नेपाली :: English
Masal
Sun / 2017-Nov-19
janamatOctober Revolution Special
अक्टोबर क्रान्ति

अन्तरक्रिया कार्यक्रम सम्पन्न
बाँके । राष्ट्रिय जनमोर्चा बाँकेको आयोजनामा २०७३ पौष १५ गते अक्टोबर क्रान्तिको शतवार्षिक कार्यक्रम सफल पारौँ, नयाँ पिँढीका हजारौँ क्रान्तिकारीलाई पार्टीमा भर्ना गरौँ’ भन्ने नाराका साथ “अक्टोबर क्रान्तिको महत्व र राष्ट्रियताको प्रश्न” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका महासचिव जनक राज शर्माले अहिलेको युग साम्राज्यवादी युग भएकोले त्यसलाई परास्त गरेर समाजवादी व्यवस्था स्थापना गर्न अक्टोबर क्रान्तिको विषेश महत्व रहेको औल्याउनु भयो । कार्यक्रमलाई राजमो केन्द्रीय सदस्य मोमिना खातुन, नेकपा (मसाल) बाँके प्रवक्ता जगदीश ढकाल, नेकपा (एमाले) का जिल्ला सचिवालय सदस्य अब्दुल हुसेन खाँ, नेकपा (क्रान्तिकारी–माओवादी) का सेक्रेटरी लोक बहादुर क्षेत्री, नेपाल मजदुर किसान पार्टीका रत्न बहादुर शाही, नेकपा (माक्र्सवादी) केन्द्रीय सदस्य चन्द्रवीर कामी र माथिल्लो कर्णाली बचाऊँ राष्ट्रिय अभियानका संयोजक भरत बहादुर शाहीले समेत छलफलमा भाग लिँदै आफ्ना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा विषयवस्तुमा अवधारणा पत्र राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष गौरीलाल कार्कीले प्रस्तुत गर्नु भएको थियो भने अखिल नेपाल महिला सङ्घ केन्द्रीय उपाध्यक्ष बाल कुमारी आचार्य, जातीय समता समाजका केन्द्रीय सदस्य मन बहादुर सुनार, अखिल (छैठांै) का केन्द्रीय सदस्य सहदेव त्रिपाठी, रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सल्लाहकार मान बहादुर भण्डारी, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सदस्य पार्वती कार्की र अखिल नेपाल शिक्षक सङ्घका केन्द्रीय उपाध्यक्ष पूर्ण बहादुर शाहीको समेत आतिथ्यता रहेको थियो । अन्तरक्रिया कार्यक्रम राष्ट्रिय जनमोर्चाका बाँके जिल्ला अध्यक्ष गौरीलाल कार्कीको अध्यक्षता, उपाध्यक्ष कृष्णराज पाण्डेको सञ्चालन र सचिव गुणनिधि आचार्यको स्वागतबाट सुरु भएको थियो । 

डोटीमा राजमोमा प्रवेशको लहर
डोटी । राष्ट्रिय जनमोर्चा डोटीले दुर्गामाडौँ गाविसमा सञ्चालन गरेको एक हप्ते शतवार्षिकी अभियानका क्रममा सयौँ जना राष्ट्रिय जनमोर्चामा प्रवेश गरेको राजमो डोटीले जनाएको छ ।
अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम अन्तर्गत २०७३ पुष ४ गतेदेखि सुरु भएको अभियानमा दुर्गामाडौँ गाविसका विभिन्न वडाहरूबाट अन्य पार्टी परित्याग गरी ४४ जना राजमोमा प्रवेश गरेका छन् । यसरी राजमोमा प्रवेश गर्नेहरूमा राप्रपाबाट योगेन्द्र बोगटी, लक्ष्मण बोगटी, वीर बहादुर बोगटी र धर्मसिंह बोगटी, नेपाली काङ्ग्रेसबाट लाल बहादुर बलायर, विरुवा भुल, प्रेम टमटा, प्रभा कोली, राम टमटा, मनोज ताम्राकार, देवसरी भट्टराई, बेलु भट्टराई, धना भट्टराई, वीरमान भट्टराई, बासु जोशी, टेकराज जोशी, पार्वती भट्ट, कृष्ण प्रसाद जैशी, पुष्प जोशी, रामचन्द्र जोशी, खगेन्द्र जोशी, धर्मा जोशी र खिमा भट्ट, एमालेबाट लक्ष्मी भट्टराई, जगनाथ जोशी, केशव जोशी, खिमादेवी जोशी, हेमा भट्ट, दुर्गा भट्ट, महामति जोशी, देवसरी जोशी र पार्वती जोशी तथा माओवादी केन्द्रबाट लाल बहादुर तिरुवा, मिनी तिरुवा, तेज बहादुर तिरुवा, डम्बर तिरुवा, शारदा जोशी, कौशिल्या जोशी, शिवराज भट्ट र निर्जना भट्ट रहनु भएको छ ।
