नेपाली :: English
Masal
Sun / 2017-Nov-19
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)

केन्द्रीय कार्यालय

Website : www.ncpmashal.org, cpnmashal.org,

Email : ncpmashal@gmail.com

वक्तव्य

देशको तात्कालिक राजनीतिक परिस्थिति बारे ने.क.पा. (मसाल)ले निम्नलिखित नीतिहरु अपनाउनु पर्ने आवश्यकतामा जोड दिन्छ।
हाम्रो पार्टीले माधव नेपालले प्रधानमन्त्री पदबाट राजिनामा दिनुभन्दा पहिले शान्ति, संविधान र राष्ट्रिय सहमतिको सरकार बारे सहमति कायम हुनुपर्ने कुरामा जोड दिंदै त्यसो नभए देशमा पुनः अन्यौल र अनिश्चयताको अवस्था उत्पन्न हुनेछ र शान्ति, संविधान र सरकारको गठनको कार्यमा समेत बाधा पुग्ने छ भनेर बारम्बार जोड दिने गरेको थियो। तर त्यस प्रकारको पूर्व सहमति नभइकन सरकारले राजिनामा दिएपछि जुनप्रकारको स्थिति कायम भएको छ त्यसबाट हाम्रो पार्टीले जोड दिंदै आएको नीति सही भएको कुरालाई व्यवहारले नै प्रमाणित गरेको छ।
प्रधानमन्त्रीको चुनावका सन्दर्भमा सहमतिका लागि गरिएको प्रयत्न असफल भएपछि बहुमतिय आधारमा प्रधानमन्त्रीको चुनावको प्रक्रिया शुरु भइसकेपछि पनि सहमतियको सरकारको कुरा उठाएर चुनावमा बाधा पुर्‍याउने जुन प्रयत्न भइरहेको छ, त्यसलाई हाम्रो पार्टीले अत्यन्त गम्भीर रुपमा लिन्छ र गलत मान्दछ। खास गरेर एमाले र मधेशवादी दलहरुका गलत प्रकारका अडानका कारणले त्यस प्रकारको स्थितिको सृजना भएको छ। एमालेले सहमतिय आधारमा सरकारको गठनका लागि सहमति नहुँदासम्म मतदानमा भाग नलिने अडान लिएको छ भने मधेशवादी दलहरु एक मधेश, एक प्रदेश, मधेशवादी समूदायहरुका लडाकूहरुको नेपाली सेनामा सामूहिक प्रवेश, राज्य पुनर्संरचना आयोगको गठनको विरोध आदि शर्तहरु प्रस्तुत गरेर मतदानबाट अलग बसेकाले प्रधानमन्त्रीको चुनावमा गत्यावरोधको स्थिति पैदा भएको छ। त्यो अवस्थामा हाम्रो पार्टीले सम्बन्धित सबै पक्षहरुसित त्यस प्रकारका नीति वा अडानबारे पुर्नविचार गरेर सरकारको निर्माणको कार्यमा सकारात्मक दृष्टिकोण अपनाउन अनुरोध गर्दछ।
अहिले प्रधानमन्त्रीको चुनावमा भएको गत्यावरोध तथा देशमा कायम भएको अन्यौल, अनिश्चयता र राजनीतिक अस्थिरताको अवस्थाबाट फाइदा उठाएर, एकातिर, राजावादी र, अर्कातिर, विदेशी शक्तिहरुले आफ्ना अवान्छित प्रकारका गतिविधिहरु बढाएर लगेका छन्। त्यस प्रकारका गतिविधिहरुबाट देशमा कायम भएको गणतन्त्र समाप्त हुने वा देशको राष्ट्रियता, सार्वभौमिकता र अखन्डतामा मै गम्भीर आँच पुग्ने समेत खतरा उत्पन्न भएको छ। त्यसकारण हाम्रो पार्टीले  संविधानसभा, गणतन्त्र र राष्ट्रियता पक्षधर सबै शक्तिहरुसित आपसका विभिन्न राजनीतिक अन्तरविरोध वा मतभेदहरुलाई सुरक्षित राख्दै वा बेग्लाबेग्लै प्रकारले सञ्चालन गर्दै संविधानको निर्माण, गणतन्त्रको सुदृढीकरण तथा राष्ट्रियताको रक्षा समेतका तात्कालिक कार्यहरुमा आपसमा सहमति कायम गरेर काम गर्नका लागि अनुरोध गर्दछौं। हाम्रो के कुरामा जोड छ भने प्रधानमन्त्रीको चुनावमा कुनै पक्ष विजयी वा पराजित जे भएपनि आपसमा सहमति कायम गरेर देशका अगाडि उपस्थित उपरोक्त राष्ट्रिय र ऐतिहासिक महत्वका जिम्मेवारीहरु पूरा गर्न सबैले सकारात्मक योगदान दिने नीति अपनाउनु पर्दछ।
