नेपाली :: English
Masal
Sat / 2017-Nov-18
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)

केन्द्रीय कार्यालय

Website : www.cpnmashal.org,  Email : ncpmashal@gmail.com


वक्तव्य 


ने.क.पा. (मसाल)को उपलब्ध केन्द्रीय सदस्य सहित २०७० आषाढ ६ र ७ गते बसेको पी.वी.को बैठकले सुदूरपश्चिमका कालिकोट, दैलेख, वैतडी, कञ्चनपुर, बर्दिया, बाँके समेतमा र मुख्यतः दार्चुलामा वाढीले पुयाएको भीषण क्षतिमाथि गम्भीर दुःख प्रकट गर्दछ । खास गरेर दार्चुलामा भएको भीषण क्षतिप्रति हाम्रो पार्टीले गम्भीर चिन्ता प्रकट गर्दछ । यस सन्दर्भमा भारतले सीमावर्ती कतिपय बाँध खोलिदिएकोले महाकालीमा बाढ आएको समाचार प्रति पनि हाम्रो पार्टीको ध्यान आकर्षितक भएको छ । त्यसबारे छानवीन गरी तत्काल आवश्यक कदम उठाउन हाम्रो पार्टीले सरकारसित माग गर्दछ । त्यहाँ वाढीपीडितलाई राहत पुयाउन ढिलाई भइरहेको जनगुनासो प्रति ध्यान दिंदै त्यहाँ युद्धस्तरमा आवश्यक सहायता पुयाउनका लागि पनि हाम्रो पार्टी सरकारसित जोडदार माग गर्दछ ।
यहाँ यो उल्लेखनीय छ कि सरकारले बाढीको खतरा भएका स्थानहरुमा तटबन्धको निर्माण नगरिएकाले पनि बाढीबाट त्यति धेरै क्षति पुग्न गएको हो । त्यसैले तात्कालिक रुपमा बाढी पीडितहरुलाई सहायता उपलब्ध गराउनुका साथै बाढीबाट खतरा भएका स्थानहरुमा तटबन्ध बनाउने दीर्घकालिन योजना बनाउनुपर्ने आवश्यकतामा हाम्रो पार्टीले विशेष जोड दिन्छ ।
सरकारले चुनावको मितिको घोषणा गरेको, चुनावमा थ्रेसहोल्ड हटाउने, संविधानसभाको सीट संख्या ४९१ मात्र राख्ने, फौजदारी मुद्दामा सजाय पाएकालाई ६ वर्षसम्म चुनावमा उम्मेदवार हुन नपाउने समेत गरेका निर्णयहरुलाई सकारात्मक रुपमा लिन्छ । तर संविधानसभाको चुनावको मितिको घोषणा गरिएको भए पनि चुनाव निर्धारित समयमा हुने कुरामा शंका छ । खास गरेर सरकारको कमजोर कार्यप्रणाली, चार दल मुख्यतः एमाओवादीको भूमिका, नवगठित माओवादी, फोरम र कतिपय जातिवादी संगठनहरु समेतको चुनावलाई सफल हुन नदिने घोषित नीति समेतका कारणले चुनाव तोकिएको समयमा नै हुने कुरामा अत्यधिक शंका देखिएको छ । चुनावमा सम्भावित बाधाहरुलाई नियन्त्रित गर्न प्रभावशाली कदम उठाएर चुनावलाई सुनिश्चित गर्न पनि हामीले सरकारसित माग गर्दछौं । त्यसका साथै संविधानसभाको चुनावलाई सुनिश्चित गर्न व्यापक जनदवावको सिर्जना गर्ने र आन्दोलन संगठित गर्ने प्रयत्न गर्नुपर्दछ ।
कतिपय पक्षहरुले जनसंख्याका आधारमा मात्र निर्वाचन क्षेत्रहरुको पुनः निर्धारण गर्ने कार्य नगरेसम्म निर्वाचन हुन नदिने जस्ता मागहरु राखेर पनि आन्दोलन गरिरहेका छन् । भूगोल वा अन्य विशेषताहरुलाई उपेक्षा गरेर जनसंख्याका आधारमा मात्र निर्वाचन क्षेत्रहरुको पुनर्निधारण गर्ने सोंचाई गलत हो । त्यो पद्धतिबाट निर्वाचन क्षेत्रहरुमा र देशको राजनीतिमा समेत गम्भीर प्रकारको असन्तुलन कायम हुनेछ । त्यसैले त्यस प्रकारको सोंचाईको हाम्रो पार्टीले कडा शब्दमा विरोध गर्दै जनसंख्याका साथै भूगोल र अन्य विशेषताहरु माथि समेत ध्यान दिएर सन्तुलित प्रकारले निर्वाचन क्षेत्रहरुसमेतको पुनर्निधारण गर्नु पर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ ।
