नेपाली :: English
Masal
Sun / 2017-Nov-19
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)

केन्द्रीय कार्यालय

Website : www.ncpmashal.org,  Email : ncpmashal@gmail.com

वक्तव्य
२०६८ कार्तिक ६ गते बसेको ने.क.पा. (मसाल) को केन्द्रीय कार्यालयको बैठकले डा. बाबुराम भट्टराईको भारत भ्रमणको बेलामा भारतसित भएको द्विपक्षीय लगानी प्रवद्र्धन तथा संरक्षण सम्झौता
(बिपा)बाट नेपालको राष्ट्रिय हित वा राष्ट्रिय उद्योगहरुमाथि गम्भीर प्रकारले आघात पुग्ने निष्कर्ष निकाल्दै त्यसको विरोध गर्ने निर्णय गरेको छ । त्यो सम्झौताको विस्तृत विवरण आउन बाँकी छ । तैपनि अहिलेसम्म त्यस सम्बन्धी जेजति जानकारी आएको छ, त्यसबाट त्यो सम्झौता नेपालको राष्ट्रिय हितको पक्षमा नभएको कुरा प्रष्ट छ ।
साम्राज्यवादीहरुले नीजिकरण, उदार वा खुला अर्थतन्त्रको माध्यमद्वारा विश्वव्यापीरुपमा नै विकासोन्मुख देशहरुमाथि आफ्नो प्रभूत्व कायम गर्ने रणनीति अपनाउँदै आएका छन् । उनीहरुले कुनै देशमा लगानीको नीति पनि सम्बन्धित देशहरुको अर्थतन्त्रको विकास होइन, त्यहाँको अर्थतन्त्रलाई धराशायी बनाउने र त्यहाँ आफ्नो प्रभूत्व कायम गर्ने नीतिद्वारा नै निर्देशित हुन्छ । भूमण्डलीकरणको मुख्य उद्देश्य पनि त्यही हो र आर्थिक वा राजनीतिक दवाव दिएर उनीहरुले विकासोन्मुख देशलाई पनि त्यसमा सामेल हुन वाध्य पार्दै लगिरहेका छन् । विभिन्न देशहरुका बीचमा हुने लगानी प्रवद्र्धन वा संरक्षण सम्बन्धी सम्झौताहरु पनि त्यस प्रकारको साम्राज्यवादी नीतिद्वारा एक वा अर्को प्रकारले प्रभावित हुने गर्दछन् । त्यही प्रकारको पृष्ठभूमीमा अहिले भारतसित सम्पन्न भएको बिपा सम्झौता पनि नेपालप्रतिको भारतीय विस्तारवादी नीतिद्वारा प्रभावित भएको कुरा बुझ्न गाह्रो पर्दैन ।
बिपा द्विपक्षीय र समानताका आधारमा भएको सम्झौता भनिएको छ । तर नेपाल र भारतको अवस्थामा भएको भारी अन्तरका कारणले त्यो सम्झौताबाट मुख्य लाभ भारतलाई नै पुग्ने र नेपालको अर्थतन्त्र वा उद्योगव्यवसायलाई त्यसबाट दीर्घकालिन रुपले नै क्षति पुग्ने कुरा प्रष्ट छ । त्यो सम्झौतामा द्विपक्षीय लगानीको कुरा गरिए पनि त्यसबाट व्यवहारमा खालि नेपालमा भारतीय लगानीलाई प्रवर्धन वा संरक्षण गर्ने कार्य हुनेछ । त्यो सम्झौताबाट नेपालका राष्ट्रिय उद्योगधन्दा वा व्यापारको संरक्षणको पक्ष कमजोर हुनेछ । स्वयं नेपालमा भारतीय लगानीबाट चल्ने उद्योगहरुको तुलनामा नेपाली उद्योगहरुको पक्ष कमजोर हुनेछ । त्यो अवस्थामा नेपाली उद्योगहरुले भारतीय उद्योगहरुसित प्रतिस्पर्धा गर्न नसक्ने, नेपालको राष्ट्रिय उद्योग धराशायी हुँदै जाने र नेपालमा भारतीय पूँजीको प्रभूत्व कायम हुने नै बढी सम्भावना हुनेछ । सम्झौतामा भारतीय लगानी कर्ताहरुलाई विभिन्न कारणले पुग्ने क्षतिको पूर्ति गर्ने जुन व्यवस्था गरिएको छ, त्यसबाट पनि नेपाललाई अत्यन्त ठूलो आर्थिक क्षति बेहोर्नु पर्ने अवस्थाको सिर्जना हुनेछ । मुख्यतः त्यही कारणले नै नेपालका विभिन्न सरकारहरुले विगत लामो समयदेखि त्यो सम्झौतालाई मान्न अस्वीकार गर्दै आएका थिए । तर अहिले अकस्मात त्यो सम्झौतालाई स्वीकार गर्ने निर्णय गरेर गम्भीर गल्ती गरिएको छ ।
