नेपाली :: English
Masal
Sun / 2017-Nov-19
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)
केन्द्रीय कार्यालय

वक्तव्य

संविधानसभाको चुनावको तुरुन्तैपछि ने.क.पा. (मसाल)ले जारी गरेको वक्तव्यमा चुनावको परिणाम जातिवाद र क्षेत्रीयतावादका विरुद्ध भएको भनेर त्यसलाई स्वागत गरेको थियो । चुनावमा संघीयताका पक्षधर राजनीतिक शक्तिहरु, एमाले र ने.का. नै बहुमतमा आएका थिए । तैपनि उनीहरुले ढुलमुल प्रकारले भएपनि जातिवाद र क्षेत्रीयतावादका विरुद्ध अडान लिएको हुनाले नै उनीहरुलाई त्यसरी बहुमत प्राप्त भएको कुरा पनि हाम्रो पार्टीले प्रष्ट गरेको थियो । चुनावमा एमाओवादी र  मधेशवादीहरु सहित जातिवादी र क्षेत्रीयतावादीहरुको हार हुनु पनि संविधानसभाको चुनावको महत्वपूर्ण उपलब्धि थियो । त्यस सन्दर्भमा एमाओवादीले अगाडि ल्याएको सहमतिको फर्मुलालाई जातिवाद र क्षेत्रीयतावादका विरुद्धको जनादेशलाई उल्झाउने षडयन्त्र ता होइन ? हाम्रो पार्टीले त्यो आशंका प्रकट गर्दै त्यसप्रकारको षडयन्त्रका विरुद्ध  उच्च प्रकारको सतर्कता अपनाउन पनि जातिवाद र क्षेत्रीयतावादका विरुद्ध देखापरेका राजनीतिक शक्तिहरुको ध्यान आकर्षित गरेको थियो ।
विभिन्न राजनीतिक प्रश्नहरुमा भएका मतभेदहरुलाई अधिकतम सहमति कायम गरेर समाधान गर्ने र त्यसरी संविधानको निर्माण तोकिएको समयभित्र सम्पन्न गर्नका लागि प्रयत्न गर्नुपर्दछ । भन्ने विचारलाई हामीले गलत मान्दैनौं । त्यस अनुसार एमाओवादी र माओवादी दुवै पक्षहरुसित सहमति कायम गर्न पनि अधिकतम प्रयत्न गरिनु पर्दछ । तर प्रचण्डको नेतृत्वमा एमाओवादीले सहमतिका नाममा जनादेशका विरुद्ध जातिवादी वा क्षेत्रीयतावादी प्रकारको संविधानको निर्माण गर्ने वा, अर्काशब्दमा, जनादेशलाई उल्टाउने प्रकारको कुनै पनि प्रयत्नलाई अस्वीकार गरिनु पर्दछ भन्ने हाम्रो पार्टीले दृढ मत प्रकट गर्दै आएको छ । एमाले र ने.का. समेतको पहिलेदेखिको ढुलमुल, अवसरवादी र दब्बु प्रवृत्तिका कारणले त्यस प्रकारको सम्भावना रहेको वास्तविकताप्रति पनि हाम्रो पार्टीको पूरा ध्यान छ । हाम्रो पार्टीले बारम्बार यो पनि स्पष्ट गर्दै आएको थियो कि अन्य पक्षहरुले उनीहरुका शर्तहरुलाई स्वीकार नगरेमा उनीहरुले संविधानसभाको सम्पूर्ण प्रक्रियालाई असफल पार्ने प्रयत्न पनि गर्न सक्दछन् । त्यस प्रकारको स्थिति उत्पन्न भएमा त्यसबाट सम्पूर्ण देश, संविधानसभा, लोकतान्त्रिक संविधानको निर्माण कार्य र गणतन्त्रका साथै स्वयं एमाओवादीलाई पनि गम्भीर क्षति पुग्न सक्दछ । त्यसकारण प्रथमतः त्यस प्रकारको अवांछितस्थिति उत्पन्न हुन नदिन हामीले एमाओवादीसित मैत्रीपूर्ण तरिकाले अनुरोध गर्दै आएका छौं । तर उनीहरुले संविधानसभा, लोकतान्त्रिक संविधानको निर्माण र गणतन्त्र समेतमाथि कुठाराघात पुग्ने कुनै नीति अपनाएमा त्यसको सम्झौताहीन प्रकारले सामना गर्नु बाहेक अन्य कुनै विकल्प बाँकी रहने छैन । त्यसरी सामना गर्न नसकेमा त्यसबाट सम्भावित दुष्परिणामहरुलाई सम्पूर्ण देश र जनताले भोग्नुपर्ने कुरा अवश्यम्भावी छ ।
