नेपाली :: English
Masal
Sat / 2017-Nov-18
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)

केन्द्रीय कार्यालय

Website : www.ncpmashal.org,  Email : ncpmashal@gmail.com


वक्तव्य 


प्रमुख चार राजनीतिक शक्तिहरु बीच भएको ५ बुँदे सहमतिलाइ ने.क.पा. (मसाल) ले सकारात्मक रुपमा लिन्छ । जेष्ठ १४ गते भित्र संविधानको निर्माण आज राष्ट्रिय आवश्यकता भएको छ । त्यो सहमतिले तोकिएको समयभित्र संविधानको निर्मणलाई सुनश्चित गरेमा त्यो स्वागत योग्य कुरा हुनेछ ।
हामीले पहिलेदेखि नै दुईवटा कुराहरुमा जोड दिंदै आएका थियौं ः प्रथम, जेष्ठ १४ गतेभित्र संविधानको निर्माण हुनुपर्दछ र अब त्यसको अवधि बढाउने काम गरिनु हुन्न । द्वितीय, वैकल्पिक सरकार बारे सहमति नभइकन वर्तमान सरकारको राजिनामा वा विघटन सही हुने छैन, किनभने अर्को सरकारको गठन सम्बन्धी विवादमा संविधानको निर्माणका लागि निर्धारित जेष्ठ १४ गतेको अवधि समाप्त हुनेछ । अहिले अर्को सरकारको सहमति सहित सरकारको पुनर्गठनका लागि गरिएको निर्णयलाई पनि हाम्रो पार्टीले सकारात्मक रुपमा लिन्छ ।
हामीले संविधानको निर्मँण माथि ध्यान दिंदै ५ बुँदे सहमतिलाई समर्थन गरे पनि संविधानको निर्माणको क्रममा संघीयता, जातीय राज्य, एक मधेशएक प्रदेश, बहुराष्ट्रवाद, जातीय अग्राधिकार सम्बन्धी हाम्रो विवाद कायम छ र संविधानसभा भित्र वा बाहिर आफ्नो त्यो नीतिका पक्षमा आवाज उठाउने वा संघर्ष गर्ने हाम्रो नीति रहने छ ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष का. चित्रबहादुर के.सी.को हत्याका लागि बारम्बार दिइएको धम्कीलाई हाम्रो पार्टीले गम्भीर रुपमा लिन्छ र बारम्बार त्यस प्रकारका धम्की आउँदा पनि त्यसबारे छानवीन वा आवश्यक कारवाहीप्रति सरकारले देखाएका उदासिनताको हाम्रो पार्टीले तीब्र शब्दमा भ्रत्सना गर्दछ ।

मिति ः २०६९ बैशाख २२ गते
 
मोहनविक्रम सिंह
महामन्त्री
 

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.