नेपाली :: English
Masal
Sun / 2017-Nov-19
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)

केन्द्रीय कार्यालय

Website : www.ncpmashal.org,  Email : ncpmashal@gmail.com


वक्तव्य 


भट्टराई सरकारको एउटा सहभागी सङ्गठन राष्ट्रिय जनमुक्ति पार्टीद्वारा आज रिपोटर्स क्लबमा आयोजित एउटा पत्रकार सम्मेलनमा त्यो सङ्गठनका तर्फबाट प्रेषित वक्तव्यमा जेष्ठ १ गतेपछि सङ्घीयताविरोधीहरूलाई फाँसी दिने धम्की दिइएको छ । त्यस सिलसिलामा राष्ट्रिय जनमोर्चाका अध्यक्ष का. चित्रबहादुर के.सी. को नाम पनि उल्लेख गरिएको छ ।
त्यसप्रकारको वक्तव्यलाई हाम्रो पार्टीले अत्यन्त गम्भीररूपमा लिन्छ र त्यसप्रकारको वक्तव्य सरकारमा समेत सामेल भएको एउटा जिम्मेवार सङ्गठनको तर्फबाट आएको हुनाले त्यसबारे सरकारको नीति के हो ? त्यो कुरा स्पष्ट गर्न प्रधानमन्त्रीसित माग गर्दछ ।
देशका लागि सङ्घीयता उपयुक्त छैन र त्यसले देशलाई जातीय र क्षेत्रीय बिग्रह तथा राष्ट्रिय विखण्डनको दिशामा लैजान्छ भन्ने कुरा हामीले बारम्बार स्पष्ट गर्दै आएका छौँ । खास गरेर जातिवादले विश्वमा जहाँ पनि फासिवादको रूप लिने गरेको छ । माओवादी र जातिवादी सङ्गठनहरुले बारम्बार त्यसप्रकारका प्रवृत्तिहरू देखाउने र आफ्ना विरोधीहरूमाथि हिंसात्मक आक्रमण गर्ने गरेका छन् । त्यसप्रकारको प्रवृत्तिलाई हामीले सामाजिक फासिवादी बताएर आलोचना गर्दै आएका छौँ । त्यसप्रकारको सामाजिक फासिवादी प्रवृत्ति खालि सङ्घीयताविरोधीहरूका विरुद्ध मात्र होइन,  कैयौँपल्ट अन्य विरोधी राजनीतिक शक्ति वा आम जनताका विरुद्ध पनि बारम्बार देखा पर्ने गरेको छ । अहिले सङ्घीयताका विरोधीहरू वा का. चित्रबहादुर के.सी. समेतका विरुद्धको अभिव्यक्ति त्यसप्रकारको सामाजिक फासिवादी शैलीको एउटा ज्वलन्त उदाहरण हो ।
त्यसैले हाम्रो पार्टीले जातिवादको अवधारणाद्वारा निर्देशित त्यसप्रकारको सामाजिक फासिवादी प्रवृत्तिको कडा शब्दमा भत्र्सना गर्दै त्यसप्रकारका प्रवृत्ति वा गतिविधिका विरुद्ध व्यापकरूपमा आवाज उठाउन सम्पूर्ण न्यायप्रेमी जनतासित अपिल गर्दछ । समयमा नै त्यसप्रकारको प्रवृत्ति नियन्त्रण नगरेमा त्यसले देशव्यापी रूप लिने र त्यसका कैयौँ दुष्परिणामहरू हुने कुराप्रति हामीले सम्पूर्ण जनताको ध्यान आकर्षित गर्न चाहन्छौँ ।
अन्त्यमा हामीले के कुरा स्पष्ट गर्न चाहान्छौँ भने हाम्रो पार्टी आफ्नो ६ दशकभन्दा बढी लामो गौरवपूर्ण इतिहासमा कहिल्यै पनि कुनै पनि प्रकारका धम्की, आक्रमण वा दमनद्वारा आतङ्कित भएर आफ्ना सिद्धान्त, नीति वा कार्यक्रमहरूबाट बिचलित हुने गरेको छैन । हामीले सङ्घीयता वा जातिवादका विरुद्ध सङ्घर्ष गरेको कारणले पनि हामीमाथि सङ्घीयताका पक्षपातीहरूबाट बारम्बार आक्रमण हुने गरेको कुरा आमरूपमा थाहा भएको कुरा हो । तर त्यो कारणले कहिल्यै पनि हामीहरू आफ्नो घोषित नीति वा कार्यक्रमबाट पछाडि हट्ने गरेका छैनौँ र आफ्ना विरोध र सङ्घर्षका कार्यक्रमहरूलाई सशक्तरूपले अगाडि बढाउने गरेका छौँ । भविष्यमा पनि देश र जनताका लागि आवश्यक आफ्ना सबै नीति वा कार्यक्रमहरूलाई संविधानसभाभित्र वा बाहिर लगातार अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दछौँ ।

मिति २०६९ बैशाख १२ गते
 
मोहनविक्रम सिंह
महामन्त्री
 

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.