नेपाली :: English
Masal
Sat / 2017-Nov-18
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)

केन्द्रीय कार्यालय

Website : www.ncpmashal.org, cpnmashal.org,

Email : ncpmashal@gmail.com

वक्तव्य
प्रधानमन्त्रीमा झलनाथ खनालको चुनावलाई ने।क।पा। मसालले स्वागत गर्दछ । तर त्यो स्वागत उनी प्रधानमन्त्री चुनिएकोमा होइन प्रधानमन्त्रीको चुनाव भएर सरकारविहीनताको अवस्थाको अन्त भएकोमा नै हो ।
माधव नेपालले राजिनामा दिएपछि लामो समयदेखि देश सरकारविहीन आवस्थामा थियो । प्रधानमन्त्रीको चुनावका लागि बारम्बार भएका प्रयत्नहरु परिणामविहीन भएका थिए । त्यसले गर्दा संविधानको निर्माणका लागि तोकिएको एकवर्षको अवधिको ठूलो भाग सरकारको गठन सम्बन्धी विवादमा नै व्यर्थ गएको थियो । अहिले प्रधानमन्त्रीको चुनावले त्यस प्रकारको स्थितिको अन्त गरेको छ र त्यस अर्थमा नै हामीले खनाल प्रधानमन्त्रीमा चुनिएको कुरालाई स्वागत गरेका छौं ।
प्रधानमन्त्रीको चुनावमा हाम्रो पार्टीले खनाललाई समर्थन गर्ने निर्णय गर् यो । तर त्यो गम्भीर प्रकारको आलोचना सहितको समर्थन हो । प्रथम उनले सहमति वा दुईतिहाई बहुमतको सरकारको नाममा लामो समयसम्म संवैधानिक र प्रजातान्त्रिक तरिकाद्वारा भएको प्रधानमन्त्रीको चुनाव प्रकि्रयामा बाधा पुर् याउने काम गरेका थिए । द्वितीय बहुमतीय आधारमा चुनिएको माधव नेपालको सरकारलाई तुरुन्त नै सहमतिको सरकार बन्ने कुरा गरेर राजिनामा दिन लगाएका थिए । प्रथम ता उनले भनेजस्तो सहमतिको सरकार बन्न सकेन र देशमा लामो समयसम्म कामचलाउ सरकार रहिरह्यो । त्यसका साथै स्वयंले बहुमतीय प्रणालीको विरोध गरेर पछि त्यही प्रणालीका आधारमा प्रधानमन्त्रीको उम्मेदवार बनेर तल्लोस्तरको राजनीतिक दिवालियापन गैर-जिम्मेवारीपन राजनीतिक अस्थिरता अपरिपक्वता र पदलोलुपताको पनि परिचय दिएका छन् ।
यस सन्दर्भमा हामीले यो पनि स्पष्ट गर्न चाहन्छौं कि हाम्रो पार्टीले उनलाई प्रधानमन्त्री पदका लागि उपयुक्त ठानेर होइन देशमा अनिश्चितकालसम्म सरकारविहीनताको अवस्था रहन नदिन प्रधानमन्त्रीको चुनावलाई पहिले जस्तै अनिश्चित र परिणामविहीन हुन नदिनका लागि तथा राजनीतिक दृष्टिले सबै उम्मेदवारहरु मध्ये उनी कम खराब ीभकक भ्खष्ि भएकाले नै उनलाई समर्थन दिएको हो ।
अहिले प्रधानमन्त्रीको चुनावका सन्दर्भमा प्रधानमन्त्रीका उम्मेदवार प्रचण्डले आफ्नो उम्मेदवारी फिर्ता लिएको कार्यलाई हाम्रो पार्टीले स्वागत गर्दछ । उनले आफ्नो उम्मेदवारी फिर्ता लिएकोले पहिलेको जस्तो प्रधानमन्त्रीको चुनावमा अनिश्चयताको लामो सिलसिलाको पुनरावृत्ति भएन र पहिलो दिनमा नै प्रधानमन्त्रीको चुनाव हुन सक्यो । त्यसको श्रेय प्रचण्डलाई नै जान्छ । त्यसकालागि हाम्रो पार्टीले प्रचण्डले उठाएको वुद्धिमतापूर्ण कदमका लागि उनलाई धन्यवाद दिन चाहन्छ ।
हाम्रो पार्टीले सुरुदेखि नै यो जोड िदंदै आएको छ कि प्रधानमन्त्रीको चुनावमा कुनै उम्मेदवार विजयी वा पराजित भएपनि कुनै राजनीतिक शक्ति सत्तामा वा प्रतिपक्षमा भएपनि आपसमा सहमति कायम गरेर संविधानको निर्माणमा सहयोग गर्नुपर्दछ । त्यो कुरामा हाम्रो पार्टी अहिले पनि जोड दिन्छ र सत्ता वा प्रतिपक्षमा भएका सबै राजनीतिक शक्तिहरुसित आफ्ना मतभेदहरुलाई वैचारिक वा राजनीतिक प्रकारले चलाउँदै संविधान निर्माणको कार्यमा सहयोग गर्न अपील गर्दछ ।
