नेपाली :: English
Masal
Sun / 2018-Nov-18
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)
केन्द्रीय कार्यालय

Website: cpnmashal.org, Email : ncpmashal@gmail.com


वक्तव्य

ने.क.पा. (मसाल) केन्द्रीय समितिको बैठक यही २०७५ श्रावण १८देखि २७ गतेसम्म बस्यो । यो बैठकले मुख्य रूपले आगामी आठौँ महाधिवेशनबारे विस्तृत रूपले छलफल गरी निम्नलिखित निर्णयहरू गरेको छ । 
१. बैठकले आठौँ महाधिवेशनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन, न्यूनतम कार्यक्रमसम्बन्धी संशोधन प्रस्ताव, विधानसम्बन्धी संशोधन प्रस्ताव, सङ्गठनात्मक प्रस्ताव र जाति, संस्कृति र धर्मसम्बन्धी प्रस्तावका मस्यौदा दस्तावेजहरू स्वीकृत गरेको छ । राजनीतिक प्रतिवेदन र सङ्गठनात्मक प्रस्तावसम्बन्धी प्रस्तावबारे भिन्न मतका प्रस्तावहरू पनि बैठकमा प्रस्तुत गरिएका छन् ।
२. केन्द्रीय समितिद्वारा पारित तथा अल्पमतका सबै प्रस्तावहरू छलफलका लागि पार्टीका सबै समितिहरूमा पठाइने छ । त्यसका लागि सबै जिल्ला समितिमा छलफलका लागि भेलाहरू समेतको मिति निश्चित गरिएको छ । महाधिवेशनका सिलसिलामा फोरम समेत चलाइने छ । त्यो फोरममा पार्टीका सबै सदस्यहरूलाई पार्टीका दस्तावेजहरूबारे पक्ष वा विपक्षमा आफ्ना मतहरू प्रकट गर्ने, पार्टीका नीति, नेतृत्व वा पार्टीका कार्यहरूबारे आफ्ना आलोचना पूरै पार्टीमा तलदेखि माथिसम्म सम्प्रेषण गर्ने अधिकार हुनेछ ।
३. महाधिवेशनका सिलसिलामा पार्टीको जिल्ला सम्मेलनहरू वा जिल्ला सङ्गठन समिति भएका जिल्लाहरूमा जिल्ला भेलाहरू गर्नका लागि समेत कार्यक्रमहरू निश्चित गरिएका छन् । विभिन्न जिल्लाहरूले पार्टी सदस्यहरूको अनुपातमा पार्टी महाधिवेशनका लागि प्रतिनिधि र पर्यवेक्षकहरू समेत चयन गरेर पठाउने समेत ठेगान भएको छ । 
४. केन्द्रीय समितिको बैठकले देशका विभिन्न राजनीतिक वा जनताका समस्याहरूबारे पनि विस्तृत रूपले छलफल गरेर कैयौँ निर्णयहरू गरेको छ । बैठकले महिलामाथि भइरहेका बलात्कार, हत्या र हिंसाबारे विस्तृत रूपले छलफल गर्‍यो । देशमा व्यापक बन्दै गएका हिंसात्मक घटनाहरू प्रति बैठकले धेरै चिन्ता प्रकट गरेको छ । बैठकले त्यस प्रकारका घटनाहरूमा सीघ्र र न्यायोचित कारवाही गर्नका लागि पारिवारिक अदालतको गठन गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ । त्यसका साथै सर्वोच्च अदालतले महिलामाथि हुने बलात्कार, घरेलु हिंसा तथा महिलाहरूसित जोडदिएका मुद्दाहरूबारे सरल र सिघ्र तरिकाले फैसला गर्न २०६६ सालमा फास्टट्रयाक कोटको गठन गर्न सरकारलाई आदेश दिएको थियो । तर त्यो निर्णयलाई कार्यान्वयन गर्न करिब १० वर्षको अवधिबित्दा पनि ध्यान दिएको छैन । सरकारको त्यस प्रकारको व्यवहारको तीव्र शब्दमा आलोचना गर्दै त्यो आदेशलाई कार्यान्वयन गर्न छिटै कानून बनाउनुपर्ने आवश्यकतामा पनि बैठकले जोड दिएको छ ।
५. बैठकले देशमा बढ्दै गइरहेको कर बृद्धिबारे पनि विस्तृत रूपले छलफल गर्‍यो । केन्द्रीय समिति सङ्घीयताका कारणले नै जनतामा ठूलो पैमानामा कर लगाइएको हो भन्ने निष्कर्षमा पुगेको छ । प्रादेशिक संरचना नै सङ्घीयताको मुख्य पक्ष हो । त्यसको बढेको खर्च जुटाउन नै सरकारले जनतामाथि भारी मात्रामा कर लगाउनु परेको छ । प्रादेशिक संरचनाको खर्च पूरा गर्न सरकारले स्थानीय तहको प्रशासनको सञ्चालन र विकासका लागि समेत पर्याप्त बजेट प्रदान गर्न सकेको छैन । त्यसले गर्दा स्थानीय तहले पनि जनतामाथि कर बढाउँदै लैजानु परेको छ । त्यसका लागि पनि सङ्घीयताको प्रादेशिक संरचना नै जिम्मेवार छ । त्यसैले हाम्रो पार्टीले सङ्घीयता वा मुख्यतः त्यसको प्रादेशिक संरचनालाई खारेज गर्नुपर्ने आवश्यकतामा विशेष जोड दिन्छ । त्यो संरचना कायम रहँदासम्म एकातिर, जनतामाथिको कर झन् बढ्दै जानेछ र अर्कातिर, विकास कार्यक्रमहरू पनि झन् कुण्ठित हुँदै जानेछन् भन्ने हाम्रो पार्टीको निष्कर्ष छ । व्यवहारले हाम्रो त्यो निष्कर्षलाई झन्‌पछि झन् सही सावित गर्दै गइरहेको छ ।
