नेपाली :: English
Masal
Sun / 2017-Nov-19
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)
केन्द्रीय कार्यालय

Website: cpnmashal.org, Email : ncpmashal@gmail.com


वक्तव्य

सत्ता र विपक्षमा भएका प्रमुख दलहरूको बीचमा उच्चस्तरीय राजनीतिक संयन्त्रको गठनबारे भएको विवादप्रति ने.क.पा.(मसाल)को गम्भीर ध्यान आकर्षित भएको छ । हाम्रो पार्टीले खिलराज रेग्मी मन्त्रीमण्डलको प्रमुख भएको वेलादेखि नै त्यस प्रकारको संयन्त्रको विरोध गर्दै आएको छ । चारबुँदे सहमतिको वेलामा एमाले र ने.का. त्यस प्रकारको संयन्त्रको गठनका लागि सहमत भएको कुराप्रति पनि हाम्रो आपत्ति थियो । अहिले सत्ता पक्षले दुवै शक्तिहरूले त्यस प्रकारको संयन्त्र गठन गर्ने एमाओवादीको प्रस्तावलाई अस्वीकार गरेको कुरालाई हाम्रो पार्टीले सही ठान्दछ र दृढतापूर्वक समर्थन गर्दछ । 
एमाओवादीले खालि त्यस प्रकारको संयन्त्रको गठनका लागि मात्र होइन, त्यसको स्थायी अध्यक्ष पनि उनीहरू नै हुनुपर्ने कुरामा जोड दिइरहेको छ । यहाँसम्म कि उनीहरूको त्यो प्रस्तावलाई स्वीकार नगरेमा संसदको बैठक समेत हुन नदिने चेतावनी दिएका छन् । एमाओवादीको त्यस प्रकारको प्रस्ताव वा अडानलाई हाम्रो पार्टीले गम्भीर रूपमा लिन्छ र त्यसको कडा विरोध गर्दछ । एमाले र ने.का.ले पनि बारम्बार एमाओवादीको त्यस प्रकारको गलत नीतिप्रति सम्झौतापरस्त र दब्बु नीति अपनाउने गरेका छन् । त्यस प्रकारको सम्झौतापरस्त नीतिका कारणले देशको राजनीतिमा गम्भीर क्षति पुग्नुका साथै सरकारको काम र संविधानको निर्माणको कार्यमा समेत बारम्बार रूपले बाधा पुग्ने गरेको छ । 
एमाओवादीको उच्च राजनीतिक संयन्त्र र त्यसमा उनीहरूको अध्यक्षता समेतको प्रस्ताव गलत र आपत्तिजनक छ । संविधानसभाको चुनावमा उनीहरूको नराम्रो हार भएपछि र जनताले जातिवाद र क्षेत्रीयतावादका विरुद्ध जनादेश दिएपछि उनीहरूले जनताले अस्वीकार गरेका जातिवादी र क्षेत्रीयतावादी अवधारणा अनुसार नै संविधानको निर्माणको लागि सरकार र संविधानसभालाई समेत बाध्य गर्नको लागि उनीहरूले त्यस प्रकारको संयन्त्रको प्रस्ताव अघि ल्याएका हुन् । त्यस प्रकारको संयन्त्रद्वारा उनीहरूले सरकार र संविधानसभा समेतमाथि आफ्नो नियन्त्रण कायम गर्न चाहन्छन् । त्यो वास्तवमा जनादेशका विरुद्धको सुनियोजित षड्यन्त्र हो । त्यही क्रममा उनीहरूले सहमतिको आधारमा नै संविधानको निर्माणमा जोड दिंदै अङ्कगणितको आधारमा संविधान निर्माण गर्ने कुराको कडा विरोध गर्दै आएका छन् । यो कुरा बुझ्न गारो पर्दैन कि त्यो सुत्रको अर्थ उनीहरूले चुनावको वेलामा दावी गरेजस्तो दुईतिहाइ बहुमत प्राप्त गर्न नसकेकाले अल्पमतद्वारा बहुमतमाथि आफ्नो प्रभुत्व कायम गर्नका लागि उनीहरूले सहमति वा अङ्कगणितको विरोध वा सहमतिको सूत्र अगाडि सारेका छन् । त्यो निश्चित रूपले अधिनायकवादी सोचाइ हो ।
