नेपाली :: English
Masal
Sun / 2017-Nov-19
janamatजनबर्गिय संगठनहरु

राष्ट्रिय जनमोर्चा

केन्द्रीय कार्यालय साझा गल्लि नयाँ बानेश्वर
फोन ०१-४७८५४०४, Email : rajamo2052@gmail.com

वक्तव्य

राष्ट्रिय जनमोर्चाद्वारा गणतन्त्रको सुदृढीकरण राष्ट्रियताको रक्षा र संघीयताका विरुद्धको बेग्ला-बेग्लै क्षेत्रहरुमा बेग्ला-बेग्लै दिनहरुमा देशव्यापी बन्द र हडतालको कार्यक्रमका सिलसिलामा आज पौष २६ गते उपत्यकामा आयोजित बन्द कार्यक्रम भव्य रुपमा सफल भयो । त्यो बन्दको कार्यक्रमलाई जनताबाट पनि व्यापक समर्थन प्राप्त भएको थियो । त्यो कार्यक्रमलाई दवाउनका लागि बिहानैदेखि पुलिसहरुले व्यापकरुपमा धरपकड गर्ने कामहरु गरे । त्यस सिलसिलामा नयाँ बसपार्कमा राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष र सभासद् सन्तबहादुर नेपाली अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन छैठौंका अध्यक्ष दुर्गा शर्मा दीवाकर शर्मा कृष्ण आचार्य प्रमोद खड्का शंकर पोख्रेल विनोद कोटेश्वरमा अखिल नेपाल किसान संघका अध्यक्ष गिरधारीलाल न्यौपाने अखिल नेपाल जनजाती सम्मेलनका अध्यक्ष निबहादुर बुढा सानो ठिमीमा चन्द्रबहादुर के।सी। कविराज खत्री रा।ज।मो।sाे केन्द्रीय प्रशिक्षण केन्द्रका प्रशिक्षक दुर्गा खरेल मध्यपुर ठिमीमा खगेन्द्र श्रेष्ठ न्यूरोडमा राजेन्द्र चुँदाली ढुंडी चुँदाली दिल्लीबजारमा राजेश नेपाली अनिल जि।सी। वल्खुमा बालकृष्ण पोख्रेल लक्ष्मण खनाल हिमलाल खनाल र जावलाखेलमा प्रकाश जि।सी। मिलन सुनार रोशन चौधरी बाबुराम भूसाल समेत गिरफ्तार हुनुभएको थियो । उहाँहरु मध्ये कविराज खत्रीलाई सानोठिमीमा िहंडिरहेको बेलामा पुलिसद्वारा गिरफ्तार गरी कुटपिट गरिएको थियो र त्यसबाट उहाँको टाउकोमा चोट समेत लागेको छ ।
उक्त बन्दको कार्यक्रमलाई असफल पार्नका लागि करिब दुई दर्जनजतिको मोटरमा आएका माओवादी र स्वायत्त नेवाः राज्य वा नेवाः गणराज्यका पक्षपाति कतिपय जातिवादी संगठनहरुले मोटरसाइकलहरुको रैली निकाल्ने र ठाउँ-ठाउँमा प्रतिरोध गर्ने कुटपिट समेत गर्ने काम गरेका थिए । उनीहरुको त्यसप्रकारको कुटपिटद्वारा ग्वार्कोमा अखिल नेपाल ट्रेड युनियनका महासचिव नारायण सापकोटा गम्भीर रुपले घाइते हुनुभएको छ भने अ।ने।रा।स्व।वि।यु।छैठौंका भू।पू। अध्यक्ष राजेन्द्र ढुंगाना समेत बाबुराम भूसाल सरोज पौडेल माधव थापा घाइते हुनुभएको छ । उनीहरुले मैत्रीदेवीमा पनि रड इट्टा प्रहार गरी शान्तिपूर्ण रुपले गइरहेको प्रदर्शनकारीहरुमाथि िहंसात्मक आक्रमण गरी सूर्यबहादुर नेपाली विपिन पौडेल बसन्त खनाल समेतलाई मरणासन्न हुनेगरी कुटपिट गरे र त्यसरी अन्य करिब एक दर्जनजति आन्दोलनकारीहरु घाइते भएका छन् । उहाँहरु मध्ये सूर्यबहादुर वि।s। र विपिन पौडेलको वीर अस्पतालमा उपचार भइरहेको छ । यहाँ उल्लेखनीय छ कि शान्तिपूर्ण किसिमले प्रदर्शन गरिरहेका आन्दोलनकारीहरुमाथि आक्रमण गर्दा प्रहरीहरुले मुकदर्शक भएर हेरिरहे ।