पार्टी प्रवेश गर्ने सबैलाई राजमोका केन्द्रीय सदस्य मनोज भट्टले एक समारोहबीच राजमोको सदस्यता प्रदान गरी अबिर लगाएर स्वागत गर्नु भयो । यस अवसरमा भएको प्रशिक्षण कार्यक्रममा बोल्दै नेता भट्टले देश र जनताका लागि निस्वार्थ ढङ्गले काम गर्ने पार्टी राष्ट्रिय जनमोर्चा मात्र भएको उल्लेख गर्दै पार्टी प्रवेश गर्नु भएकोमा नव प्रवेशीहरूलाई बधाइ दिनु भएको थियो । 
यसैबीच पुष १२ गते भूमिराजमाडौँ गाविसमा राजमोको प्रशिक्षण सम्पन्न भएको छ । गाविसका सबै वडाहरूबाट ६६ जना अगुवा कार्यकर्ता सम्मिलित प्रशिक्षण कार्यक्रमको अध्यक्षता भूमिराजमाडौँ गाउँ समितिका अध्यक्ष्ँ कविराज जोशी, सञ्चालन समितिका सदस्य लालु भट्ट र स्वागत अर्का सदस्य कृष्णबहादुर पुन मगरले गर्नु भएको थियो । त्यस अवसरमा राजमो केन्द्रीय सदस्य भट्ट सहित जिल्ला सचिव केशव नाथ योगी र सहसचिव डबल बोगटीले प्रशिक्षण दिनु भएको थियो । कार्यक्रममा महान्न्द भट्टले भूमिराजमाडौँ गाउँ समितिको शतवार्षिकी कार्यक्रमसम्बन्धी योजना पेस गर्नु भएको थियो ।
शतवार्षिकी कार्यक्रमको अभियान जारी
नवलपरासी । अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम अन्तर्गत जिल्लामा सङ्गठन निर्माण, जन भेटघाट एवं आर्थिक अभियान सञ्चालन भई रहेको छ ।
२०७३ पुष १६ गते जिल्लाको ४ नं. एरियाको प्रशिक्षण भेला बन्दाखोलामा सम्पन्न भएको थियो । कार्यक्रममा अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम र सङ्गठनात्मक अभियानबारे राजमो नेता गङ्गा पौडेलले प्रशिक्षण दिनु भएको थियो । प्रशिक्षणपछि सङ्गठनात्मक कामका लागि जिम्मेवारी समेत बाँडफाँड गरिएको छ । बर्दघाट क्षेत्रमा रेम राना, गणेश आचार्य र बलिराज रेग्मी, त्रिवेणी क्षेत्रमा ढुण्डीराज पोखरेल र गिरीकृष्ण अर्याल, रूपौलिया क्षेत्रमा पुनाराम अर्याल । ढुण्डीराज पोखरेल, दाउन्ने क्षेत्रमा टेक बहादुर गिरी र लक्ष्मण हमाललाई जिम्मेवारी दिइएको पनि नेता गङ्गा पौडेलले जानकारी दिनु भयो । प्रशिक्षण भेलामा राजमो नेता चन्द्र सापकोटा र जातीय समता समाजका केन्द्रीय सल्लाहकार राजेश विकको पनि उपस्थिति रहेको थियो । 
महिला सङ्घको वार्ड समिति गठन 
अखिल नेपाल महिला सङ्घको कावासोती नगरपालिका वडा नं. १६ मा वडा समिति गठन भएको छ । चित्रा अधिकारीको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा उषा सुवेदी, सचिवमा कला राई र कोषाध्यक्षमा कृष्ण कुमारी न्यौपाने चयन हुनु भएको छ । समितिका सदस्यहरूमा फिर्कली गुरुङ, हरिमाया गुरुङ, योगेश्वरी महतरा क्षेत्री, शान्ता जिसी र रूपमा केसी रहनु भएको छ । समितिको एक स्थान रिक्त राखिएको छ । 
सुनवलमा प्रशिक्षण
पुष १५ गते सुनवल नगर समितिको प्रशिक्षण सम्पन्न भएको छ । कार्यक्रममा राजमो नेताहरू गङ्गा पौडेल, चन्द्र सापकोटा र राजेश विकले सहभागीहरूलाई अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम, देशको समसामयिक राजनीति परिस्थिति लगायत विषयमा प्रशिक्षण दिनु भएको थियो । प्रशिक्षणपछि सुनवल नगरमा जिम्मेवारी बाँडफाँड गरी सङ्गठन निर्माणको अभियान सुरु गरिएको राजमो नवलपरासीले जनाएको छ । त्यस अन्तर्गत वडा नं. १ मा शेर बहादुर सूर्यवंशी, मेघराज गौतम र कुलराज गौतम, वडा नं. २ मा जित बहादुर पौडेल र रामनाथ पौडेल, वडा नं. ३ मा धनपति सापकोटा, सुरेश सुवेदी र सम्झना सुवेदी, वडा नं. ४ मा उत्तम खरेल र गिरिराज ज्ञवाली, वडा नं. ६ मा नरेन्द्र विक, रुद्र लामिछाने र रेवती घिमिरे, वडा नं. ७ मा भिम बहादुर सञ्ज्याल र टिलकाना क्षेत्रको जिम्मा मनरूपा रोका, इन्द्र कुमारी रोका र नर बहादुर रानालाई दिइएको छ । 
