नेपाली :: English
Masal
Sun / 2017-Nov-19
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)

केन्द्रीय कार्यालय

Website : www.ncpmashal.org,  Email : ncpmashal@gmail.com

वक्तव्य
ने.क.पा. (मसाल)को ०६८ श्रावण २८ र २९ गते बसेको पी.वी.को बैठकले देशको तात्कालिक अवस्था बारे गरेको निर्णय अनुसार निम्नलिखित वक्तव्य जारी गरिएको छ । त्यो बैठकले प्रधानमन्त्री झलनाथ खनालले राजिनामा दिने सम्भावनामाथि विचार गर्दै त्यो स्थितिबारे पनि आफ्नो नीति निश्चित गरेको थियो । त्यसैले श्रावण ३० गते व्यवस्थापिका संसदमा प्रधानमन्त्रीले दिएको राजिनामा र त्यसपछि उत्पन्न स्थिति बारे पनि यो वक्तव्यमा पार्टीको नीति स्पष्ट गरिएको छ ।
प्रधानमन्त्रीद्वारा श्रावण २९ गते राष्ट्रपति समक्ष राजिनामा प्रस्तुत गरियो र हिजो ३० गते व्यवस्थापिका संसदमा त्यसबारे सम्बोधन गरियो । त्यसपछि राष्ट्रपतिबाट सहमतिको सरकार बनाउन राजनीतिक दलहरुलाई भाद्र ४ गतेसम्मको अवधि तोकिएको छ । अहिले संविधान निर्माणका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक भएको बताउँदै त्यसको सरकारलाई नै संविधानको निर्माणका लागि एकमात्र विकल्प भएको विचार पनि व्यापक रुपमा बाहिर आइरहेको छ । हाम्रो पार्टीले सम्भव भएसम्म सहमतिको सरकार बनाउनु पर्ने कुरामा जोड दिन्छ । तर हाम्रो प्रारम्भदेखि नै यो मत रहँदै आएको छ कि सहमतिको सरकार बन्न नसकेमा संविधानमा व्यवस्था गरिए अनुसार बहुमतको सरकार बनाएर पनि शान्ति प्रक्रिया र संविधानको निर्माणमा राष्ट्रिय सहमति कायम गर्ने प्रयत्न गर्नुपर्दछ ।
५ बुँदे सहमतिमा उल्लेख गरिएको ३ बुँदासित हाम्रो मतभेद छ । तैपनि त्यसमा स्वीकार गरिए अनुसार भाद्र १४ गतेसम्म शान्ति प्रक्रिया र संविधान निर्माण सम्बन्धी काम भएन वा ती कार्यहरु पूरा नभइकन संविधानसभाको विघटन भयो भने त्यसका कैयौं दुष्परिणामहरु हुने सम्भावना रहने छ भन्ने हाम्रो मत छ । अर्कातिर, लगातार संविधानसभाको म्याद थप्दै जाने, तर संविधान नबन्नेअनिश्चित वा लामो समय त्यस प्रकारको प्रक्रिया कायम रहने हो भने त्यसबाट जनतामा नराम्रो संदेश जाने वा कैयौं दुष्परिणामहरु हुने सम्भावना रहने छ । त्यो स्थिति उत्पन्न हुन नदिन हाम्रो पार्टीले भाद्र १४ गते भित्र शान्ति प्रक्रिया र संविधानको निर्माणको कार्य पूरा गर्न जिम्मेवारीपूर्वक काम गर्न सत्ता र प्रतिपक्षका प्रमुख राजनीतिक शक्तिहरुसित अनुरोध गर्दछ र त्यसका लागि जनदवावको सिर्जना गर्न जनतासित अपील गर्दछ ।
अहिले देशमा बढिरहेको अपराधजन्य घटनाहरुप्रति हाम्रो पार्टीको ध्यान आकर्षित भएको छ । त्यस सिलसिलामा पूर्वमा पत्रकारहरु खिलनाथ ढकाल, किशोर बुढाथोकी माथि गरिएको हिंसात्मक आक्रमण तथा त्यससिलसिलामा विभिन्न पत्रपत्रिका, पीडित पक्षका परिवार वा प्रहरीका विरुद्ध समेत कारवाहीका धम्कीहरु सार्वजनिक रुपमानै आउनु अत्यन्त गम्भीर कुराहरु हुन् । त्यस सन्दर्भमा यो झन् बढी गम्भीर कुरा हो कि कतिपय स्वयं सत्ता पक्षसित सम्बन्धित जनवर्गीय संगठनका कार्यकर्ताहरु नै त्यस प्रकारका क्रियाकलापहरुमा संलग्न छन् । हाम्रो पार्टी त्यस प्रकारका अपराधजन्य कारवाही वा धम्कीहरुका विरुद्ध पत्रकारहरु वा न्यायप्रेमी जनताले गरिरहेको आन्दोलनसित आफ्नो ऐक्यवद्धता प्रकट गर्दछ । त्यसै गरेर ललितपुरमा प्रेमीद्वारा प्रेमिकाको हत्या, पर्वतमा आफ्नै बाउद्वारा दुईवटा नावालक छोरीहरुको हत्या र कञ्चनपुरमा एकै परिवारका ४ जना व्यक्तिहरुको हत्या जस्ता क्रुर र अमानवीय अपरोधका घटनाहरुले पनि देशमा बढ्दै गएको अपराधको स्थितिलाई बताउँछ । हाम्रो पार्टीले त्यस प्रकारका सबै अपराधजन्य कारवाहीहरुलाई रोक्न र दोषिहरुलाई सजाय दिन प्रभावशाली कदमहरु उठाउन सरकारसित अनुरोध गर्दछ ।
हाल सञ्चार माध्यमहरुले बाहिर ल्याएको ऐतिहासिक महत्वका हतियारहरुको देशबाहिर विक्री गरिएको कुराप्रति पनि हाम्रँे पार्टीको गम्भीर ध्यान आकर्षित भएको छ । त्यसले सरकार र प्रशासनमा गम्भीर प्रकारको गैरजिम्मेवारीपनको प्रवृत्तिले घर जमाएको कुरालाई बताउँछ । त्यस प्रकारका कारवाहीहरुको उच्च स्तरीय छानवीन गरेर आवश्यक कारवाही गर्नुपर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ ।
मिति ः २०६८ श्रावण ३१ गते

मोहनविक्रम सिंह
महामन्त्री

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.