नेपाली :: English
Masal
Sun / 2017-Nov-19
janamatजनबर्गिय संगठनहरु
वक्तव्य


राष्ट्रिय जनमोर्चा

केन्द्रीय कार्यालय साझा गल्लि नयाँ बानेश्वर
फोन ०१-४७८५४०४, Email : rajamo2052@gmail.com

वक्तव्य

सिन्धुपााचोक फोकरवा गा।वि।स। वडा नं। २ का राष्ट्रिय जनमोर्चा सिन्धुपाल्चोक जिल्ला समितिका सदस्य का। हुतनाथ नेउपानेको अज्ञात व्यक्तिहरुद्वारा हत्या गरेर विकट जंगलमा फालिएको घटनाबाट हामीहरु स्तब्ध र अत्यन्त दुःखित भएका छौं । हामीले उहाँप्रति आफ्नो श्रद्धााजली प्रकट गर्नुका साथै मृतकका परिवारप्रति समवेदना प्रकट गर्दछौं ।

बास्तवमा आज देशमा जुन गम्भीर प्रकारको दण्डहीनताको स्थिति पैदा भएको छ त्यसको एउटा ज्वलन्त उदाहरण का। नेउपानेको हत्या पनि हो । हामीले स्थानीय प्रशासन र सरकारसित उक्त घटनाबारे छानवीन गरेर दोषिलाई सजाय दिनका लागि जोडदार माग गर्दछौं ।

२०६६ माघ १५ गते

चित्रबहादुर के।सी।
अध्यक्ष

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
•  तराईमधेश जनवादी मोर्चाको घोषणापत्र र विधान
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.