गैँडाखाल र पिपरैनीमा पनि प्रशिक्षण
पुष ११ गते डाँडाको पिपरैनीमा अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रमसम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ । कार्यक्रममा शतवार्षिकी कार्यक्रमबारे चन्द्र सापकोटा र सङ्गठन तथा आर्थिक विषयमा गङ्गा पौडेलले प्रशिक्षण दिनु भएको थियो ।
यस अघि मङ्सिर १४ गते राजमो नवलपरासीले सुनवल गैँडाखालमा प्रशिक्षण भेला सम्पन्न गरेको थियो । कार्यक्रममा गङ्गा पौडेल, शेर बहादुर सूर्यवंशी, जीत बहादुर पौडेल, धनपति सापकोटा लगायत नेताहरू सहभागी हुनुु हुन्थ्यो । 
आर्थिक अभियान सम्पन्न
राजमो नवलपरासीले सञ्चालन गरेको १५ दिने आर्थिक अभियान मङ्सिर ३० गते सम्पन्न भएको छ । मङ्सिर १५ गतेदेखि धनपति सापकोटाको नेतृत्वमा सुरु गरिएको कार्यक्रम डण्डाको पिपरेनी, सातघरे, कावासोतीको शान्तिटोल, नयाँगाउँ, देउरालीको बेलुवा, मदनपुर लगायत स्थानमा मौसमी चन्दा सङ्कलन गरिएको थियो । सो अभियानमा वीर बहादुर एमसी, यम बहादुर जिसी, उषा सुवेदी, मनपति अधिकारी, कला राई, फिरकली गुरुङ, टीका अधिकारी, शालिक राम सापकोटा, भागिरथ भट्टराई, भक्त बहादुर उचई, गङ्गा भुजेल, पूर्ण गिरी, विकाराम चौधरी, राम प्रसाद पोखरेल लगायत नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो । 

गुल्मीमा राजमोका भेलाहरू
गुल्मी । अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रमका सन्दर्भमा राष्ट्रिय जनमोर्चा गुल्मीले क्षेत्र नं. ३, रेसुङ्गा नगरपालिका र हर्दिनेटा गाविसमा भेला सम्पन्न गरेको छ ।
२०७३ पुष १६ गते हर्दिनेटा गाविसमा सम्पन्न गाउँ भेलाले दधिराम कँडेलको अध्यक्षतामा गाउँ समिति चयन गरेको छ । समितिको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा प्रेमलाल पन्त, हरि पुन, किसान बुढा मगर र बिन बहादुर रेश्मी मगर चयन हुनु भएको छ । सदस्यहरूमा खिम बहादुर प्रजा, सरस्वती पुन, रमेश राना र चम्फा पुन तथा सल्लाहकारहरूमा गुमान सिंह पुन र बालकृष्ण पुन रहनु भएको छ । भेलाको अध्यक्षता दधिराम कँडेल र सञ्चालन गुमान सिंह पुनले गर्नु भएको थियो भने प्रेमलाल पन्तले स्वागत गर्नु भएको थियो ।
कार्यक्रममा अखिल नेपाल जनजाति सम्मेलनका महासचिव राम बहादुर बुढाले अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम सहित समसामयिक राजनीतिबारे प्रशिक्षण दिनु भएको थियो । भेला सफलताको शुभकामना दिनु हुनेहरूमा राजमो गुल्मीका अध्यक्ष जीवन राना, अखिल नेपाल शिक्षक सङ्घका जिल्ला अध्यक्ष नित्यानन्द अर्याल, नेकपा (मसाल) गुल्मीका प्रवक्ता ओमेन्द्र कुँवर लगायत हुनु हुन्थ्यो । निर्वाचित समितिलाई राजमोका जिल्ला सचिव छविलाल सर्तुङीले बधाइ दिनु भएको थियो ।
३ नं. मा क्षेत्रीय भेला
यस अघि पुष ५ गते गुल्मी क्षेत्र नं. ३ मा सम्पन्न भेलाले क्षेत्रीय समिति गठन गर्नुका साथै अक्टोबर क्रान्ति शतवार्षिकी क्षेत्रीय परिचालन समिति समेत गठन गरेको छ । क्षेत्रीय समितिको अध्यक्षमा लीलाराज बिसी चयन हुनु भएको छ भने उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा चन्द्र प्रकाश भट्टराई, प्रेम प्रकाश अर्याल, बाबुराम थापा र निर्मला अर्याल निर्वाचित हुनु भएको छ । सदस्यहरूमा सुष्मा भण्डारी, कृष्ण विक, पृथ्वी कुँवर, सूर्य थापा, यमलाल पाण्डे र नारायण चालिसे रहनु भएको छ । भेलाले रामेश्वर खत्री, चिन्तामणि भट्टराई र झविन्द्र भण्डारीलाई सल्लाहकार चयन गरेको छ ।
