नेपाली :: English
Masal
Sat / 2017-Nov-18
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)

केन्द्रीय कार्यालय

Website : www.ncpmashal.org, cpnmashal.org,

Email : ncpmashal@gmail.com

वक्तव्य
ने.क.पा. (मसाल) को पी.वी.को बैठक हालै सम्पन्न भयो। त्यो बैठकले देशको तात्कालिक राजनीतिक परिस्थिति, मुख्य रुपले सरकारको निर्माणमा उत्पन्न गत्यावरोध, संविधानको निर्माणमा देखापरेको अनिश्चयता, जनजीविकासित जोडिएका कतिपय समस्याहरु तथा पार्टीका कतिपय संगठनात्मक समस्याहरुबारे गम्भीरतापूर्वक विचार गर्दै महत्वपूर्ण निर्णयहरु गरेको छ।
बैठकले बारम्बारको सहमतिको प्रयत्न असफल भएपछि अब पुनः बहुमतीय प्रक्रियाद्वारा प्रधानमन्त्रीको चुनाव हुने परिस्थितिको निर्माण भएको अवस्था माथि गम्भीरतापूर्वक विचार गर्‍यो। त्यसबाट पुनः पहिलेको बहुमतद्वारा निर्वाचित माधव नेपालको सरकारलाई असंवैधानिक घोषित गर्ने माओवादी नीति, तुरुन्त सहमतिको सरकार बन्दछ भनेर त्यसलाई राजिनामा गर्न वाध्य गर्ने, प्रधानमन्त्रीको चुनावमा बहुमतीय प्रणालीको विरोध गर्ने वा त्यसलाई असफल पार्ने एमाले नेतृत्वका नीतिहरु गलत भएको कुरा सिद्ध भएको छ। उनीहरुका त्यस प्रकारका गलत नीतिहरुका कारणले नै देश लामो समयसम्म काम चलाउ सरकारको मातहतमा बस्नु पर्ने स्थिति उत्पन्न भयो र संविधानको निर्माणका लागि तोकिएको एक वर्षको अवधिको एउटा ठूलो भाग व्यर्थमा गयो। 
हाम्रो पार्टीले प्रारम्भ देखि नै सहमतिका आधारमा सरकारका लागि प्रयत्न गर्दै त्यो प्रयत्न सफल नभएमा बहुमतीय प्रक्रियाद्वारा सरकारको गठन गर्नुपर्ने आवश्यकतामा जोड दिंदै आएको थियो। अहिले बहुमतीय प्रणालीलाई नीतिगत रुपमा नै निषेध गर्ने राजनीतिक शक्तिहरु पनि बहुमतीय प्रणालीका पक्षमा आउनु पर्ने स्थिति उत्पन्न भएको कुराबाट हाम्रो नीति सही भएको सिद्ध भएको छ।
हाम्रो पार्टीले प्रारम्भ देखि नै यो कुरामा जोड दिंदै आएको थियो र अहिले पनि यो कुरामा जोड दिन्छ कि प्रधानमन्त्रीको चुनाव हुँदा सामान्यतः ०६२६३ को आन्दोलनका पक्षधर शक्तिहरुका बीचबाट नै प्रधानमन्त्री हुनुपर्दछ। तैपनि उनीहरु मध्ये कसलाई समर्थन गर्ने वा नगर्ने? त्यो कुरा सम्बन्धित सबै पक्षहरुको मूल्यांकन गरेर नै हाम्रो पार्टीले आफ्नो मत निश्चित गर्दै आएको छ र अहिले पनि त्यही प्रकारको नीति अपनाउने छ।
संविधानको निर्माणका लागि थपिएको एक वर्षको अवधिको करिब तीन चौथाई समय सरकारको निर्माणको विवादमा नै बित्यो। अब बाँकी रहेको केही महिनामा पनि सरकारको निर्माण सम्बन्धी विवादमा नै खर्च भएमा तोकिएको अवधिभित्र संविधान बन्न सक्ने छैन। त्यो अवस्थामा देशमा प्रतिगमनलाई बल पुग्ने, गणतन्त्रलाई सुदृढ गर्ने काममा बाधा पुग्ने, अराजकताको स्थिति पैदा हुने समेत सम्भावनाहरु रहनेछन्। त्यसैले हाम्रो पार्टीले जुनसुकै पक्षको नेतृत्वमा सरकार बनेपनि सत्तारुढ वा प्रतिपक्षमा भएका ०६२६३ को आन्दोलनका पक्षधर राजनीतिक शक्तिहरुको सहमतिमा तोकिएको समयभित्र संविधानको निर्माण गर्नुपर्ने आवश्यकतामा जोड दिन्छ।
