नेपाली :: English
Masal
Sun / 2017-Nov-19
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)

केन्द्रीय कार्यालय

Website : www.ncpmashal.org,  Email : ncpmashal@gmail.com

वक्तव्य
प्रमुख राजनीतिक शक्तिहरुका बीचमा सहमति भएर तीन महिनाका लागि संविधानसभाको म्याद थप्ने व्यवस्थापिका संसदको निर्णयलाई ने.क.पा. (मसाल)ले समर्थन गर्दछ । हामीले आशा गर्दछौं, अहिले गरिएको निर्णयले शान्ति प्रक्रिया र संविधानको निर्माण तथा गणतन्त्रलाई संस्थागत गर्न मद्दत गर्नेछ ।
हाम्रो पार्टीको केन्द्रीय समितिको यही १० गते जारी गरिएको वक्तव्यमा भनिएको छ ः प्रथम, अहिले संविधानसभालाई विघटन गर्दा देशमा राजनीतिक संकटको अवस्थाको सिर्जना गर्नेछ । त्यसकारण त्यो वांछित हुनेछैन । द्वितीय, सरकारको आयु लम्बाउन तथा संविधानसभाको दुरुपयोगका लागि संविधानसभाको म्याद थप्दै गएमा त्यसको कुनै अर्थ हुनेछैन । उपरोक्त प्रकारको अवस्थामा हाम्रो पार्टी यो निष्कर्षमा पुगेको थियो ः अहिलेको अन्यौलपूर्ण र अनिश्चित प्रकारको राजनीतिक अवस्थामा निकास दिनका लागि हाम्रो पार्टीले संविधानसभा र गणतन्त्र पक्षधर राजनीतिक शक्तिहरुसित शान्ति, संविधान र गणतन्त्रको पक्षमा सहमति कायम गरेर ठोस भूमिका खेल्नका लागि अनुरोध गर्दछ । त्यसरी हाम्रो पार्टीले एकातिर, अहिलेको अवस्थामा निकासका लागि संविधानसभा र गणतन्त्र पक्षधर राजनीतिक शक्तिहरुका बीचको सहमतिमा र, अर्कातिर, त्यो सहमति खालि सरकारको भागबन्डाका लागि नभएर शान्ति, संविधान र गणतन्त्रका लागि नै हुनुपर्दछ भन्ने कुरामा जोड दिएको थियो ।
अहिले संविधानसभाको म्याद एक वर्षका ठाउँमा तीन महिना मात्र बढाउने निर्णय भएको छ । त्यस सन्दर्भमा तीन प्रमुख राजनीतिक पक्षहरुका बीचमा भएको सहमतिमा शान्ति प्रक्रियाका मूलभूत काम सम्पन्न गर्ने तथा संविधानको पहिलो मस्यौदा तयार पार्ने प्रतिवद्धता प्रकट गरिएको छ । संविधानसभाको म्याद तीन महिनाका लागि मात्र थपेर त्यो अवधिमा जुन कार्यहरु पूरा गर्ने प्रतिवद्धता प्रकट गरिएको छ, त्यस अनुसार काम भएमा शान्ति र संविधानको निर्माणमा सकारात्मक योगदान पुग्नेछ भन्ने हामीले आशा गर्दछौं ।
तर पहिले सरकारको नेतृत्व वा सरकारको भागबन्डा सम्बन्धी विवादका कारणले शान्ति र संविधान सम्बन्धी सहमति वा प्रतिवद्धताहरुको कार्यान्वयनमा बारम्बार बाधा पुग्ने गरेको छ । त्यस प्रकारको सिलसिला कायम रहेमा अहिले पनि उक्त कार्यहरु सम्पन्न हुन सक्ने छैनन् । एकातिर, गतकालका गल्तिहरुबाट शिक्षा लिंदै र अर्कातिर, देशलाई प्रतिगमनको खतराबाट बचाउन सम्बन्धित राजनीतिक शक्तिहरुसित आफ्नो प्रतिवद्धता अनुसार तीन महिनाको अवधिमा निर्धारित कार्यहरु पूरा गरेर संविधानको निर्माण तथा गणतन्त्रलाई संस्थागत गर्ने राष्ट्रिय जिम्मेवारी पूरा गर्नका लागि अनुरोध गर्दछौं ।