त्यसै गरी भेलाले चिन्तामणि भट्टराईको संयोजकत्वमा तारा जिसी, रामेश्वर खत्री, प्रकाश जिसी, योगेन्द्र शर्मा, नर बहादुर कुँवर र नारायण भट्टराई सदस्य रहेको अक्टोबर क्रान्ति शतवार्षिकी कार्यक्रम परिचालन समिति समेत गठन गरेको छ । कार्यक्रममा राजमो गुल्मीका कार्यवाहक अध्यक्ष रामेश्वर खत्रीको विशेष उपस्थिति रहेको थियो ।
रेसुङ्गामा पनि भेला 
यसै गरी पुष ३ गते राजमो रेसुङ्गा नगर समितिको भेला राजमो जिल्ला सचिव छविलाल सर्तुङीको विशेष उपस्थितिमा सम्पन्न भएको छ । भेलाले हरि खनाललाई नगर अध्यक्षमा चयन गरेको छ भने उपाध्यक्ष यम बहादुर बस्नेत, सचिव तारा बहादुर कुँवर र कोषाध्यक्षमा नर बहादुर केसी तथा सदस्यहरूमा यमकला अर्याल, लोकनाथ अर्याल, लाल बहादुर काउछा, देवकला कुँवर र खिमा झाँक्री मगर चयन हुनु भएको गुल्मीबाट अखिल नेपाल जनजाति सम्मेलनका महासचिव राम बहादुर बुढाले जानकारी दिनु भएको छ । 
अक्टोबर क्रान्तिको शतवार्षिकीमा वृक्षारोपण गरिने 
दाङ । “अक्टोबर क्रान्तिको झण्डालाई उचा राखौँ, नयाँ पिँढीबाट हजारौँ क्रान्तिकारीहरू भर्ना गरौँ” भन्ने मूल नाराका साथ राष्ट्रिय जनमोर्चाले देशव्यापी रूपमा सञ्चालन गरी रहेको महान् अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम दाङ–देउखुरी, लमही नगर समितिको आयोजनामा २०७३ पौष १६ गते एक दिने प्रशिक्षणात्मक भेला सम्पन्न भएको छ ।
राजमो लमही नगर समितिका अध्यक्ष पदम प्रसाद गोराथोकीको अध्यक्षतामा सम्पन्न भेलाको प्रमुख अतिथि एवं अखिल नेपाल युवक सङ्घका केन्द्रीय सदस्य काँशिनाथ पोख्रेलले उद्घाटन गर्नु भयो । ज्ञात÷अज्ञात शहिदप्रति एक मिनेट मौनधारण गरी सुरु भएको प्रशिक्षण भेला उद्घाटन समारोहलाई प्रमुख अतिथि पोख्रेल, राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष रेशम बिसी, जातीय समता समाजका जिल्ला कोषाध्यक्ष बिन बहादुर परियार, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का दाङ जिल्ला उपाध्यक्ष हरि बहादुर थापा, अखिल नेपाल बुद्धिजीवी सङ्घका जिल्ला सदस्य नेत्र पोख्रेल, प्रगतिशील पत्रकार सङ्घ नेपालका चुमा आचार्य, स्वास्थ्य कर्मी हरि खनाल, अखिल नेपाल शिक्षक सङ्घका जिल्ला सदस्य रुमाल प्रसाद बस्याल लगायतले मन्तव्य दिनु भएको थियो ।
प्रशिक्षण भेला उद्घाटन समारोहमा राजमो लमही नगर समितिका सदस्य कुलचन्द्र पोख्रेलले उपस्थित प्रतिनिधि र प्रशिक्षार्थीहरूलाई स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य ठाकुर प्रसाद भण्डारीले गर्नु भएको थियो । भेलामा उपस्थित प्रशिक्षार्थीहरूलाई प्रमुख अतिथि एवं मुख्य प्रशिक्षक काशीनाथ पोख्रेलले प्रशिक्षण दिनु भएको थियो । उक्त प्रशिक्षण भेलाले पौष मसान्तभित्र सदस्यता नवीकरण गर्ने, माघ महिनाभरि आर्थिक सहयोग सङ्कलन गर्ने, फाल्गुण–चैत्रमा सदस्यता वितरण, समिति गठन, भेला तथा सभाहरू गर्ने, सहर तथा ग्रामीण भेगहरूमा अक्टोबर क्रान्तिको महत्वबारे प्रचार प्रसार, भित्ते लेखन, टुल ब्यानर टाग्ने, २०७४ वैशाख–जेठ महिनाभरि व्यापक प्रचारात्मक कार्यहरू गर्दै असार महिनाभरि पर्यावरण संरक्षणका लागि राष्ट्रिय वन, सामुदायिक वन र कबुलियती वनहरूमा सरोकारवालाहरूसँग समन्वय गरी विभिन्न प्रजातिका वृक्षारोपण गर्ने निर्णय गरेको राजमो लमही नगर समितिले जानकारी दिएको छ ।
