नेपाली :: English
Masal
Sat / 2017-Nov-18
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)

केन्द्रीय कार्यालय

Website : www.ncpmashal.org, cpnmashal.org,

Email : ncpmashal@gmail.com

 

वक्तव्य

 

देशका कतिपय तात्कालिक प्रश्नहरुबारे ने.क.पा. (मसाल) को धारणा स्पष्ट गर्नका लागि यो वक्तव्य जारी गरिएको छ।

संविधान समयमा बन्ने प्रश्नमा देशमा अनिश्चयता र अन्यौलताको वातावरण तयार भएको छ। हाम्रो पार्टीले समयमा नै संविधान बन्नु पर्ने आवश्यकतामा जोड दिन्छ।  अहिले कतिपय पक्षहरुबाट संविधान बनाउन म्याद थप्ने कुरा उठिरहेको छ। त्यसरी समय बढाउँदा, एकातिर, ठूलो मात्रामा राष्ट्रिय सम्पत्तिको दुरुपयोग हुनेछ भने, अर्कातिर, त्यसपछि पनि तोकिएको समयभित्र संविधान बन्ने कुराको कुनै ग्यारेन्टी हुनेछैन। त्यसकारण हाम्रो पार्टीले संविधान बनाउनको लागि म्याद थप्ने कुराको विरोध गर्दै परस्परमा सहमति र सहकार्य गरेर तोकिएको समय भित्र नै संविधानको निर्माण गर्नुपर्ने आवश्यकतामा जोड दिन्छ।

संघीयता बारे उपप्रधानमन्त्री सुजाता कोइरालाले प्रकट गरेको अभिव्यक्ति प्रति हाम्रो पार्टीको ध्यान आकर्षित भएको छ। बिना कुनै गृहकार्य र जनताको मत नबुझकन हल्का रुपले संघीयताबारे निर्णय गरेर त्यसलाई अन्तरिम संविधानमा सामेल गर्ने निर्णय गर्नु गलत थियो र त्यसबारे पुनर्विचार गर्नुपर्दछ भन्ने उनको विचार सही हो र हामीले त्यसलाई समर्थन गर्दछौं।

वास्तविकता यो हो कि आज स्वयं संघीयतालाई समर्थन गर्ने माओवादी, एमाले र ने.का. आदि राजनीतिक संगठनहरुका आम कार्यकर्ता मात्र होइन, नेतृत्व तहमा पनि संघीयता वा त्यससित जोडिएका जातीय राज्य, आत्मनिर्णयको अधिकार, पृथक बन्ने अधिकार सहितको आत्म निर्णयको अधिकार, एक मधेश, एक प्रदेश आदिका विरुद्ध जनमत बढ्दै गएको छ। संघीयताबाट सम्भावित जातीय, क्षेत्रीय द्वन्द्व वा राष्ट्रिय विख48डनको दुष्परिणामहरु स्पष्ट हुँदै जानुका साथै ती संगठनहरुमा संघीयताको विरोध गर्ने सोंचाईहरु बढ्दै गइरहेका छन्। सुजाताले अहिले प्रकट गरेका विचार विभिन्न राजनीतिक संगठनहरुमा संघीयताका विरुद्ध बढ्दै गएको सम्मिलित जनमतको प्रकट रुप हो र त्यो सोंचाईलाई खालि उनको व्यक्तिगत विचार मात्र ठान्नु सही हुने छैन।

त्यस प्रकारको पृष्ठभूमिमा हाम्रो पार्टीले, एकातिर, संघीयतालाई समर्थन गर्ने सबै राजनीतिक संगठनहरुका नेता वा कार्यकर्ताहरुसित संघीयताका विरुद्धका आफ्ना सही विचारहरुलाई अफै सशक्त रुपले अगाडि बढाउन र, अर्कातिर, संघीयतालाई समर्थन गर्ने सबै राजनीतिक संगठनहरुसित संघीयताका पक्षका आफ्ना सबै अवधारणाहरु बारे पुनर्विचार गर्न तथा पछि संविधानसभाबाट त्यसलाई खारेज गराउन वातावरण तयार पार्न पहल गर्नुपर्ने आवश्यकतामा जोड दिन्छ।

 

मिति :  २०६६ पौष २१ गते

 

 

..............................

(मोहनविक्रम सिंह)

महामन्त्री

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.