नेपाली :: English
Masal
Sat / 2017-Nov-18
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)

केन्द्रीय कार्यालय

Website : www.ncpmashal.org,  Email : ncpmashal@gmail.com

वक्तव्य
२०६८ कार्तिक १५ गते ए.ने.क.पा. (माओवादी), ने.क.पा. (एमाले), नेपाली कांग्रेस र संयुक्त लोकतान्त्रिक मोर्चाका बीचमा भएको सम्झौतालाई ने.क.पा. (मसाल)ले आलोचनाका साथ स्वागत गर्दछ । माओवादी लडाकूहरुलाई नेपाली सेनामा सामेल गर्ने कुराको हाम्रो पार्टीले सुरुदेखि नै विरोध गर्दै आएको थियो र अहिले पनि हाम्रो त्यो विरोध कायम छ । तैपनि उनीहरुलाई अनिश्चित समयसम्म शिविरमा राख्नु र त्यो कारणले शान्ति प्रकि्रयालाई बाधा पुग्न दिनु सही हुँदैनथ्यो र संविधानको निर्माण तथा गणतन्त्रलाई संस्थागत गर्नका लागि शान्ति प्रकि्रयालाई टुंगाउनु आवश्यक थियो । त्यसैले अहिले चारवटा राजनीतिक शक्तिहरुका बीचमा त्यसबारे भएको सम्झौतालाई हाम्रो पार्टीले आलोचनाका साथ समर्थन गर्दछ ।
हाम्रो पार्टीले सुरुदेखि नै शान्ति संविधान र गणतन्त्र पक्षधर सबै प्रमुख राजनीतिक शक्तिहरुका बीचमा राष्ट्रिय सहमति कायम गर्नुपर्ने कुरामा जोड िदंदै आएको छ । त्यसका लागि अहिले सम्पन्न भएको सम्झौताले आधार तयार पार्नेछ भन्ने हामीले आशा गरेका छौं र त्यो सम्झौताको इमान्दारितापूर्वक कार्यान्वयनमा जोड दिन्छौं । त्यो सम्झौताको कार्यान्वयन हुन नसकेमा त्यसबाट सम्पूर्ण शान्ति प्रकि्रया संविधानको निर्माण र गणतन्त्रलाई संस्थागत गर्ने कार्यमा नै बाधा पुग्ने सम्भावना रहने छ र त्यसका कैयौं दुरगामी दुष्परिणामहरु हुन सक्नेछन् । त्यसैले सबै पक्षहरुसित त्यो सम्झौताको कार्यान्वयनका लागि हाम्रो पार्टीले अपील गर्दछ ।
यस सन्दर्भमा सबै पक्षहरुले के बुझ्नु पर्दछ भने ०६२-६३ को आन्दोलन कुनै एउटा पार्टी वा संगठनको नेतृत्वमा भएको आन्दोलन नभएर बेग्लाबेग्लै विचारहरु राख्ने राजनीतिक शक्तिहरुका बीचको संयुक्त आन्दोलन थियो । त्यसकारण कुनै पनि सहमति कायम गर्दा सबै पक्षका बिचारहरु स्वीकृत हुन नसक्ने र सबै पक्षहरुले आफ्ना विचारहरु अनुसार नै सहमति कायम गर्न जोड दिएमा सहमति नै हुन नसक्ने कुरा प्रष्ट छ । त्यसैले त्यो सिमाभित्र रहेर देशका राष्ट्रिय महत्वका हित वा जिम्मेवारी पूरा गर्न सबै पक्षहरुले सहमति कायम गर्न प्रयत्न गर्नुपर्दछ र त्यसरी नै अहिलेका राष्ट्रिय जिम्मेवारीहरु पूरा हुन सक्नेछन् ।
अन्तमा हामीले अहिले सम्पन्न सम्झौताले अहिलेसम्मको अन्यौल र अनिश्चयतको वातावरणको अन्त गरेर शान्ति संविधान र गणतन्त्रको पक्षमा सकारात्मक योगदान दिनेछ भन्ने आशा गर्दछौं ।

मिति ः २०६८ कार्तिक १६ गते

मोहनविक्रम िसंह
महामन्त्री

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.