सोही कार्यक्रम अन्तर्गत देउखुरीका एरिया नं. १ को गङ्गा परस्पुर, गढवा तथा एरिया नंं. २ को लालमटिया, सिसहनियाँ, गोबरडिहा लगायत जिल्लाभरि अक्टोबर क्रान्तिको शतपार्षिकी कार्यक्रम अन्तर्गत सदस्यता नवीकरण लगायतका कार्यहरू तीव्र रूपमा सञ्चालन भई रहेको राजमो दाङका सचिव गणेश आचार्यले जानकारी दिनु भएको छ ।

लालमटियामा पनि प्रशिक्षण
राष्ट्रिय जनमोर्चाले देशव्यापी रूपमा सञ्चालन गरी रहेको अक्टोबर क्रान्ति शतवार्षिकी कार्यक्रम अन्तर्गत यस अघि दाङ–देउखुरीको एरिया नं. २ अन्तर्गत लालमटियामा २०७३ पौष १० गते प्रशिक्षणात्मक भेला सम्पन्न भएको थियो ।
राजमो लालमटिया गाउँ समितिका अध्यक्ष रमेश मान गुरुङको अध्यक्षता, अखिल नेपाल शिक्षक सङ्घका जिल्ला सदस्य रामकृष्ण पौडेलको सञ्चालन र गाउँ समितिका सदस्य विक्रम पाण्डेको स्वागत मन्तव्यबाट सहिदप्रति एक मिनेट मौन धारण गरी सुरु गरिएको भेलाको उद्घाटन प्रमुख अतिथि एवम् राजमोका पूर्व केन्द्रीय सल्लाहकार सुरेश थापाले गर्नु भएको थियो । राजमो एरिया नं. २ का अध्यक्ष केशव राज खनालको विषय प्रवेशबाट सुरु भएको भेलामा प्रमुख अतिथि थापाले प्रशिक्षण दिनु भएको थियो ।
भेलाले पौष महिनाभरि सदस्यता नवीकरण, माघ महिनाभरि आर्थिक सहयोग सङ्कलन, सदस्यता वितरण, पर्चा पम्प्लेट वितरण, तुल ब्यानर टाँग्ने र सभा, कोणसभा लगायत समिति गठन÷पुर्नगठन तथा आगामी असार पर्यावरण संरक्षणका लागि वृक्षारोपण लगायतका वर्षभरिका कार्यक्रम तय गरिएको भेलापछि गाउँ समितिका अध्यक्ष गुरुङले जानकारी दिनु भयो ।
यसैगरी पौष ११ गते एरिया नं. २ को सिसहनियाँमा माधव आचार्यको संयोजकत्वमा २४ सदस्यीय अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम परिचालन समिति गठन गरिएको छ । समितिको सदस्यमा ढुण्डीराज भट्टराई, शोभाखर आचार्य, रमि कँडेल, शालिक राम पोख्रेल, थम्मन खनाल, शिवराज भण्डारी, कमल भट्टराई, विष्णा भट्टराई, रमिलाल चौधरी, धन बहादुर बोहोरा, छबिलाल पौडेल, पूर्ण बहादुर बुढाथोकी, भिमा आचार्य, भरत पाण्डे, श्याम पाण्डे, तिलक पोख्रेल, खेतुलाल पोख्रेल, विष्णु पोख्रेल, पदम पौडेल, गौरी पौडेल, मिनराज भण्डारी, उमा खनाल र प्रेम विक रहनु भएको छ । सो भेलामा मुल प्रवाह अखिल भारत नेपाली एकता समाजका माधव भण्डारीको पनि आतित्थ्यता रहेको थियो ।
यसै गरी सिसहनियाँ गाविस स्तरीय अखिल नेपाल युवक सङ्घको एक भेलाले दिपक जिसीको संयोजकत्वमा तीन सदस्यीय अक्टोबर क्रान्ति शतवार्षिकी परिचालन समिति गठन गरेको छ, जसको सदस्यमा मिनराज पोख्रेल र किरण आचार्य रहनु भएको छ । 
निर्वाचित वडा अध्यक्ष सहित दर्जनौँ राजमोमा
कैलाली । घोडाघोडी नगरपालिकाको वडा नं. १ सुन्दरपुरमा नेकपा (एमाले) बाट २०५४ सालको स्थानीय निर्वाचनमा निर्वाचित वडा अध्यक्ष गोपीराज कँडेल सहित दर्जनौँ व्यक्ति राष्ट्रिय जनमोर्चामा प्रवेश गर्नु भएको छ ।
