नेपाली :: English
Masal
Sun / 2017-Nov-19
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)
केन्द्रीय कार्यालय
वक्तव्य

प्रधानमन्त्री प्रचण्डले हिजो प्रधानमन्त्री पदबाट राजिनामा दिएका छन् । यो राजिनामाले देशको तात्कालिक राजनीतिमा गम्भीर अर्थ र महत्व राख्ने मात्र होइन, देशको भावी राजनीतिमा पनि त्यसले धेरै असर पु¥याउनेछ ।
माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धनको सरकार भारतीय ग्राण्डडिजाइन अनुसार बनेको थियो । त्यसको उद्देश्य सामान्यतः नेपालमा भारतीय विस्तारवादी स्वार्थको सेवा गर्नु र विशेषतः मधेशवादीहरुको माग अनुसार संविधानमा संशोधन गराउनु नै थियो । तर, प्रचण्ड सरकारका लागि त्यस्तो गर्नु सम्भव भएन । त्यो असफलताको कारण राष्ट्रियताका पक्षमा व्यापक जनमत र संसदमा प्रतिपक्षको शसक्त प्रतिरोध नै हो । तै पनि प्रचण्ड सरकारलाई एउटा ऐतिहासिक सफलता प्राप्त भएको छ, त्यो हो, नेपाली कांग्रेसको सत्तारोहणको लागि मार्ग प्रसस्त गर्नु । माओवादी केन्द्रको सहयोगको अभावमा कम से कम वर्तमान संसदीय कालमा ने.का.लाई त्यसरी सत्तामा पुग्न सम्भव हुने छैन ।
नेपालको इतिहासमा प्रचण्ड सधैं यसका लागि चिनिने छन् र आलोचित पनि हुनेछन् कि उनले भारतीय विस्तारवादी उद्देश्य पूरा गर्नको लागि पहिलेको स्वयं आफ्नो पार्टी पनि सहभागी भएको सरकारमा फुट पार्ने काम गरेका थिए र नेपालको राष्ट्रियताका विरुद्ध काम गर्ने गठबन्धन सरकारको निर्माणमा सहयोग पु¥याएका थिए । त्यस विषयमा इतिहासले उनीसित त्यसको जवाफ माग्ने छ ।
प्रचण्डले आफ्नो प्रधानमन्त्रीको कालमा कैयौं महत्वपूर्ण कार्यहरु पनि सम्पन्न गरेका छन् । तिनीहरु मध्ये सबैभन्दा महत्वपूर्ण कार्य हो ः प्रथम चरणको स्थानीय तहको निर्वाचनलाई भव्यरुपले सफल पार्नु । चुनावलाई दुई चरणमा बाढ्नु एउटा गल्ती नै थियो, तै पनि मधेशवादीहरुले आफ्नो मागहरु पूरा नगरीकन स्थानीय तहको निर्वाचन हुन नदिन दवाव दिइरहेको अवस्थामा कम से कम प्रथम चरणको चुनाव सफल पारेर महत्वपूर्ण कार्य गरेका छन् । त्यसको सफलताले दोस्रो चरणको चुनाव सफल पार्न पनि दवाव दिने छ वा नयाँ बन्ने सरकारलाई त्यसका लागि बाध्य पार्नेछ । त्यो चुनाव सम्पन्न गराउन नसकेमा नयाँ बन्ने सरकारको ठूलो असफलता हुनेछ ।
भारतीय शासक वर्ग र ने.का. सहित भारतपरस्त तत्वहरुले निजगढ–काठमाडौं फास्टट्र¥याकको निर्माणको जिम्मा भारतीय कम्पनीलाई दिनको लागि दवाव दिइरहेको अवस्थामा त्यो निर्माणको जिम्मा नेपाली सेनालाई दिन पनि प्रचण्ड सरकारको शाहसीलो निर्णय हो । चीनसित गरेको वानवेल्ट–वानरोड सन्धि पनि प्रचण्ड सरकारको शाहसिलो कदम हो । खास गरेर भारतीय दवावको पृष्ठभूमिको विरुद्धमा भएको त्यो सन्धिले गम्भीर अर्थ र महत्व राख्दछ ।
प्रचण्ड सरकारले माथि उल्लेखित कतिपय सकारात्मक र महत्वपूर्ण कार्यहरु गर्नुका साथै आफ्नो कार्यकालमा कैयौं गम्भीर गल्तीहरु पनि गरेकोछ । त्यस्ता गल्तीहरु मुख्यरुपले आईजीपी नियुक्ति प्रकरण र प्रधानन्यायधिस शुशिला कार्कीविरुद्धको महाभियोगसित सम्बन्धित ती दुवै कार्यहरुमा उनले शेरबहादुर देउवाद्वारा प्रभावित भएर काम गरेका थिए ।
