नेपाली :: English
Masal
Sat / 2017-Nov-18
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)

केन्द्रीय कार्यालय

Website : www.ncpmashal.org,  Email : ncpmashal@gmail.com


वक्तव्य 


ने.क.पा. (मसाल)को उपलब्ध पी.वी.एम. र सी.सी.एम. सहितको केन्द्रीय कार्यालयको बैठक २०६९ बैशाख ३० गते सम्पन्न भयो । त्यो बैठकमा भएका निर्णयहरुबारे प्रकाश हाल्नका लागि यो वक्तव्य जारी गरिएको छ ।
बैठकले तोकिएको समयमा संविधानको निर्माण, संघीयताको खारेजीको माग तथा जातीय राज्यहरुको विरोध गर्दै जेष्ठ ४ गते तथा जेष्ठ १० गते देशव्यापीरुपमा आमसभाका कार्यक्रमहरुको आयोजना गर्ने निर्णय गयो । त्यो कार्यक्रमका सिलसिलामा आत्मनिर्णयको अधिकार, जातीय अग्राधिकार तथा जातीय आधारमा प्रदेशहरुको निर्माणको समेत विरोध गरिनेछ । उक्त कार्यक्रमलाई जिल्लास्तरमा आयोजना गर्नुका साथै गाउ वा नगरस्तरमा पनि बढीभन्दा बढी संख्यामा कोणसभाहरु आयोजना गरी कार्यक्रमलाई व्यापक रुप दिन प्रयत्न गर्ने ठेगान भएको छ ।
बैठकमा सुदुर पश्चिमाञ्चलका जिल्लाहरुलाई टुक्राएर प्रदेशको निर्माण गर्ने नीतिको विरोध गर्ने ठेगान गयो । हाम्रो पार्टीको यो नीति रहेको छ कि अहिले कुनै प्रदेशको निर्माण गर्दा कुनै अञ्चल, जिल्ला वा गाउहरुलाई टुक्राउनु सही हुने छैन । बैठकले देशका अन्य भागहरुमा पनि त्यसरी कुनै अञ्चल, जिल्ला वा गाउहरुलाई टुक्राउने नीतिका विरुद्ध चलिरहेका संघर्षहरुलाई भने समर्थन गर्ने निर्णय गरेको छ । आवश्यकतानुसार अहिलेका अञ्चल, जिल्ला वा गाउहरुको वैज्ञानिक रुपले पुनर्गठन गर्नुपर्ने आवश्यकता छ । तर त्यो कार्य आवश्यक गृहकार्य, जनमतको संकलन र राष्ट्रिय स्तरमा व्यापक छलफल समेत गरी सम्पन्न गर्ने जिम्मा पछि संसदलाई दिनु नै सही हुनेछ भन्ने हाम्रो मत रहेको छ । हाम्रो यो पनि मत रहेको छ कि उत्तर र दक्षिणका भूभागहरुलाई मिलाइ प्रदेशहरुको निर्माण गरिनु पर्दछ । तराई वा मधेशका भूभागहरुलाई बेग्लै प्रदेशको रुपमा निर्माण गर्ने नीतिले देशको भौगोलिक स्थिति वा परम्परादेखि रहदै आएको उत्तर र दक्षिणका बीचको सामाजिक सम्बन्धसित मेल नखाने भएकाले त्यो गलत छ ।
खस, क्षेत्री, ब्राह्मण समेतले देशमा विभिन्न भागहरुमा चलाएको आन्दोलन र उनीहरुका मागहरुबारे पनि बैठकले छलफल गरी तिनीहरुबारे आफ्नो दृष्टिकोण स्पष्ट गयो । उनीहरुले जातीय राज्यका विरुद्ध लिएको अडानलाई हाम्रो पार्टीले समर्थन गर्ने निर्णय गरेको छ । त्यसका साथै अन्य जुन राजनीतिक शक्ति, संगठन वा व्यक्तिहरुले देशलाई जातीयताको दिशामा लैजाने नीतिहरुका विरुद्ध अडान लिएका छन्, हामीले तिनीहरुको पनि समर्थन गर्दछौं । तर जहासम्म खस क्षेत्री, ब्राह्मण आदिको उनीहरुलाई आदिवासी वा जनजातिमा सुचीकृत गरिनु पर्दछ भन्ने मागको प्रश्न