नवगठित माओवादी समेतले ११ बुँदे र २५ बुँदे सहमति, वर्तमान सरकार र चुनावको मिति समेत खारेज नहुँदासम्म चुनावलाई सफल हुन नदिने घोषणा गरेका छन् । हामीले ११ बुँदे, २५ बुँदे सहमतिहरु तथा वर्तमान सरकारको विरोध गरे पनि अहिलेको देशको राजनीतिक स्थितिमा संविधानसभाको चुनावको पक्ष नै प्रधान भएको छ भन्ने हाम्रो पार्टीको ठहर छ । त्यसकारण ११ बुँदे वा २५ बुँदे सहमति वा सरकारको खारेजीको पक्षलाई प्रधान बनाएर मागहरु पूरा नहुँदासम्म संविधानसभाको चुनावलाई नै हुन नदिने नीतिलाई सही भन्न सकिन्न ।
संविधानसभाको चुनावका लागि नेपाली जनताले ६ दशकभन्दा बढी समयदेखि संघर्ष गर्दै आएका छन् । अहिले संविधानसभाको विघटन र निर्दलीय सरकारको स्थापनाका कारणले देशमा अन्यौल र अनिश्चयताको जुन स्थिति उत्पन्न भएको छ, त्यो स्थितिमा निकास तथा बहुदलीय व्यवस्था र गणतन्त्र समेतलाई सुदृढ गर्न संविधानसभाको चुनाव नै तात्कालिक रुपमा सवैभन्दा उपयुक्त निकास हो । संविधानसभाको चुनाव नभएमा देशमा गम्भीर प्रकारको अन्यौल, अनिश्चयता, अशान्ति र अराजकताको स्थिति उत्पन्न हुने तथा देश प्रतिगमनतिर जाने वा असफल राष्ट्रमा परिणत हुने नै सम्भावना पनि रहने छन् । त्यसैले हाम्रो पार्टीले तोकिएको मिति भित्र चुनाव सम्पन्न गर्नुपर्ने आवश्यकतामा विशेष जोड दिन्छ ।
संघीयता र त्यससित जोडिएका जातिवाद, क्षेत्रीयतावाद सम्बन्धी विवादका कारणले नै पहिलो संविधानसभा संविधान नबनाइकन विघटन भएको थियो । संघीयता सम्बन्धी जुन विवादका कारणले पहिले संविधानसभा संविधानको निर्माण गर्न असफल भएको थियो, त्यस प्रकारको अवस्था अहिले पनि विद्यमान छ । त्यसले गर्दा संविधानसभाको चुनाव भएपनि पुनः संविधानको निर्माणमा बाधा पुग्ने सम्भावना रहने छ । त्यो बाहेक जातिवादी र क्षेत्रीयतावादी (मधेशवादीहरुले) आफ्ना गलत नीतिहरुद्वारा चुनावमा प्रभावित पार्ने र संविधानलाई त्यही प्रकारले बनाउन जोड गर्ने सम्भावना पनि छ । त्यसका साथै राजावादीहरु संविधानसभाको चुनावलाई राजतन्त्रको पुनस्र्थापनाको पक्षमा उपयोग गर्न सक्रिय छन् । यस सन्दर्भमा हिन्दू धर्मको नाममा पूर्व राजाको बढिरहेको सक्रियता प्रति पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । त्यस प्रकारका शक्तिहरुले, जातिवादी, क्षेत्रीयतावादी वा राजावादीहरुले चुनावमा जति सफलता प्राप्त गर्ने छन्, त्यति नै बढी पुरानो प्रकारको इतिहास दोहोरिने, संविधान नबन्ने, देश जातिवाद र क्षेत्रीयतावादतिर जाने, जातीय र क्षेत्रीय विग्रह पैदा हुने, राष्ट्रिय विखण्डनको अवस्था उत्पन्न हुने वा उपरोक्त कारणले देशको अस्तित्व समाप्त हुने सम्भावना समेत माथि ध्यान दिंदै आगामी संविधानसभाको चुनावमा जातिवादी, क्षेत्रीयतावादी (मधेशवादी) र राजावादीलाई पराजित गर्नु अहिलेको निर्णयात्मक महत्वको राजनीतिक आवश्यकता भएको छ ।