त्यस प्रकारको िहंसात्मक हमलाका बाबजुद बन्द कार्यक्रम भव्य रुपमा सफल भयो । माओवादी र कतिपय जातिवादी संगठनहरुले हाम्रो संघीय राज्यमा संघीयताको विरोध गर्न पाइँदैन भनेर आक्रमण गरे पनि स्थानीय नेवार समुदायबाट समेत बन्दको कार्यक्रमलाई समर्थन प्राप्त भयो । त्यसबाट स्थानीय नेवार वासिन्दाहरुले समेत नेवार गणराज्य भएपनि त्यसबाट खालि जातीय द्वन्द्व बढ्ने र काठमाडौंमा वसोवास गर्ने समेत देशभरी फैलिएका नेवारहरुको कुनै हित नहुने कुरामा सचेत भएको देखियो ।
बन्द कार्यक्रमको समाप्ति पछि शान्तिवाटिकामा भव्य आमसभाको कार्यक्रम सम्पन्न भयो । जसमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष र सभासद् का। चित्रबहादुर के।सी। महासचिव का। डिलाराम आचार्य अ।ने।म।संघकी अध्यक्ष र सभासद् का। मीना पुन र राजमोका बागमति क्षेत्रीय समितिका उपाध्यक्ष का। निलगोविन्द महर्जन समेतले वक्तव्य दिनुभएको थियो ।
आजको बन्दको कार्यक्रममा सहभागि र त्यसलाई समर्थन गर्ने सम्पूर्ण जनतालाई राष्ट्रिय जनमोर्चाले अभिनन्दन गर्न चाहन्छ । त्यसका साथै शान्तिपूर्ण आन्दोलनमाथि भएको िहंसात्मक आक्रमणको कारवाहीलाई हामीले तीब्र शब्दमा भ्रत्सना गर्दछौं । त्यस सिलसिलामा शान्तिपूर्ण किसिमले प्रदर्शन गरिरहेका आन्दोलनकारीहरुमाथि िहंसात्मक आक्रमण हुँदा प्रहरीले मुकदर्शक भएर हेरेर वास्तवमा त्यो िहंसात्मक आक्रमणलाई नै मद्दत पुर् याउने काम गरेका थिए । त्यसका लागि हाम्रो पार्टीले गृह मन्त्रालयको पनि तीब्र शब्दमा आलोचना गर्दै यो चेतावनी दिन चाहन्छौं कि सरकारको त्यस प्रकारको कार्यप्रणालीबाट देशमा दण्डहीनताको स्थिति अरु गम्भीर भएर जानेछ ।
काठमाडौं उपत्यकामा शान्तिपूर्ण प्रकारले आयोजित बन्दको कार्यक्रममा प्राप्त जनताको व्यापक समर्थनबाट देशमा गणतन्त्र र राष्ट्रियताका पक्षमा र संघीयताका विरुद्धमा समेत व्यापक जनमत भएको कुरा प्रमाणित भएको छ । माओवादीहरु समेत कतिपय जातिवादी संगठनहरुले संघीयताका विरुद्धको जनताको आवाजलाई दवाउन िहंसात्मक तरिका अपनाएतापनि त्यो संघीय प्रणाली देश र जनताका व्यापक हित गणतन्त्र राष्ट्रियता समेतको विरुद्ध भएकाले अन्तमा जनताले त्यसलाई अस्वीकार गर्ने र खारेज गर्ने कुरा प्रष्ट छ ।
हामीले जनताको शान्तिपूर्ण आन्दोलनलाई जोर जवजस्तीपूर्वक दवाउन प्रयत्न गर्ने सबै प्रयत्नहरुको विरोध गर्दै त्यस प्रकारका प्रतिरोधहरुलाई दृढतापूर्वक सामना गर्दै आफ्नो आन्दोलनलाई लगातार अगाडि बढाउने प्रतिवद्धता प्रकट गर्दैछौं । त्यसका साथै यसपछि देशका अन्य भागहरुमा क्षेत्रीय स्तरमा आयोजित बन्द र हडतालका कार्यक्रमहरुलाई सफल पार्न समर्थन र सहयोग दिन पनि सम्पूर्ण जनतासित अपील गर्दछौं ।

२०६६ पौष २६ गते

चित्रबहादुर के।सी।
अध्यक्ष


फर्कनुस्

बाँकी समाचार

•  वक्तव्य
• 
• 
•  तराईमधेश जनवादी मोर्चाको घोषणापत्र र विधान
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.