नेपाली :: English
Masal
Sun / 2017-Dec-17
janamatOctober Revolution Special
रूसमा शतवार्षिकी कार्यक्रमको समापन

काठमाडौँ । महान्् अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रमको रूसको सेन्ट पिटर्सबर्गमा भव्य समारोहका बीच समापन गरिएको छ । संसारका क्रान्तिकारी कम्युनिस्ट पार्टी तथा सङ्गठनहरूको सङ्गठन आइकोरको आयोजनामा नोभेम्बर ६देखि ८ (२०१७)सम्म अक्टोबर क्रान्तिको ऐतिहासिक पृष्ठभूमि बोकेको रूसको पर्यटकीय शहर सेन्ट पिटर्सबर्गमा सो समारोह सम्पन्न गरिएको थियो ।
सेन्ट पिटर्सबर्ग त्यो स्थान हो, जहाँ लेनिनको नेतृत्वमा ऐतिहासिक, समाजवादी अक्टोबर क्रान्ति नोभेम्बर ७, १९१७ मा सम्पन्न भएको थियो । त्यो गौरवशाली स्थल, त्यसमा पनि लेनिन फिनल्यान्डबाट रूसका सेन्ट पिटर्सबर्गमा क्रान्तिको नेतृत्व गर्न पहिलो पटक प्रवेश गर्नुभएको स्थल, फिनल्यान्ड रेलवे स्टेसनमा स्थापना भएको “लेनिन स्मारक” मा संसारभरिबाट अक्टोबर क्रान्तिको शतवार्षिकी समापन कार्यक्रममा सहभागी हुन आएका प्रतिनिधि, पर्यवेक्षक, सहभागीहरूको सहभागिता थियो । त्यहाँ रहेका लेनिनको शालिकमा पुष्पगुच्छा प्रदान गरी श्रद्धा र सम्मान व्यक्त गर्दै नोभेम्बर ७ का दिउँसो ५ बजे आइकोरको मुख्य व्यानरमा महान्् अक्टोबर क्रान्तिको गौरवशाली इतिहासलाई सम्झँदै विभिन्न क्रान्तिकारी गगनभेदी नाराहरू लगाइएको थियो । अक्टोबर क्रान्ति जिन्दाबाद, समाजवादी क्रान्ति जिन्दाबाद, साम्राज्यवाद मुर्दावाद, संसारका मदजुरहरू एक हौँ जस्ता नारा तथा प्लेकार्डहरू कार्यक्रममा प्रदर्शन गरिएको थियो । त्यहाँ सहभागी राष्ट्रका विभिन्न व्यानरहरू सहितको शानदार जुलुस प्रदर्शन गरिएको थियो । 
अक्टोबर क्रान्तिको समापन कार्यक्रमको सूचनाका आधारमा रूसको पुटिन सरकारले सुरक्षा व्यवस्था निकै कडा बनाएको थियो । त्यस क्रममा खुला प्रदर्शन रोक्नेसम्म प्रयास गरेको थियो । अत्यन्तै सजगताका साथ आइकोरले समन्वय गरी उक्त कार्यक्रम अगाडि बढाएको थियो । आइकोरको प्रभावकारी समन्वयबाट रूसका विभिन्न संसदीय, प्रगतिशील शक्तिहरू जस्तै कम्युनिस्ट पार्टी अफ रसियन फेडरेसन लगायतका विभिन्न पार्टी र सङ्गठनहरूको समेत जुलुस प्रदर्शनमा सहभागिता थियो । त्यस कारण जुलुसको प्रदर्शनमा केही सहजता भएको थियो । सुरुमा क्रान्तिकारी पार्टी तथा सङ्गठनका प्रतिनिधिहरू रहेको जुलुश अगाडि बढ्दै जाँदा हजारौँको सहभागिता रहेको थियो । भव्य र सानदार रूपमा करिब ३–५ कि.मि. टाढासम्म जुलुश प्रदर्शन भएपछि लेनिनले पहिलो पटक १९१७ मा तोप पड्काएर क्रान्तिको उद्घोष गरेको सामरिक स्थलमा पुगिएको थियो । त्यहाँस्थित ऐतिहासिक विन्टर प्यालेसको विपरित भागमा, त्यहाँको ऐतिहासिक नेभा नदीको एउटा पानी जहाजमा सङग्रहालयको रूपमा हात–हतियारहरू प्रदर्शन गरिएको स्थानको प्राङ्गणमा उक्त ऐतिहासिक प्रदर्शन कार्यक्रमको समापन समारोह आयोजना गरिएको थियो । विभिन्न बाजागाजाको सङ्गीतमय वातावरणमा व्यापक रूपमा पटाका पड्काउने, आतिसबाजी गर्ने कार्यक्रम धुमधामका साथ सम्पन्न गरिएको थियो ।
