नेपाली :: English
Masal
Sun / 2017-Nov-19
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)

केन्द्रीय कार्यालय

Website : www.ncpmashal.org,  Email : ncpmashal@gmail.com


वक्तव्य 


ए.ने.क.पा.(माओवादी)का अध्यक्ष प्रचण्डले आदिवासी र जनजातिहरुलाई संघीयता वा जातियताका विरोधीहरुका विरुद्ध प्रतिकारमा उत्रन दिएको संदेशप्रति हाम्रो पार्टीको गम्भीर ध्यान आकर्षित भएको छ ।
अहिले संघीयता वा जातीय संघीयताका विरुद्ध देशव्यापी रुपमा जनमत बढ्दै गइरहेको छ । त्यसले गर्दा संघीयता अत्यन्त कमजोर धरातलमा उभिएको कुरा प्रष्ट भएको छ । संघीयताले मूर्त वा व्यवहारिक रुप लिंदै जानुका साथै त्यसबारे जनताको चेतना अरु बढ्दै जाने र त्यसका विरुद्धको जनमत वा आन्दोलनले अरु व्यापक रुप लिने कुरा प्रष्ट छ ।
संसारको र नेपालको इतिहासले पनि बारम्बार यो कुरा प्रमाणित गर्दै आएको छ र स्वयं माओले पनि बारम्बार यो कुरा प्रष्ट गर्दै आएका छन् कि अन्तमा सबै कुराको फैसला राजनीतिले गर्दछ । त्यसैले संघीयता सम्बन्धी राजनीति नेपालको वस्तुस्थितिसित मेल नखाने र गलत भएकाले त्यसका कैयौं दुष्परिणामहरु देखापर्ने कुरा प्रष्ट छ । देशका विभिन्न भागहरुमा त्यस प्रकारका दुष्परिणामहरुका पूर्व संकेतहरु अहिले नै देखापर्न थालेका छन् । संघीयता र जातीय संघीयताका विरुद्ध देशव्यापी रुपमा बढ्दै गएको जनमतले पनि त्यस प्रकारका सोंचाईहरु मूल रुपमा गलत भएको कुरा प्रष्ट हुन्छ ।
खास गरेर संघीयतासित सम्बन्धित जातीयता बारे जनता अहिले नै धेरै नै स्पष्ट भइरहेका छन् र स्वयं संघीयताका पक्षपातीहरुबाट पनि त्यसका विरुद्ध व्यापक रुपमा आवाज उठ्न थालेको छ । जातीय आधारमा प्रदेशहरुको निर्माणका प्रस्तावहरुले देशव्यापी रुपमा जसरी जातीय एकता र सद्भाव विग्रन थालेको छ, त्यसले गर्दा जातियताका कारणले देशमा जातीय विग्रह बढ्ने तथा देशको राष्ट्रियता र अखण्डतामा गम्भीर आँच पुग्ने कुरा प्रति आम जनता नै धेरै सचेत हुन थालेका छन् । त्यसैले त्यसका विरुद्धको जनमत व्यापक रुपमा देखापरेको छ । त्यसैले प्रचण्ड बढी आत्तिन थालेका छन् र प्रतिकारको कुरा गर्न थालेका छन् । जातिवादी राजनीतिले संसारमा जहाँ पनि फासिवादी रुप लिने गरेको छ । प्रचण्डको अभिव्यक्तिले पनि त्यही प्रकारको संकेत दिन्छ । तर त्यस प्रकारको कुनै प्रतिकार वा फासिवादी तरिकाले जनताको सही आवाज वा आन्दोलन संसारमा कहीं दब्ने गरेको छैन र नेपालमा पनि दब्ने छैन भन्ने कुरा हामीले दृढतापूर्वक अभिव्यक्त गर्न चाहन्छौं ।
