नेपाली :: English
Masal
Sat / 2017-Nov-18
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)

केन्द्रीय कार्यालय

Website : www.cpnmashal.org,  Email : ncpmashal@gmail.com


वक्तव्य 



सरकारद्वारा संविधान सभाको चुनावका सन्दर्भमा सेनाको परिचालनप्रति हाम्रो पार्टीको गम्भीर ध्यान आकर्षित भएको छ । पहिले प्रधान न्यायाधीशको नेतृत्वमा निर्दलीय सरकारको गठनद्वारा वहुदलीय व्यवस्थालाई धेरै नै आघात पुगेको छ । तैपनि संविधान सभाको चुनाव भएमा देशमा पुनः वहुदलीय संवैधानिक र लोकतान्त्रिक प्रणालीको सुदृढ हुनेछ भन्ने आशाले जनताले संविधान सभाको चुनावलाई समर्थन गरेका छन् । तर संविधान सभाको चुनावका बेलामा सेनाको परिचालन वा उनीहरुको बढेको सक्रियताबाट देशमा कायम भएको निर्दलीय व्यवस्थालाई निरन्तरता दिदै वहुदलीय व्यवस्था नै समाप्त भएर देश एक वा अर्को प्रकारको अधिनायकवादी व्यवस्थातिर जाने त होइन ? त्यो गम्भीर आशङ्का उत्पन्न भएको छ । सेना परिचालन पनि निर्वाचन आयोग वा जिल्ला निर्वाचन अधिकृतको मातहत नभएर सीधै सैनिक कमाण्डमा हुँदैछ । त्यसले अरु गम्भीर खतराको संकेत दिन्छ । त्यसैले हाम्रो पार्टीले संविधान सभाको चुनावको सन्दर्भमा हुन थालेको सेना परिचालनलाई गलत मान्दछ र विरोध गर्दछ ।
अहिले देशको अवस्था अत्यन्त संवेदनशील र तरल छ । गत कालमा देश गम्भीर प्रकारको अवाञ्छित प्रकारका घटनाहरूबाट अगाडि बढ्दै आएको छ । २०१७ सालमा निरङ्कुश राजतन्त्र र पञ्चायती व्यवस्था, २०५८सालमा   वहुदलीय व्यवस्थालाई समाप्त गरेर निरङ्कुश राजतन्त्रको स्थापना, संविधान सभाको चुनाव भन्दा पहिले नै अन्तरिम संविधानमा संशोधन गरेर सङ्घीयतालाई सामेल गर्ने सरकारको निर्णय, देशमा अन्धजातिवाद र अन्ध क्षेत्रीयतावादको लहर, एक मधेश एक प्रदेशको धारणाद्वारा देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको अगाडि उपस्थित गम्भीर खतरा, २०६४ सालमा संविधान सभाको चुनाव भएर ४ वर्षको अवधिमा पनि संविधानको निर्माण नभैकन संविधान सभाको विघटन, प्रमुख राजनैतिक दलहरूको वहुदलीय सरकारको स्थापनाको असफलता र निर्दलीय सरकारको स्थापनात्यस प्रकारको ऐतिहासिक पृष्ठभूमिमा संविधान सभाको चुनावको सन्दर्भमा सेनाको परिचालनले गम्भीर प्रकारको आशङ्कालाई जन्म दिन्छ । त्यो अवस्थामा संविधान सभाको चुनावको सफलता तथा लोकतान्त्रिक संविधान निर्माण र गणतन्त्रलाई संस्थागत गर्ने कार्यहरूलाई सुनिश्चित गर्न उच्च प्रकारको सतर्कता, जनमत र जनदबाव सिर्जना गर्नु पर्ने आवश्यकताप्रति हाम्रो पार्टीले विशेष जोड दिन्छ ।
नेकपामाओवादीले संविधान सभाको चुनावलाई वहिष्कार गर्ने,  असफल पार्ने  वा हिंसात्मक तरिका अपनाउन सक्ने आशङ्काले पनि सरकारलाई सेना परिचालनलाई उचित ठहराउने बहाना मिलेको छ । त्यसप्रकारको अवस्थामा हामीले माओवादीसित संविधान सभाको वहिष्कार आन्दोलनलाई हिंसात्मक रूप दिने प्रकारको कुनै कार्यक्रम नअपनाउन विशेष अपिल गर्दछौँ । उनीहरुको त्यसप्रकारको गतिविधिबाट सेनालाई बहुदलीय व्यवस्थाका विरुद्ध प्रहार गर्नकालागि बहाना मिल्नेछ । त्यसको परिणामस्वरूप माओवादीले दावी गरे जस्तै संविधान सभाको चुनाव नै असफल भएमा त्यसका कैयौँ गम्भीर र दूरगामी परिणामहरू हुनेछन् । त्यसप्रकारको स्थिति उत्पन्न भएमा त्यो  वहुदलीय व्यवस्था, गणतन्त्र, राष्ट्रियता वा क्रान्तिकारी आन्दोलनको हितमा पनि नहुने कुराप्रति दुरदर्शीतापूर्ण प्रकारले विचार गर्न हामिले माओवादीसित अनुरोध गर्दछौ ।
एकीकृत माओवादीले संविधान सभाको चुनावलाई असफल पार्ने प्रयत्न  गर्ने सम्भावनाप्रति  पनि हाम्रो पार्टीले वारम्वार जनतालाई सचेत गराउँदै आएको छ । अहिले माओवादीको लोकप्रियता धेरै नै घटेर गएको छ । त्यो अवस्थामा उनीहरूल,े एकातिर अन्धजातिवादी, अन्ध क्षेत्रीयतावादी वा मधेशवादीहरूसित साँठगाँठ गरेर र अर्कातिर, राष्ट्रघातको हदसम्म भारतपरस्त नीति अपनाएर चुनावमा सफलता प्राप्त गर्ने प्रयत्न गरिरहेका छन् । तैपनि देशव्यापी रूपमा उनीहरूका उम्मेदवारहरूको स्थिति धेरै नै कमजोर भएर गएको छ । त्यो अवस्थामा उनीहरूले पैसाको वलमा चुनाव जित्न पूरा शक्ति लगाइरहेका छन् । त्यसरी पनि चुनावमा सफलताको सम्भावना नदेख्दा एक वा अर्को प्रकारले चुनाव नै हुन नदिने षडयन्त्र गर्ने सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न । उनीहरुले माओवादीहरुको वहिष्कार आन्दोलनद्वारा उत्पन्न स्थिति, सेनाको कारवाही, संविधान सभाको चुनावमा सम्भावित हिंसात्मक स्थिति समेतलाई वहाना बनाएर संविधान सभाको चुनाव हुन नदिन षडयन्त्र गर्न सक्दछन् । त्यस प्रकारको स्थितिलाई उपयोग गरेर विदेशी शक्तिहरूले पनि संविधानसभाको चुनावलाइ असफल पारेर आफ्ना साम्राज्यवादी वा विस्तारवादी उद्देश्यहरु पुरा गर्न षड्यन्त्र गर्न सक्दछन् । त्यसप्रकारको पृष्ठभूमिमा संविधान सभाको चुनावलाई सफल पार्न संविधान निर्माणको कार्यलार्ई सुनिश्चित गर्न र गणतन्त्रलाई संस्थागत गर्न उच्च प्रकारको सतर्कता अपनाउन हाम्रो पार्टीले संविधानसभा र लोकतन्त्र पक्षधर सबै शक्तिहरुसित  अपिल गर्दछ ।
 
मिति ः २०७० कार्तिक ५ गते 

मोहनविक्रम सिंह
महामन्त्री

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.