संविधान संशोधन विधेयकलाई पारित गराउन उनको सरकार असफल भयो । तै पनि त्यो विधेयकलाई पारित गराउन उनले पूरा प्रयत्न गरेका थिए र अझै पनि त्यो दिशामा प्रयत्न गरिरहने उनले प्रतिवद्धता प्रकट गरेका छन् । त्यसबाट आउने दिनहरुमा पनि उनले भारतीय डिजाइन अनुसार ने.का. र मधेशवादीहरुसँग मिलेर राष्ट्रघाती दिशामा नै काम गर्ने बढी सम्भवना देखिन्छ । प्रचण्डले आफ्नो सम्बोधनमा ने.का.सित भएको समझदारी अनुसार समयमा नै प्रधानमन्त्री पदबाट राजिनामा दिएर नेपाली राजनीतिमा लामो समयदेखिको नैतिकताको खडेरी तोड्ने दृढ संकल्प गरेको बताएका छन् । तर उनको त्यो दृढ संकल्प वास्तवमा भारतीय विस्तारवादको सेवा र त्यसको डिजाइन अनुसार बनेको सरकारप्रतिको वफादारिता प्रतिको पक्षमा दृढ संकल्प नै हो । त्यो कुरालाई नैतिकताको खडेरी तोडेको बताउनु चिजलाई गलत प्रकारले प्रस्तुत गर्नु वा व्यक्त गर्नु नै हो । प्रचण्डले प्रधानमन्त्री बन्नको लागि भारतीय डिजाइनमा जुन प्रकारको भूमिका खेले, त्यसले नेपालको कम्युनिष्ट आन्दोलनलाई मात्र होइन स्वयं माओवादीहरुको इतिहासलाई पनि कलंकित बनाएको छ । प्रचण्डले जुन प्रकारको प्रतिबद्धता र दृढ संकल्प देखाएका छन्, त्यसमा क्रम भंगता गर्ने नैतिक आँट देखाएमा नै त्यो देश र देशको राष्ट्रियता, गणतन्त्र र धर्म निरपेक्षता तथा स्वयं उनको संगठन र उनको राजनीतिको हितमा पनि हुनेछ ।
वर्तमान राजनीतिक परिस्थितिमा कुनै अप्रत्यासित राजनीतिक परिवर्तन नभएमा केही दिनपछि शेरबहादुर देउवा प्रधानमन्त्री हुनेछन् । कम से कम कम्युनिष्ट पृष्ठभूमिका कारणले प्रचण्डले नांगो प्रकारले भारतीय विस्तारवादको सेवा गर्न नसेको देखिन्छ । मधेशवादीहरुले स्थानीय निर्वाचनलाई असफल पार्न प्रयत्न गरे पनि कम से कम आंशिक रुपमा त्यसलाई सफल पार्न सक्नु, फास्टट्रयाकको निर्माण राष्ट्रिय स्तरमा नै गर्ने निर्णय गर्नु, चीनसित वानबेल्ट–वानरोडको सन्धि गर्नु आदि कुराले त्यो कुराको केही झलक दिन्छ । तर शेरबहादुरले भने नांगो प्रकारले नै भारतीय विस्तारवादको सेवा गर्ने सम्भावना मात्रै छैन, उनको प्रधानमन्त्रीकालमा संविधानको कार्यान्वयन, गणतन्त्र, धर्म निरपेक्षता तथा देशको राष्ट्रियता, सार्वभौमिकता, अखण्डता र राष्ट्रिय हितमा समेत गम्भीर क्षति पुग्ने खतरा छ ।
जेष्ठ ३१ गते हुने दोस्रो चरणको चुनाव पनि निर्धारित समयमा हुने कुरामा आशंका उत्पन्न भएको छ । प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री पदबाट राजिनामा दिनुभन्दा केहीबेर अघि निर्वाचन आयोगका आयुक्तहरुलाई बोलाएर निर्वाचनको मिति पर सार्नका लागि प्रस्ताव राखेका थिए । यो बुझ्न गाह्रो पर्दैन कि देउवाको सुझाव अनुसार नै उनले त्यस प्रकारको प्रस्ताव राखेका थिए । निर्वाचन आयोगले तत्काल त्यो प्रस्तावप्रति आफ्नो असहमति प्रकट गरेको छ । तै पनि निर्वाचन आयोगले पहिले दुई चरणको चुनाव, दुईवटा चुनावको बीचमा बजेट प्रस्तुत गर्ने कार्यबारे पहिले आफ्नो असहमति प्रकट गरेर पछि सरकारका अगाडि आफ्ना अडान छाड्दै गएको पृष्ठभूमिमाथि विचार गर्दा चुनावको मिति सार्ने सरकारी प्रस्तावलाई पनि निर्वाचन आयोगले स्वीकार गर्नसक्ने सम्भावनालाई अस्वीकार गर्न सकिन्न ।
शेरबहादुर देउवाको राजनीतिक पृष्ठभूमि, उनले बारम्बार राजासित मिलेर संसदीय प्रणालीमाथि कुठाराघात गरेको, हालै पनि आफूले भनेको मानिसलाई आईजीपी हुन नदिएकोमा बदलाको भावना लिएर प्रधानन्यायधिसका विरुद्ध महाभियोग लगाएको समेत विषयहरुमाथि विचार गर्दा उनको प्रधानमन्त्रीकालमा देशमा गम्भीर प्रकारको अनिष्ट हुने ठूलो खतरा छ । एकातिर भारतीय शासक वर्गको नेपालमा राजतन्त्रको पुनस्र्थापना गर्ने र नेपाललाई हिन्दू राष्ट्र बनाउन योजनावद्ध प्रकारले गरिरहेको प्रयत्न र अर्कातिर स्वयं ने.का. भित्र पनि त्यस प्रकारका अवधारणाका पक्षमा बढ्दै गएको जनमत माथि विचार गर्दा उनको प्रधानमन्त्रीकालमा नेपालको संविधान, गणतन्त्र, धर्म निरपेक्षता, राष्ट्रियता र राष्ट्रिय हितमा समेत अत्याधिक खतरा पुग्नेतिर हामी सबैको ध्यान जानुपर्ने आवश्यकता छ ।

मिति ः २०७४ जेष्ठ ११ गते

मोहनविक्रम सिंह
महामन्त्री

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.