नेपाली :: English
Masal
Sat / 2017-Nov-18
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)
केन्द्रीय कार्यालय
वक्तव्य


वरिष्ठ चिकित्सक डा. गोविन्द के.सी. को अनशनप्रति ने.क.पा. (मसाल) को गम्भीर ध्यान आकर्षित भएको छ । वास्तवमा उनले जुन समस्यालाई उठाएका छन्, त्यो खालि चिकित्सकहरूको मात्र विषय नभएर सम्पूर्ण देशको गम्भीर प्रश्न बनेको छ । देशका सबै क्षेत्रहरू प्रमुख राजनैतिक दलहरूको हस्तक्षेप र भागवण्डाको कार्यप्रणालीद्वारा ग्रस्त छन् । त्यसको नकारात्मक असर सम्पूर्ण प्रशासन यन्त्रमा परेको छ र त्यस प्रकारको नीतिबाट विकासका कार्यहरू पनि कुण्ठित हुने गरेका छन् । त्यस प्रकारको राजनैतिक हस्तक्षेप र भागवण्डाको नीतिका विरुद्ध व्यापक राष्ट्रिय आन्दोलनको आवश्यकता छ । डा. के.सी. को अनसनले साङ्केतिक रूपमा त्यो सम्पूर्ण आन्दोलनको प्रतिनिधित्व गर्दछ । त्यसैले हाम्रो पार्टीले उनले उठाएको समस्या र उनको अनसनलाई समर्थन गर्दै चिकित्सकहरूको आन्दोलनसित एक्यवद्धता प्रकट गर्दछ ।
त्यस सन्दर्भमा डा. के.सी. को अनसन र मागहरूको समर्थनमा चिकित्सकहरूको हडतालका कारणले जनताले उठाउनु परिरहेको कष्टप्रति पनि हाम्रो पार्टीको ध्यान गएको छ । तर त्यसका लागि प्रमुख राजनैतिक दलका राजनैतिक हस्तक्षेप र भागवण्डाको नीति वा सरकार नै जिम्मेवार छन्, जबकि डा. के.सी. को अनसन वा चिकित्सकहरूको आन्दोलन राजनैतिक हस्तक्षेप र भागवण्डाको अन्यायपूर्ण कार्यप्रणालीको कारणले उत्पन्न स्थिति हो  । त्यसकारण डा. के.सी. का न्यायपूर्ण मागहरूलाई छिट्टै पूरा गरेर चिकित्सकहरूका हडतालका कारणले विरामीहरूलाई भैरहेको असुविधा समेतको स्थितिको अन्त गर्न तुरुन्त प्रभावशाली कदम उठाउन हाम्रो पार्टीले सरकारसित माग गर्दछ ।
२०७० माघ ५ गते

मोहनविक्रम सिंह
महामन्त्री

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.