नेपाल
कम्युनिष्ट पार्टी (मसाल)
केन्द्रीय
कार्यालय
Website :
www.ncpmashal.org, Email :
ncpmashal@gmail.com
वक्तव्य नेपाल कम्युनिष्ट पार्टी मसाल ले एकीकृत ने।s।पा। माओवादीद्वारा
अनिश्चितकालिन आम हडताल स्थगित गरेको कार्यलाई स्वागत गर्दछ । त्यस
सन्दर्भमा जनताले देशव्यापीरुपमा उठाएको आवाज र भूमिकालाई पनि हाम्रो
पार्टीले अभिनन्दन गर्दछ ।
हाम्रो लगातार यो मत रहँदै आएको छ कि अहिलेको देशको जटिल राजनीतिक समस्याको
समाधान शान्ति गणतन्त्रको सुदृढीकरण र संविधानको निर्माणका लागि समेत
प्रमुख राजनीतिक दलहरुका बीचको सहमति र सहकार्य निर्णयात्मक महत्वको कुरा
हो । तर त्यो सहमति लोकतान्त्रिक मूल्य मान्यता र संविधानद्वारा निर्धारित
विधि अन्तर्गत नै हुनु पर्दछ । आपसमा भएको विवादहरुलाई त्यसरी नै टुंगाएर
सहमति कायम गर्ने प्रयत्न गर्नुपर्दछ । सरकार सम्बन्धी विवादहरुलाई पनि
त्यसरी नै टुंगाउने प्रयत्न गर्नुपर्दछ । सहमति कायम गर्ने नाममा
लोकतान्त्रिक वा संवैधानिक विधिको अतिक्रमण गरियो भने त्यसबाट २०६२-६३ को
उपलब्धिहरु र गणतन्त्र समेत समाप्त हुने अराजकताको अवस्था उत्पन्न हुने
देशमा एक वा अर्को प्रकारको अधिनायकवादी प्रणाली कायम हुने खतरा हुनेछ ।
हामीले सत्तामा वा सत्ता बाहिर भएका सबै प्रमुख राजनीतिक शक्तिहरुसित
परस्परमा सहमति कायम गरेर २०६२-६३का आन्दोलनका उपलब्धीको रक्षा गणतन्त्रको
सुदृढीकरण शान्ति र संविधानको निर्माणका कार्यहरुलाई सफल पार्न अपील
गर्दछौं ।
मिति ः २०६७ बैशाख २५ गते
मोहनविक्रम िसंह
महामन्त्री |