नेपाली :: English
Masal
Sat / 2017-Nov-18
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)

केन्द्रीय कार्यालय

Website : www.ncpmashal.org,  Email : ncpmashal@gmail.com


वक्तव्य 


नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले आज मे दिवसको अवसरमा मे दिवसका शहीदहरु र मेहनतकश, शोषित, पीडित जनताको मुक्तिका लागि संघर्षका सिलसिलामा बलिदान गर्ने संसारभरका सबै शहीदहरुप्रति उच्च सम्मान र श्रद्धाञ्जली प्रकट गर्दै सम्पूर्ण संसारमा र नेपालमा पनि चलिरहेका शोषित, उत्पीडित र मेहनतकश जनता तथा उत्पीडित राष्ट्रहरुको क्रान्तिकारी आन्दोलनसित ऐक्यवद्धता प्रकट गर्दछ ।
मे दिवस सम्पूर्ण मेहनतकश जनताको महान चाड हुनुका साथै त्यो विश्वभरका समाजवादी, नयाँ जनवादी र राष्ट्रिय मुक्ति आन्दोलन तथा सबै क्रान्तिकारी आन्दोलनको प्रतीक पनि हो । मे दिवसको त्यो महान आन्दोलनसित जोडेर हामीले, एकातिर, दीर्घकालीन रुपमा सबै प्रकारका शोषण, उत्पीडन र अन्यायको अन्त्य, नयाँ जनवादी क्रान्तिको सफलता, तात्कालीक रुपमा लोकतान्त्रिक संविधानको निर्माण, गणतन्त्रको सुदृढीकरण, संघीयताको खारेजी, राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको रक्षा तथा जनताका प्रगतिशील मागहरु समेतका लागि आफ्नो संघर्षलाई अगाडि बढाउनु परेको छ । आजको मे दिवसको अवसरमा हामीले उक्त सबै जिम्मेवारीहरुलाई निरन्तर र दृढतापूर्वक अगाडि बढाउने प्रतिवद्धता प्रकट गरौं ।
हिजो जनकपुरमा भएको बम विस्फोटप्रति हाम्रो पार्टीले तीब्र शब्दमा भत्र्सना गर्दछ । त्यसका साथै उक्त घटनाहरुमा मृत भएका व्यक्तिहरुप्रति समवेदना प्रकट गर्दै घाइतेहरुको उपचारका लागि आवश्यक व्यवस्था गर्नु मृतकका परिवारहरुलाई क्षतिपूर्ति, घाइतेहरुलाई उपचारको समुचित व्यवस्था तथा दोषिलाई पत्ता लगाइ कडा सजाय दिन समेत हामीले सरकारसित माग गर्दछौं ।
अहिले संविधानको निर्माणका लागि थोरै मात्र समय बाँकी रहेको अवस्थामा गरिएको त्यस प्रकारको आतंकवादी कारवाही संविधानको निर्माणमा बाधा पुराउने उद्देश्यले निर्देशित भएको पनि देखिन्छ । त्यसकारण संविधानको निर्माणको कार्यमा कुनै बाधा पुग्न नदिन तथा देशमा अशान्ति र अव्यवस्थाको अवस्था उत्पन्न हुन नदिन, त्यस प्रकारका घटनाहरु घट्न नदिन उच्च प्रकारको सतर्कता अपनाउनु पर्ने तथा प्रभावशाली कारवाही गर्नुपर्ने आवश्यकताप्रति हाम्रो पार्टीले सरकारको ध्यान आकर्षित गर्न चाहन्छ ।
ने.क.पा. (मसाल)को माघ २४ गते पारित राज्य पुनर्संरचना सम्बन्धी प्रस्तावमा भनिएको छ ः अहिले प्रदेशहरुको निर्माण गर्दा विद्यमान अञ्चल, जिल्ला र गाउँहरुलाई आधार बनाउनुपर्दछ र ती मध्ये कुनैलाई पनि फुटाउने काम गर्न हुँदैन । त्यो नीति अनुसार राज्य पुनर्संरचना उच्चस्तरीय सुझाव आयोगले प्रदेशको निर्माणका सन्दर्भमा विभिन्न अञ्चल वा जिल्लाहरुलाई फुटाउने जुन सुझाव दिएको छ, त्यसको हाम्रो पार्टीले विरोध गरेको छ । त्यही सिलसिलामा सुदुर पश्चिमका सेतीमहाकालीबाट कैलाली र कञ्चनपुर जिल्लाहरुलाई अलग गराएर प्रदेशहरुको निर्माण गर्ने अवधारणालाई हाम्रो पार्टीले गलत मान्दछ र त्यसका विरुद्ध अखण्ड सुदुर पश्चिमाञ्चलका पक्षमा चलेको आन्दोलनलाई समर्थन गर्दै त्यो आन्दोलनसित ऐक्यवद्धता प्रकट गर्दछ । त्यही प्रकारले चितवनलाई टुक्राटुक्रा पार्ने देशका अन्य कतिपय अञ्चल वा जिल्लाहरुलाई टुक्राउने नीतिको पनि हाम्रो पार्टीले विरोध गरेको छ । त्यस प्रकारको नीतिका विरुद्ध देशमा विभिन्न भागहरुमा उत्पन्न विवाद वा चलेका आन्दोलनहरुबाट त्यस प्रकारको नीति अत्यन्त गलत भएको कुरामा कुनै शंका रहन्न । त्यसैले विभिन्न अञ्चल र जिल्लाहरुलाई टुक्राएर जनताको एकतामा खलल पार्ने त्यस प्रकारको नीतिलाई फिर्ता लिन हाम्रो पार्टीले सरकारसित माग गर्दछ ।

मिति २०६९ बैशाख १९ गते
 
मोहनविक्रम सिंह
महामन्त्री
 

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.