उक्त समापन कार्यक्रममा कलाकारहरूबाट क्रान्तिकारी गीत, नृत्यहरू समाजवादी क्रान्तिको महत्व झल्काउने गरी प्रस्तुत गरिएको थियो । कार्यक्रममा विभिन्न देशका वामपन्थी क्रान्तिकारी पार्टीका नेता प्रतिनिधिहरूले अक्टोबर क्रान्ति, लेनिनको नेतृत्व र महत्व तथा समाजवादी क्रान्तिको भविष्यका बारेमा अत्यन्तै हर्ष र उत्साहका साथ विचार प्रवाह गरेका थिए । मञ्चको मुख्य व्यवस्थापन रूसको संसदीय कम्युनिस्टहरूले गरेको थियो । सो कार्यक्रममा एमएलपिडीका अध्यक्ष्ँ गाबीले रूसको महान्् अक्टोबर क्रान्तिको महत्व आज पनि त्यत्तिकै रहेको र भविष्यमा पनि त्यत्तिकै महत्व रहेकाले संसारभरिका क्रान्तिकारी शक्तिहरू एकजुट भएर सर्वहारा मजदुर–कसानहरूको मुक्तिका लागि समाजवादी क्रान्तिको झण्डालाई उचो राख्न निरन्तर सङ्घर्ष गर्नु पर्ने आवश्यकतामाथि जोड दिनु भएको थियो । अगाडि उहाँले क्रान्तिकारी शक्तिको विजय निश्चित भएकाले सबै प्रकारका चुनौतीहरू सामना गर्न डटेर लाग्नु नै महान् अक्टोबर क्रान्तिले देखाएको महान् मार्ग भएको बताउनु भएको थियो । 
नोभेम्बर ८, २०१७ का दिन अक्टोबर क्रान्तिको शतवार्षिकी समारोहको औपचारिक रूपमा समापन समारोह भव्य रूपमा सेन्ट पिटर्सबर्गको मुख्य सेन्टरमा रहेको बैैङ्कटमा आयोजना गरिएको थियो । कार्यक्रमको सुरुमा लालसेनाले सलामी दिएर स्वागत कार्यक्रम र करर्तल ध्वनिका साथ स्वागत गरिएको थियो । कार्यक्रमको सञ्चालन मोनिकाले गर्नु भएको थियो । कार्यक्रममा सहभागी विभिन्न देशका प्रतिनिधिहरूलाई सामूहिक रूपमा परिचय गराइएको थियो । कार्यक्रममा करिब ४० राष्ट्रका ४४ पार्टी तथा सङ्गठनहरूको प्रतिनिधित्व रहेको बताइएको थियो । कार्यक्रममा जर्मन, बङ्गलादेश, भारत, पेरू, चीन, रूस लगायतका प्रतिनिधिहरूले अक्टोबर क्रान्तिको महत्वका बारेमा मन्तव्य राखेका थिए । कार्यक्रममा एमएलपिडीका अध्यक्ष्ँ गाबीले विशेष मन्तव्य राख्दै सबै सहभागीहरूलाई धन्यवाद दिनु भएको थियो । 
कार्यक्रममा नेपालबाट सहभागी हुनु भएका ज्येष्ठ नागरिक टेकनाथ बराललाई सम्मान गरिएको थियो । उक्त कार्यक्रममा क्रान्तिकारी गीत तथा नृत्यहरू प्रस्तुत गरिएको थियो । त्यसमा विशेष गरी नेपाल र जर्मनीका कलाकारहरूले भव्य सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । अत्यन्तै भव्य र हर्ष उल्लासका साथ सम्पन्न समापन कार्यक्रममा क्रान्तिकारी नाराहरू लगाइएको थियो । ती नाराहरूमा महान्् अक्टोबर क्रान्तिको महत्व उजागर गरिएको थियो । समापन समारोहमा सहभागीहरूलाई आयोजककोतर्फबाट रात्रीभोजको व्यवस्था पनि गरिएको थियो ।
समापन समारोहभन्दा अगाडि नोभेम्बर ६, २०१७ का दिन साँझ सेन्ट पिटर्सबर्गको एउटा सांस्कृतिक हलमा महान् अक्टोबर क्रान्तिको महत्व झल्काउने गरी क्रान्तिकारी गीत तथा नृत्यहरू सहितको भव्य सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा विभिन्न राष्ट्रबाट सहभागी एवं रूसका विभिन्न पार्टी एवं सङ्गठनहरूका प्रतिनिधिहरू सहित करिब हजार जनाको सहभागितामा रहेको थियो । कार्यक्रममा अन्तर्राष्ट्रिय क्रान्तिकारी गीत पनि गाइएको थियो ।