अब एमाओवादीले उच्चस्तरीय राजनीतिक संयन्त्रको निर्माण गरेर त्यसको स्थायी अध्यक्ष प्रचण्ड हुनुपर्ने प्रस्ताव अगाडि ल्याएका छन् । बताइरहनुपर्ने आवश्यकता छैन कि उनीहरु चुनावमा पराजित भएको भएपनि त्यस प्रकारको संयन्त्र वा त्यसको नेतृत्वको माध्यमद्वारा उनीहरुले सम्पूर्ण संविधानसभा वा संविधानको निर्माणको कार्य समेतलाई आना अधिन राख्न वा नियन्त्रित गर्न चाहन्छन् । यो खुसीको कुरा हो कि अन्य पक्षहरुले एमाओवादीको त्यस प्रकारको प्रस्तावलाई स्वीकार गरेका छैनन् । यदि त्यो प्रस्तावलाई स्वीकार गरियो भने त्यो अत्यन्त घातक कुरा हुनेछ । यो कुरा बुझ्न गाह्रो पर्दैन कि सहमति, उच्चस्तरीय राजनीतिक संयन्त्र वा त्यसको नेतृत्वको नाममा चुनावमा पराजित भएका आना जातिवादी वा क्षेत्रीयतावादी नीतिहरु वा संविधानसभा र सरकार समेतको नेतृत्वलाई आना हातमा लिन चाहन्छन् । त्यो निश्चित रुपले अधिनायकवादी प्रकारको सोचाइ हो । उनीहरुले आनो त्यस प्रकारको सोचाईहरुलाई समयमा नै नसच्चाए त्यसबाट गम्भीर प्रकारका दुष्परिणामहरु हुनेछन् । त्यस्तो हुन नदिन हामीले पुनः एमाओवादसित आना नीति वा कार्यशैली बारे गम्भीरतापूर्वक पुर्नविचार गरेर लोकतान्त्रिक संविधानको निर्माण र गणतन्त्रलाई संस्थागत गर्ने कार्यमा समेत सकारात्मक योगदान दिन मैत्रीपूर्ण अनुरोध गर्दछौं ।
यस सन्दर्भमा हामीले दुईवटा प्रश्नहरुबारे आनो स्थिति स्पष्ट गर्न चाहन्छौं ः प्रथम, जातिवाद र क्षेत्रीयतावादको पराजयका कारणले संघीयताको ढाड भाँचिएको छ । तैपनि संघीयताका विरुद्धको संघर्षलाई अझै उच्चस्तरमा अगाडि बढाउनुपर्दछ भन्ने हाम्रो पार्टीको स्पष्ट विचार छ र त्यसका लागि हाम्रो पार्टीले लगातार जोड दिइरहने छ । द्वितीय, एमाले र ने.का.लाई प्राप्त बहुमत प्रत्यक्ष वा अप्रत्यक्ष रुपले जातिवादी र क्षेत्रीयतावादका विरुद्धको मत हो । त्यसकारण त्यो जनादेशलाई ठोस रुप दिने उनीहरुका प्रयत्नहरुलाई हाम्रो समर्थन रहने छ । तर समग्ररुपमा एमाले वा ने.का.ले अपनाउँदै आएका अन्य नीतिहरु सम्बन्धी हाम्रा मतभेद, आलोचना वा आवश्यकतानुसार उनीहरुका विरुद्ध हाम्रो संघर्षको नीति कायम नै रहने छ ।
समानुपातिक उम्मेदवारको नाम निर्वाचन आयोगमा प्रस्तुत गर्नेबारे प्रमुख राजनीतिक संगठनहरुले गरिरहेको ढिलाईप्रति पनि हाम्रो पार्टीले गम्भीर चिन्ता प्रकट गर्दछ । एमाओवादीले आना शर्तहरु पूरा गर्नका लागि दवाव दिनका लागि नै पार्टीले तोकेका समानुपातिक उम्मेदवारहरुको नाम पठाएको छैन भने एमाले र ने.का.ले निर्वाचन आयोगले बारम्बार म्याद थपेपछि पनि अहिलेसम्म नाम पठाउन सकेको छैन । खास गरेर उनीहरुभित्रको अन्तरसंघर्षका कारणले नै त्यस्तो हुन गएको छ । त्यसकारण हामीले सम्बन्धित सबै पक्षसित शीघ्र समानुपातिक उम्मेदवारहरुको नाम पठाउनका लागि अनुरोध गर्दछौं ।
हाम्रो पार्टीले यसको लागि पनि गम्भीर चिन्ता प्रकट गर्दछ कि संविधानसभाको चुनाव भएको एकमहिनाभन्दा  बढी समय बितिसक्दा पनि अझैं संविधानसभाले स्वरुप ग्रहण गर्न सकेको छैन । यही स्थिति रह्यो भने एकवर्षभित्र संविधानको निर्माण गर्न मुश्किल हुने र अन्तमा दोस्रो संविधानसभाको पनि पहिलो संविधानसभाको जस्तै अवस्था हुने सम्भावनालाई अस्वीकार गर्न सकिन्न । त्यस प्रकारको स्थिति हुन नदिन जनदवावको सृजना गर्न हामीले सम्पूर्ण जनतासित अपील गर्दछौं ।

२०७० पौष ९ गते

....................
मोहनविक्रम सिंह
महामन्त्री

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.