अहिलेको राजनीतिक स्थितिमा कुन प्रकारको नीति अपनाउने? त्यसबारे वामपन्थी शक्तिहरुले पनि स्पष्ट नीति अपनाउनुपर्ने आवश्यकता छ। अहिलेको अवस्थामा वामपन्थीहरुले पनि २०६२६३ को आन्दोलनका उपलब्धिहरुको रक्षा र सुदृढीकरण गर्न नै मुख्य जोड दिनुपर्दछ। २०६२६३ को आन्दोलन सबै वामपन्थी वा गैरवामपन्थी शक्तिका बीचको एकताका आधारमा नै सफल भएको थियो र त्यही आधारमा नै संविधानको चुनाव र गणतन्त्रको स्थापनाका ऐतिहासिक कार्यहरु पूरा भएका थिए। संविधानको निर्माण र गणतन्त्रलाई संस्थागत गर्ने कार्यहरु पनि त्यही आन्दोलनको नै निरन्तरता हुन्। त्यसकारण अहिले हाम्रा अगाडि भएका राष्ट्रिय जिम्मेवारीहरु पूरा गर्नका लागि पनि ०६२६३को आन्दोलनका पक्षधर राजनीतिक शक्तिहरुका बीचको एकताको निरन्तरताले निर्णयात्मक महत्व राख्दछ। ती बेग्लाबेग्लै शक्तिहरुसित हाम्रा गम्भीर प्रकारका अन्तरविरोधहरु भएता पनि अहिले हाम्रा अगाडि भएका जिम्मेवारीहरु पूरा गर्ने सिलसिलामा ती शक्तिहरुका बीचमा फुट वा विभाजन ल्याउने नीतिले प्रतिगमन वा विदेशी शक्तिहरुलाई नै मद्दत पुर्‍याउने छ। सरकारको निर्माणका सन्दर्भमा पनि हाम्रो पार्टीको यो स्पष्ट मत रहेको छ कि अहिलेको अवस्थामा ०६२६३ को आन्दोलनका पक्षधर राजनीतिक शक्तिहरुका बीचबाट नै सहमति वा बहुमतीय आधारमा सरकारको गठन हुनुपर्दछ। अहिलेको हाम्रो तात्कालिक कार्यक्रमको चरित्र वामपन्थी नभएकाले तत्कालको अवस्थामा वामपन्थीहरुका बीचमा एकता कायम गरेर संविधानको निर्माण, गणतन्त्रको सुदृढीकरण वा सरकारको गठन गर्ने नीतिले ०६२६३ को आन्दोलनका पक्षधर शक्तिहरुका बीचमा विभाजन ल्याउने छ र त्यसबाट अहिले हाम्रा अगाडि भएका जिम्मेवारीहरु पूरा गर्न बाधा पुग्नेछ। त्यसैले वामपन्थी शक्तिहरुले आफ्ना उच्च र क्रान्तिकारी उद्देश्यका पक्षमा आफ्ना प्रचारात्मक वा आन्दोलनात्मक कारवाहीहरुलाई कायम राख्दै देशका अगाडि भएका तात्कालिक जिम्मेवारी पूरा गर्न तात्कालिक रुपमा मुख्य जोड दिनुपर्दछ। त्यस अनुसार संविधानको निर्माण, गणतन्त्रको सुदृढीकरण तथा उक्त कार्यहरुका पक्षमा भएका शक्तिहरुसित एकताको नीतिमा नै जोड दिनुपर्दछ। त्यसरी नै हामीले आज हाम्रा अगाडि भएका जिम्मेवारीहरु पूरा गर्न सक्ने छौं र त्यसका लागि वामपन्थी वा वामपन्थी पक्षधर सबै शक्तिहरुसंग ने.क.पा.(मसाल)ले अपील गर्दछ।
२०६७ श्रावण २५ गते
 
(मोहनविक्रम सिंह)
महामन्त्री

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.