नेपाली :: English
Masal
Sun / 2017-Nov-19
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)

केन्द्रीय कार्यालय

Website : www.ncpmashal.org,  Email : ncpmashal@gmail.com


वक्तव्य 


२०६९ जेष्ठ ६ गते सम्पन्न उपलब्ध पी.वी.एम. र सी.सी.एम.हरु सहितको ने.क.पा. (मसाल)को केन्द्रीय कार्यालयको बैठकले देशको ताजा राजनीतिक समस्याहरु बारे छलफल गरी निम्नलिखित निर्णयहरु गरेको छ ।
अहिले अगाडि आएका प्रदेशहरु सम्बन्धी १०, ११ वा १४ का अवधारणाहरुबारे छलफल गरी बैठक यो निष्कर्षमा पुग्यो कि ती सबैमा उत्तर र दक्षिणका भूभागहरुलाई छुट्टाएर तराइमधेशका भूभागहरुलाई बेग्लै प्रदेशहरुको निर्माण गर्ने प्रस्ताव गरिएकाले मूल रुपमा ती सबै नै गलत छन् । तैपनि ११ प्रदेशको अवधारणा बहुजातीय आधारमा अगाडि ल्याइएकाले तुलनात्मक रुपले सही छ । तर त्यसका विरुद्ध मधेशवादी र जातिवादी संगठनहरुको आन्दोलनको दवावमा आएर अब ११ प्रदेशको अवधारणाको सहमतिको औचित्यता बाँकी नरहेको भन्ने माओवादी अध्यक्ष प्रचण्डको अभिव्यक्तिपछि एमाले तथा ने.का.ले पनि आफ्नो पूर्व अडानबारे ढुलमुल मत प्रकट गरेका छन् । त्यसपछि अब बहुजातीय आधारमा बनेका ११ प्रदेशहरुको सहमति एक प्रकारले खारेज जस्तै भएको छ ।
हाम्रो यो दृढ मत छ कि एकल जातीय पहचानका आधारमा प्रदेशहरुको निर्माणबाट बहुसंख्यक जातीय, भाषाभाषि, सांस्कृतिक वा धार्मिक पहचानको अवमूल्यन हुने र त्यो स्थितिमा देशमा जातीय विग्रह र राष्ट्रिय विखण्डनको स्थिति उत्पन्न हुने सम्भावना रहने छ । सीमित रुपमा भए पनि सकारात्मक रुपमा प्रस्तावित ११ प्रदेशको अवधारणा प्रतिको नकारात्मक दृष्टिकोणले देशमा देखापर्न थालेको अत्यन्त गम्भीर स्थितिको संकेत दिन्छ । त्यस प्रति उच्च प्रकारको शतर्कताको नीति अपनाउन र त्यसबाट सम्भावित दुष्परिणामहरुको दृढतापूर्वक सामना गर्न तयार हुन सम्पूर्ण जनतासित अपील गर्दै हाम्रो पार्टीले  संघीयताको साथै जातीय राज्य, एक मधेश, एक प्रदेश, आत्मनिर्णयको अधिकार, बहुराष्ट्रवाद, जातीय अग्राधिकार आदि समेतका विरुद्ध संघर्षको नीति कायम राख्ने प्रतिवद्धता प्रकट गर्दछ ।
संविधानमा संशोधनका लागि व्यवस्थापिका संसदमा प्रस्तावित र पारित १२ औं संशोधन प्रस्तावप्रति हाम्रो गम्भीर ध्यान आकर्षित भएको छ । त्यो संशोधन प्रस्तावको परिणामस्वरुप संविधानको निर्माणको प्रक्रिया एकदम छोटो हुनेछ । त्यसको परिणामस्वरुप लामो संघर्षपछि प्राप्त भएको संविधानसभा र ठूलो संख्यामा रहेका त्यसका सभासद्हरुको भूमिका समाप्तप्राय भएको छ । वास्तवमा आज देशमा यस प्रकारको स्थिति उत्पन्न