कार्यक्रममा, नेपालबाट नेकपा (मसाल) को वैधानिक मोर्चा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा कार्यालय सचिव घनश्याम न्यौपानेको नेतृत्वमा विभिन्न मोर्चाका सदस्यहरू रहनु भएको थियो । टोलीमा अखिल नेपाल टे«ड युनियन महासङ्घ (अन्टुक) का महासचिव लोकराज भुसाल, अखिल नेपाल बुद्धिजीवी सङ्घका उपाध्यक्ष मान बहादुर खत्री, अखिल नेपाल कानुन व्यवसायी सङ्घका महासचिव राम प्रसाद भुसाल, राजमो केन्द्रीय सदस्य लक्ष्मी बासकोटा, केन्द्रीय सल्लाहकार काजीलाल वाइबा, यमलाल पोख्रेल, अखिल नेपाल उद्योग व्यापार सङ्घका अध्यक्ष ढुण्डीराज शर्मा, उपाध्यक्ष्ँ पदम श्रेष्ठ, महासचिव रामबाबु फुयाँल, कोषाध्यक्ष्ँ गोपाल गिरी, केन्द्रीय सदस्य ढाकाराम पौडेल (सन्तोष), मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका उपाध्यक्ष चोपलाल खनाल (कपिल), माथिल्लो कर्णाली बचाऔँ राष्ट्रिय अभियानका अध्यक्ष्ँ भरत बहादुर शाही, अखिल नेपाल किसान सङ्घका केन्द्रीय सदस्य गणेश कुँवर, अखिल नेपाल शिक्षक सङ्घका भोला ढकाल, अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सदस्य तथा सहप्राध्यापक लिल बहादुर केसी लगायत राजमोसँग आबद्ध साथी हुनु हुन्थ्यो । त्यसै गरी सोही प्रतिनिधि मण्डलमा राष्ट्रिय जनमोर्चाका नेता÷कार्यकर्ताहरू टेकनाथ बराल, मदन मुरारी घिमिरे, कपिल देव खनाल, पदम थापा मगर, इन्द्रसिंह बुढा, बम बहादुर बुढा, जित बहादुर घर्ती मगर, टोप बहादुर खत्री, नर बहादुर विक, खुमनाथ शर्मा, जयदेव पाण्डे, पशुपति ढकाल, युवराज महत, देवा गिरी, शान्ता पुडासैनी फुयाँल, रेवती घिमिरे, हरि प्रसाद बराल, उमलाल बन्जाडे, भुवन खनाल, राम प्रसाद खनाल, लक्ष्मी कुँवरको सहभागिता रहेको थियो । “अक्टोबर शतवार्षिकी कार्यक्रमको समापन कार्यक्रममा नेपालकोतर्फबाट नेकपा (मसाल) सम्बद्ध नेता÷कार्यकताहरूको उपस्थितिले पार्टीलाई अन्तर्राष्ट्रिय क्षेत्रमा परिचय गराउन महत्वपूर्ण योगदान पुर्‍याएको महशुस गरिएको छ” राजमो केन्द्रीय कार्यालय सचिव घनश्याम न्यौपानेले हाँकलाई बताउनु भयो ।
प्रतिनिधि मण्डलले ऐतिहासिक अक्टोबर क्रान्तिको शतवार्षिकी समापन समारोहमा भाग लिएर रूसका महत्वपूर्ण शहरहरूमध्ये राजधानी मस्को तथा अन्य पर्यटकीय तथा ऐतिहासिक शहर सेन्ट पिटर्सबर्गको रहनसहन, वातावरण, संस्कृति, पर्यटन तथा विकासका पूर्वाधार, विकसित संरचना, विज्ञान र प्रविधिहरूको प्रयोगको अवलोकन समेत गर्दै रूसी समाजवादी क्रान्तिका नायक लेनिनको शव राखेको ऐतिहासिक स्थल मस्कोस्थित क्रेमलिन रेड स्क्वायरको अवलोकन गरी नोभेम्बर १२, २०१७ मा नेपाल फर्किएको छ ।
रूसमा समापन गरिएको शतवार्षिकी सापन कार्यक्रममा नेपालबाट नेकपा (क्रान्तिकारी–माओवादी) का परि थापा, केश बहादुर परियार तथा नेपाल–रूस लेखक पत्रकार सङ्घका अशोक सुवेदी, गोपाल चिन्तन सिवाकोटीका साथै प्रा.डा. सुरेन्द्र केसीको पनि उपस्थिति रहेको थियो ।

फर्कनुस्

बाँकी समाचार

•  अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रमको उद्घाटन
•  अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम सफल पारौँ
• 
•  शतवार्षिकी कार्यक्रमको उद्घाटन सभाहरू सम्पन्न
•  उद्घाटन कार्यक्रम
•  शतवार्षिकी कार्यक्रम
•  अक्टोबर क्रान्तिको शतवार्षिकी अभियान
•  अक्टोबर क्रान्ति
•  अक्टोबर क्रान्ति कार्यक्रम
•  बागलुङमा तीन महिने अभियान सुरु
•  अक्टोबर क्रान्ति
•  अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम र सङ्गठनात्मक सुदृढीकरणको कार्यक्रम
•  अक्टोबर शतवार्षिकी कार्यक्रमको समापन
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.