२०७३ पुष १७ गते अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रमका अवसरमा आयोजित एक कार्यक्रममा उहाँहरू एमाले परित्याग गरी राजमोमा प्रवेश गर्नु भएको हो । पार्टी प्रवेशपछि आयोजित भेलाले राजमो सुन्दरपुर टोल समिति समेत गठन गरेको छ । समितिको अध्यक्षमा गोपीराज कँडेल, उपाध्यक्षमा दानसिंह साउँद, सचिवमा चन्द्रा लामिछाने, सहसचिवमा सुरेश रावत र कोषाध्यक्षमा फिरिया चौधरी चयन हुनु भएको छ । समितिमा शिव प्रसाद कँडेल, चक्र रावत यमुना आचार्य, दिनेश भट्ट, निर्मला भट्ट र पदमलाल आचार्य सदस्यमा चयन हुनु भएको छ । कार्यक्रममा राजमो कैलालीका अध्यक्ष लक्षीराम आचार्य तथा स्थानीय नेताहरू मेनुका खड्का र लक्ष्मण कँडेलको विशेष उपस्थिति रहेको थियो ।
ओली शिक्षक सङ्घमा प्रवेश
रुकुम । श्री आदर्श मावि खारावाङ जाङका प्रधानाध्यापक पूर्ण बहादुर ओली अखिल नेपाल शिक्षक सङ्घमा प्रवेश गर्नु भएको छ ।
२०४० सालदेखि वामपन्थी राजनीतिमा क्रियाशील ओली नेकपा (एमाले) निकट नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका विभिन्न जिम्मेवारीमा हुनु हुन्थ्यो । राष्ट्रिय जनमोर्चा रुकुमले सञ्चालन गरी रहेको अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रमका क्रममा २०७३ पुष १२ गते उहाँ एमाले निकट शिक्षक सङ्गठन छोडेर राजमो निकट शिक्षक सङ्घमा प्रवेश गर्नु भएको हो ।
अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम अन्तर्गत जिल्लाव्यापी रूपमा जन भेटघाट सञ्चालन भई रहेको राजमो रुकुमका अध्यक्ष गिरी प्रसाद बुढाले हाँकलाई बताउनु भयो ।
सङ्खुवासभामा राजमोको संयोजन समिति
सङ्खुवासभा । राष्ट्रिय जनमोर्चाको सङ्खुवासभा जिल्लामा जिल्ला संयोजन समिति गठन भएको छ ।
२०७३ पुष १२ गते सम्पन्न एक भेलाले लीलाबहादुर खत्रीको संयोजकत्वमा संयोजन समिति गठन गरेको हो । समितिको सदस्यहरूमा हेमकुमार गुरुङ, दिपक कटुवाल, भूपाल घिमिरे, लीलाबहादुर गुरुङ र कृष्णप्रसाद गुरुङ रहनुभएको छ । कार्यक्रममा राजमो नेता हरिकान्त शर्माको विशेष उपस्थिति रहेको थियो । आगामी फागुन २१ गते जिल्ला भेला गर्ने निर्णय गरिएको नेता शर्माले जानकारी दिनुभएको छ । 
समता समाजको जिल्ला भेला
मकवानपुर । शतवार्षिकी कार्यक्रमकै सन्दर्भमा जातीय समता समाज मकवानपुरको प्रथम जिल्ला भेला पुष १२ गते सम्पन्न भएको छ ।
समाजका केन्द्रीय अध्यक्ष दिल बहादुर विश्वकर्माको प्रमुख आतिथ्यता सम्पन्न भेलाले जातीय समता समाज मकवानपुर जिल्ला समिति चयन गरेको छ । समितिको अध्यक्षमा आशलाल परियार, उपाध्यक्षमा राजु परियार, सचिवमा सम्झना परियार, सहसचिवमा केशव सुनार र कोषाध्यक्षमा जनक सुनार चयन हुनुभएको छ । सदस्यहरूमा ठुलोभाइ सुनार, ईश्वर परियार, ठुलोभाइ परियार, राम कुमारी कोइराला, रूपचन्द्र सापकोटा, मिठुला परियार, शोभा परियार र नवराज परिवार रहनु भएको छ भने युवराज परियारलाई सल्लाहकार चयन गरिएको छ ।
श्रीराम शरण परियारको अध्यक्षता तथा अस्मिता परियारको सञ्चालनमा सम्पन्न भेलाको सफलताको शुभकामना दिनेहरूमा अखिल नेपाल शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष सानोभाइ कार्की, राजमो जिल्ला अध्यक्ष लक्ष्मण विष्ट, उपाध्यक्ष उत्तर बहादुर नेपाली, शिक्षक सङ्घका जिल्ला अध्यक्ष कृष्ण बहादुर विष्ट लगायत हुनु हुन्थ्यो । 
यसै गरी, थाह नगरपालिका पालुङमा सम्पन्न भेलाले जनक सुनारको अध्यक्षतामा समता समाजको थाह नगर समिति गठन गरेको छ । समितिको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा शोभा परियार, केशव सुनार, युवराज परियार र ठुलोभाइ सुनार चयन हुनु भएको छ । सदस्यहरूमा राजु परियार, ईश्वर परियार, बालकृष्ण परियार र रमेश परियार रहनु भएको छ । कार्यक्रममा जातीय समता समाजका केन्द्रीय अध्यक्ष दिल बहादुर विक प्रमुख अतिथि हुनु हुन्थ्यो ।

