नेपाली :: English
Masal
Sun / 2017-Nov-19
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)
केन्द्रीय कार्यालय
वक्तव्य

अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रमबारे विचार गर्न आयोजित नेपाल कम्युनिष्ट पार्टी (मसाल) को चौथो राष्ट्रिय भेला यही २०७३ साल कार्तिक ५ र ६ गते सम्पन्न भएको छ । त्यसले अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रमबारे कैयौँ महत्वपूर्ण निर्णयहरू गरेको छ ।
राष्ट्रिय भेलाको उद्घाटन महामन्त्री का. मोहनविक्रम सिंहले गर्नु भएको थियो भने अध्यक्षता का. सहज, स्वागत भाषण का. काशी र सञ्चालन का. प्रकाशले गर्नुभएको थियो । त्यसपछि विभिन्न मोर्चा, क्षेत्रका प्रतिनिधिहरू र विदेशबाट आएका आईसीओआर र एमएलपीडीका प्रतिनिधि का. थोमसले भेलाको सफलताको शुभकामना दिनु भएको थियो ।
उद्घाटन कार्यक्रमपछि बन्द सत्र सुरु भयो । बन्द सत्र सञ्चालनका लागि का. अरूण, का. नविन र का. रक्षा सहित तीन सदस्यीय अध्यक्ष मण्डलको निर्वाचन भयो । भेलामा का. मोहनविक्रम सिंहले अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रमसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभयो र त्यसमा सामान्य छलफल भयो । शतवार्षिकी कार्यक्रम बनाउनका लागि प्रतिनिधिहरूलाई समूहहरूमा बाँडियो । सबै समूहहरूले आफ्ना–आफ्ना प्रतिवेदन प्रस्तुत गर्नुभयो । सबै समूहरूले आफ्नो प्रतिवेदन प्रस्तुत गरेपछि केन्द्रीय कार्यालयले सबै कार्यक्रमहरूलाई अन्तिम रूप दिने निर्णय सर्वसम्मतिले पारित भयो ।
भेलाले शतवार्षिकी कार्यक्रमको परिचालन गर्न महामन्त्रीको संयोजकत्वमा एउटा मूल परिचालन समिति गठन गरेको छ । त्यस अन्तर्गत अन्तर्राष्ट्रिय सम्पर्क, आर्थिक, प्रचार–प्रसार, सांस्कृतिक, प्रकाशनसम्बन्धी बेग्लाबेग्लै उपसमितिहरू बनेका छन् । त्यही प्रकारले देशका विभिन्न भागहरूमा, शतवार्षिकी कार्यक्रमलाई सञ्चालन गर्न परिचालन समितिहरू पनि बनेका छन् ।
शतवार्षिकी कार्यक्रम ६ महिनासम्म सन्पन्न भएपछि समीक्षा राष्ट्रिय भेला हुनेछ र त्यसले ६ महिनासम्मको कामको समीक्षा गरी बाँकी ६ महिनाको कार्यक्रमको कार्यान्वयनका लागि आवश्यकतानुसार परिमार्जन सहित कार्यक्रम निश्चित गर्ने छ ।
शतवार्षिकी कार्यक्रमको उद्घाटन ७ नोभेम्बर, २०१६ (तदनुसार कार्तिक २२, २०७३) मा देशव्यापी रूपमा गरिने छ । त्यस अनुसार प्रथम दिन केन्द्रीय र जिल्ला स्तरमा उद्घाटन गरिने छन् भने त्यसपछि कार्तिक २८ गतेसम्म एरिया, नगर वा गाउँ र टोलहरूमा समेत उद्घाटन कार्यक्रम सञ्चालन गरिने छ ।
आईसीओआरले विश्वव्यापी रूपमा अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रमलाई मनाउने ठेगान गरेको छ । त्यो कार्यक्रमलाई हाम्रो पार्टीले पनि विभिन्न कार्यक्रमसहित मनाउने ठेगान गरेको छ । त्यस सिलसिलामा वर्षभरि नै आमसभा, प्रदर्शन, सांस्कृतिक कार्यक्रम, पुस्तक पुस्तिकाको प्रकाशन, प्रगतिशील फिल्मको प्रदर्शन, पर्चा, मार्च, प्रशिक्षण, अन्तरक्रिया, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा विचार गोष्ठी आदिको आयोजना गरिने छ । मोर्चा वा जनवर्गीय सङ्गठनहरूले बेग्लाबेग्लै प्रकारले कार्यक्रमको आयोजना वा सञ्चालन गर्न सक्नेछन् । शतवार्षिकी कार्यक्रमका सिलसिलामा उपरोक्त विभिन्न प्रकारका कार्यक्रमहरूलाई सम्पन्न गर्न प्रयत्न गर्नुका साथै हाम्रो मुख्य जोड सङ्गठनात्मक विस्तारमा हुनेछ ।
