नेपाली :: English
Masal
Sat / 2017-Nov-18
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)

केन्द्रीय कार्यालय

Website : www.cpnmashal.org,  Email : ncpmashal@gmail.com


वक्तव्य 



संविधान सभाको चुनावको सन्दर्भमा एमालेको केन्द्रीय नेतृत्व पङ्क्तिबाट नै प्यूठानमा आचारसंहिताका विपरीत ठूलो पैमानामा पैसाको उपयोग गरेर मतदाताहरूलाई प्रभावित गर्ने, उनीहरूलाई किन्ने, उत्तेजक व्यवहार, हिंसात्मक आक्रमण वा गुण्डागर्दीद्वारा जनतालाई आतङ्कित गर्ने समेत जुन काम भैरहेको छ, त्यसको नेकपा (मसाल) ले तीव्र शब्दमा भत्र्सना गर्दछ । उक्त कार्यहरूप्रति त्यहाँका निर्वाचन आयोग, प्रशासन वा प्रहरीहरूले अपनाएका पक्षपातपूर्ण र दब्बु व्यवहारको पनि हाम्रो पार्टीले विरोध गर्दछ । उनीहरूले सुरुमा केही गाउँहरूमा त्यस प्रकारको व्यवहार गरेपछि अब जिल्लाव्यापी रूपमा नै योजनावद्ध प्रकारले त्यस प्रकारको व्यवहार गर्ने प्रयत्न गर्दैछन् । उनीहरूको त्यस प्रकारको कारवाहीबाट जिल्लामा गम्भीर प्रकारको अशान्ति उत्पन्न हुने समेत सम्भावना देखापरेको छ ।
हामीले एमालेको केन्द्रीय नेतृत्वसित त्यस प्रकारको कारवाहीलाई तुरुन्त रोक्न चेतावनी दिन्छौँ । उनीहरूले त्यस प्रकारको कारवाही बढाउँदै लगेमा त्यो निश्चित रूपले शत्रुतापूर्ण व्यवहार हुनेछ र त्यसका दूरगामी परिणामहरू हुनेछन् । उनीहरूको त्यस प्रकारका कारवाहीहरूलाई तुरुन्त नरोकेमा हाम्रो पार्टी उनीहरूका त्यस प्रकारको व्यवहारहरूको कडा र सशक्त प्रतिरोध गर्न वाध्य हुनेछ । हाम्रो पार्टीको पञ्चायती शासन कालका दमनकारी कारवाही, गिरिजा शासनका फाशिष्ट प्रकारको दमन वा तत्कालीन माओवादीका सामाजिक फासिवादी प्रकारका कारवाहीहरूका विरुद्ध लामो र गौरवपूर्ण सङ्घर्षको पृष्ठभूमिमा एमाले नेतृत्वको त्यस प्रकारका सबै कारवाहीहरूको पनि हाम्रो पार्टीले दृढतापूर्वक सामना गर्ने र गर्न सक्ने कुरा हामीले स्पष्ट गर्न चाहन्छौँ ।

मिति ः २०७० कार्तिक २२

मोहनविक्रम सिंह
महामन्त्री

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.