भएको छ ः संविधान निर्माणको प्रक्रिया न छोट्टाए जेष्ठ १४ गते भित्र संविधानको निर्माण हुन नसक्ने, छोट्टाएमा संविधानसभाको सार्थक भूमिका समाप्त प्रायः हुने । देशमा प्रमुख राजनीतिक शक्तिहरुले संविधानको निर्माणको कार्यप्रति गैरजिम्मेवार नीति अपनाएकाले नै संविधानको निर्माणका लागि निर्धारित लामो समय व्यर्थमा गयो र अहिले कार्यविधिलाई छोट्याएर संविधानसभाको भूमिकाको अवमूल्यन हुन गएको छ । उक्त प्रश्नमा सम्बन्धित राजनीतिक शक्तिहरुको भूमिकाको तीब्र आलोचना गर्दै हामीले यो मत प्रकट गर्दछौं ः गणतन्त्रलाई संस्थागत गर्ने कार्य आजको ऐतिहासिक आवश्यकता भएको छ र त्यो संशोधन प्रस्तावका आधारमा पनि त्यो कार्य सम्पन्न गर्न मद्दत पुग्दछ भने हाम्रो पार्टीले त्यसलाई सकारात्मक रुपमा लिनेछ । त्यस आधारमा हामीले अहिले पनि जेष्ठ १४ गतेभित्र संविधानको निर्माण हुनुपर्ने आवश्यकतामा जोड दिन्छौं ।
सरकारले खस, क्षेत्री, ब्राह्मण, दशनामी र दलित समेतलाई अन्य बाट हटाएर खस आर्यका रुपमा मान्यता दिन गरेको निर्णयलाई हाम्रो पार्टीले सही मान्दछ । यो ऐतिहासिक सत्य हो कि वेविलोन, मेसोपोटामियाबाट हिन्दूकुश, काश्मीर, हिमाचल प्रदेश, गढवाल, कुमाउँ हुँदै नेपालमा प्रवेश गरेका खस जाति वैदिक आर्यभन्दा बेग्लै खस आर्यको बेग्लै शाखा हो, जसभत्रि गढवाल, कुमाउँबाट नेपाल प्रवेश गरेका ब्राह्मण, क्षेत्री, दशनामी, दलित आदि सबै आउँछन् । उनीहरु बेग्ला बेग्लै जातहरुमा विभाजित भए पनि मूल रुपमा उनीहरु खस आर्य नै हुन् । तर त्यस सन्दर्भमा यहाँ यो पनि उल्लेखनीय छ कि खस भित्र पर्ने दलितहरु मूल रुपमा खस आर्य भएपनि उनीहरुको शोषित, उत्पीडित र पिछडिएको सामाजिक आर्थिक अवस्थाका कारणले उनीहरुलाई मिल्नुपर्ने हक, सुविधा र संरक्षणमा कुनै अन्तर आउन्न वा आउन हुन्न । जहाँसम्म खस आर्य आदिवासी हुन् कि होइनन् ? भन्ने प्रश्न त्यो कुरा राष्ट्रिय स्तरमा वैज्ञानिक मापदण्ड निश्चित गरेर देशका कुन जाति आदिवासी वा जनजातिभित्र आउँछन् वा आउँदैनन् ? त्यो निर्धारण गरेर आदिवासी र जनजातिको सूची तयार पारिनु पर्दछ भन्ने हाम्रो मत रहँदै आएको छ । त्यस प्रकारको मापदण्डका आधारमा नै देशका कुनै जातिहरु मध्ये को आदिवासी र जनजाति हुन् वा होइनन् ? त्यो निश्चित गरेर उनीहरुको सूची तयार गरिनु पर्दछ भन्ने हाम्रो पहिले देखिको अडान अहिले पनि कायम छ । त्यही कुरा खसका बारेमा पनि त्यसरी नै निर्णय गरिनु पर्दछ भन्ने हाम्रो मत छ ।

मिति ः २०६९ जेष्ठ ७ गते 
 
मोहनविक्रम सिंह
महामन्त्री
 

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.