हाम्रो पार्टीको संघीयताका साथै त्यस अन्तर्गतका जातीय राज्य, आत्मनिर्णयको अधिकार, एक मधेशएक प्रदेश, बहुराष्ट्रवाद वा जातीय अग्राधिकार समेतप्रति सुरुदेखि नै विरोध रहंदै आएको छ र हाम्रो त्यो अडान अहिले पनि कायम छ । तर यदि कसैले संघीयतालाई समर्थन गरेर पनि त्यसभित्रका उपरोक्त विशेषताहरुमध्ये कुनै एउटाको पनि, जस्तै कि जातीय राज्य, आत्मनिर्णयको अधिकार, एकमधेशएक प्रदेश, बहुराष्ट्रवाद वा जातीय अग्राधिकारका विरुद्ध पनि आवाज उठाउँदछ वा तिनीहरु मध्ये कुनै एउटाका विरुद्ध पनि संघर्ष गर्दछ भने त्यसलाई सकारात्मक रुपमा लिदै त्यस प्रकारको मत वा आन्दोलनलाई समर्थन गर्ने हाम्रो नीति रहन्छ । त्यही क्रममा अहिले जातीयता वा जातीयताका आधारमा प्रदेशहरुको निर्माणका विरुद्ध उठेको आवाजलाई पनि दृढ समर्थन गर्ने हाम्रो नीति रहेको कुरा हामीले स्पष्ट गर्न चाहन्छौं । तर त्यसका साथै सम्पूर्ण रुपमा संघीयताका विरुद्धको हाम्रो संघर्ष कायम रहने छ र संविधानसभा भित्र वा बाहिर त्यसका लागि संघर्ष गरिरहने हाम्रो नीति रहने छ ।
यस सिलसिलामा हामीले शासकीय स्वरुपका सन्दर्भमा प्रमुख राजनीतिक शक्तिहरुका बीचमा जनताद्वारा प्रत्यक्षरुपले निर्वाचित राष्ट्रपति र संसदद्वारा निर्वाचित प्रधानमन्त्री प्रणाली अपनाउने सहमति भएको भन्ने समाचार माध्यमहरुमा आएको समाचारप्रति पनि आफ्नो दृष्टिकोण स्पष्ट गर्न चाहन्छौं । हाम्रो यो दृढ मत रहदै आएको छ कि जनताद्वारा प्रत्यक्ष रुपमा निर्वाचित राष्ट्रपतिको प्रणाली अपनाउँदा राष्ट्रपतिलाई पनि काफी हदसम्म कार्यकारी अधिकार हुनेछ र व्यवहारमा संसदद्वारा निर्वाचित प्रधानमन्त्रीलाई भन्दा बढी अधिकार हुनेछ । त्यसको परिणामस्वरुप देशमा अधिनायकवादी शासन कायम हुने नै बढी सम्भावना रहने छ । खास गरेर प्रचण्डको राष्ट्रपति बन्ने र देशमा आफ्नो अधिनायकवादी शासन कायम गर्ने महत्वकांक्षाका कारणले नै बारम्बार जनताद्वारा प्रत्यक्ष रुपले निर्वाचित राष्ट्रपतिमा जोड दिंदै आएको कुरा कुनै लुकेको कुरा होइन । अहिले संघीयता वा जातीय संघीयताका विरुद्ध प्रतिकारमा उत्रन उनले गरेको आह्वानबाट पनि उनको त्यस प्रकारको अधिनायकवादी चिन्तनबारे कुनै शंका रहंदैन । त्यस प्रकारको पृष्ठभुमिमा अन्य राजनीतिक शक्तिहरुले प्रचण्डको दवावमा आएर प्रत्यक्ष रुपमा निर्वाचित राष्ट्रपतिको प्रणालीबारे सहमत भए भने त्यो गम्भीर राजनीतिक गल्ति हुनेछ र त्यसबाट भविष्यमा देश र जनताले धेरै नै क्षति उठाउनु पर्नेछ । त्यसकारण त्यस प्रकारको प्रणालीका विरुद्ध स्पष्ट अडान लिन हामीले सम्बन्धित राजनीतिक शक्तिहरुको ध्यान आकर्षित गर्नुका साथै देशका सम्पूर्ण सचेत राजनीतिक कार्यकर्ता, बुद्धिजीवी र आम जनतासित पनि त्यस प्रकारको प्रणालीका विरुद्ध आवाज उठाउन अपील गर्दछौं ।

मिति २०६९ जेष्ठ २ गते
 
मोहनविक्रम सिंह
महामन्त्री
 

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.