सङ्गठनात्मक विस्तार सफल पार्न पार्टी, मोर्चा वा जनवर्गीय सङ्गठनहरूको देशव्यापी रूपमा र ठूलो सङ्ख्यामा नयाँ सदस्यहरू बनाउन अभियान चलाउने छन् । त्यसरी शतवार्षिकी कार्यक्रमको अवधिमा सङ्गठनलाई राष्ट्रिय रूप दिन सङ्गठनमा गुणात्मकता ल्याउन प्रयत्न गरिने छ । हामीलाई विश्वास छ, त्यसपछि हाम्रो पार्टी देशमा बढी सशक्त र प्रभावशाली भूमिका खेल्न सक्षम हुनेछ ।
सङ्गठनात्मक विस्तार वा ठूलो सङ्ख्यामा नयाँ सदस्यहरूको सङ्ख्या वृद्धि भएपछि उनीहरूको सैद्धान्तिक स्तर उठाउन सैद्धान्तिक प्रशिक्षणमा विशेष जोड दिनु पर्नेछ । कार्यकर्ता वा सदस्यहरूको सैद्धान्तिक स्तर उठाउनका लागि ठूलो सङ्ख्यामा पुस्तक, पत्रिका प्रकाशन गर्ने, सदस्य वा कार्यकर्ताहरूलाई अध्ययनको लागि योजनावद्ध प्रकारले प्रोत्साहित गर्ने कार्यमा विशेष जोड दिनु पर्नेछ ।
शतवार्षिकी कार्यक्रमको अवधिमा देशको राजनीतिक अवस्था, घटनाक्रम वा आवश्यकतानुसार सङ्घर्ष वा विभिन्न प्रकारका राजनीतिक कार्यक्रमहरूलाई साथसाथै अगाडि बढाउने हाम्रो नीति हुनेछ । खास गरेर भारतीय विस्तारवादको हस्तक्षेप, माओवादी केन्द्र–ने.का.को गठबन्धन सरकारको भूमिका र मधेशवादीहरूको पृथकतावादी नीतिका कारणले समेत देशको राष्ट्रियता, सार्वभौमिकतामाथि गम्भीर खतरा उत्पन्न भएको छ । त्यसका विरुद्ध व्यापक रूपमा राष्ट्रिय चेतना उठाउन र आन्दोलन सङ्गठित गर्न ध्यान दिनुपर्ने आवश्यकता छ ।
भारतीय विस्तारवाद र मधेशवादीहरूले नेपालको संविधानमा संशोधनका लागि पनि लगातार दवाव दिइरहेका छन् । उनीहरूले संविधानमा जुन कुरामा संशोधनमा जोड दिइरहेका छन्, त्यस अनुसार संशोधन भएमा त्यो ठूलो राष्ट्रघाती कार्य हुनेछ र त्यसले देशमा राष्ट्रिय विखण्डनको स्थितिको सिर्जना गर्नेछ । कट्टरपन्थी हिन्दूवादीहरूको भारतीय सरकार, नेपालका राजावादी र कट्टर हिन्दूवादीहरू तथा सत्तारूढ कतिपय पक्षहरूले पनि संविधानबाट गणतन्त्र र धर्म निरपेक्षता हटाएर नेपाललाई हिन्दू राष्ट्र बनाउन र राजतन्त्रलाई पुनस्र्थापना गर्न योजनावद्ध प्रकारले प्रयत्न गरिरहेका छन् । पूर्व राजा पनि त्यसका लागि सक्रिय भएको देखिन्छ । त्यो अवस्थामा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षाका लागि पनि देशव्यापी रूपमा जागरुकता, जनमत, जनदवाव र आन्दोलनको स्थितिको सिर्जना गर्नुपर्ने आवश्यकता छ ।
वर्तमान सरकारको नीति र मधेशवादीहरूको भूमिकाका कारणले स्थानीय चुनाव अनिश्चित बन्दै गइरहेको छ । मधेशवादीहरूले उनीहरूले माग गरे अनुसार वा भारतीय विस्तारवादले चाहे अनुसार संविधानमा संशोधन नगर्दासम्म कुनै पनि चुनाव हुन नदिने धम्की दिइरहेका छन् । त्यसरी उनीहरूले तराईलाई नेपालबाट अलग गराउने वा राष्ट्रिय विखण्डनको ग्यारेन्टी हुने गरेर संविधानमा संशोधन नहुँदासम्म उनीहरूले कुनै पनि चुनाव गर्ने वा संविधानको कार्यान्वयन गर्ने कार्यलाई अवरुद्ध गर्न पूरै शक्ति