५ बुँदे सहमतिमा लेखिएका नेपाली सेनालाई समावेशी बनाउने लगायतका मधेशी मोर्चासंग विगतमा भएका सहमतिहरुको प्रभावशाली कार्यान्वयन गर्ने बुँदाप्रति पनि हाम्रो पार्टीको गम्भीर ध्यान आकर्षित भएको छ । प्रथम, हाम्रो पार्टीले माओवादी, मधेशीमोर्चा वा अन्य कुनै पक्षका लडाकूहरुलाई समूहगत रुपमा नेपाली सेनामा सामेल गर्ने कार्यको पहिले झै विरोध गर्दछ । द्वितीय, मधेशी मोर्चा वा अन्य कुनै पक्षसित देशको राष्ट्रियता, सार्वभौमिकता र अखन्डतामा आँच पुग्ने प्रकारका कुनै पनि सहमतिको कार्यान्वयनको हाम्रो पार्टीले जोडदार विरोध गर्दछ ।
शान्ति र संविधान सम्बन्धी सहमतिको सन्दर्भमा अन्य कतिपय कारणहरुले पनि बाधा पुग्ने सम्भावनातिर पनि हाम्रो पार्टीले सम्बन्धित पक्षहरुको ध्यान आकर्षित गर्न चाहन्छ ः प्रथम, संघीयता सम्बन्धी मतभेद गतकालमा संविधानको निर्माणमा एउटा मुख्य बाधा बनेर उभिएको थियो र संविधानको पहिलो मस्यौदा बनाउँदा पनि त्यो मतभेद समस्या बन्ने छ । त्यसकारण संघीयतालाई छाडेर संविधान बनाउने प्रयत्न गर्नुपर्दछ । द्वितीय, माओवादीहरु भित्रको वामपन्थी संकीर्णतावादी वा उग्रवामपन्थी चिन्तनले पनि शान्ति प्रक्रिया र संविधानको निर्माणमा बाधा पुराउने सम्भावना छ । उक्त कारणहरुलाई गम्भीर रुपमा लिंदै तिनीहरुबाट शान्ति प्रक्रिया र संविधानको निर्माणमा बाधा पुग्न नदिन विशेष ध्यान दिनुपर्ने आवश्यकता छ ।
यो कुराप्रति हाम्रो पार्टीको पूरा ध्यान छ कि गतकालमा जुन प्रवृत्ति वा कारणहरुले संविधानको निर्माणमा बाधा पुराए, तिनीहरुमाथि नियन्त्रण वा सुधार नभएमा थपिएको तीन महिनाका लागि ठेगान गरिएका कार्यहरु पनि सम्पन्न हुन सक्ने छैनन् । त्यो अवस्थामा पुनः जेष्ठ १४ गतेको जस्तो अन्यौल र अनिश्चयताको स्थितिको पुनरावृत्ति हुने तथा त्यसबाट देशभित्रका प्रतिगामी शक्ति तथा विदेशी साम्राज्यवादी र विस्तारवादी शक्तिहरुले फाइदा उठाउने सम्भावना रहने छ । त्यस्तो हुन नदिन निर्धारित समयमा शान्ति र संविधानको प्रतिवद्धता वा जिम्मेवारीहरु पूरा गर्न गम्भीर र इमान्दार हुनका लागि संविधानसभा र गणतन्त्र पक्षधर सबै राजनीतिक शक्तिहरुसित हाम्रो पार्टीले अपील गर्दछ । आगामी तीनमहिनाभित्र उक्त दिशामा कहाँसम्म सफलता प्राप्त गरिने छ ? त्यसले संविधानको निर्माण, गणतन्त्रको सुदृढीकरण सहित देशको भावी दिशा र भविष्यलाई निर्धारित गर्नेछ ।

मिति ः २०६८ जेष्ठ १५ गते

मोहनविक्रम सिंह
महामन्त्री

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.