हाम्रो पार्टी वा राष्ट्रिय जनमोर्चा सधैं दृढतापूर्वक संविधानसभाको चुनाव, लोकतान्त्रिक संविधानको निर्माण, गणतन्त्र, राष्ट्रियता तथा देशको सार्वभौमिकता र अखण्डताका पक्षमा तथा संघीयताका विरुद्ध दृढतापूर्वक उभिदै आएका छन् । राजमो देशका सबै शोषित, पीडित जनता, मजदुर, किसान, दलित, महिला, जनजाति, अल्पसंख्यक जाति, जनसमुदाय, पिछडिएका क्षेत्रहरु आदिका हित, उत्थान आदिका पक्षमा उभिदै आएको छ । उक्त कारणले राजमोका पक्षमा व्यापक जनमत बढेर गएको छ । संविधानसभाको चुनावको बेलामा त्यसरी राष्ट्रिय जनमोर्चाका पक्षमा देखापरेको जनमतलाई उपयोग गर्न पूरा प्रयत्न गर्नु पर्दछ । त्यसरी चुनावमा मिल्ने सफलताका कारणले राजमो संविधानसभामा आफ्ना नीतिहरुका पक्षमा सशक्त भूमिका खेल्न सफल हुनेछ  । त्यसकारण चुनावमा राष्ट्रिय जनमोर्चालाई प्रत्यक्ष र समानुपातिक दुवै तर्फ बढीभन्दा बढी सफल पार्न पूरा शक्ति लगाउनुपर्ने आवश्यकता छ ।
हामीले मुख्य रुपले एक्लै नै चुनाव लड्ने कुरामाथि ध्यान दिएर आफ्नो तयारी गर्दै जानुपर्दछ । तर त्यसका साथै सबै जातिवादी, क्षेत्रीयतावादी र प्रतिगामी शक्तिहरुलाई पराजित गर्ने, लोकतान्त्रिक संविधानको निर्माणलाई सुनिश्चित गर्ने कुरामाथि ध्यान दिंदै हामीले चुनावमा तालमेल गर्ने नीति अपनाउनका लागि पनि ढोका खुल्ला राख्नु पर्दछ । तर त्यसरी कसैसित हाम्रो तालमेल हुन सक्ने वा नसक्ने कुरा विभिन्न पक्षहरुसितको हाम्रो सम्बन्ध, संवाद वा अन्य पक्षहरुले अपनाउने नीतिमाथि निर्भर गर्नेछ । उक्त कुरामाथि ध्यान दिंदै आगामी चुनावमा आफ्नो संगठनात्मक तयारी र राजनीतिक प्रचारलाई अगाडि बढाउने प्रयत्न गर्नुपर्नेछ ।
यहाँ यो कुरामा पनि हामी स्पष्ट हुनुपर्दछ ः कतिपय पक्षहरुसित पारस्परिक सहमतिका आधारमा औपचारिक रुपले निर्णय गरेर चुनावमा हाम्रो तालमेल हुन सक्नेछ । अन्य कतिपय पक्षहरुसित अनौपचारिक रुपमा पारस्परिक समझदारीको आधारमा पनि पारस्परिक रुपमा एक अर्कालाई समर्थन गर्ने नीति अपनाउन सकिने छ । कोसित, कहाँ र कसरी औपचारिक वा अनौपचारिक रुपमा चुनावमा तालमेल हुन सक्नेछ वा छैन ? व्यवहारिक रुपमा त्यससित सम्बन्धित सबै पक्षहरु माथि ध्यान दिंदै आवश्यकतानुसार निर्णय गर्दै जानुपर्नेछ ।
हामी यसबारे स्पष्ट हुनुपर्दछ, आगामी चुनाव अत्यन्त कठिन हुनेछ । एकातिर, चुनाव सफल हुन नदिने घोषणा गरेका संगठनहरुको कार्यप्रणाली र, अर्कातिर, स्वयं चुनावमा सहभागी एमाओवादी, मधेशवादी र जातिवादी संगठनहरु समेतले अपनाउने गैरकानूनी, भ्रष्ट र हिंसात्मक तरिकाका कारणले आगामी चुनाव अत्यन्त कठिन हुनेछ । आगामी चुनावका सन्दर्भमा उक्त सम्भावनाहरुलाई हल्का रुपमा लिनु गल्ति हुनेछ र उपरोक्त पक्षहरुमाथि ध्यान दिंदै हामीले चुनावको लागि संगठनात्मक र राजनीतिक प्रचार योजनावद्ध र संगठित प्रकारले अगाडि बढाउने प्रयत्न गर्नुपर्दछ । 

मिति २०७० आषाढ ८ गते

मोहनविक्रम सिंह
महामन्त्री

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.