नेपाली :: English
Masal
Sun / 2017-Nov-19
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)
केन्द्रीय कार्यालय

Website: cpnmashal.org, Email : ncpmashal@gmail.com


वक्तव्य

लामो संसदीय सुुनुवाईपछि सर्वोच्च अदालतका न्यायाधीशहरूको नियुक्ति सम्बन्धी न्यायपरिषदको सिफारिसलाई पूरै नै अनुमोदन गरिएको छ । भ्रष्ट र विवादित व्यक्तिहरूलाई न्यायाधीशमा नियुक्तिका लागि मार्ग प्रशस्त गर्नका लागि निष्पक्ष र स्वतन्त्र प्रकारले न्याय दिने क्षमता र उज्ज्वल रेकर्ड भएका पूर्व न्यायाधीशहरूलाई हटाईएको थियो । अहिलेको सुनुवाई समितिका निर्णयहरूबाट न्यायपालिकाको स्वतन्त्र भूमिका र छविमा गम्भीर प्रकारको कुठाराघात भएको छ । त्यो निर्णयबाट न्यायपालिका मात्र होईन, संविधान सभा, व्यवस्थापिकासंसद, सरकार तथा देशको सम्पूर्ण राजनीतिमा दूरगामी असर पर्नेछ ।
न्यायाधीश प्रकरणबारे जेठ १२ गते गरिएको निर्णयबाट संविधान सभामा भएका अन्य सबै राजनीतिक शक्तिहरूकोभन्दा राष्ट्रिय जनमोर्चाको चरित्र बेग्लै, उच्च र उज्ज्वल भएको कुरा पुनः प्रष्ट भएको छ । त्यो सुनुवाईको सन्दर्भमा का. चित्रबहादुर केसीको भूमिका ऐतिहासिक रहेको छ । अर्कातिर, राष्ट्रिय जनमोर्चा बाहेक संविधान सभामा भएका अन्य सबै साना, ठूला दलहरूले गरेको निर्णयको लागि इतिहास र भावि पुस्ताले उनीहरूसित जबाफ माग्ने छन् । जेठ १२ गतेलाई नेपालको न्यायपालिका र व्यवस्थापिकासंसदको ईतिहासमा समेत कालो दिवसका रूपमा सम्झना गरिने छ । संसदीय समितिको निर्णयबाट नेपालको न्यायपालिका र व्यवस्थापिका संसद सबैलाई जुन ठुलो क्षति पुगेको छ वा पुग्ने छ, त्यो क्षतिबाट उम्कन जनताले लामो सङ्घर्ष गर्नु पर्नेछ । भ्रष्ट र विवादित न्यायाधीशहरूलाई अनुमोदन गराउन ने.का. र प्रधानमन्त्री सुशील कोईरालाको भूमिका सबैभन्दा बढि आपत्तिजनक रह्रयो । न्यायाधीश प्रकरणबारे प्रधानमन्त्री सुशील कोइरालाको स्वच्छ छविमा धेरै नै आँच पुगेको छ । अहिलेको न्यायाधीश प्रकरणले के कुरा प्रष्ट गरेको छ भने व्यक्तिगतरूपमा उनी जति ईमान्दार भएपनि उनको आसपासको भ्रष्ट वातावरणबाटमाथि उठेर स्वतन्त्ररूपले निर्णय गर्ने क्षमताको उनमा अत्यन्त कमी छ । 
सरकारको सय दिन पुरा भएको छ । तर त्यो सय दिनको मुल्याङ्कन गर्ने हो भने प्रगति अत्यन्त निराशाजनक रहेको छ । त्यसका लागि मुख्यरूपले देशको राजनीतिक स्थिति नै जिम्मेवार छ । संविधान सभामा जातिवाद र क्षेत्रीयतावादका पक्षमा भएका राजनीतिक शक्तिहरूको षडयन्त्रकारी र दवावमूलक भूमिका तथा सत्ताका सहभागी दलहरू नेका र एमाले भित्रको चरम प्रकारको गुटबन्दी वा प्रत्यक्ष वा अप्रत्यक्षरूपमा सरकार वा संविधान निर्माण कार्यलाई असफल पार्न षडयन्त्र गर्ने प्रयत्नहरूका कारणले पनि प्रधानमन्त्रीका लागि सहज प्रकारले काम गर्न सक्ने वातावरण छैन । त्यो बाहेक स्वयं प्रधानमन्त्रीको तुरुन्त ठोस निर्णय गर्न सक्ने क्षमताको कमीले पनि सरकारको काम प्रभावित भएको छ । न्यायाधीश प्रकरणमा पनि उनको त्यो कमजोरी उदाङ्गो भएको छ । न्यायाधीश प्रकरणले बर्तमान सरकार र प्रधानमन्त्री समेतको भूमिकालाई अरू आपत्तिजनक रूपमा प्रस्तुत गरेको छ । जुनसुकै कारणले भएपनि सय दिनको जुन निराशाजनक परिणाम रह्रयो, जुन कारणले त्यस प्रकारको स्थिति रह्रयो, त्यसमाथि विचार गर्दा समयभित्र लोकतान्त्रिक संविधान बन्ने कुरामा गम्भीर प्रकारको आशङ्का उत्पन्न भएको छ । तैपनि जातिवाद र क्षेत्रीयतावादका विरुद्धको जनादेशको परिणामस्वरूप नै एमाले र ने.का.को बहुमतको सरकार बनेको हुनाले उक्त दुवै प्रश्नहरूमा (जातिवाद र क्षेत्रीयतावादका विरुद्ध) नेका र एमालेको सकारात्मक भूमिका रहेको तथा यो सरकारको विकल्पमा अन्य कुनै सरकार आउँदा झन् अवान्छित प्रकारको स्थिति उत्पन्न हुने सम्भावनामाथि समेत विचार गर्दा हाम्रो पार्टीले वर्तमान नेका र एमालेको गठबन्धन सरकारलाई दिईएको समर्थन फिर्ता लिने निर्णय गर्दैन र व्यापक जनदवावको सिर्जना गरेर समयभित्र लोकतान्त्रिक संविधानको निर्माण गर्ने उद्देश्य पूरा गर्ने प्रयत्न गर्नेछ ।
संविधान सभाको चुनावको बेलामा कतिपय पारस्परिक विवाद वा हिंसात्मक घटनाहरूका सिलसिलामा देशका विभिन्न भागहरूमा विभिन्न राजनैतिक दल वा सङ्गठनहरूका कैयौँ कार्यकर्ताहरूका विरुद्ध मुद्दाहरू हालिएकाछन् वा उनीहरू मध्ये कैयौँ जना विभिन्न जेलहरूमा थुनिएका छन् । ती सबै मुद्दाहरू खारेज गर्न तथा गिरफ्तार सबै बन्दीहरूलाई मुक्त गर्नका लागि हाम्रो पार्टीले माग गर्दछ ।

मितिः ०७१२१३ 

.....................
मोहनविक्रम सिंह
महामन्त्री

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.