राजमोको नगर भेला सम्पन्न
सुर्खेत । राष्ट्रिय जनमोर्चा गङ्गामाला नगरको भेला २०७२ पुष १२ गते सम्पन्न भएको छ । खडक विकको अध्यक्षता र टेक बहादुर घर्तीको सञ्चालन अघि बढेको नगर भेलामा जित बहादुर घर्तीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य रत्न विक्रम राना प्यासीले प्रमुख अतिथिको आसनबाट भेला सफलताको शुभकामना दिनुभएको थियो । शुभकामना मन्तव्य दिनु हुने अतिथिहरूमा राजमो जिल्ला अध्यक्ष गोविन्द प्रसाद सुवेदी, अखिल नेपाल बुद्धिजीवी सङ्घका जिल्ला सचिव भक्त बहादुर ज्ञानी, अखिल नेपाल किसान सङ्घका जिल्ला उपाध्यक्ष प्रेम ठाडा लगायत हुनु हुन्थ्यो ।
भेलाले जित बहादुर घर्तीको अध्यक्षतामा राजमो गङ्गामाला नगर समिति गठन गरेको छ । समितिको सचिवमा टेक बहादुर घर्ती र कोषाध्यक्षमा कमल थकाली चयन हुनु भएको छ । सदस्यहरूमा कुल बहादुर थकाली, आशिष केसी, चन्द्र बहादुर गुरुङ, उमीकला गुरुङ, हरिमाया घर्ती र नर बहादुर पुन रहनु भएको छ भने सल्लाहकारमा खडक विक र बल बहादुर घर्तीलाई चयन गरिएको छ ।

राजमो समैजी गाउँ भेला
डडेल्धुरा । राष्ट्रिय जनमोर्चा समैजी गाउँ समितिको भेला सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य लाल बहादुर जाग्रीको प्रमुख आतिथ्यतामा २०७३ पुस ४ गते सो भेला सम्पन्न भएको हो ।
भेलाले महेश भण्डारीलाई राजमो गाउँ समितिको अध्यक्ष चयन गरेको छ । समितिको उपाध्यक्ष सचिव र कोषाध्यक्षमा शेरसिंह भण्डारी, वीरेन्द्र भण्डारी र लीला थलाल चयन हुनुुभएको छ भने सदस्यहरूमा हरिश भण्डारी, गणेश सिंह भण्डारी, कलावति भण्डारी र पार्वती भण्डारी रहनु भएको छ । समितिमा एक स्थान रिक्त राखिएको छ ।
कार्यक्रममा राजमो जिल्ला सहसचिव नरेश झुकाल र जिल्ला सदस्य प्रकाश ऐरको पनि विशेष उपस्थिति रहेको थियो । 

बेतकोटमा राजमोको नगर भेला सम्पन्न
कञ्चनपुर । बेतकोट नगरपालिकामा २०७३ पुष १५ गते राष्ट्रिय जनमोर्चाको नगर भेला सम्पन्न भएको छ । भेलाले कमल साहुको अध्यक्षतामा १३ पूर्ण, चार वैकल्पिक सदस्य र सल्लाहकार सहित २२ सदस्यीय राजमो बेतकोट नगर समिति गठन गरेको छ ।
समितिमा उपाध्यक्ष गोविन्द बोहरा, सचिव महेश राज जोशी, सहसचिव वीर बहादुर विष्ट र कोषाध्यक्ष धर्मदेव पन्त चयन हुनु भएको छ । सदस्यहरूमा ध्वज बहादुर ठकुल्ला, आशा चौधरी, दुर्गा नाथ, पदम सिंह साउद, भुपेन्द्र राना, मीना धामी, बिरा बोहरा, मोहन दमाई, अर्जुन सुनार र धना थापा रहनु भएको छ । त्यसै गरी सल्लाहकारमा जय बहादुर मल्ल, लक्ष्मीदत्त बडु र नरेन्द्र बहादुर शाही रहनु भएको छ । समितिमा सदस्यका चार स्थान र सल्लाहकारको दुई स्थान रिक्त राखिएको छ । 
भेलामा प्रमुख अतिथि राजमो केन्द्रीय सदस्य राजाराम चौधरी रहनु भएको थियो भने राजमोका जिल्ला अध्यक्ष लोकेन्द्र लम्साल, जिल्ला सचिव राम बहादुर कार्की, जिल्ला सदस्य निरु विक, लक्ष्मीदत्त बडु, अखिल (छैठौँ) का केन्द्रीय सचिव महेश जोशी, अखिल (छैठौँ) का केन्द्रीय सदस्य भुपेन्द्र भण्डारी, जिल्ला उपाध्यक्ष सुरेन्द्र जोशी लगायतको उपस्थिति रहेको थियो । 
जय बहादुर मल्लको अध्यक्षतामा सम्पन्न भेलाको सञ्चालन धर्मदेव पन्त र स्वागत कमल साहुले गर्नु भएको थियो । भेला पश्चात् बसेको बैठकले जनजीविका, राष्ट्रियतासँग सम्बन्धित विभिन्न निर्णय समेत गरेको छ । 
