नेपाली :: English
Masal
Sat / 2017-Nov-18
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)

केन्द्रीय कार्यालय

Website : www.cpnmashal.org,  Email : ncpmashal@gmail.com


वक्तव्य 


ने.क.पा. (मसाल) ले गणतन्त्र दिवसको अभिनन्दन गर्दै त्यसलाई संस्थागत वा सुदृढ गर्नुपर्ने आवश्यकतामा जोड दिन्छ । तर यो गणतन्त्र दिवसको अवस्थामा २०६२६३ को आन्दोलनका उपलब्धिहरु र गणतन्त्र समेतका अगाडि बढ्दै गएको खतराप्रति पनि हाम्रो पार्टीको गम्भीर ध्यान गएको छ । ४ वर्षको अवधिमा संविधान बन्न नसकेको, अहिले पनि संविधानसभाको चुनाव हुने कुरा अनिश्चित बनेको तथा निर्दलीय आधारमा सरकारको गठन र लोकमानसिंह प्रकरणको सन्दर्भमा संविधानसभा र गणतन्त्रका पक्षधर राजनीतिक शक्तिहरुमा देखापरेका प्रतिगमन उन्मुख प्रकारका प्रवृत्तिहरु समेतका कारणले नेपालमा गणतन्त्रका विरुद्ध खतरा बढ्दै गएको देखिन्छ । त्यसकारण २०६२६३ को आन्दोलनको उपलब्धिहरु र गणतन्त्र समेतको रक्षाका लागि व्यापक जनचेतना, जनदवावको सिर्जना गर्नुपर्ने तथा देशव्यापी आन्दोलन संगठित गर्नु आजको राष्ट्रिय आवश्यकता भएको छ ।
हाम्रो पार्टीले प्रधानन्यायाधीशलाई कार्यपालिका प्रमुख बनाएको कार्यबाट शक्ति पृथकिकरण र न्यायपालिकाको स्वतन्त्रतामा बाधा पुग्ने तथा देश निर्दलीयता र निरंकुशतातिर जाने आशंका प्रकट गरेका थियो । त्यसपछिका घटनाहरुबाट त्यस प्रकारको सम्भावना झन्पछि झन् बढ्दै गएको देखिन्छ । त्यसको प्रत्यक्ष असर सर्वोच्च अदालतको कार्य प्रणालीमा परेको छ । सर्वोच्च अदालतको स्वतन्त्र भूमिकामा झन्पछि झन् आच पुग्दै गइरहेको छ । पत्रकारहरुलाई सर्वोच्च अदालतका इजलासहरुमा प्रवेश गर्न नियन्त्रण, लोकमान सिंह प्रकरणमा गरिएको फैसला, खिलराज रेग्मीलाई प्रधानन्यायाधीशमा नियुक्तिका विरुद्धको उजूरी बारे सुनवाई र फैसलामा ढिलाई, सर्वोच्चमा पर्ने रिटहरुमा बढ्दो नियन्त्रण आदिले सर्वोच्च अदालतको कार्यप्रणालीमा कार्यपालिकाको असर बढ्दै गएको देखिन्छ । यो अत्यन्त खतरनाक प्रवृत्ति हो । त्यसका विरुद्ध देशमा बढिरहेको आवाज वा आन्दोलनसित ऐक्यवद्धता प्रकट गर्दै हाम्रो पार्टी न्यायपालिकाको स्वतन्त्रताको पक्षमा व्यापक आवाज उठाउन पर्ने आवश्यकतामा जोड दिन्छ ।
कतिपयपक्षले खिलराज रेग्मीको प्रधानन्यायाधीश पदबाट राजिनामा दिनुपर्ने माग गरिरहेका छन् । त्यस प्रकारको मागका पछाडि न्यायाधीशबाट राजिनामा दिएपछि रेग्मीको सरकार उनीहरुलाई मान्य हुनेछ भन्ने दृष्टिकोणले काम गरेको पाइन्छ । तर त्यस प्रकारको राजिनामा पछि पनि वर्तमान सरकार निर्दलीय सरकार नै हुनेछ र, त्यसबाट स्थितिमा मौलिक अन्तर आउने छैन । त्यसैले उनको राजिनामाबाट सरकारको समस्याको समाधान हुनेछ भन्ने सोंचाईलाई हाम्रो पार्टी भ्रामक ठान्दछ र अस्वीकार गर्दछ । तैपनि त्यस प्रकारको राजिनामाबाट शक्ति पृथकिकरणको सिद्धान्त र न्यायपालिका माथि कार्यपालिकाको प्रत्यक्ष असर पार्ने कुरामा केही मद्दत पुग्ने छ । त्यसैले आंशिक रुपमा त्यस प्रकारको राजिनामाबाट केही न केही सकारात्मक मद्दत पुग्ने सम्भावनालाई भएको कुरालाई पनि हामीले स्पष्ट गर्न चाहन्छौं ।
अहिलेसम्म चुनावको मितिको घोषणा हुन नसकेको कुरालाई पनि हाम्रो पार्टीले अत्यन्त आपत्तिजनक ठान्दछ । त्यसले गर्दा माघमा चुनाव हुने कुरा अनिश्चित बन्दै गइरहेको छ । यदि त्यसरी तोकिएको समयमा संविधानसभाको चुनाव हुन नसकेमा त्यो अत्यन्त दुर्भाग्यपूर्ण कुरा हुनेछ र त्यसका कैयौं दुरगामी दुष्परिणामहरु हुनेछन् । त्यसैले हाम्रो पार्टीले सीघ्र संविधानसभाको निर्वाचनको मिति घोषणा गर्नुका साथै निर्वाचन सम्बन्धि सबै प्रक्रियाहरुलाई अगाडि बढाउनुपर्ने आवश्यकतामा जोड दिन्छ ।
कैयौं वर्षपछि हुन थालेको स्ववियुको चुनावका सन्दर्भमा स्वयं विद्यार्थी संगठनहरुका बीचमा उठेको विवादका कारणले त्यो चुनाव अनिश्चित बन्दै गएको कुराप्रति पनि हाम्रो पार्टीको गम्भीर ध्यान आकर्षित भएको छ । त्यकारण त्यस प्रकारका विवाद वा समस्याहरुलाई समाधान गरेर तोकिएको समयभित्र स्ववियुको चुनाव सम्पन्न गर्नुपर्ने आवश्यकतामा जोड दिंदै त्यसका पक्षमा सकारात्मक दृष्टिकोण अपनाउन हाम्रो पार्टीले सम्बन्धित सबै विद्यार्थी संगठनहरुसित अपील गर्दछ ।

मिति ः २०७० जेष्ठ १४ गते

मोहनविक्रम सिंह
महामन्त्री

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.