छ, त्यो मागलाई त्यही रुपमा समर्थन गर्न बैठक तयार नभएको कुरा पनि हामीले स्पष्ट गर्न चाहन्छौं । हाम्रो प्रारम्भदेखि नै यो मत रहदै आएको छ कि को आदिवासी वा जनजाति हो र होइन ? त्यो निर्धारण गर्नका लागि पहिले राष्ट्रिय स्तरमा एउटा मापदण्ड निश्चित गरिनु पर्दछ । त्यसपछि नै देशका अन्य कुनै जाति वा खस बारे पनि त्यस सम्बन्धी नीति निर्धारित गरिनु पर्दछ । अहिले देशमा त्यस प्रकारको कुनै मापदण्ड निश्चित नगरिकन विभिन्न जाति वा समुदायहरुलाई स्वेच्छाचारी प्रकारले आदिवासी वा जनजातिका रुपमा सूचीकृत गर्ने जुन कार्य भएको छ, त्यसलाई हाम्रो पार्टीले गलत मान्दछ । खस विश्वको नै एउटा प्राचीन जाति हो । समग्ररुपमा क्षेत्री, ब्राह्मण, दशनामी, ठकुरी, दलित आदि सबैलाई मिलाउदा त्यो देशको सबैभन्दा बहुसंख्यक जाति हुन जान्छ । त्यो अवस्थामा त्यसलाई अन्यको रुपमा राखेर त्यसलाई अवमूल्यन गर्ने जुन नीति अपनाइएको छ, त्यसलाई पनि हाम्रो पार्टीले गलत मान्दछ र आलोचना गर्दछ । त्यस प्रकारको भेदभावपूर्ण नीतिका कैयौं गम्भीर दुष्परिणामहरु हुन सक्दछन् । त्यसकारण हाम्रो पार्टीले त्यस प्रकारको नीतिमा पुनर्विचार गर्नुपर्ने आवश्यकतामा जोड दिन्छ ।
खस, क्षेत्री र ब्राह्मणको आन्दोलनको सिलसिलामा नवलपरासीको दण्डामा रहेको थारुहरुको संग्रहालयमा तोडफोड र आगलागी तथा अखण्ड सुदुर पश्चिमाञ्चलको आन्दोलनको सिलसिलामा थारु महिलाहरुका कपडाहरुमा आगो लगाउने जुन काम भयो, त्यसका लागि दुःख प्रकट गर्दै त्यस प्रकारका कार्यहरुको आलोचना गर्दछ । त्यस प्रकारका गतिविधिहरुबाट जातीय एकता र सद्भाव खलबलिने सम्भावना रहने छ । अवांछित तत्वहरुले आन्दोलनमा घुसपैठ गरेर त्यस प्रकारका गतिविधिहरु बढाएर साम्प्रदायिकता फैलाउने सम्भावना प्रति शतर्क रहनका लागि पनि हामीले आन्दोलन पक्षधर सबै शक्तिहरुको ध्यान आकर्षित गर्न चाहन्छौं ।
अहिले देशमा जातिवादका कारणले जसरी तनावपूर्ण वातावरणको सिर्जना हुदै गएको छ र संघीयता सम्बन्धी विवादका कारणले संविधानको निर्माण बारे अनिश्चयताको स्थितिको सृजना हुदै गइरहेको छ, त्यसप्रति बैठकले गम्भीर चिन्ता प्रकट गयो । उक्त स्थिति माथि विचार गर्दै बैठकले तोकिएको समयमा संविधानको निर्माण समेतका विषयमा व्यापक जनदवावको सिर्जना गर्न जनमत तयार गर्न र आन्दोलन संगठित गर्न पहल गर्ने निर्णय गयो । त्यस अनुसार जेष्ठ ४ गते र १० गतेका कार्यक्रमहरु सहित गाउ र नगरपालिका स्तरमा पनि व्यापक कार्यक्रमहरु सञ्चालन गर्नका लागि सबै सम्बन्धित मोर्चा, जनवर्गीय संगठनहरुसित अनुरोध गर्दै ती कार्यक्रमहरुमा सहयोग गर्न ने.क.पा. (मसाल)ले सम्पूर्ण जनतासित अपील गर्दछ ।

मिति ः २०६९ बैशाख ३१ गते
 
मोहनविक्रम सिंह
महामन्त्री
 

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.