त्यसै गरी बेतकोट नगरपालिका वडा नं. ८ मा पनि राजमोको वडा भेला सम्पन्न चएको छ । पुष १३ गते सम्पन्न भेलाले वीर बहादुर विष्टको अध्यक्षतामा वडा समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा पदम सिंह साउद, सचिवमा मनोज भट्ट, सहसचिवमा गङ्गा नाथ र कोषाध्यक्षमा दुर्गा नाथ चयन हुनु भएको छ । समितिको सदस्यमा मोहन दमाई, ललित धामी, मुकेश नाथ, बिबेक भट्ट, गृष ठगुन्ना, थुम्की नाथ, पार्वती बिष्ट, जानकी कार्की, हरि लुहार, दुःखे लुहार तथा सल्लाहकारमा रामसिंह विष्ट, जय बहादुर कार्की र अन्तराम नाथ रहनु भएको छ भने दुई स्थान रिक्त राखिएको छ ।
भेलामा राजमो जिल्ला सचिव राम बहादुर कार्की र अखिल (छैठौँ) का केन्द्रीय सचिव महेश जोशीको विशेष उपस्थिति रहेको थियो । 
राजमो बेल्डाडी नगर समिति गठन 
यसै गरी बेल्डाडीमा राष्ट्रिय जनमोर्चा कञ्चनपुरको २०७३ पुष १४ गते नगर भेला सम्पन्न भएको छ । राजमोका जिल्ला अध्यक्ष लोकेन्द्र लम्सालको प्रमुख आतिथ्यता एवं जिल्ला कोषाध्यक्ष अहिमान थापाको सभापतित्वमा नगर भेला सम्पन्न भएको हो । 
भेलाले अहिमान थापाको अध्यक्षतामा १७ सदस्यीय नगर समिति चयन गरेको छ । समितिमा मोतीलाल रोकाया उपाध्यक्ष, शङ्कर राज चिमाडी सचिव, सरिता नेपाली सहसचिव, पार्वती रेग्मी कोषाध्यक्ष र सदस्यहरूमा नारायण जैशी, कुल बहादुर रोकाया, वीरेन्द्र बुढा, पुष्पा चौधरी, नन्दकली जैसी, सोना बुढा, गोमती बुढा, देउसरा रोकाया, मोहन राना र तिलक घर्ती क्षेत्री (राहुल) रहनु भएको छ । समितिको दुई स्थान हाललाई रिक्त राखिएको छ ।
भेलामा बुद्धिजीवी रतन खत्रीको समेत उपस्थिति रहेको थियो । भेलाले विकास निर्माण र मतदाता नामावली सङ्कलनमा समेत ध्यान दिने निर्णय गरेको छ ।
संयुक्त प्रशिक्षण भेला सम्पन्न
प्युठान । राष्ट्रिय जनमोर्चा, प्युठानको आयोजनामा २०७३ पौष १४ गते संयुक्त प्रशिक्षण भेला सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चा धरमपानी गाउँ समितिका अध्यक्ष गिरीराज पौडेलको अध्यक्षतामा सम्पन्न भेलाको विशेष अतिथि राजमो चुँजा एरिया समितिका ऋषिराम पौडेल हुनु हुन्थ्यो ।
कार्यक्रममा अखिल नेपाल शिक्षक सङ्घका जिल्ला सदस्य टीकाराम पौडेल, जातीय समता समाजका लाल बहादुर विक, अखिल नेपाल जनजाति सम्मेलनका दीर्घ बहादुर राना, अखिल नेपाल महिला सङ्घकी क्षमा श्रेष्ठ लगायतका नेताहरूले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । राजमो धरमपानी गाउँ समितिका सदस्य कृष्ण बहादुर केसीको सञ्चालन र अखिल नेपाल युवक सङ्घका बिष्णु प्रसाद पौडेलको स्वागत मन्तब्यबाट अघि बढेको भेलाले धरमपानी गाविसका सबै वडाहरूमा सङ्गठनात्मक अभियान सञ्चालन गर्ने निर्णय गरेको राजमो नेता विदुर मल्लले जानकारी दिनु भयो । 

फर्कनुस्

बाँकी समाचार

•  अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रमको उद्घाटन
•  अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम सफल पारौँ
• 
•  शतवार्षिकी कार्यक्रमको उद्घाटन सभाहरू सम्पन्न
•  उद्घाटन कार्यक्रम
•  शतवार्षिकी कार्यक्रम
•  अक्टोबर क्रान्तिको शतवार्षिकी अभियान
•  अक्टोबर क्रान्ति
•  अक्टोबर क्रान्ति कार्यक्रम
•  बागलुङमा तीन महिने अभियान सुरु
•  अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम र सङ्गठनात्मक सुदृढीकरणको कार्यक्रम
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.