६. देशमा महङ्गी र भ्रष्टाचार बढेर गएका छन् । बाढी पीडित जनतालाई राहत दिने काम अत्यन्त कम भएको छ । देशमा वाढी र पहिरोका कारणले जनता ठूलो मात्रामा पीडित भएका छन् । तर त्यसका लागि सरकारले आवश्यक राहत दिने काम गरिरहेको छैन । वर्षौ वितिसक्दा पनि भूकम्प पीडित जनताको ठूलो सङ्ख्या अझै पनि घर विहिन अवस्थामा छ । उक्त विषयहरूमा सरकारका कार्यहरूको तीव्र शब्दमा आलोचना गर्दै महङ्गी र भ्रष्टाचार नियन्त्रण गर्न, बाढी पीडित जनतालाई राहत वितरण गर्न तथा भूकम्प पीडित जनताका लागि घरको निर्माण गर्न छिटै र प्रभावशाली प्रकारले काम गर्नका लागि हाम्रो पार्टीले सरकारसित जोडदार माग गर्दछ ।
७. गरिबी निवारण मन्त्रालय अन्तर्गत गरिब परिचयपत्रको वितरणमा अनियमितता भएको कार्यप्रति हाम्रो पार्टीको विशेष ध्यान आकर्षित भएको छ । गरीब घर–परिवारको तथ्याङ्क लिंदा हजारौँ सङ्ख्यामा गरीब घर परिवार छुटेका छन् भने त्यसको विपरत कैयन धनी, सम्पन्न तथा उच्च तहका कर्मचारीहरूको नाम गरीब घर परिवारमा छानिएको छ । गरिबहरूलाई वितरण गर्नुपर्ने गरिब परिचयपत्र ठूलो सङ्ख्यामा सम्पन्न व्यक्ति र कर्मचारीहरू समेतलाई वितरण गरिएको कुरा समाचार माध्यमहरूले बाहिर ल्याएका छन् । त्यसरी गरिबी निवारणको मूल उद्देश्यका विपरित नै काम भइरहेको छ । उक्त अनियमिततालाई छानवीन गरी गरिबहरूलाई मात्र गरिब परिचयपत्रको वितरण गर्ने प्रभावशाली व्यवस्था गर्न हाम्रो पार्टीले सरकारको ध्यान आकर्षित गर्न चाहन्छ ।
८. जेष्ठ नागरिकलाई सुविधा प्रदान गर्नका लागि हाम्रो देशमा अहिलेसम्म जेजति कानून बनेका छन् वा उनीहरूलाई सुविधा प्रदान गर्ने काम भइरहेको छ, ती धेरै नै अपर्याप्त छन् । त्यसका लागि जेजति कानून बनेका छन्, तिनीहरूको पनि प्रभावशाली प्रकारले कार्यान्वयन गर्ने काम भइरहेको छैन । त्यसकारण हाम्रो पार्टीले जेष्ठ नागरिकहरूका लागि थप सुविधाहरू प्रदान गर्नका लागि अरू कानूनी व्यवस्था गर्न र त्यसका लागि बजेट समेतको विनियोजन गर्न माग गर्दछ । त्यसका साथै अहिलेसम्म बनेका कानूनहरूबाट उनीहरूलाई जेजति सुविधाहरू दिने व्यवस्था गरिएको छ, तिनीहरूलाई अनुगमन गर्न तथा प्रभावशाली प्रकारले कार्यान्वयन गर्न पनि हाम्रो पार्टीले सरकारसित माग गर्दछ ।
९. नेकपाका प्रवक्ता का. खड्गबहादुर विश्वकर्माको गिरफ्तारीको हाम्रो पार्टीले तीव्र शब्दमा आलोचना गर्दै उहाँको शीघ्र रिहाईका लागि माग गर्दछ । शान्तिपूर्ण तरिकाले विभिन्न प्रकारका कार्यक्रहरू सञ्चालन गर्नका लागि संविधानले नै मौलिक अधिकार प्रदान गरेको छ । त्यो अधिकारमा समेत आघात पुग्ने गरी कसैलाई गिरफ्तार गर्दा कुनै नागरिकको संविधानले प्रदान गरेको मौलिक अधिकार समेतमाथि आघात पुग्दछ । त्यसैले हामीले का. विश्वकर्माको शीघ्र रिहाईको माग गर्दछौँ । 

२०७५ श्रावण २८ गते

मोहनविक्रम सिंह
महामन्त्री

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
•  विज्ञप्ति
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
•  वक्तव्य
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.