष्ट, गैरजिम्मेवार स्वरूप वा राजनैतिक दल र सरकारको प्रशासन वा प्रहरीमा भ्रष्टाचारलाई प्रोत्साहन दिने नीति समेतका कारणले पनि सामाजिक अपराधहरूलाई बल पुग्ने गरेको छ । यस प्रकारको अवस्थामा सुधारका लागि प्रभावशाली कदम उठाएपछि नै समाजमा बढिरहेका अपराधहरूमाथि नियन्त्रण गर्न सकिनेछ । त्यसैले त्यस प्रकारका सामाजिक अपराधहरूमाथि नियन्त्रणका लागि प्रभावशाली कदम उठाउनु पर्ने आवश्यकतामा हाम्रो पार्टीले विशेष जोड दिन्छ ।
इराकमा ठूलो सङ्ख्यामा नेपालीहरूको जीवन असुरक्षित भएको छ । अवैध रूपमा ठूलो सङ्ख्यामा नेपालीहरू त्यहा पुग्नु सरकारको विदेश नीतिको असफलता हो । उनीहरूलाई सुरक्षित रुपमा देशमा ल्याउन सरकारले अहिलेसम्म प्रभावशाली कदम चाल्न सकेको छैन । हामीले इराकमा असुरक्षित भएका नेपालीहरूलाई शीघ्र देशमा मगाउन आवश्यक कदम चाल्न सरकारसित माग गर्दछौ ।
इराकमा त्यहाको अमेरिकी साम्राज्यवादले कायम गरेको कठपुतली सरकारका विरुद्ध विद्रोहीहरूले युद्धमा प्राप्त गरिरहेको सफलतालाई नेकपा(मसाल) ले स्वागत र अभिनन्दन गर्दछ । सद्दाम हुसेनको हत्या गरेर त्यहा अमेरिकी साम्राज्यवादले आफ्नो प्रभुत्व कायम गरेको थियो । अहिले त्यहाका जनताको विजयलाई दबाउन त्यसले पुनः नया प्रकारले आफ्नो गतिविधिलाई तीव्र पार्दै लगिरहेको छ । त्यो क्रममा अमेरीकाले पुनः खुल्लारूपले सैनिक आक्रमण गर्ने सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न । तर विश्वको इतिहासले बारम्बार यो कुरा प्रमाणित गरेको छ कि अन्तिम विजय जनताको हुन्छ र उनीहरू अजय शक्ति हुन् । त्यस अनुसार त्यहा पनि अमेरिकन साम्राज्यवाद वा त्यहाको कठपुतली सरकारका विरुद्ध इराकका जनताले विजय प्राप्त गर्नेछन् भन्ने कुरामाथि हामीलाई पूर्ण विश्वास छ । अन्तमा हामीले इराकका जनताको पूर्ण विजयको कामना गर्दछौ ।
२०७१०३९


.....................
मोहनविक्रम सिंह
महामन्त्री

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.