नेपाली :: English
Masal
Sat / 2017-Nov-18
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)

केन्द्रीय कार्यालय

Website : www.ncpmashal.org,  Email : ncpmashal@gmail.com


वक्तव्य 


समाचार माध्यमहरुमा हिजो माओवादी र मधेशवादी संगठनहरुका बीचमा भएको एउटा बैठकमा जन्मका आधारमा नागरिक बनेका व्यक्तिहरुका उनीहरुले त्यसरी नागरिकता प्राप्त गर्नुभन्दा पहिलेका सन्तानहरुलाई वंशका आधारमा नागरिकता दिने र सेनाको रिक्त ३ हजार दरवन्दीमा मधेशीलाई भर्ना गर्ने लगायत विषयहरुमा सम्झौता भएको कुरा प्रकाशमा आएको छ । यहाँ यो उल्लेखनीय छ कि त्यसरी नागरिकता दिने गृहमन्त्रीको निर्देशनलाई सर्वोच्च अदालतले कार्यान्वयन नगर्नका लागि अन्तरिम आदेश दिएको छ । हिजो भएको बैठकमा नागरिकता ऐनमा संशोधन गरेर त्यसरी नागरिकता दिने सहमति भएको छ र प्रधानमन्त्रीले नागरिकता ऐनमा संशोधनका लागि समेत कानून मन्त्रालयलाई निर्देशन दिएको कुरा प्रकाशमा आएको छ ।
पहिले ता जन्मका आधारमा नागरिकता दिने कुरा नै गलत भएको छ र हामीले त्यस प्रकारको ऐनको लगातार विरोध गर्दै आएका छौं । त्यसमाथि सर्वोच्चको आदेशलाई निष्क्रिय पार्न नागरिकता ऐनमा समेत संशोधन गरेर जन्मका आधारमा नागरिकता पाएका व्यक्तिहरुका उनीहरुले नागरिकता पाउनुभन्दा पहिले जन्मेका सन्तानहरुलाई समेत वंशजका आधारमा नागरिकता प्रदान गर्ने सहमति र त्यस अनुसार सरकारले अपनाउन लागेको नीति गम्भीर रुपले आपत्तिजनक छ ।
हामीले समुहगत रुपमा माओवादीहरुको नेपाली सेनामा प्रवेशको पहिलेदेखि नै विरोध गर्दै आएका छौं । त्यसै गरेर अन्य कुनै जाति वा क्षेत्रका व्यक्तिहरुलाई पनि समूहगत रुपमा नेपाली सेनामा प्रवेशको हामीले विरोध गर्दै आएका छौं । तर कुनै पनि क्षेत्र वा जातिका व्यक्तिहरुलाई व्यक्तिगत रुपमा सेनामा प्रवेशको अधिकार सुरक्षित छ र हुनुपर्दछ भन्ने हाम्रो मत रहेको छ । भट्टराई सरकारले सेनाको खालि दरवन्दीमा ३ हजार मधेशीहरुलाई सेनामा भर्ना गर्ने निर्णय गरेको थियो । त्यसका विरुद्ध उजुरी पर्दा सर्वोच्च अदालतले एउटा क्षेत्र वा जाति विशेषलाई मात्र त्यसरी भर्ना गर्ने कार्य सैनिक ऐनका विरुद्ध भएकाले त्यसरी भर्ना गर्न नमिल्ने आदेश दिएको थियो । अहिले सर्वोच्चको फैसला समेतको अतिक्रमण गर्दै मधेशवादीहरुसंग सम्झौता गरेर मधेशीहरुलाई क्षेत्रीय वा जातीय आधारमा नेपाली सेनामा प्रवेशका लागि भएको सम्झौता वा त्यो दिशामा भएको प्रयत्न गलत छ र त्यसका कैयौं घातक दुष्परिणामहरु हुनेछन् ।
माओवादीहरुले पहिले मधेशवादीहरुसित गरेको चार बुँदे सहमतिको हामीले पहिले देखि नै विरोध गर्दै आएका छौं । अहिले मधेशवादीहरुले आफ्नो समर्थन फिर्ता लिने धम्की दिएपछि खालि आफ्नो सरकारलाई बचाउनका लागि नै नागरिकता ऐनमा समेत संशोधन गरेर जन्मका आधारमा नागरिकता प्राप्त गरेका सन्तानहरुलाई वंशका आधारमा नागरिकता दिने तथा सर्वोच्च अदालतको आदेश समेतको अतिक्रमण गरेर मधेशीहरुलाई क्षेत्रीय र जातीय रुपमा नेपाली सेनामा सामेल गर्ने सम्झौता गरिएको छ । हामीले त्यो सम्झौताको तीब्र शब्दमा भत्र्सना गर्दै वा त्यसलाई लागू गर्न सरकारद्वारा गरिने प्रयत्नहरुको विरुद्ध शसक्त रुपले आवाज उठाउनुपर्ने आवश्यकतामा जोड दिन्छौं ।

मिति ः २०६८ फागुन २६ गते

मोहनविक्रम सिंह
महामन्त्री

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.