एमाओवादीले उनीहरूको प्रस्ताव स्वीकृत नभएमा संसदलाई अवरुद्ध गर्ने र सडकमा जाने चेतावनी दिएका छन् । उनीहरूको त्यो चेतावनीलाई पनि हल्का रूपमा लिनु सही हुने छैन । त्यो चेतावनीको अर्थ यो हो कि उनीहरूको अवधारणा अनुसार संविधानको निर्माण नगरिएमा लोकतान्त्रिक संविधानको निर्माण वा संविधानसभाको सम्पूर्ण कार्यलाई असफल पार्न उनीहरूले पूरा शक्ति लगाउने छन् । उनीहरूको त्यो कार्यमा सबै जातिवादी, मधेशवादी र माओवादी समेतको पूरा समर्थन हुने कुरा प्रष्ट छ । देशमा लोकतन्त्र र गणतन्त्र समेतलाई असफल पार्ने वा राजनीतिक अस्थिरताको अवस्था उत्पन्न गर्न विभिन्न विदेशी शक्तिहरू, राजावादीहरू, एनजीओ र आइएनजीओहरूले पनि आफ्ना निहित स्वार्थहरू पूरा गर्नका लागि एमाओवादीलाई उपयोग गर्ने प्रयत्न गर्ने छन् । एमाओवादीले समयमा नै आफ्नो त्यस प्रकारको नीतिमा सुधार नगरेमा त्यसको परिणामस्वरूप देशमा गम्भीर प्रकारको सङ्कटको स्थितिका सिर्जना हुने सम्भावना रहने छ । 
यस सन्दर्भमा यो पनि उल्लेखनीय छ कि राजनीतिक तथा संवैधानिक संवाद सहमति समितिका संयोजक डा. बाबुराम भट्टराइले समयभित्र संविधानको निर्माणको लागि सक्रियतापूर्वक काम गरेको पाइन्छ । तर प्रचण्डले भट्टराइसितको बढ्दो अन्तर्विरोध र आफ्नो चरम प्रकारको व्यक्तिवादी स्वभाव समेतका कारणले भट्टाराइको संविधान निर्माणको कार्यलाई पनि असफल पार्ने नीयतले पनि काम गरिरहेका त छैनन् ? त्यो प्रश्न उठाउनका लागि ठाउँ छ । अर्कातिर भट्टराइले नेतृत्व गरेको समितिका ठाउँमा आफ्नो नेतृत्वमा उच्च स्तरीय राजनीतिक संयन्त्रको गठन गरेर आफूलाई स्थापित गर्न चाहन्छन् । उनको त्यस प्रकारको व्यक्तिवादी दृष्टिकोण अब खालि उनको व्यक्तिगत कमजोरी नभएर त्यो देशको गम्भीर समस्या बनेको छ र त्यसबाट संविधानको निर्माणको कार्य समेत प्रभावित हुने देखिन्छ । 
उपर्युक्त प्रकारको स्थितिमा एकातिर हामीले एमाओवादीसँग देशमा कायम भएको गणतन्त्र र त्यसलाई संस्थागत गर्नको लागि लोकतान्त्रिक संविधानको निर्माण तथा देशको भविष्य समेतबारे राजनीति र परिपक्वता वा दूरदर्शितापूर्वक विचार गरेर लोकतान्त्रिक संविधानको निर्माण र गणतन्त्र संस्थागत गर्ने कार्य समेतबारे सकारात्मक दृष्टिकोण अपनाउन अनुरोध गर्दछौँ । त्यसका साथै हामीले अर्कातिर एमाओवादीका गलत नीति र कार्वाहीहरूबाट पैदा हुने स्थितिको सशक्त र दृढतापूर्वक सामना गर्न तयार हुन सम्पूर्ण जनता, राजनीतिक शक्तिहरू र सभासदहरू समेतसित अपिल गर्दछौँ । अहिले हामी त्यसको लागि तयार नभएमा वा अगाडि नआएमा ढिलो वा छिटो त्यस प्रकारको स्थितिको सामना गर्न हामीहरू वाध्य हुनुपर्नेछ । हामीहरू समयमा नै त्यसो गर्न तयार हुन नसकेमा दोस्रो संविधानसभाको पनि पहिलो संविधानसभाको जस्तै संविधानको निर्माण नगरिकन अन्त्य हुने छ र देशमा गम्भीर प्रकारको अन्योल, अनिश्चयता वा सङ्कटको अवस्था सृजना हुने सम्भावना रहने छ ।

मिति ः २०७१ भाद्र १० गते


मोहनविक्रम सिंह
महामन्त्री

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.