नेपाली :: English
Masal
Sun / 2017-Nov-19
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)

केन्द्रीय कार्यालय

Website : www.ncpmashal.org, cpnmashal.org,

Email : ncpmashal@gmail.com

ने.क.पा. (मसाल) को पी.वी.को बैठक हालै सम्पन्न भयो। देशका कतिपय राष्ट्रिय प्रश्नहरुबारे बैठकले निश्चित गरेका निर्णयहरुबारे जानकारी दिनका लागि यो वक्तव्य जारी गरिएको छ।
अहिले बजेटको प्रश्न राष्ट्रिय विवादको प्रश्न बनेको छ। बजेट पारित नहुँदा प्रशासन, विकास कार्यक्रमहरु र जनजीवनमा समेत गम्भीर प्रकारको नकारात्मक असर पर्ने र त्यसबाट देशमा गम्भीर प्रकारको आर्थिक तथा राजनीतिक संकट पनि उत्पन्न हुने कुरा प्रष्ट छ। त्यसकारण अहिलेको सरकार काम चलाउ सरकार भएपनि त्यसले व्यवस्थापिका संसदमा बजेट प्रस्तुत गर्नुपर्दछ र बहुमतद्वारा त्यसलाई पारित गर्नुपर्दछ भन्ने हाम्रो मत छ।
प्रधानमन्त्रीको चुनावमा देखापरेको अन्यौल र अनिश्चयताले देशको सम्पूर्ण राजनीति र संविधानको निर्माणको कार्यक्रममा समेत गम्भीर असर पर्नेछ। हामीले पहिले नयाँ सरकार, संविधान र शान्ति निर्माणको कार्यहरुमा समेत पूर्व सहमति नभैकन माधव नेपालको सरकारले राजीनामा दिंदा पुनः अन्यौलपूर्ण राजनीतिक स्थिति तयार हुनेछ भनेका थियौं। आखिर व्यवहारमा त्यही भयो। त्यसैगरी हामीले माओवादी अध्यक्ष प्रचन्ड र ने.का.का नेता रामचन्द्र पौडेल दुवैजना उम्मेदवारहरु भएका बेलामा उनीहरुले उम्मेदवारी फिर्ता लिएपछि पुनः अन्यौपूर्ण राजनीतिक स्थिति पैदा हुन नदिन प्रधानमन्त्री वा नयाँ सरकारबारे पूर्व समझदारी आवश्यक छ भन्ने मत प्रकट गरेका थियौं। अहिले पनि हाम्रो त्यही मत छ।
सहमतीय प्रणालीमा एकतर्फी रुपमा जोड दिएर बहुमतीय प्रणालीलाई पूरै निषेध गर्ने सोचाई नीतिगत र व्यवहारिक दुवै दृष्टिले गलत छ। सहमतीय प्रणाली असफल भएको अवस्थामा बहुमतीय प्रणालीमा जानका लागि सधैं विकल्प खुला राख्नु पर्दछ। अहिले प्रधानमन्त्रीको चुनावमा देखापरेको अवांछित प्रकारको स्थिति एमालेको बहुमतीय प्रणालीलाई पूरै निषेध गरेर दुईतिहाई वा सहमतीय प्रणालीमा एकतर्फी रुपमा जोड दिने र त्यस प्रकारको स्थिति तयार नहुँदासम्म प्रधानमन्त्रीको चुनावमा भाग नलिने नीतिको परिणाम हो र त्यो गलत नीतिले देशलाई अराजकता र राजनीतिक अनिश्चयताको दिशामा लैजाने छ।
नेपाल, चीन र भारतका बीचको त्रिपक्षीय सहमतिको आधारमा देशका समस्याहरुलाई समाधान गर्न जोड दिने प्रचन्डको सोचाई अत्यन्त गलत हो। नेपालमा सरकारको गठन संविधानको निर्माण वा शान्ति प्रक्रियालाई देशभित्र नै हल गर्ने प्रयत्न गर्नु पर्दछ। प्रचन्डको सोचाईले खुलारुपले विदेशी हस्तक्षेपलाई निमन्त्रणा दिनेछ र हाम्रो पार्टीले उनको त्यो सोंचाईलाई गलत मान्दछ र विरोध गर्दछ।
राष्ट्रिय पहिचान पत्रका सन्दर्भमा हाम्रो पार्टीको यो निश्चित मत छ कि खालि नागरिकता प्राप्त व्यक्तिलाई मात्र त्यस प्रकारको पहिचानपत्र प्रदान गरिनु पर्दछ। जन्मका आधारमा नागरिकता दिने नागरिकता ऐनका कारणले ठूलो संख्यामा विदेशीहरु नेपालका नागरिक बन्न पुगेका छन्। अब गैरनागरिकहरुलाई समेत राष्ट्रिय पहिचान पत्र दिने काम गरियो भने देशको राष्ट्रियता, सार्वभौमिकता र अखन्डतामा नै गम्भीर खतरा उत्पन्न हुनेछ र नेपाल फिजी हुने खतरा हुनेछ।
देशमा बढिरहेको महंगी र दन्डहीनता माथि नियन्त्रण गर्न प्रभावशाली कदम उठाउन हाम्रो पार्टीले सरकारसित विशेष माग गर्दछ।

मिति :  २०६७ कार्तिक १५ गते

(मोहनविक्रम सिंह)
महामन्त्री

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.