नेपाली :: English
Masal
Sat / 2017-Nov-18
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)
केन्द्रीय कार्यालय
वक्तव्य

आगामी स्थानीय निर्वाचनका सन्दर्भमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रथम, मधेशवादीहरूको चुनावको मिति सार्ने प्रस्तावलाई अस्वीकार गर्ने र, द्वितीय, निर्वाचन पहिले दोस्रो संविधान संशोधन प्रस्तावबारे कुनै निर्णय नगर्ने अभिव्यक्तिहरू दिएका छन् । सत्ता पक्षका त्यस प्रकारका अवधारणालाई हामीले सकारात्मक रूपमा लिन्छौँ ।
उक्त संविधान संशोधन विधेयकलाई चुनावपछि पनि पारित गर्ने कुनै पनि प्रयत्नको हामीले विरोध गर्ने छौँ । तैपनि निर्वाचनभन्दा पहिले नै संविधान संशोधन गर्न सत्ता पक्षले जोड दिंदै आएको र त्यसका लागि चुनावलाई दुईचरणमा गर्ने वा चुनावको मिति सार्दै लगेको पृष्ठभूमिमा चुनावभन्दा पहिले त्यसबारे कुनै निर्णय नगर्ने जुन विचार अगाडि ल्याइएको छ, त्यसले तात्कालिक रूपमा सकारात्मक महत्व राख्दछ ।
आफ्ना उपरोक्त दुवै अडानहरूमा कायम रहेर सरकारले तोकिएको समयमा नै निर्वाचन सम्पन्न गरेमा त्यो स्वागतयोग्य कार्य हुनेछ । सरकारले मधेशवादीहरूलाई चुनावमा सामेल गराउन निर्वाचन र राजनीति दलहरूसम्बन्धी कानूनमा कतिपय परिवर्तनहरू गरको छ । त्यस प्रकारको कारवाईलाई हाम्रो पार्टी गलत मान्दछ । तर मधेशवादीहरूलाई चुनावमा सामेल गराउन त्यस प्रकारका कैयौँ निर्णयहरू गर्नुका बाबजुद उनीहरूले (मधेशवादीहरूले) चुनावमा सामेल हुन अस्वीकार मात्र गरेका छैनन्, चुनावलाई विथोल्नका लागि सङ्घर्षको कार्यक्रमको पनि घोषणा गरेका छन् । उनीहरूको त्यस प्रकारको कारवाहीलाई हामीले कडा शब्दमा आलोचना र विरोध गर्दछौँ ।
मधेशवादीहरूको त्यस प्रकारको कारवाहीका कारणले चुनाव सफल पार्न धेरै नै कठिनाईको सामना गर्नुपर्ने सम्भावनालाई हामीले अस्वीकार गर्दैनौँ । तै पनि सरकारले त्यस प्रकारको कठिनाईको दृढता र कुशलतापूर्वक सामना गर्दै चुनावलाई तोकिएको समयमा नै सम्पन्न गर्ने छ भन्ने हामीले आशा र कामना समेत गर्दछौँ ।
बुढिगण्डकी परियोजनालाई टेण्डरको आह्वान नगरिकन सरकारले एउटा चिनिया कम्पनीलाई निर्माणको जिम्मा दिने जुन निर्णय गरेको छ, त्यसलाई हामीले गलत मान्दछौँ र विरोध गर्दछौँ । हाम्रो जोड यो कुरामा छ कि त्यस प्रकारका सबै परियोजनाहरूलाई नेपालले स्वयं नेपाली लगानीमा नै सम्पन्न गर्नुपर्दछ । नेपालका विभिन्न कोषहरूमा जम्मा भएको रकमबाट त्यस प्रकारका परियोजनाहरू नेपालकै लगानीमा सम्पन्न गर्नु मुस्किल नभएको कुरा प्रष्ट छ । त्यो अवस्थामा नेपालका जलसम्पदासम्बन्धी परियोजनाहरू विदेशी कम्पनीहरूलाई दिनु र त्यो पनि अनियमित तरिकाले गर्नु गम्भीर प्रकारको गैरजिम्मेवार कार्य हो । हामीले त्यस प्रकारको कारवाहीको कडा शब्दमा विरोध गर्दछौँ ।

मिति ः २०७४ जेष्ठ ३० गते 

मोहनविक्रम सिंह
महामन्त्री

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.