नेपाल
कम्युनिष्ट पार्टी (मसाल)
केन्द्रीय
कार्यालय
Website :
www.ncpmashal.org, Email :
ncpmashal@gmail.com
वक्तव्य
बर्दियाको
राष्ट्रिय निकुाजमा सेनाद्वारा दुईजना
दलित
महिला र
एक बालिकामाथि
गरिएको दुव्र्यवहार
र हत्याको
ने।s।पा।
मसाल ले
तीब्र शब्दमा
भत्स्रना गर्दछ
र उक्त
विषयमा निष्पक्ष
तथा उच्चस्तरीय
छानवीन गरी
दोषिहरुलाई सजाय दिनुपर्ने माग गर्दछ
। त्यसै
गरेर जनकपुरमा
आपसमा प्रेम
विवाह गरेका
हिन्दू दुलाह
र मुस्लिम
दुलहीहरु आफ्नो
सुरक्षाका लागि भारतबाट नेपालमा
आएका
थिए ।
उनीहरु मध्ये
मुस्लिम नवबधुलाई
प्रहरीले सुरक्षाका
लागि चौकिमा
राखेर गरेको
सामूहिक बलात्कारको
घटना पनि
अत्यन्त गम्भीर
कुरा हो
। त्यसले
नेपालको प्रतिष्ठामा
नै ठूलो
आँच पुगेको
छ ।
सेना वा
प्रहरीद्वारा गरिने सामूहिक त्यस प्रकारका
अपराधजन्य कार्यहरुलाई रोक्न तथा अपराधीहरुलाई
अपराध अनुसार
तुरुन्त सजाय
दिन प्रभावशाली
कदम उठाउन
हामीले सरकारसित
माग गर्दछौं
।
पूर्व राजा
ज्ञानेन्द्रको ूराजतन्त्रको इतिहास समाप्त भइसकेको
छ जस्तो
लाग्दैनू भन्ने
हालैको अभिव्यक्तिलाई
हाम्रो पार्टीले
अत्यन्त गम्भीर
रुपमा लिन्छ
। त्यस
प्रकारको अभिव्यक्तिका
पछाडि देशमा
राजतन्त्रलाई विउताउने उद्देश्य वा षडयन्त्रले
काम गरेको
कुरा बुझ्न
गाह्रो पर्दैन
। हाम्रो
पार्टीले सुरुदेखि
नै राजतन्त्रको
पुनस्र्थापनाको दिशामा भइरहेका प्रयत्नहरुको
चर्चा
गर्दै त्यस
प्रकारको खतराका
विरुद्ध उच्चप्रकारको
सतर्कता अपनाउनुपर्ने
आवश्यकतामा जोड िदंदै आएको छ
। देशमा
संविधानको निर्माणको दिशामा देखापरेको
अनिश्चयता
र अन्यौलको
स्थिति प्रमुख
वा सत्तारुढ
राजनीतिक दलहरुका
गलत प्रकारका
नीति र
कार्यप्रणाली त्यो कारणले गणतन्त्रको
सुदृढीकरण
र नयाँ
संविधानको निर्माणमा पुगिरहेको बाधा
तथा
जनतामा विद्यमान
व्यवस्थाप्रति नै असन्तोष र अविश्वास
बढ्दै जाने
सम्भावना आदि
समेतका कारणहरुले
प्रतिगामी शक्तिहरुलाई राजतन्त्रको पुनस्र्थापनामा बल
पुग्ने सम्भावनाको
गम्भीरतालाई अस्वीकार गर्न सकिन्न ।
खास गरेर
देशका प्रमुख
राजनीतिक दलहरुको
राजासित खुला
वा छद्म
प्रकारको गठबन्धनको
इतिहासको पृष्ठभूमिमा
अहिले गणतन्त्रको
पक्षमा भएका
कतिपय राजनीतिक
दलहरुलाई राजावादी
शक्तिहरुले आफ्नो स्वार्थहरुका पक्षमा
उपयॊग
गर्नसक्ने र त्यसरी
गणतन्त्रलाई धक्का
पुग्नेतिर पनि हाम्रो ध्यान जानुपर्ने
आवश्यकता छ
। उक्त
सबै कुराहरुमाथि
ध्यान िदंदै
पूर्वराजाले प्रकट गरेको अभिव्यक्तिलाई
हल्का
रुपमा लिनु
गल्ति हुनेछ
। एकातिर
नयाँ संविधान
निर्माण र
गणतन्त्रको सुदृढीकरणको दिशामा ठोस र
प्रभावशाली कारवाही गरेर र अर्कातिर
सबै प्रकारका
प्रतिगामी सोंचाई वा गतिविधिहरुलाई
दृढतापूर्वक
सामना गरेर
तथा उक्त
प्रश्नहरुमा जनतामा व्यापक चेतना पैदा
गरेर नै
हामीले राजावादी
खतरालाई रोक्न
सक्ने छौं
र रोक्नु
पर्दछ ।
संविधानको निर्माणको प्रश्नमा भईरहेको
ढीलाईप्रति
हाम्रो पार्टीले
गम्भीर चिन्ता
प्रकट गर्दछ
। त्यस
सन्दर्भमा खास गरेर माओवादीहरुको
उनीहरुको
नेतृत्वमा सरकार नबन्दासम्म संविधानको
निर्माणमा
सहयोग नगर्ने
वा बाधा
पार्ने सोंचाई
र त्यसका
लागि उनीहरुले
बारम्बार जनविद्रोहको
जुन कुरा
गरिरहेका छन्
त्यसलाई हाम्रो
पार्टीले अत्यन्त
गम्भीर रुपमा
लिन्छ ।
त्यस प्रकारको
सोंचाईले २०६२-६३ को
आन्दोलन गणतन्त्रको
सुदृढीकरण वा संविधानको निर्माण
भन्दा
आफ्नो सत्तालिप्सालाई
माथि राख्ने
उनीहरुको दृष्टिकोणलाई
बताउँछ ।
हामीले माओवादी
सहित सबै
प्रमुख राजनीतिक
शक्तिहरुसित पुनः आपसमा सहमति र
सहकार्यको वातावरण बनाएर निर्धारित
समयमा
संविधानको निर्माणको कार्य पूरा गर्नका
लागि अपील
गर्दछौं ।
अन्तमा भारतका
शिर्षस्थ र
वयोवृद्ध कम्युनिष्ट
नेता का।
कानुसन्यालको मृत्युबाट हाम्रो पार्टीलाई
धेरै
नै दुःख
लागेको छ
। जुन
प्रकारको परिस्थितिमा
उहाँको मृत्यु
भयो त्यो
झन् बढी
दुःखको कुरा
हो ।
साचार माध्यमद्वारा
उहाँको मृत्युबारे
जुन समाचारहरु
आएका छन्
तिनीहरुबारे बढि छानवीनको आवश्यकता
छ
। हाम्रो
पार्टीले उहाँका
शोक सन्तप्त
परिवार तथा
संगठनका सबै
नेता र
कार्यकर्ताहरुप्रति समवेदना प्रकट
गर्दै उहाँप्रति
श्रद्धााजली प्रकट गर्न चाहन्छ ।
मिति ः
२०६६ चैत्र
१४ गते
मोहनविक्रम
िसंह
महामन्त्री
|