नेपाली :: English
Masal
Sat / 2017-Nov-18
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)
केन्द्रीय कार्यालय

Website: cpnmashal.org, Email : ncpmashal@gmail.com


वक्तव्य

लोकमान सिंह कार्कीबारे सर्वोच्च अदालतले गरेको फैसलालाई नेकपा (मसाल)ले स्वागत गर्दछ । 
हाम्रो पार्टी नेकपा (मसाल) ले उनको नियुक्तिको बेलादेखि नै त्यो नियुक्तिको विरोध गर्दै र त्यसका विरुद्ध देशव्यापी रूपमा सङ्घर्ष गर्दै आएको छ । हाम्रो पार्टीले का. मोहन वैद्यको नेतृत्वको तात्कालिक नेकपा–माओवादी सित मिलेर पनि त्यसबारे देशका विभिन्न भागहरूमा संयुक्त सङ्घर्ष गरेको थियो । राष्ट्रिय जनमोर्चाले पनि संसदभित्र वा बाहिर त्यो प्रश्नमा लगातार सङ्घर्ष गरेको थियो । 
यो आम रूपमा थाहा भएको कुरा हो कि नेपालका प्रमुख राजनैतिक शक्तिहरू वा खिलराज सरकारले भारतीय दवावमा नै कार्कीलाई अख्तियारको प्रमुखमा नियुक्त गरेका थिए । कार्की जस्तो भ्रष्ट र अयोग्य व्यक्तिलाई त्यस प्रकारको उच्च र संवैधानिक पदमा नियुक्त गरेर उनीहरूले कति ठूलो गल्ती गरेका थिए ? त्यो अब छर्लङ्ग भएको छ । त्यो गल्तीबाट शिक्षा लिंदै अब उनीहरूले त्यस प्रकारका गल्तीहरू नदोहोराउन् । हामीले उनीहरूलाई त्यही सल्लाह र चेतावनी पनि दिन चाहन्छौँ । 
सर्वोच्चमा त्यो मुद्दा दायर गरेर लोकमान सिंह कार्कीको असंवैधानिक नियुक्तिलाई वदर गराउन जुन अधिवक्ताहरूले लामो सङ्घर्ष गरे, उनीहरूलाई पनि हामीले धन्यवाद दिन चाहन्छौँ । 
सरकारले अन्तर्राष्ट्रिय रूपमा प्रचलित संसदीय अभ्यासको उल्लङ्घन गर्दै र जोर जवर्जस्तीपूर्वक संविधान संशोधन विधेयक संसदमा प्रस्तुत गरेको छ । संसदमा त्यो प्रस्ताव पारित गर्नका लागि आवश्यक दुई तिहाइ बहुमत नपुग्ने कुरा प्रष्ट छ । तैपनि उनीहरूले जुनसुकै प्रकारले भएपनि वा, उनीहरूकै शब्दमा, जुनसुकै सुत्रको प्रयोग गरेर भएपनि त्यो विधेयकलाई पारित गराउने कुरा गरिरहेका छन् । त्यो प्रस्ताव पारित भयो भने खालि ५ नं प्रदेशको विखण्डन भएर बेग्लै मधेश प्रदेशको निर्माण मात्र हुनेछैन, त्यसका अरू पनि कैयौँ राष्ट्रघाती साङ्घातिक परिणामहरू हुनेछन् । त्यसकारण त्यो प्रस्तावलाई असफल पार्नको लागि संसदभित्र पूरा प्रयत्न गर्नुका साथै सामान्यतः देशव्यापी रूपमा र विशेषतः ५ नं. प्रदेशमा सशक्त र व्यापक सङ्घर्ष गर्नुपर्ने आवश्यकता छ । 
५ नं. प्रदेशलाई विखण्डन गरेर बेग्लै प्रदेशको निर्माण सम्पूर्ण तराईलाई पहाडबाट अलग गरेर बेग्लै मधेश प्रदेशहरू बनाउने र त्यसलाई नेपालबाट अलग गराउने रणनीतिको एउटा अङ्ग मात्र हो । त्यसकारण ५ नं प्रदेशको विखण्डनका विरुद्धको आन्दोलन ५ नं. प्रदेशको विषय मात्र नभएर राष्ट्रिय महत्वको विषय बन्न गएको छ । 
नेपालको एकीकरणमा पृथ्वीनारायण शाहको ऐतिहासिक भूमिका रहेको छ । उनको सामन्ती चरित्र सितको हाम्रो मतभिन्नताका वावजुद नेपालको एकीकरणमा उनले जुन महत्वपूर्ण भूमिका खेले, त्यसलाई हामीले समर्थन गर्नुपर्दछ । उनले खालि नेपालका छरिएका सानातिना राज्यहरूलाई एकीकरण गर्ने मात्र काम गरेनन्, उनको त्यस प्रकारको भूमिकाका कारणले नेपाल अङ्ग्रेजको साम्राज्यमा जानुबाट बच्यो । उनको त्यस प्रकारको ऐतिहासिक योगदानमाथि ध्यान दिंदै पृथ्वी जयन्तीलाई सार्वजनिक विदा घोषित गर्नुपर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ ।

मिति ः २०७३ पौष २५ गते

मोहनविक्रम सिंह
महामन्त्री

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.