नेपाली :: English
Masal
Sun / 2017-Nov-19
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)
केन्द्रीय कार्यालय

Website: cpnmashal.org, Email : ncpmashal@gmail.com


वक्तव्य

संविधानको कार्यान्वयनका सिलसिलामा संविधानमा तोकिएको अवधिभित्र सबै चुनावहरू सम्पन्न हुनुपर्ने आवश्यकता छ । त्यस सिलसिलामा तात्कालिन रूपमा सबैभन्दा महत्वपूर्ण चुनाव स्थानीय निकायहरूको नै हो । त्यसबारे सरकारले जुन प्रकारको नीति अपनाएको छ, त्यो अवस्थामा तोकिएको समयभित्र त्यो चुनाव सम्पन्न हुने कुरामा अनिश्चयता देखा परेको छ । त्यो चुनाव सम्पन्न नभएमा त्यसको असर अन्य चुनावहरूमा पर्ने छ र संविधानको कार्यान्वयनमा नै बाधा पुग्ने छ । देश गम्भीर प्रकारको सङ्कटमा फस्ने सम्भावना रहने छ ।
मधेशवादीहरूको भूमिकाका कारण चुनावमा अनिश्चयताको स्थिति देखापरेको छ । सरकारले कुनै बेला चुनावको आवश्यक तयारी गर्न निर्वाचन आयोगलाई पत्र लेख्दछ र चुनावको मिति घोषणा गर्ने कुरा पनि गर्दछ । तर अर्कोतिर मधेशवादीहरू सहमत भएपछि मात्र चुनाव गराउने कुरा गर्दछ । मधेशवादीहरू सहमत हुनाको लागि प्रथम, परिमार्जन सहित संविधान संशोधन विधेयक संसदद्वारा पारित हुनु आवश्यक हुनेछ । तात्कालिक रूपमा उनीहरूको मुख्य उद्देश्य पहाडबाट पूरै अलग गरेर तराईमा बेग्लै प्रदेशको निर्माण हो । त्यसको पछाडिको उद्देश्य पूरा तराईलाई नेपालबाट अलग गराउने हो । यसबारे हामीहरू स्पष्ट हुनुपर्दछ कि तराईका थारु, मधेशीसहित आम जनता देशभक्त छन् र उनीहरू देशलाई विखण्डन गर्ने कुराका विरुद्ध छन् । खाली भारतीय विस्तारवादद्वारा सञ्चालित मुट्ठीभर मधेशवादीहरूले नै देशको विखण्डनको लागि योजनावद्ध र सङ्गठित प्रकारले काम गरिरहेका छन् । उनीहरूसितको सहमतिको आधारमा नै चुनाव सहितका नीतिहरू निर्धारित गर्ने नीति अपनाउने हो भने त्यसद्वारा राष्ट्रिय हित होइन, राष्ट्रिय विखण्डनलाई नै मद्दत पुग्ने छ । त्यसैले उनीहरूसित सहमति वा सम्झौता हैन, उनीहरूको दृढतापूर्वक सामना गरेर नै देशको राष्ट्रियताको रक्षा गर्न र संविधान कार्यान्वयन गर्न सम्भव हुनेछ । हाम्रो पार्टीले देशका सबै राजनीतिक शक्तिहरू, सरकार र आम जनताको समेत त्यो वास्तविकताप्रति ध्यान आकर्षित गराउन चाहन्छ । अन्यथा देशमा गम्भीर सङ्कट पैदा हुने कुरा अवश्यम्भावी छ ।
मधेशवादीहरूले तराईका देशभक्त जनतामा भ्रम पैदा गरेर उनीहरूलाई आफ्नो पृथकतावादी नीतिका पक्षमा लैजान चाहन्छन् । त्यो अवस्थामा तराईका जनताका बीचमा व्यापक रूपले काम गरेर उनीहरूलाई जागृत र एकतावद्ध गर्नुपर्ने आवश्यकता छ । त्यस सन्दर्भमा एमालेले तराईमा जुन व्यापक कार्यक्रम बनाएको छ, त्यो स्वागत योग्य कुरा हो र अन्य राजनीतिक शक्तिहरूले पनि त्यस प्रकारका कार्यक्रमहरू तराईमा सञ्चालन गर्नुपर्ने आवश्यकता छ । यो स्पष्ट छ कि मधेशवादीहरूको तरार्इृमा कुनै खास आधार छैन र तराईका जनता आम रूपमा उनीहरूका पृथकतावादी नीतिका विरुद्ध छन् । तराईका जनतालाई जागृत र एकतावद्ध गरेर नै मधेशवादीहरूलाई जनताबाट अलग गराउन र पराजित गर्न सकिन्छ र गर्नु पनि पर्दछ । तर उनीहरूका राष्ट्रघाती मागहरूलाई पूरा गर्दै जाने हो भने देशमा राष्ट्रिय विखण्डनको स्थितिको सृजना हुनेछ ।
मधेशवादीहरूका सबै नीति र भूमिका भारतका शासकवर्गका नेपाल प्रतिको विस्तावादी नीतिद्वारा नै निर्देशित छन् । भारत नेपालभन्दा धेरै शक्तिशाली र ठूलो देश भए पनि नेपाली जनताले आफ्नो देशभक्ति र ऐक्यवद्धताद्वारा आफ्नो देशको स्वतन्त्रताको रक्षा गर्न सक्दछन् । सरदार पटेलको बेलादेखि नै भारतले नेपाललाई भारतीय सङ्घमा गाभ्नको लागि योजनावद्ध प्रकारले काम गर्दै आएको छ । तर भारतको त्यस प्रकारको विस्तारवादी नीतिको सामना गर्दै नेपाली जनता आफ्नो स्वतन्त्रताको रक्षा गर्न समर्थ हुँदै आएका छन् र भविष्यमा पनि सफल हुनेछन् भन्ने कुरामा हामीलाई पूरा विश्वास छ ।
अन्तमा सरकारले मधेशवादीहरूको चक्करमा नपरिकन छिट्टै नै स्थानीय निकाय वा तहको चुनावको मिति घोषणा गर्नुपर्दछ र छिट्टै त्यसलाई सम्पन्न गर्ने नीति अपनाउनुपर्दछ । हामी यसबारेमा स्पष्ट छौँ कि सो चुनाव सम्पन्न हुँदैमा देश र जनताका सबै समस्याहरूको हल हुनेछैन र त्यसका लागि हामीले लामो सङ्घर्ष गर्नुपर्ने छ । तैपनि त्यो चुनावले तात्कालिक रूपमा देशमा कायम भएको गत्यावरोधबाट आंशिक रूपमा भए पनि अगाडि बढ्न तथा संविधानको कार्यान्वयनको लागि मार्ग प्रसस्त गर्नेछ । हामीले यो कुरा बारम्बार स्पष्ट गर्दै आएका छौँ कि स्थानीय निकाय वा तह मध्ये जुन चुनाव भएपनि त्यसलाई हामीले समर्थन गर्दछौँ र त्यस दिशामा उठाइने कदमलाई हामीले स्वागत गर्दछौँ ।

मिति ः २०७३ माघ २४ गते

मोहनविक्रम सिंह
महामन्त्री

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.