नेपाली :: English
Masal
Sat / 2017-Nov-18
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)

केन्द्रीय कार्यालय

Website : www.cpnmashal.org,  Email : ncpmashal@gmail.com


वक्तव्य 


नेपालको राजनीतिक स्थिति बारे नेपाल कम्युनिष्ट पार्टी (मसाल)को केन्द्रीय समितिद्वारा पारित राजनीतिक प्रस्ताव बारे प्रकाश हाल्नका लागि निम्नलिखित वक्तव्य जारी गरिएको छ । के.स.द्वारा पारित राजनीतिक प्रस्तावको पूर्ण पाठलाई छिटै सार्वजनिक गरिने छ ।
केन्द्रीय समितिले देशको अहिलेको राजनीतिक स्थितिमा वर्तमान निर्दलीय सरकारका विरुद्ध र राष्ट्रियताको रक्षाको पक्षमा संघर्ष, संविधानसभाको चुनावलाई सुनिश्चित गर्न र त्यसमा सहभागिता, राष्ट्रियताका पक्षमा र संघीयताका विरुद्ध संघर्ष, चुनावको तयारी र तालमेलमा मुख्य जोड दिने निर्णय गरेको छ ।
वर्तमान निर्दलीय सरकार प्रतिको हाम्रो विरोधका बाबजुद त्यसका मातहतमा आयोजना हुने संविधानसभाको चुनावप्रति हाम्रो सकारात्मक दृष्टिकोण छ । तर समयभित्र त्यो सम्पन्न हुने कुरामा आशंका भएकाले हाम्रो पार्टीले त्यसलाई सुनिश्चित गर्न व्यापक जनदवाव सिर्जना गर्ने र आन्दोलन संगठित गर्नुपर्ने आवश्यकतामा जोड दिन्छ । त्यसका साथै वर्तमान सरकार प्रतिको विरोध भएका कारणले संविधानसभाको चुनावको नै विरोध गर्नु गम्भीर प्रकारको राजनीतिक गल्ति वा अदुरदर्शीता हुनेछ भन्ने हाम्रो पार्टीको ठहर छ ।
अहिले देशमा संविधानसभाको चुनाव आषाढ वा मंसिरमा कहिले गर्ने भनेर विवाद उठिरहेको छ । उक्त प्रश्न माथि व्यावहारिक र प्राविधिक दृष्टिले विचार गर्दा आषाढको सट्टा मंसिरमा नै हुनुपर्दछ भन्ने हाम्रो मत छ । त्यो चुनावका सन्दर्भमा विदेशस्थित प्रवासी नेपालीहरुलाई पनि मताधिकार र समानुपातिक प्रतिनिधित्व समेतको लागि आवश्यक व्यवस्था हुनुपर्दछ भनेर हाम्रो पार्टीले लगातार जोड दिंदै आएको छ र अहिले पनि त्यसबारे हाम्रो पार्टीले पुनः जोड दिन चाहन्छ ।
अहिले निर्वाचन आयोगले निर्वाचन ऐनमा समानुपातिक निर्वाचन तर्फ सदर मतको १ प्रतिशत प्राप्त गरेका दलहरुलाई नै सीट प्राप्त हुनसक्ने गरेको प्रस्ताव संविधानसभाको पहिलेको चुनावको बेलाको प्रक्रियाभन्दा बेग्लै छ । त्यसले राजनीतिक संगठनहरुको प्रजातान्त्रिक अधिकारको हनन गर्दछ । त्यसैले निर्वाचन आयोगको त्यस प्रकारको प्रस्तावप्रति हाम्रो पार्टीले गम्भीर प्रकारको आपत्ति प्रकट गर्दै त्यो प्रस्तावलाई फिर्ता गर्नु पर्ने आवश्यकतामा जोड दिन्छ ।
अहिले देशमा जातिवादी, क्षेत्रीयतावादी प्रकारको खतरा गम्भीर प्रकारले बढेको छ । प्रतिगामी शक्तिहरुले पनि देशलाई प्रतिगमनतिर लैजान पूरै शक्ति लगाइरहेका छन् । त्यस प्रकारका खतराका विरुद्ध व्यापक जनचेतना र आन्दोलन संगठित गर्न प्रयत्न गर्नुपर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ ।
संघीयताका विरुद्ध सम्झौताहीन प्रकारले संघर्ष गर्ने पहिलाको नीतिलाई निरन्तरता दिंदै संघीयता अन्तर्गतका जातीय राज्य, आत्मनिर्णयको अधिकार, एक मधेश, एक प्रदेश, बहुराष्ट्रवाद र जातीय अग्राधिकारप्रति विरोध राख्ने पक्षहरुसित तालमेल गरेर त्यस प्रकारका अवधारणाहरुका विरुद्धको संघर्षलाई शक्तिशाली बनाउने हाम्रो पहल हुनेछ ।
