नेपाली :: English
Masal
Sat / 2017-Nov-18
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)

केन्द्रीय कार्यालय

Website : www.ncpmashal.org,  Email : ncpmashal@gmail.com

वक्तव्य
कामरेड लिलानाथ कुशुमको असामयीक निधनप्रति ने.क.पा. (मसाल)ले गहिरो दुःख प्रकट गर्दै उहाँप्रति श्रद्धाञ्जली तथा उहाँको सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछ ।
का. कुशुमले लामो समयदेखि हाम्रो पार्टीमा काम गर्दै आउनुका साथै यसका नजिकका कतिपय जनवर्गीय संगठनको निर्माणमा प्रारम्भदेखि नै महत्वपूर्ण योगदान दिंदै आउनु भएको थियो । खास गरेर प्रवासमा नेपालीहरुलाई संगठित गर्ने कार्यमा उहाँको महत्वपूर्ण योगदान रहेको छ । त्यसैले उहाँ अखिल भारत नेपाली एकता समाजको अध्यक्ष पनि निर्वाचित हुनुभएको थियो । उहाँको त्यस प्रकारको योगदानको उच्च मूल्यांकन गरेर नै ने.क.पा. (मसाल)को सातौं महाधिवेशनले उहाँलाई पार्टीको केन्द्रीय समितिमा पनि निर्वाचित गरेको थियो र त्यसपछि पनि उहाँले पार्टीका कामहरुमा लगातार र इमान्दारितापूर्वक योगदान दिंदै आउनु भएको थियो ।
यही २०६८ भाद्र ७ गते बुटवलमा उहाँलाई अकस्मात हर्ट अटेक भयो र उहाँलाई रातारात काठमाडौंको गंगालाल हृदयरोग केन्द्रमा ल्याइएको थियो । आज बिहान उहाँलाई मृतक घोषित गरिएको थियो । उहाँको निधनबाट सम्पूर्ण पार्टीलाई र क्रान्तिकारी आन्दोलनलाई पनि धेरै नै क्षति पुगेको छ ।
अन्तमा हामीले का. लिलानाथ कुशुमप्रति उच्च सम्मान प्रकट गर्दै उहाँप्रति श्रद्धाञ्जली प्रकट गर्न चाहन्छौं ।

मिति ः २०६८ भाद्र ०८ गते

मोहनविक्रम सिंह
महामन्त्री

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.