नेपाली :: English
Masal
Sat / 2017-Nov-18
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)

केन्द्रीय कार्यालय

Website : www.cpnmashal.org,  Email : ncpmashal@gmail.com


वक्तव्य 


ने.क.पा. (मसाल)को पी.वी.को बैठक यही मंसिर १५ र १६ गते बस्यो । त्यो बैठकले देशको तात्कालिक राजनीतिक परिस्थितिमाथि विचार गयो । बैठक यो निष्कर्षमा पुग्यो कि देशको अहिलेको अवस्थामा पार्टीले पहिले ठेगान गरेको नीति नै सही छन् ।
हाम्रो पार्टीले अहिले पनि वर्तमान सरकारलाई विस्थापित गरेर राष्ट्रिय सहमतिको सरकारको गठन, त्यो सरकारको मातहतमा संविधानसभाको निर्वाचन र त्यसद्वारा लोकतान्त्रिक संविधानको निर्माण समेत माथि जोड दिन्छ । हाम्रो यो पनि स्पष्ट मत छ कि वर्तमान सरकारको सिफारिसमा राष्ट्रपतिले अध्यादेशहरु जारी गर्ने काम बन्द हुनुपर्दछ र राष्ट्रिय सहमतिको सरकार बनेपछि त्यसको सिफारिसमा निर्वाचन सम्बन्धी कानून र अन्य आवश्यक विषयहरुमा राष्ट्रपतिद्वारा अध्यादेशहरु जारी गर्ने पद्धति अपनाइनु पर्दछ । हाम्रो पार्टी तात्कालिक रुपमा राष्ट्रिय सहमतिको सरकार, संविधानसभाको चुनावमा जोड दिनुको साथै संघीयता र त्यससित जोडिएका जातीय राज्य, आत्मनिर्णयको अधिकार, एक मधेशएक प्रदेश, बहुराष्ट्रवाद, जातीय अग्राधिकार समेतको विरुद्धको संघर्षमा लगातार जोड दिइरहने छ ।
संविधानसभा वा संसद नभएको अवस्थामा सरकारको गठनमा राष्ट्रपति वा राष्ट्रनायकको बढी सक्रिय भूमिका हुने अन्तर्राष्ट्रिय प्रचलन हो । त्यो अवस्थामा अहिले राष्ट्रिय सहमतिको सरकारको गठनका लागि गरिरहेको पहलकदमीलाई हाम्रो पार्टीले स्वागत गर्दछ । राष्ट्रपतिको त्यो पहललाई सकारात्मक रुपमा लिन र सहयोग गर्न सम्बन्धित पक्षहरुसित अनुरोध गर्दछ । अहिले देशमा बढ्दो विदेशी हस्तक्षेपप्रति पनि बैठकले गम्भीर चिन्ता प्रकट गयो । त्यसबाट देशको राष्ट्रियता र सार्वभौमिकतामा गम्भीर खतरा उत्पन्न भएको छ । त्यो अवस्थामा देशको राष्ट्रियता र सार्वभौमिकताको रक्षाका लागि लगातार आवाज उठाउनुपर्ने र संघर्ष गर्नुपर्ने आवश्यकतामा जोड दिन्छ ।
उपरोक्त विषयहरुमा जोड दिनका लागि हाम्रो पार्टीले पुषको १० गतेदेखि १६ गतेसम्म जनजागरण सप्ताहको कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ । त्यस सिलसिलामा उपरोक्त विषयहरुमा जनचेतना ल्याउनका लागि गाउँस्तरसम्म सभा, कोणसभा, अन्तरक्रिया, पर्चा, भेटघाट आदि विभिन्न कार्यक्रमको सञ्चालन गरिने छ ।
हाम्रो पार्टीले अहिलेको राजनीतिक परिस्थितिलाई अत्यन्त गम्भीर रुपमा लिएको छ । यदि अहिले राष्ट्रिय सहमतिको सरकारको गठन भएर संविधानसभाको चुनाव भएन वा लोकतान्त्रिक संविधान निर्माण भएन भने गणतन्त्रलाई संस्थागत गर्ने, त्यसरी ०६२६३ को आन्दोलनका उपलब्धिहरुको रक्षा गर्ने कार्यहरु समेतमा बाधा पुग्नेछ । त्यसैले  २०६२६३ को आन्दोलनका पक्षधर सबै शक्तिहरुसित उक्त कार्यहरु पूरा गर्न अनुरोध गर्नुका साथै त्यसका पक्षमा जनमत तयार पार्न तथा जनदवावको सिर्जना गर्न सम्पूर्ण जनतासित अपील गर्दछ ।
 
मिति ः २०६९ मंसिर १६ गते
 
मोहनविक्रम सिंह
महामन्त्री 

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.