अहिले भएको सम्झौताबाट अन्य देशका लगानीकर्ताहरुलाई हतोत्साहित गर्नेछ र नेपालको उद्योग व्यापारमा भारतीय एकाधिकार कायम हुने सम्भावना रहने छ । त्यसरी दीर्घकालिन रुपमा नै त्यो सम्झौता नेपालको हितमा नभएको कुरा हाम्रो पार्टीले ठहर गरेको छ ।
प्रधानमन्त्रीले भारतको भ्रमणमा जाँदा विवादस्पद र दीर्घकालिन प्रकारका सम्झौताहरु नगर्ने बचन दिएका थिए । अहिलेको सम्झौता स्वयं त्यो बचनको उल्लंघन हो । यति महत्वपूर्ण र दीर्घकालीन असर पार्ने सम्झौता गर्नुभन्दा पहिले राष्ट्रिय स्तरमा व्यापक विचार विमर्श वा छलफल हुनु आवश्यक थियो । त्यो केही पनि नगरिकन त्यो सम्झौता गर्नुपनि गलत भएको छ । उपरोक्त सबै कुराहरुमाथि विचार गर्दै हाम्रो पार्टीले त्यो सम्झौताको तीब्र शब्दमा आलोचना गर्ने र त्यसको खारेजीको माग गर्ने निर्णय गरेको छ ।
लिबियामा कर्णेल गद्दाफीको हत्याको हाम्रो पार्टीले तीब्र शब्दमा निन्दा तथा भ्रत्सना गर्दछ । उनको तानाशाही शासनका विरुद्ध लिबियायी जनताको प्रजातान्त्रिक आन्दोलनलाई हाम्रो पार्टीले समर्थन गर्दै आएको थियो । तर त्यो आन्दोलनलाई आफ्ना साम्राज्यवादी स्वार्थका पक्षमा प्रयोग गर्ने साम्राज्यवादी नीतिको हाम्रो पार्टीले कडा शब्दमा विरोध गर्दै आएको थियो । उनीहरुले त्यहाँ प्रजातान्त्रिक प्रणालीलाई स्थापना गर्नेभन्दा पनि त्यहाँको तेल सम्पदामा कब्जा जमाउनका लागि नै त्यहाँ हस्तक्षेप गर्ने नीति अपनाएका थिए । त्यो क्रममा त्यहाँ व्यापक रुपमा सैनिक आक्रमण गर्ने नीति अपनाइएको थियो । त्यसप्रकारको आक्रमणको नीति लिबियाको राष्ट्रियता र सार्वभौमिकतामा खुला आक्रमण थियो । उनीहरुको त्यसप्रकारको साम्राज्यवादी नीतिको विरोध गर्दै लिबियामा प्रजातान्त्रिक आन्दोलनका लागि संघर्ष गर्ने क्रममा त्यो आन्दोलनलाई साम्राज्यवादी स्वार्थ पूर्तिको माध्यम बन्न नदिन त्यहाँका आन्दोलनकारीहरुले विशेष ध्यान दिनुपर्ने आवश्यकतामा पनि हाम्रो पार्टीले जोड दिंदै आएको थियो । गद्दाफीले साम्राज्यवादका विरुद्ध सम्झौताहीन संघर्षको नीति अपनाएका थिए । एकातिर, लिबियाको तेल सम्पदामाथि कब्जा जमाउन तथा, अर्कातिर, गद्दाफीको साम्राज्यवाद विरोधी नीतिका कारणले नै उनीहरुले त्यहाँ आक्रमणको नीति अपनाएका थिए र त्यही क्रममा गद्दाफीको हत्या गरिएको छ । उनको हत्या पनि अत्यन्त क्रुर र अमानवीय तरिकाले गरिएको तथ्य बाहिर आएको छ र त्यसको हाम्रो पार्टीले तीब्र शब्दमा भ्रत्सना गर्दछ ।

मिति ः २०६८ कार्तिक ७ गते

मोहनविक्रम सिंह
महामन्त्री

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.