अनमिनको वहिर्गमनलाई हाम्रो पार्टीले स्वागत गर्दछ। हाम्रो पार्टीले शान्ति र संविधानको निर्माणका लागि अनमिनको भूमिका प्रति प्रारम्भ देखि नै विरोध गर्दै आएको थियो। आखिर त्यसको पहलमा देशमा न शान्ति प्रक्रिया सफल भयो, न संविधानको निर्माण भयो र खालि लामो समय र ठूलो राष्ट्रिय सम्पत्ति नै त्यसका लागि दुरुपयोग भयो। त्यसबाट सधैं झै यस सन्दर्भमा पनि हाम्रो पार्टीको नीति सही र दुरदर्शितापूर्ण भएको कुरा प्रष्ट भयो।
माओवादी लडाकूहरुलाई विशेष समितिका मातहतमा लैजाने निर्णयको हाम्रो पार्टीले सकारात्मक रुपमा लिन्छ। वैचारिक वा मार्क्सवादीलेनिनवादी सिद्धान्त अनुसार त्यो निर्णय कहाँसम्म सही छ? आवश्यकतानुसार त्यसबारे आफ्नो मत प्रकट गर्ने अधिकारलाई सुरक्षित राख्दै अहिलेको कदमबाट शान्ति प्रक्रियाको सफलता, सरकारको गठन, संविधानको निर्माण वा गणतन्त्रलाई संस्थागत गर्ने कार्यमा सहयोग पुग्यो भने त्यो स्वागतयोग्य कुरा हुनेछ भन्ने हाम्रो मत छ। तर त्यस सन्दर्भमा हाम्रो यो पनि मत छ कि माओवादी लडाकूहरुलाई कम भन्दा कम संख्यामा पनि समूहगत रुपमा नेपाली सेनामा सामेल गर्ने कार्य घातक हुनेछ र त्यस प्रकारका कुनै पनि कार्यको हाम्रो पार्टीले दृढतापूर्वक विरोध गर्दछ। त्यो  अवस्थामा विशेष समितिको भूमिका उनीहरुको (माओवादी लडाकूहरुको) पुनर्स्थापना वा व्यवस्थापनमा सहयोग गर्ने कार्यसम्म नै सीमित हुनुपर्दछ भन्ने हाम्रो दृढ मत छ। 
माओवादी लडाकूहरुलाई विशेष समितिमा लैजान सहमति पछि पनि माओवादीहरुले शान्ति प्रक्रियाको प्रश्नलाई आफ्नो नेतृत्वको सरकारको प्रश्नसित जोडेर प्रस्तुत गर्ने गरेकाले त्यो विषयमा सहमति भएपनि उनीहरुले इमान्दारितापूर्वक शान्ति प्रक्रियालाई सफल पार्न योगदान दिने छन् भन्ने कुरामा विश्वास गर्न मुश्किल पर्दछ। उनीहरुको अहिलेसम्मको समग्र कार्यप्रणाली माथि विचार गर्दा उनीहरुको नेतृत्वमा सरकार नबनेमा उनीहरुले शान्ति प्रक्रियाको सफलतामा बाधा हाल्ने र उनीहरुको नेतृत्वमा सरकार बनेमा अधिनायकवादी शासन कायम हुने दुवै खतरा प्रति हाम्रो पार्टीले जनताको ध्यान आकर्षित गर्न चाहन्छ। खालि जनतामा उच्च प्रकारको सतर्कता र सशक्त जनदवावद्वारा मात्र उनीहरुबाट सम्भावित त्यस प्रकारको खतरालाई रोक्दै शान्ति प्रक्रिया, संविधानको निर्माण र गणतन्त्रलाई सुदृढ गर्ने कार्यहरुलाई सफल पार्न सकिने छ।
देशमा अनियन्त्रित रुपले बढिरहेको महंगी, लोडसेडिड्ड तथा दन्डहीनता र असुरक्षाको अवस्थाबाट जनजीवन अत्यन्त कष्टप्रद बनेर गएको छ। हाम्रो पार्टीले ती सबै कुराहरुको विरोध गर्दै तिनीहरुमाथि नियन्त्रण गर्नुपर्ने आवश्यकतामा जोड दिन्छ।
 
मिति :  २०६७ माघ १८ गते
 
मोहनविक्रम सिंह
महामन्त्री 

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.