हाम्रो पार्टीले शुरु देखि यो कुरामा जोड िदंदै आएको छ कि संविधानको निर्माण आज देशको मुख्य राष्ट्रिय आवश्यकता भएको छ । त्यसकारण नयाँ सरकारले उक्त कार्यलाई गम्भीरतापूर्वक लिने छ र तोकिएको अवधिभित्र संविधान निर्माणको कार्यलाई पूरा गर्न ठोस भूमिका खेल्ने छ भन्ने हामीले आशा गर्दछौं । त्यसले गणतन्त्रलाई संस्थागत र सुदृढ गर्न आधार तयार पार्नेछ । हाम्रो पार्टीले पनि प्रधानमन्त्री झलनाथ खनाल वा उनको सरकारले शान्ति प्रकि्रयाको सफलता संविधानको निर्माण वा गणतन्त्रलाई संस्थागत गर्न अपनाउने सबै सकारात्मक नीतिहरुलाई समर्थन गर्नेछ ।
शान्ति प्रकि्रया आज देशको गम्भीर समस्या भएको छ । त्यो समस्या खास गरेर माओवादी लडाकूहरुसित जोडिएको छ । उनीहरुलाई विशेष समितिका मातहतमा लैजाने निर्णय भए पनि उनीहरुलाई समूहगतरुपमा नेपाली सेनामा सामेल गर्ने कार्य अत्यन्त घातक र अदुरदर्शितापूर्ण हुनेछ । त्यस प्रकारको कुनै कदमको हाम्रो पार्टीले पहिले झै अहिले पनि दृढतापूर्वक विरोध गर्दछ । संविधानको निर्माणमा सहयोग गर्ने हाम्रो नीति भएपनि संघीयता जातीय राज्य आत्मनिर्णयको अधिकार एक मधेश-एक प्रदेश बहुराष्ट्रवाद आदिबारे हाम्रो विरोध कायम रहिरहने छ । देशको राष्ट्रियता सार्वभौमिकता अखण्डता र विदेशी हस्तक्षेप सम्बन्धी कुनै सम्झौतापरस्त नीति वा जनहित र प्रजातान्त्रिक प्रणालीका विरुद्धका सरकारका कुनै पनि कारवाहीका विरुद्ध हाम्रो विरोध कायम रहिरहने छ । अहिले भारतीय विस्तारवादले सुपुर्दगी सन्धिमा लगातार जोड दिइरहेको सन्दर्भमा त्यसलाई दृढतापूर्वक अस्वीकार गर्नका लागि पनि हाम्रो पार्टीले जोड दिन्छ ।
अहिले प्रधानमन्त्रीको चुनाव भएर नयाँ सरकरको गठन भएपनि त्यसपछि शान्ति प्रकि्रया संविधान निर्माणको प्रकि्रया सुचारु रुपले अगाडि बढ्ने छ भन्ने विश्वास गर्न मुश्किल पर्दछ । पहिले विभिन्न राजनीतिक शक्तिहरुले सत्ता सम्बन्धी विवाद वा अन्य संकीर्ण स्वार्थहरुका कारणले देशका अगाडिका जिम्मेवारीहरु प्रति उपेक्षाको नीति अपनाउने वा बाधा समेत हाल्ने गरेको पृष्ठभूमिमा अहिले पनि त्यस प्रकारका कारणहरुको परिणामस्वरुप पुनः शान्ति प्रकि्रया र संविधानको निर्माणका कार्यहरु पूरा हुन नसक्ने जेष्ठ १४ गतेसम्म संविधानको निर्माण नहुने गणतन्त्रको सुदृढीकरणमा बाधा पुग्ने सम्भावनालाई अस्वीकार गर्न सकिन्न । अहिले प्रधानमन्त्रीमा चुनिएका खनालले आफू प्रधानमन्त्रीमा चुनिने उद्देश्य पूरा गर्नका लागि यसभन्दा अगाडि संवैधानिक वा प्रजातान्त्रिक प्रकि्रयाले हुन थालेको प्रधानमन्त्रीको चुनावमा गैर-जिम्मेवार प्रकारले बाधा पुर् याएको तुरुन्तै सहमतिको सरकार बन्ने कुरा गरेर बहुमतीय आधारमा प्रधानमन्त्रीमा चुनिएका आफ्नै संगठनका प्रधानमन्त्रीलाई राजिनामा दिन लगाएको र बहुमतीय आधारमा प्रधानमन्त्रीको निर्वाचनको नीतिगत रुपमा नै विरोध गरेर पुनः त्यही प्रणालीका आधारमा प्रधानमन्त्री चुनिन तयार भएको त्यसरी गम्भीर प्रकारको गैर-जिम्मेवारीपनको समेत प्रदर्शन गरेका तथ्यहरुमाथि ध्यान िदंदा उनले लोकतान्त्रिक मूल्य मान्यताको रक्षा गर्दै उनको नेतृत्वमा बन्ने सरकारले तात्कालिक राष्ट्रिय जिम्मेवारीहरु पूरा गर्न काम गर्नेछ भनेर विश्वास गर्न मुश्किल पर्दछ । त्यसैले उक्त सबै प्रश्नहरुप्रति उच्च प्रकारको सतर्कता अपनाउनुपर्ने तथा जनदवावको सृजना गर्नुपर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ ।

मिति - ः २०६७ माघ २१ गते

मोहनविक्रम िसंह
महामन्त्री

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.