अहिले चार दलका बीचमा भएको सहमतिको कारणले देशमा निर्दलीयताको खतरा बढ्नुका साथै राष्ट्रघातको खतरा पनि गम्भीर रुपमा उत्पन्न भएको छ । खास गरेर जन्मका आधारमा नागरिक बनेका व्यक्तिहरुका सन्तानहरुलाई वंशजको नागरिकता दिने तथा नागरिक नभएका व्यक्तिहरुलाई पनि मतदाता बनाउने सहमतिले देशमा ठूलो संख्यामा विदेशीहरु नेपालको नागरिक बन्ने र देश फिजी बन्ने खतरा उत्पन्न भएको छ । त्यस प्रकारको सम्पूर्ण राष्ट्रघाती प्रक्रिया र फिजीकरणको खतराका विरुद्ध व्यापक जनचेतना उठाउन पनि प्रयत्न गर्नुपर्ने आवश्यकता छ । त्यसका साथै जनजीवनसित जोडिएका प्रश्नहरुमा पनि आन्दोलन संगठित गर्दै जानुपर्दछ ।
उपरोक्त प्रश्नहरुका आधारमा जनचेतना उठाउन र आन्दोलन संगठित गर्न प्रयत्न गर्नुका साथै संविधानसभाको चुनावलाई पनि उक्त विषयहरुमा संघर्षका रुपमा अगाडि बढाउने प्रयत्न गर्नुपर्दछ । त्यस सिलसिलामा विभिन्न पक्षहरुसित हाम्रो नीतिमा जुन हदसम्म सहमति कायम हुन्छ, सहकार्य वा संयुक्त आन्दोलन गर्ने वा चुनावमा तालमेल गर्ने हाम्रो नीति हुनेछ । तर त्यसरी तालमेल गर्दा विभिन्न पक्षहरुसितको हाम्रो राजनीतिक अन्तरलाई स्पष्ट गर्ने र आवश्यकतानुसार संघर्षको नीति पनि अगाडि बढाउने हाम्रो नीति हुनुपर्दछ ।
वर्तमान सरकार मुख्य रुपमा संविधानसभाको चुनाव सम्पन्न गर्ने उद्देश्यले बनेको भनिएको भए पनि त्यसले अहिलेसम्म चुनावको मिति तोकेको छैन र निर्वाचन सम्बन्धी विभिन्न कानून बनाउने कार्य बाँकी नै छन् । यस प्रकारको कार्यप्रणालीमा सुधार भएन भने मंसिरमा समेत चुनाव सम्पन्न हुन मुश्किल पर्नेछ । त्यसकारण चुनावको आवश्यक तयारीलाई गम्भीरतापूर्वक र शीघ्र अगाडि बढाउनुपर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ । निर्वाचन आयोगले निर्वाचन सम्बन्धी कार्यक्रम र सूचना गर्नुका साथै हाम्रो पार्टीले त्यसमा सहभागिता सम्बन्धी आवश्यक निर्णयहरु गर्दै जानेछ ।
देशमा चार दलको एकाधिकार कायम हुँदै गइरहेको कार्यप्रति पनि हाम्रो पार्टीले गम्भीर असंतोष प्रकट गर्दछ । त्यसले प्रजातन्त्रलाई नै गम्भीर आघात पुग्ने छ । त्यसैले चार दलको एकाधिकारप्रति हाम्रो पार्टीले जोडदार विरोध प्रकट गर्दछ ।
सर्वोच्च अदालतले राष्ट्रपतिले जारी गरेको सत्यनिरुपण एवं मेलमिलाप आयोग सम्बन्धी अध्यादेशबारे अन्तरिम आदेश दिएर त्यसको कार्यान्वयनमा रोक लगाएको छ । सर्वोच्च अदालतको त्यो फैसलालाई हाम्रो पार्टीले स्वागत गर्दछ । त्यसै गरेर सेनामा फास्टट्याकद्वारा बढुवा गर्ने सरकारको निर्णयलाई सर्वोच्चले रोकेकोलाई पनि हाम्रो पार्टीले स्वागत गर्दछ । संगठित अपराधबारे सरकारको निर्णय र राष्ट्रपतिद्वारा समेत जारी गरिएको संगठित अपराध सम्बन्धी अध्यादेशलाई पनि हाम्रो पार्टीले विरोध गर्दछ । हाम्रो के मत छ भने त्यो अध्यादेश जनतामा दमन गर्ने उद्देश्यद्वारा निर्देशित छ ।
नवगठित माओवादीले चुनावको सम्पूर्ण प्रक्रियालाई असफल पार्न गरिरहेको कारवाहीहरुप्रति पनि हाम्रो गम्भीर ध्यान आकर्षित भएको छ । चार दलीय सहमति वा वर्तमान सरकारप्रतिको विरोधका कारणले संविधानसभाको चुनावलाई नै असफल पार्ने नीतिले वास्तवमा लोकतान्त्रिक संविधानको निर्माण र गणतन्त्रलाई संस्थागत गर्ने कार्यमाथि नै आघात पुग्ने छ । त्यसकारण उनीहरुबाट त्यस प्रकारको कार्यप्रणालीको कडा शब्दमा विरोध गर्दै उनीहरुसित संविधानसभाको चुनावप्रति सकारात्मक दृष्टिकोण अपनाउन अनुरोध गर्दछ ।

 मिति ः २०६९ चैत्र २० गते
 
मोहनविक्रम सिंह
महामन्त्री 

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.