नेपाली :: English
Masal
Sat / 2017-Nov-18
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)

केन्द्रीय कार्यालय

Website : www.ncpmashal.org,  Email : ncpmashal@gmail.com


वक्तव्य 


ने.क.पा. (मसाल) को उपलब्ध पी.बी.एम. र सी.सी.एम.हरु सहितको केन्द्रीय कार्यालयको बैठकले सरकारले संविधानसभाको म्याद थप्न संसद सचिवालयमा दर्ता गरेको प्रस्ताव तथा जनजातिहरुसित भएको सहमति समेत बारे छलफल गरी निम्नलिखित निर्णयहरु गरेको छ ः
संविधानसभाको म्याद थप्ने सरकारको निर्णयको हाम्रो पार्टीले विरोध गर्दछ । अहिले संविधान बन्न नसक्नुको कारण समय कमी भएर होइन, त्यो कार्यप्रति प्रमुख राजनीतिक दल वा संगठनहरुले गैरजिम्मेवार नीति अपनाएकोले नै तोकिएको वा बारम्बार थपिएको अवधिभित्र पनि संविधानको निर्माण हुन सकेको होइन । त्यसैले जतिपल्ट संविधानसभाको म्याद थप्दै गएपनि वर्तमान संरचना अन्तर्गत संविधान बन्न नसक्ने कुरा प्रष्ट छ । त्यसैले संविधानको म्याद थप्नेतिर नलागेर कुनै उपयुक्त विकल्पमा जानु सही हुनेछ भन्ने हाम्रो दृढ मत छ ।
सरकारको जनजातिहरुसित जातीय पहिचानका आधारमा संघीयताको निर्माण गर्न भएको सहमतिप्रति बैठकले गम्भीर प्रकारले आपत्ति र विरोध गर्ने निर्णय गयो । हाम्रो पार्टीले संघीयतालाई सम्पूर्ण रुपले अस्वीकार गर्दै आएको छ र हाम्रो त्यो अडान अहिले पनि कायम छ । तैपनि प्रशासनिक कार्य सञ्चालनका लागि प्रदेशहरुको निर्माण गर्नुपर्ने आवश्यकता प्रति हाम्रो विरोध नभएको कुरा हामीले प्रष्ट गर्दै आएका छौं । त्यस अनुसार हाम्रा कतिपय मतभेदहरु, खास गरेर उत्तर र दक्षिणका हिमाल, पहाड र तराईमधेशका भूभागहरुलाई मिलाएर प्रदेशहरुको निर्माण गर्नुको सट्टा तराईका मात्र भूभागहरुलाई बेग्लै प्रदेशहरु बनाउने सहमतिका विरुद्धको हाम्रो मतभिन्नतलाई सुरक्षित राख्दै बहुजातीय आधारमा प्रदेशहरुको निर्माणको पक्षमा भएको सहमतिलाई हामीले तुलनात्मक रुपले सही मान्दै त्यसलाई समर्थन गरेका थियौं । त्यो सहमतिलाई समेत उल्लंघन गरेर अहिले भएको जातीय पहिचानका आधारमा संघीयता वा प्रदेशहरुको निर्माणको सहमतिप्रति हाम्रो पार्टीले कडा आपत्ति प्रकट गर्दछ । त्यस सिलसिलामा जातीयताका विरुद्ध देशव्यापी रुपमा उठेको आवाजलाई स्वागत गर्दै त्यस प्रकारको आवाज वा आन्दोलनलाई संविधानसभा भित्र वा बाहिर अरु उच्चस्तरमा लगातार अगाडि बढाउनका लागिपनि हामीले आम जनता तथा विभिन्न राजनीतिक शक्ति, संगठन वा प्रबुद्ध व्यक्तिहरुसित समेत अपील गर्दछौं । त्यसरी नै देशलाई जातीय र क्षेत्रीय विग्रह वा राष्ट्रिय विखण्डनबाट बचाउनु सम्भव हुनेछ र बचाउनका लागि पूरा शक्ति लगाउनुपर्ने आवश्यकता छ ।
जातीय पहिचानका लागि चलेको आन्दोलनको क्रममा सञ्चारकर्मीहरु माथि देशव्यापी रुपमा र योजनावद्ध प्रकारले भएको कुटपिट र हिंसात्मक आक्रमणको हाम्रो पार्टीले तीब्र शब्दमा भत्र्सना गर्दछ । त्यसका साथै बर्दियामा राष्ट्रिय जनमोर्चाका तर्फबाट संघीयता वा जातीय राज्य समेतका विरुद्ध आयोजित शान्तिपूर्ण सभाको कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य का. तुलसी सापकोटा र भेरीकर्णालीका क्षेत्रीय संयोजक का. बासुदेव पोख्रेल समेत माथि भएको कुटपिटका साथै देशका अन्य भागहरुमा हाम्रा कार्यक्रमहरुमा जोर जर्वजस्तीपूर्वक बाधा हाल्न गरिएका प्रयत्नहरुको पनि हाम्रो पार्टीले तीब्र शब्दमा भत्र्सना गर्दछ । हाम्रो के सोंचाई छ भने त्यस प्रकारका जातिवादी वा क्षेत्रीयतावादी कार्यविधिले देशलाई फासिवादतिर लैजान्छ । त्यसैले हाम्रो पार्टीले त्यस प्रकारको कार्यविधिलाई रोक्नुपर्ने र तिनीहरुका विरुद्ध देशव्यापी रुपमा आवाज उठाउनुपर्ने आवश्यकतामा जोड दिन्छ ।

मिति ः २०६९ जेष्ठ १० गते
 
मोहनविक्रम सिंह
महामन्त्री
 

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.