लगाइरहेका छन् । त्यसका पछाडि भारतीय विस्तारवाद वा प्रतिक्रियावादी शक्तिहरूको निर्धारित अवधिसम्म कुनै चुनाव हुन नदिएर संविधानलाई नै धरापमा पार्ने तथा देशमा सङ्कटको स्थिति पैदा गर्न योजनावद्ध प्रकारले प्रयत्न गरिरहेको सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न । वर्तमान सरकारको भारतपरस्त नीतिका कारणले त्यो अवस्था अरू गम्भीर बन्दै गइरहेको छ । त्यो स्थितिको दृढता र कुशलतापूर्वक सामना गर्न व्यापक राष्ट्रिय ऐक्यवद्धता कायम गर्नुपर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ ।
सङ्घीयताका विरुद्धको सङ्घर्षमा पनि लगातार जोड दिइरहनु पर्दछ । देशमा स्थानीय चुनाव र अन्य चुनावहरू भएमा हामीले त्यससम्बन्धी आफ्नो नीति र भूमिका निश्चित गर्नु आवश्यक हुनेछ । जनजीविकासित जोडिएका प्रश्नहरू, भ्रष्टाचार, महङ्गी आदिका विरुद्ध सङ्घर्ष, विकास कार्यक्रमहरूमा समेत हामीले लगातार पहलकदमी गरिरहनु आवश्यक हुनेछ । माथिल्लो कर्णाली सहित नेपालको जलसम्पदामा एकाधिकार कायम गर्ने भारत सरकारको नीति तथा त्यस प्रति सरकारको सम्झौतापरस्त नीतिका विरुद्ध पनि हामीले लगातार सङ्घर्ष गरिरहनु पर्नेछ । त्यस सिलसिलामा प्रचण्ड र मोदीको संयुक्त विज्ञप्तिका विरुद्ध संयुक्त आन्दोलन अगाडि बढाउन पनि हामीले प्रयत्न गरिरहेका छौँ र त्यसलाई अरू अगाडि बढाउन त्यस विषयमा विचार मिल्ने शक्तिहरूसँग मिलेर वा स्वतन्त्र रूपले आन्दोलनलाई अगाडि बढाउने हाम्रो प्रयत्न हुनेछ । अख्तियार प्रमुख लोकमानसिंह कार्कीका विरुद्धको महाभियोगको प्रस्तावलाई समर्थन गर्ने पनि हाम्रो पार्टीले निर्णय गरेको छ ।
समग्ररूपमा शतवार्षिकी कार्यक्रम र उपरोक्त विभिन्न प्रश्नहरूसित जोडिएका नीति र कार्यक्रम वा सङ्घर्षलाई सँगसँगै र सन्तुलित रूपले अगाडि बढाउने हाम्रो नीति हुनेछ ।
शतवार्षिकी कार्यक्रमका सिलसिलामा हामीले स्वतन्त्र रूपले देशव्यापी रूपमा आफ्ना कार्यक्रमहरूलाई अगाडि बढाउन प्रयत्न गर्नुका साथै आपसमा सहमति हुनसक्ने विषयहरूमा विभिन्न वामपन्थी पक्षहरूसित पनि मिलेर आमसभा, राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तरको विचारगोष्ठी, अन्तरक्रिया आदि आयोजना गर्ने हाम्रो नीति र प्रयत्न हुनेछ । त्यसका लागि हामीले अन्य पक्षसित सम्पर्क गर्ने प्रयत्न गर्नेछौँ ।
आईसीओआरले सन् २०१७ को नोभेम्बरमा रूसको लेनिनग्राद (पिटरवर्ग)मा अन्तर्राष्ट्रिय प्रदर्शनको आयोजना गर्ने र त्यसका साथै लेनिनको जन्मस्थान वा समाजवादी क्रान्तिसित सम्बन्धित रूसका अन्य ऐतिहासिक स्थानहरूको भ्रमण गराउने कार्यक्रम बनाएको छ । त्यो कार्यक्रममा नेपालबाट पनि बढीभन्दा बढी व्यक्तिहरूलाई सहभागि बनाएर त्यो कार्यक्रमलाई सफल पार्न हाम्रो प्रयत्न हुनेछ ।
अन्तमा कार्तिक ६ गते राष्ट्रिय भेलाको समापन कार्यक्रम सम्पन्न भयो । समापन कार्यक्रमको अध्यक्षता का. रमण सिंहले र सञ्चालन का. सुरेशले गर्नुभएको थियो । महामन्त्रीको सम्बोधनपछि समापन कार्यक्रमको अध्यक्षले भेलाको समापन गर्नुभयो ।

मिति – २०७३ कार्तिक ०७ गते

मोहनविक्रम सिंह
महामन्त्री

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.