नेपाली :: English
Masal
Sun / 2019-Feb-17
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)
केन्द्रीय कार्यालय
वक्तव्य

डाक्टर गोविन्द के.सी.को अनसनले नेपालको चिकित्सा शिक्षाको क्षेत्रमा ऐतिहासिक महत्व राख्दछ । त्यो अनसनले एक प्रकारले राष्ट्रिय आन्दोलनको रूप पनि लिएको छ । के.सी.को मुख्य जोड एकातिर, स्वास्थ्यको गुणस्तरमाथि उठाउने तथा त्यसलाई जनस्तरको पहँुचसम्म पुर्‍याउने र, अर्कोतिर, शिक्षा र स्वास्थ्यको क्षेत्रमा माफियाको प्रभूत्वलाई समाप्त गर्नेतिर छ । त्यस प्रकारको सोचाइंले संविधानमा उल्लेखित समाजवाद उन्मुख नीतिसित पनि मेल खान्छ । त्यसैले शिक्षा र स्वास्थ्यलाई आफ्नो नाफाको माध्यमको रूपमा प्रयोग गरिरहेका तत्वहरू उनको आन्दोलनका विरुद्ध छन् र त्यसलाई असफल पार्न सम्पूर्ण शक्ति लगाउने प्रयत्न गरिरहेका छन् । तै पनि यो खुसीको कुरा हो कि अहिले संसदबाट पारित विधेयकमा डाक्टर के.सी.का कैयौँ मागहरूलाई स्वीकार गरिएको छ । त्यसको लागि मुख्य श्रेय डाक्टर के.सी.लाई नै जान्छ । तर अहिले आएको विधेयकमा डा. के.सी.ले उठाएका र उनीसित भएको सम्झौतामा सामिल गरिएका कैयौँ मागहरू सामेल गरिएका छैनन् । यो बुझ्न गाह्रो पर्दैन कि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा माफियाहरूको प्रभावका कारणले नै त्यस्तो हुन गएको छ । त्यो विधेयकको आडमा उनीहरूले अझै पनि चलखेल गर्न पाउने सम्भावनातिर पनि हाम्रो पार्टीको गम्भीर ध्यान आकर्षित भएको छ ।
हाम्रो पार्टीको यो कुराप्रति पनि गम्भीर ध्यान गएको छ कि डाक्टर के.सी. अनसन बसेको यति धेरै दिन वितिसक्दा पनि उनको जीवन रक्षाप्रति सरकारको ध्यान गएको छैन । सरकारले उनको जीवनको रक्षाको लागि कुनै खास पहल गरेको छैन । यो गम्भीर चिन्ता, दुःख र क्षोभको विषय हो । अनसनको क्रममा नै उनको निधन हुन्छ भने त्यसबाट देशको एउटा महान योद्धाको अवसान हुनेछ । त्यसका लागि सरकारले गम्भीर मूल्य चुकाउनु पर्नेछ । सरकारले उनको जीवनप्रति त्यस प्रकारको दृष्टिकोण अपनाउनु सम्पूर्ण देश र स्वयं सरकारको लागि राम्रो नहुने कुरा स्पष्ट छ । त्यसप्रति सरकारले ध्यान दिएको पाइन्न । त्यसले सरकारको अदुरदर्शीतालाई नै बताउँछ ।
ने.का.ले डाक्टर के.सी.को असनसनलाई राजनीतिक उद्देश्यको पूर्तिको साधनको रूपमा उपयोग गर्न खोजेको देखिन्छ । त्यसको बढी ध्यान डाक्टर के.सी.को जीवन रक्षा वा शिक्षा र चिकित्साको क्षेत्रमा सुधारभन्दा आफ्नो राजनीतिक उद्देश्यको लागि उनलाई उपयोग गर्नेतिर बढी केन्द्रित भएको देखिन्छ ।
हामीले पहिले स्पष्ट गरे झै डाक्टर के.सी.ले आफ्नो अनसनका मागहरूमा निर्मला हत्याकाण्ड वा शसस्त्र द्वन्द्वकालका जघन्य अपराधसम्बन्धी मागहरूलाई समावेश गरेको कार्यलाई सही मानेका छैनौँ । ती दुवै मागहरू सही छन् । हामीले लगातार ती मागहरूमा जोड दिंदै आएका छौँ रपछि पनि दिइरहने छौँ । तर डाक्टर के.सी.ले आफ्नो अनसनको क्रममा ती मागहरू उठाउनु सही भएको छैन भन्ने हाम्रो मत रहेको छ । किनभने त्यसले गर्दा शिक्षा र चिकित्साको क्षेत्रमा उनले सञ्चालन गरेको अभियानको पक्ष कमजोर हुनेछ । त्यसका आडमा विरोधीहरूलाई उनीमाथि आक्रमण गर्न बढी अवसर प्राप्त हुनेछ । त्यसका साथै ती दुवै अत्यन्त जटिल प्रश्नहरू हुन् र डा. के.सी.को अनसनको क्रममा ती मागहरू पूरा हुने सम्भावना कमै देखिन्छ । त्यसरी आफ्नो अनसनको सिलसिलामा ती मागहरूलाई अगाडि सार्नु सही हुन गएको छैन भन्ने हाम्रो मत छ ।
अन्त्यमा हामीले डा. के.सी.को जीवनको रक्षाको लागि आवश्यक कदमहरू उठाउनको लागि सरकारसित माग गर्दै उनका सबै न्यायोचित मागहरूलाई दृढतापूर्वक समर्थन गर्दछौँ र त्यो विषयमा चल्ने सबै आन्दोलनसित हामीले ऐक्यवद्धता प्रकट गर्दछौँ । चिकित्सा र शिक्षाको क्षेत्रमा उनले एउटा महत्वपूर्ण आन्दोलनको थालनी गरेका छन् । त्यसलाई तार्किक निष्कर्षमा पुर्‍याउनु हामी सबैको जिम्मेवारी हुन्छ र त्यो त्यस प्रकारको निष्कर्षमा पुग्ने छ भन्ने कुरामाथि हामीलाई पूर्ण विश्वास छ ।

२०७५ माघ १५ गते 

मोहनविक्रम सिंह
महामन्त्री

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
•  विज्ञप्ति
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.